29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मलिना १६औं मिस नेपाल

7 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

यस पटकको मिस नेपालको ताज  सुनसरी धरानकी मलिना जोशीले जितेकी छन् । ताज जितेपछि उनले भनिन, 'आई एम टप अफ द वर्ल्ड ।' १६औं मिस नेपाल घोषित भएपछि  मलिना यसरी खुसी व्यक्त गरिन् कि, आफूलाई संसारकै उत्कृष्ट सुन्दरी मानिन् ।

 

 

तर अब यसलाई मलिनाले प्रमाणित गर्न धेरै कर्ुर्नु पर्नेछ ।उनी एक सातापछि लन्डनस्थित अल्स कोर्टएक्जिविसन सेन्टरमा आयोजना हुने मिस वर्ल्डमा सहभागी हुन जाँदैछिन् । उनले ताजसँगै ५० हजार रुपैयाँ नगद हात पारिन् ।

 

 
हिडेन ट्रेजरले बर्सर्ेे आयोजना गर्दै आएको मिस नेपालको उनी १६ औं विजेता हुन् । 'महिलाले मात्र यो विश्वमा राज्य गर्न अवसर पाए भने सन् १९५० सम्ममा विश्वको स्वरुप कस्तो हुन्थ्यो होला -' भन्ने निर्ण्ाायकको प्रश्नमा उनले 'महिलाहरुले अवसर पाए भन्ने होइन, शासन नै गर्न थालिसके' भन्ने जवाफ दिँदै आफूले पनि त्यसको प्रतिनिधित्व गर्ने बताएकी थिइन् ।  
 
गत वर्षर्ी मिस नेपाल सदीक्षा श्रेष्ठले ताज पहिराइदिँदा पाँच फिट ६ इन्च अग्ली २३ वषर्ीया मलिनाले हर्षा आँसु झारेकी थिइन् । एमबीए अध्ययनरत मलिनाले गएको वर्ष'मिस एन्जेल' मा 'इन्टेलेक्ट टाइटल अवार्ड' हात पारेकी थिइन् ।   
 
प्रतियोगितामा चितवनकी अनुपमा गुरुङ फस्ट रनरअप बनिन् । ताजसहित ३५ हजार रुपैयाँ विजेता उनले नोभेम्बर १२ मा थाइल्याण्डमा हुने मिस अर्थको प्रतिनिधित्व गर्दैर्ेछिन् । चितवनकै सरिना मास्केे सेकेन्ड रनरअप भइन् । उनले पनि २५ हजार रुपैयाँ हात पारिन् ।  
 
यसै वर्षेखि थपिएको थर्ड रनरअप र फोर्थ रनरअपमा क्रमशः भक्तपुरकी मनीषा विष्ट र वीरगन्जकी नेहा पौडेल चुनिए । नेहाले दर्शक मतका आधारमा 'पपुलर च्वाइस' अवार्ड हात पारिन् ।   

Posted on: 2011-Sep-7


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar