30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

निष्ठाका प्रतिमर्ूर्ति राष्ट्रपति

25 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

राजनीतिमा सधैं फोहोरी खेल मात्र हुँदो रहेनछ । राजनीतिमा सधैं जालझेल र षड्यन्त्रमात्र पनि हुँदो रहेनछ । जस्तो डा. रामवरण यादवको जीवनलाई हरे हुन्छ । आजीवन इमान, जमान र विवेकको राजनीति गरिरहेका डा यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको आसनमा पुग्नुभएको छ । आप\mनो निष्ठा र विचारमा निरन्तर लागिरहने हो भने असम्भव के रहेछ र ?
 
इतिहासमा हिलोपटक जनताको छोरा मुलुकको राष्ट्रप्रमुखमा विराजमान हुनुभएको छ । गणतन्त्र घोषणाको ५८ औं दिन अर्थात् साउन ४ गते राष्ट्रपतिमा निर्वाचित भएर डा यादवले दैरा, सुरुवाल र टोेपीमा सजिएर नेपाली भाषामा सपथ लिनुभयो ।  कुनै दलविशेषको नभएर उहाँ अव मुलुककै अभिभावक हुन पुग्नुभएको छ । राष्ट्र, लोकतन्त्र र शान्तिका पक्षमा उहाँको भूमिकाले नयाँ नेपालको रुपरेखा कोर्नर्ेछ र जनता समृद्धिको बाटोमा लम्किने छन् ।

 
डा. यादवको पारिवारिक नाम  थियो, रामा । १९९९ सालमा सामान्य किसान थानी र रामरती यादवका छोराका रुपमा धनुषाको यादव बस्ती सपही गाउँमा जन्मनुभएको हो । उहाँको बाल्यकाल भैसी गोठालोका रुपमा बित्यो । गाउँमा बालसखाहरुसित भैंसीमाथि चढेर खेत खलियानमा डुल्नुहुन्थ्यो । पहलमानी खेलमा पनि नामी हुनुहुन्थ्यो उहाँ । त्यसमा निम्ति उहाँ खुब दूध पिउनुहुन्थ्यो । 

 
प्राथमिक कक्षामा पढ्दापढ्दैको उहाँको घरमा आगलागी भयो । धनमाल नष्ट भएपछि बुबा थानी यादवले छोराहरुको पढाइ छुटाउनुभयो । त्यसपछि गाउँकै पण्डित ठाकुरप्रसाद रेग्मीको पहलमा उहाँ जनकपुरको सरस्वती माध्यमिक विद्यालयमा एकैपटक कक्षा ८ मा भर्ना हुनुभयो । एकैचोटि त्यसरी कक्षा फड्किँदा पनि उहाँले दोस्रो हुनुपरेन । 

 
२०२० सालमा एसएलसी गर्नुभयो यादवले । त्यसपछि उहाँ डाक्टर बन्ने बाटोमा पुग्नुभयो । काठमाडौंको अमृत साइन्स कलेजबाट बीएस्सी गरेपछि उहाँले कोलकाता विश्वविद्यालयको छात्रवृत्ति पाउनुभयो । उहाँलाई त्यस्तो व्यवस्था मिलाइदिनुभएको थियो जननेता बीपी कोइरालाले र र्फम भरिदिनुभएको थियो, पर्ूव भारतीय प्रधानमन्त्री चन्द्रशेखरले । 

 
२०१७ सालको शाही कुपछि नै यादवमा राजनीतिक चेतनाको अंकुरण भइसकेको थियो । महेन्द्रनारायण निधि, सरोज कोइराला, रामनारायण मिश्र, दर्ुगानन्द झाजस्ता प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुको सर्म्पर्कका कारण पनि उहाँलाई राजनीतिमा सक्रिय हुन सजिलो भयो । 

 
यादव २०३६ सालमा चिकित्सक बनेर स्वदेश फर्किनुभयो । त्यतिबेला जनमतसंग्रहको उभार आएको थियो मुलुकमा । जननेता बीपी क्यान्सरले थलिनुभएको थियो । त्यो समय बीपीको प्रिय बनेर उहाँ चौबीसघण्टे चिकित्सकका रुपमा खटिनुभयो । त्यतिबेला नै उहाँले प्रजातान्त्रिक समाजवादका बारेमा धेरै कुरा जान्ने मौका पाउनुभयो । त्यति नै बेला उहाँलाई राजनीतिको नसा लागिसकेको थियो । र, लगातार प्रतिबन्धित अवस्थाको नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर प्रजातन्त्रका निम्ति लड्नुभयो ।

 
बीपीको असल चेला हुनुहुन्छ डा. यादव । उहाँले कहिले पनि पदका निम्ति मरिमेट्नुभएन र आप\mनो आस्था र निष्ठाबाट कहिल्यै विचलित हुनुभएन । इमानदारीलाई उहाँले कहिल्यै बन्दकी राख्नुभएन । निरन्तर र्समर्पणको फलस्वरुप  उहाँ २०४८ सालमा उहाँ धनुषाबाट प्रतिनिधिसभा सदस्यमा जनताबाट निर्वाचित हुनुभयो र स्वास्थ्य राज्यमन्त्री बन्नुभयो । त्यसपछि २०५६ सालको आम निर्वाचनमा पनि उहाँ संसद सदस्य चुनिनुभयो । अनि स्वास्थ्य मन्त्री बन्नुभयो । कांग्रेसको केन्द्रीय सदस्य, सहमहामन्त्री हुँदै महामन्त्री समेत बन्नुभयो ।

 
डा यादव मधेसबाट उदाएका राष्ट्रिय एकता पक्षधर नेता हुनुहुन्छ । उहाँलाई २०३७ सालतिर जनकपुरमा सम्बोधन गर्दा नै बीपीले 'राष्ट्रवादी युवा' भन्नुभएको थियो । उहाँले आप\mनो त्यो राष्ट्रवादी मिजासको चिनारी निरन्तर दिइरहनुभयो । ठूलो पद, राम्रो घर अनि गाडीको शोख राख्नुभएन । मधेस आन्दोलन हुरी चलेका बेलामा समेत उहाँले आप\mनो संयम र धर्ैय गुमाउनुभएन । उहाँ जनतालाई राष्ट्रिय अखण्डताको सन्देश दिइरहनुभयो । आन्दोलनकारीको भीडले उहाँको घरमा समेत तोडफेाड भयो तर उहाँ हार्नुभएन । 

 
मधेस आन्दोलनका बेला धेरै तर्राईका नेताहरु ज्रि्रो चपाएर कुरा गर्थे । तर, उहाँ कांग्रेसमा मधेस मुद्दामा प्रस्ट दृष्टिकोण राख्ने एक्ला नेता हुनुहुन्थ्यो । दूरदर्शी नेता यादवले जहिले पनि सहमतिको राजनीतिमा जोड दिनुभयो । उहाँले भीडलाई एकछिन उत्तेजित बनाएर स्वार्थ लुट्ने काम गर्नुभएन । किनभने उहाँमा जनताप्रतिको जिम्मेवारीबोध थियो अनि लोकतन्त्रप्रति अटल आस्था थियो । 

 
त्यसो त डा यादवको खह्रो विचारको आलोचना नभएको होइन । तर, उहाँ हिमाल, पहाड तर्राईको संयोजनबाट नै नेपाल समृद्ध बन्न सक्छ भन्ने धारणा राख्नुहुन्छ । उहाँ पहाडको जंगल, हिमालको जल अनि तर्राईको जमिनबाट नै नया नेपाल बन्नेमा विश्स्त हुनुहुन्छ । को जस्तो ः एक मधेस एक प्रदेशको नाराका बीच पनि धनुषा, ५ बाट संविधानसभा निर्वाचनमा विजयी हुनुभयो । उहाँ भीडतन्त्रमा विश्वास नगर्ने राजनेता हुनहुुन्छ । उहाँ भीडको बेगमा होइन, आप\mनो बेगमा भीडलाई बाटो देखाउने नेता हुनुहुन्छ । त्यसैले नै उहाँ गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्न सफल हुनुभएको हो ।       

Posted on: 2011-Jul-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar