06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

म्युजिक भिडियोमा प्रतिस्पर्धा

25 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आजभोली म्यूजिक भिडियोको प्रचलन अनिवार्य भइसकेको छ । गीतलाई श्रव्य माध्यमबाट बजारमा लैजानुभन्दा दृश्य माध्यमले आकर्षा बनाउने चलनले अहिले सांगीतिक क्षेत्रमा बढावा पाएको छ । 

 
पहिले गीत सुनिन्थ्यो तर अहिले गीत हेरिन्छ । यसैले हरेक गायकगायिका वा संगीतकारहरुले आफ्नो एल्बम निकाल्ने बित्तिकै एल्बमका बारेमा वा आफ्ना गीतका बारेमा स्रोताहरुलाई जानकारी दिनका लागि म्यूजिक भिडियो बनाएर दर्शक खोज्ने गरेका छन् । नेपाली संगीतको सर्न्दर्भमा यो प्रचलन खाशै पुरानो नभए पनि जे जस्ता खालका म्यूजिक भिडियोहरु निर्माण भइरहेका छन् त्यस हिसाबले हर्ेदा भारतीय गीतसंगीत बजारको दाँजेको म्यूजिक भिडियोहरुसँग हाम्रा गीतका म्यूजिक भिडियोहरु पनि प्रतिस्पर्धा गर्न सक्षम देखिन्छन् । खासगरी भन्ने हो भने लगभग करोडको हाराहारीमा बन्न थालेका नेपाली चलचित्रका गीतहरुभन्दा यसरी निर्माण हुने म्यूजिक भिडियोहरु नै धेरै आकषिर्त एवं खर्चिलो देखिएका छन् । लोकसंगीतदेखि लिएर पप एवं र्‍याप संगीतसम्म, सुगम संगीतदेखि आधुनिक विधासम्म म्यूजिक भिडियोको सहारा नलिइकन आजभोली सांगीतिक एल्बम निकाल्ने प्रचलन छैन ।   
श्रव्य माध्यमलाई छाडेर दृश्य उन्मुख यी गीतहरुले आफूलाई सफल बनाउनको निम्त्ति जसरी भिडियो माध्यमको सहारा लिएका छन् त्यस हिसाबमा हर्ेदा कतिपय अवस्थामा सफल पनि देखिन्छन् । सांगीतिक क्षेत्रको उचाई मापन गर्न नसकेपनि म्यूजिक भिडियोकै कारणले कतिपय गीतहरु चलेको पाइन्छ ।   
जसरी म्यूजिक भिडियोको निर्माण तीब्र गतिमा गइरहेको छ, त्यसैगरी गीतका माध्यममा प्रयोग हुने मोडलहरु पनि एकसेएक चर्चामा आइरहेका छन् । सामान्य नयाँ आउन चाहने मोडलदेखि चलचित्रका स्टार भनिएका नायक/नायिकासम्मले गीतको म्यूजिक भिडियोमा अभिनय गर्ने गरेका छन् ।   
गीतको गुणस्तरभन्दा पनि संगीतको र्सजकले कति खर्च गर्न सक्छ भन्ने आधारमा यसरी निर्माण हुने म्यूजिक भिडियोले एउटा ठूलो जमातलाई रोजगारी समेत दिलाएको छ । लोकगीतको म्यूजिक भिडियोको बारेमा कुरा गर्नुपर्दा थोरै रकममा तयार हुने गरेको पाइए पनि सुगम संगीतमा तयार हुने म्यूजिक भिडियोमा निकै महँगो हुने गरेको छ । त्यहीँमाथि गीतको भिडियोमा प्रस्तुत हुने मोडलले कति पैसा लिन्छ भन्ने कुरा पनि खर्चको हिसाबकिताबमा तलमाथि हुन आउँछ । बढीमा ३०, ४०, ५० हजारका दरले स्टारहरुले म्यूजिक भिडियोमा अभिनय गर्नका लागि रकम लिने गरेको भए पनि नवआगन्तुकको अर्थमा सित्तैमा खेलाउने प्रचलन पनि हामीकोमा छ । त्यहीँमाथि अहिले पछिल्लो चरणमा गायकगायिकाहरुले आफैंलाई मोडलको रुपमा पनि प्रस्तुत गर्न थालेका छन् ।   
यो प्रसङ्ग, आजभोली म्यूजिक भिडियोहरुमा मोडलका रुपमा आफैं प्रस्तुत हुन चाहने गायकगायिकाको हो । यसरी म्यूजिक भिडियोहरुमा आफूलाई देखाउने प्रयास आकर्ष जीउडाल भएर पनि आफूलाई प्रस्तुत गरेको हुनसक्छ । मोडलको लागि प्रयोग हुने खर्च बच्छ भनेर पनि कतिपय गायकगायिकाले आफूलाई प्रस्तुत गर्ने गरेका छन् । खासगरी हलिउडका गायक/गायिकाहरुले प्राय आफ्ना म्यूजिक भिडियोहरुमा आफूलाई प्रस्तुत गर्ने गरेका छन् । त्यो हावाले अहिले हाम्रा कलाकारलाई पनि छोएको छ ।  
तर जे होस् यसरी निर्माण हुने म्यूजिक भिडियोहरुमा दिनानुदिन रुपमा गायक/गायिकाहरु आफूलाई मोडलका रुपमा यसरी प्रस्तुत गर्न थालेका छन् । यसरी म्यूजिक भिडियोहरुको आफ्नै गीतमाथि अभिनय गर्ने गायक/गायिकाको नामावली प्रस्तुत गर्ने हो भने त्यो लामै तालिका बन्छ । तैपनि निशा सुनुवार, रामकृष्ण ढकाल, बाबु बोगटी, यश कुमार, धीर र्राई, राजेपायल र्राई, इन्दिरा जोशी, सुगम पोखरेल, नविन के भट्टर्राई लगायत नयाँ पुस्ताका अधिकांस गायक/गायिका आफ्नो गीतमा आफैलाई मोडलको रुपमा उभ्याउँदै आएका छन् ।   

Posted on: 2011-Jul-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar