06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फ्लप नायिकाहरुको नयाँ फर्मूला

6 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

नेपाली चलचित्र उद्योगमा नाम, दाम र शान कमाउनकै लागि युवतिहरु आफ्नो र्सवश्व त्याग्न पनि तयार हुन्छन् । तर सोचेजस्तो सफलता कमैले मात्र पाइरहेका छन् । लक्ष्यप्रति असफल युवतिहरुले भनेे चर्चा अर्को सुत्र अपनाएका छन् । जसलाई भनिन्छ, 'फोटोसुट' । कला क्षेत्रमा यस्ता थुप्रै पात्र छन्, जसले 'फोटोसुट' गरेकै भरमा चर्चा पाइरहेका छन् ।

 

 

रुपा उपाध्याय अभिनयमा खाशै जम्न सकिनन् । तैपनि उनको चर्चा कम छैन । अमेरिकनसँग विहे गरेर चलचित्र क्षेत्रबाट पलायन भएको वर्षौ बित्दा पनि उनको चर्चा सेलाएको छैन । कारण, 'ग्ल्यामरस एक्पोज' तथा फोटो सुट नै हो । 

 

 
एक समय 'हट फोटोसुट' गरेकै कारण विवादमा आएकी रुपा मोडलिङ गर्दागदर्ैर्ैैभिनयकारितामा छिरेकी हुन् । तर, अभिनय उनलाई फापेन । केही वर्षयता उनी गृहिणीमै सिमित छिन् । तर उनले 'हट फोटोसुट' गर्न छाडेकी छैनन् । केही समयअघि मात्र उनले अमेरिकामै समुन्द्री तटमा हट फोटोसुट गरिन्, ती फोटो चर्चा गर्न लायकको छ । उनले ती तस्बिरहरु आफ्नो फेसबुक वालमा बेलाबेला 'अपलोड' गरिरहेकी हुन्छिन्् । निकै 'बोल्ड' लाग्ने ती तस्बिरकै कारण अहिले रुपा चर्चामा छिन् ।   
 
रुपा उदाहरण पात्र मात्र हुन् । अहिले अधिकांस अभिनयमा असफल नायिका तथा मोडलहरुले 'बोल्ड' तस्बिरबाटै चर्चामा आउने प्रयास गरिरहेका छन् । जो उनीहरु चर्चाको लागि नांगिन पनि तयार हुन्छन् । केही समयअघि चर्चाकै लागि नायिका जेनिशा केसीले आफूलाई तस्बिरमै बिक्री गरिन् । उनले आफ्नो अर्धनग्न शरीरमा 'सेल' खोपेर तस्बिर खिचाइन् । जसले गर्दा उनी विवादमा मात्र आइनन्, उनको चर्चा पनि चुलियो ।  
 
यस्तै, चर्चाको लागि हत्काण्डा कुनै समय नायिका तथा मोडल पुजना प्रधानले पनि नगरेकी होइन् । तर उनको चर्चा लामो समय रहेन । छोटो समय भएपनि 'हट' तस्बिरका कारण उनी चर्चामा आइन् । उनका ती 'बोल्ड' तस्बिर यस्तो चर्चा भइदियो । पुजनाले अभिनयमा सफलता हासिल गर्न सकिनन् । त्यतिखेर पुजनाले एक वेबसाइटसँग अर्धनग्न 'फोटोसुट' गरेकी थिइन् । 'बोल्ड एण्ड सेक्सी' को सुत्र लिएर मोडलिङबाट अभिनयमा छिरेकी पुजना उद्देश्यमा असफल भएकै कारण अहिले अध्यात्मिक बनेकी हुन् । तर उनले 'अध्यात्मिकतामा पनि ग्ल्यामरस हुन्छ' भन्दै चित्त बुझाएर बसेकी छन् अहिले ।   
 
चर्चाको लागि बलिउड नायिकाको नक्कल गर्ने चलन नेपाली नायिकाहरुमा नयाँ होइन । तर, अक्कल विनाको नक्कलले फेल खाँदै आएको छ । पुजनाले बलिउड नायिका मल्लिका सेरावतको नक्कल गर्थिन् भने, यहाँ बिपाशा बसु, सेलिना जेट्ली जस्ता बलिउडका सेक्सी नायिकाहरुको नक्कलमा अक्कल गर्नेहरु पनि छन् । जो अहिले चलचित्र क्षेत्रबाटै विलय पनि हुँदैछन् ।  
 
यस्तै, अर्की पात्र हुन्, नायिका शुभेच्छा थापा । अभिनय क्षेत्रमा संर्घष्ा र मेहनत गरेर पनि सोचेजस्तो सफलता नपाएपछि उनले पछिल्लो समयमा 'हट फोटोसुट' गरिन् । 'हट' तस्बिरका कारण अहिले उनी चर्चामा छिन् । कलाकारिता क्षेत्रमा प्रवेश गरेको झण्डै दशकपछि शुभेच्छाले आफूलाई 'बोल्ड' बनाएकी हुन् ।  
 
चर्चाको लागि 'हट फोटोसुट' को र्फमुला अपनाएकी शुभेच्छाले तस्बिरबाट चर्चा पाएपनि निर्माता/निर्देशकको मन जित्न भने सकेकी छैनन् । त्यसैले आफैले फिल्म बनाएर आफूलाई ब्यस्त बनाउँदै आएकी छन् ।  
 
नेपाली चलचित्र उद्योगमा यस्ता थुप्रै नायिकाहरु छन्, जसले आफूलाई नायिका भनेर चिनाउँन शिवाय उपलब्धी हासिल गर्न सकेका छैनन् । यिनै नामका नायिकाहरु अर्धनग्न भएर 'फोटोसुट' गरिरहेका छन् । चर्चाकै लागि ।   
 
नायिकाहरु चर्चाको कति भोका छन् भन्ने गतिलो उदाहरण हुन्, ममता प्रधान पनि हुन् । विराटनगरेदेखि चर्चा बटुल्ने मनशाय बोकेर काठमाडौमा आएकी ममताले केही चलचित्र त पाइन्, तर उनी सफल हुन सकिनन् । यसैको झोकमा उनले चलचित्रमा काम दिने निर्मातामाथि नै 'आफूमाथि बलात्कारको प्रयास' गरेको आरोप लगाइन् ।  
 

चर्चाकै लागि अपनाएको उनको फर्मुला अन्ततः गलत सावित भयो । जब यथार्थ फरक भइदियो । बलात्कार जस्तो गहन आरोप लगाएपछि रातारात चर्चामा आइन्छ भन्ने धारणाले ममताले निर्माता कृष्ण चापागाइँमाथि आरोप लगाएकी थिइन् । तर आरोप निराधार सावित भयो । त्यही 'स्क्याण्डल' पछि उनी चलचित्र क्षेत्रबाट हराइन पनि । अभिनयमा सोचेजस्तो सफलता हासिल गर्न नसकेका नयाँ तथा पुराना नायिकाहरुले पनि चर्चाका लागि 'हट फोटोसुट' गर्ने लहर अहिले झनै बढ्दै गएको छ । 
 

Posted on: 2011-Sep-6


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar