30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जनताले आशा गरेका प्रधानमन्त्री

7 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

काठमाडौं । डा. बाबुराम भट्टर्राई भट्टर्राई ११ भदौमा संसद्बाट प्रधानमन्त्री निर्वाचित भएपछि जनताको आशा र अपेक्षा ह्वात्तै बढेको छ । भट्टर्राई जनताले ठूलो आशा गरेका प्रधानमन्त्री हुन् । तर उनले जुन गठबन्धनको नेतृत्व गरेका छन्, यसबाट उनले सफलता हासिल गर्न र जनताको अपेक्षा पुरा गर्न भने चुनौतीपर्ूण्ा नै छ ।

 

 

 
यतिबेला डा. भट्टर्राईका अगाडि चुनौती र सम्भावना दुवै छन् । जेठ १४ मा थपिएको संविधानसभाको म्याद भदौ १४ मा समाप्त हुँदैछ । शान्ति प्रक्रियाको पर्ूण्ाताका लागि लडाकू समायोजन तथा व्यवस्थापन र संविधानसभाबाट सबैलाई मान्य हुने नयाँ संविधान निर्माण आगामी सरकारका मुख्य कार्यभार पनि हुन् । यी कामहरुलाई पर्ूण्ाता दिएको खण्डमा उनी नेपाली जनताका प्यारा प्रधानमन्त्रीका रुपमा स्थापित हुनेछन् ।   
 
 
डा. बाबुरामभट्टर्राई सम्भावना भएका र सबैतिरबाट अपेक्षा गरिएका व्यक्तित्व हुन् । उनको नेतृत्वबाट मुलुकमा परिवर्तन र सुधारको अपेक्षा गर्ने धेरै छन् । कुशल नेतृत्वबाट परिवर्तन र सुधार सम्भव छ कि छैन भन्ने जवाफ भट्टर्राई सरकारले दिनर्ैपर्छ । यो अर्थमा उनी 'अग्निपरिक्षा' को घडीबाट गुज्रनेछन् । अहिलेको ऐतिहासिक संक्रमणमा राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्नुपर्ने दायित्व उनका सामु छँदैछ ।  
 
 
हिजो कांग्रेस, एमाले, मधेशवादी दलहरु लगायत सबैको बलिदान र त्यागले गणतन्त्र स्थापना भएको हो । आफ्नो राजनीतिक यात्राको सुरुवातदेखि नै राजतन्त्रको अन्त्य, संविधानसभा र गणतन्त्रको स्थापनाका लागि आवाज उठाउ“दै आएका नवनिर्वाचित प्रधानमन्त्रीले यसको संस्थागत विकास प्रक्रियालाई कसरी अगाडि बढाउने हुन्, अब क्रमशः देख्न सकिनेछ ।   
 
 
प्रधानमन्त्री भट्टर्राईको बौद्धिक छवि र प्रचण्डको सैन्य कमाण्डले माओवादीको सशस्त्र व्रि्रोहका क्रममा पनि यिनै दर्ुइ नेताको नाम बढी सुनिन्थ्यो । माओवादीको बहुचर्चित चुनवाङ बैठकपछि प्रचण्ड र बाबुरामको घनिष्टता थप बढेको हो । सशस्त्र व्रि्रोहबाट शान्तिपर्ूण्ा रुपान्तरणको पक्षमा उभिएका भट्टर्राई यसअघि पार्टर्ीीत्रैबाट कारबाहीमा परेका घटनाहरु बाहिर आएकै हुन् ।  
 
 
प्रचण्डले पछिल्लो पटक पार्टर्ीीटै आधिकारीक रुपमा प्रधानमन्त्रीको उम्मेद्वार बनाए । सहमतिका लागि अन्य राजनीतिक दलहरुसँग पहल गरे । ११ भदौ आइतबार संसद्मा भट्टर्राईलाई खुलेर प्रशंशा गरे । खासगरी भट्टर्राईको बौद्धिक छविको प्रशंशा गरे तर उनलाई कुशल राजनीतिज्ञ भनेन् ।  
 
 
भट्टर्राईको उम्मेद्वार बनाउँदा प्रचण्डका सामु प्रशस्त चुनौती थिए । शायद्, खुला राजनीतिमा भएको भए उनी चुनवाङ बैठक अघिजस्तै कारबाहीमा पर्थे होलान्, तर खुला र प्रतिस्पर्धात्मक राजनीतिका कारण अध्यक्ष प्रचण्डलाई भट्टर्राईको विरोध नगरेको पुष्टी गर्न थप चुनौती दियो । जसका कारण बाबुराम भट्टर्राईका लागि प्रचण्डले सहमतिका कसरत जारी राखे ।   
 
 
विद्यालयमा अध्ययनका क्रममा र २०२६ को एसएलसी परिक्षामा बोर्ड प्रथम 'सधैं प्रथम हुने' छवि बनाएका उनले सधैं सफलता नै सफलता हासिल गरे । आइतबारको प्रधानमन्त्री निर्वाचनका क्रममा पनि उनले दोस्रो हुनु परेन, दोहोर्‍याएर निर्वाचन गर्नु पनि परेन । प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई एक सय ५ मतले पछि पार्दै उनी देशको कार्यकारी प्रमुख चुनिए ।   
 
 
डा. भट्टर्राईलाई 'भारतीय मान्छे'को आरोप लाग्दै आएको छ । प्रधानमन्त्रीका रुपमा मधेशी मोर्चाको र्समर्थनले उनलाई भारतले रुचाएको प्रधानमन्त्रीको रुपमा बुझ्ने/विश्लेषण गर्ने क्रम रोकिने छैन । आफ्ना अन्तर्वार्ताका क्रममा डा. भट्टर्राईले "आफूलाई मन नपराउने पार्टर्ीीभत्र र बाहिरका मानिसहरुले मेरो चरित्र हत्या गर्ने कोसिस गरेका" भनेका छन् ।  

Posted on: 2011-Sep-7


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar