04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सोनिकाको मनको पीडा

6 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

गायिका सोनिका लामा यतिबेला निकै ब्यस्त छिन् । गीति एल्वम 'बेसहारा' मार्फ गायकीय परिचय बनाएकी सोनिका अहिले दोस्रो एल्वमको तयारी गरिरहेकी छन् । संगीतको अध्ययनमा ब्यस्त रहेकी सोनिका रेकडिङ्ग स्टुडियो धाउनुले झनै ब्यस्त भएकी हुन् ।

 

 

'हिजोआज म बिहानदेखि ब्यस्त छु' दोस्रो एल्वम 'मनको पीडा' ल्याउन लागेकी सोनिकाले सुनाइन्, 'चाँडै नै स्रोतामाझ ल्याउँने प्रयत्न गर्दैछु ।'उनको पहिलो एल्वमको शिर्षगीत 'बेसहारा...' स्रोतामाझ लोकप्रिय छ ।

 

 

गीत लोकप्रिय भएर पनि सोचेजस्तो चर्चा नपाएकी सोनिका भन्छिन्, 'सोचेजस्तो र खर्च गरेजस्तो मिडियामा जानै सकिएन, त्यसैले पनि चर्चा भएन ।' यस पटक मेहनत गरिरहेकी उनले सुनाइन् । '

 

 

पहिलो एल्वमबाट मैले सिक्ने मौका पाएँ, अब पहिले जस्तो हुँदैन' सोनिकाले भनिन्, 'मनको पीडा एल्वमको लागि मेहनत पनि गरिरहेकी छु ।'उनले आफ्ना पहिलो एल्वममा ८ वटा गीत समावेश गरेकी थिइन्, तर यस पटक भने ६ वटा मात्र गीत समावेश गर्ने बताएकी छन् ।

 

 

'गीत राम्रो भयो भने धेरै गीत राख्नै पर्दैन, त्यतिकै पनि जान्छ'उनले भनिन्, 'त्यसैले राम्रो र स्तरिय ६ वटा गीत समावेश गरेर मनको पीडा ल्याउँने तयारी गरेकी हँु ।' एल्वममा सोनिकाकै शब्द तथा संगीत सुन्न पाइन्छ । '
 
 
मनको पीडा' भित्र मैले जिते सँगै हुन्थ्यौ, मलाई नै होकि कसलाई हो, तिमीलाई सम्झेर बाँच्नुभन्दा, कल्पनामा डुबीडुबी, कस्तो यो जीवन र आशै आशमा बोलका प्रेम, बिछोड र कल्पनाजस्ता भावनात्मक गीतहरु उनले अँटाएकी छन् ।       


Posted on: 2011-Sep-6


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar