04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मनिषा पनि आमा बन्दै

25 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला पनि आमा बन्न लागेको खबरहरु आउन थालेको छ । केही समय यता र्सार्वजनिक कार्यक्रममा देखिन छाडेपछि उनी आमा बन्न लागेको शंका गर्न थालिएको थियो । यसैबेला उनी निकट स्रोतले आमा बन्न लागेको कुरा जनाएको छ । सम्राट दाहालसँग विवाह गरेको वर्षदिनमा मनिषा आमा बन्न लागेको खबर आएको हो ।

 
नेपाली चलचित्र 'फेरी भेटौला' मा अभिनय गरेपछि बलिउड छिरेकी मनिषाले १५ वर्षबलिउडमै बिताइन् । सोही अनुसार उनले ख्याती पनि कमाइन् । तर नेपाली युवा सम्राट दाहालसँग लगनगाँठो कसेपछि नेपालमै बढी बस्दै आएकी मनिषा विभिन्न औपचारिक-अनौपचारिक कार्यक्रमहरुमा बाक्लै उपस्थिति हुँदै आएको थियो । तर केही समय भयो, मनिषा यस्ता र्सार्वजनिक कार्यक्रममा देखिँदैनन् । उनी कहाँ के गदैछिन् त - भन्ने प्रश्न उठिरहेको बेला उनी थकाइमा रहेको बताइएको छ । 

 
'केही साता भयो, मनिषालाई सञ्चो छैन' स्रोतले भन्यो, 'त्यस्तो गम्भीर समस्या होइन, तैपनि उहाँलाई अहिले आरामको आवश्यकता छ ।' मनिषा आमा बन्न लागेको कुरा घुमाउरो पारामा स्रोतले भन्योे, 'विहे गरेपछि छोरी मान्छेले सन्तानको जन्म दिनु त प्राकृतिक नियम नै हो ।' केही साता अघि मात्र मुम्बइ गएकी मनिषा आमा बन्न लागेको विषयमा उनका परिवारजन समेत अहिलेसम्म अनविज्ञ छन् । 'यस्तो विषयमा हामीलाई अहिलेसम्म केही थाहा छैन' कोइराला निकट परिवार स्रोतले भने, 'उनी मनिषा आमा नै बन्न लागेको हो भने यो खुशीको कुरा हो ।' तर स्रोतका अनुसार मनिषा पहिलो सन्तानको आमा बन्ने पक्का भएको छ । उनी आमा बन्ने भएर नै अहिले आराम गरिरहेकी छन् । पेट दिनदिनै बढ्न थालेपछि र्सार्वजनिक कार्यक्रमहरुमा निस्कन समेत उनलाई अप्ठ्यारो हुन थालेको छ । 

 
एक वर्षअघि ०६७ असारमा युवा व्यवसायी सम्राट दाहालसँग लगनगाँठोमा बाँधिएकी मनिषा ४० को उमेरमा पहिलो सन्तानको आमा बन्न लागेकी हुन् । तर मनिषा आमा बन्न लागेको कुरा सम्राटलाई समेत थाहा छैन । विवाह लगतै मनिषा र सम्राटले फिनल्याण्ड, हंगेरी लगायतका मुलुकमा हनिमुन मनाएर फर्के यता प्राय बेग्ला बेग्लै बस्दै आएका छन् । मनिषा आमा बन्न लागेको यो रहस्यसँगै मनिषा-सम्राटको दाम्पत्य जीवन सोचेजस्तो नभएको खबर गलत सावित भएको छ । केही समय अघि मात्र मनिषाको वैवाहिक सम्बन्ध सुमधुर हुन नसकेको खबर मिडियामा आएको थियो ।

 
त्यस्तै, अर्की अभिनेत्री पनि आमा बन्न लागेको खबर प्राप्त भएको छ । विहे गरेको करिब पाँच वर्षछि अभिनेत्री अरुणिमा लम्साल आमा बन्न लागेको स्रोतको भनाई छ । अरुणिमाले २०६५ सालमा विराटनगरका अमित अर्यालसँग प्रेमपछि मागी विवाह गरेकी हुन् । 

 
केही महिना अघिमात्र घर किनेर कपन सरेकी अरुणिमा र्सार्वजनिक कार्यक्रमहरुमा देखिन छाडिएपछि उनीमाथि आमा बन्न लागेको आशंका गर्न थालिएको थियो । तर उनले पारिवारिक काममा ब्यस्त भएको बताउदै आएकी थिइन् । केही साता अघि पनि अरुणिमाले 'म अहिले घरधन्दामै ब्यस्त छु' भनेकी थिइन् । यसैबेला अरुणिमा गर्भवति भएको खबर बाहिर आएको हो । 

 
पहिलो सन्तानको आमा बन्न लागेकी अरुणिमाले 'ब्यस्त छु' भन्दै आफू आमा बन्न लागेको कुरा अन्नत छिपाउँन सकिनन् । अरुणिमा आमा बन्ने निश्चित भएपनि कहिले बन्दैछिन् भन्ने तिथि भने थाहा हुन सकेको छैन । उनले नियमित चिकित्सासँग जाँच गर्दै आएकी छन् । अहिलेसम्म गर्भको सन्तान स्वस्थ्य रहेको बताइएको छ । यो भन्दा अगाडि नै अभिनेत्री प्रेगनेन्सी भएको खबर बाहिर आइसकेको छ । अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरेपछि संचिता पहिलो सन्तानको आमा बन्न लागेकी हुन् भने निखिल दोस्रो सन्तानका बाबु । निखिलको जेठी श्रीमती कोपिला उप्रेतीको तर्फाट पनि एक सन्तान छन् । पहिलो सन्तानको बाबु बनेको ६ महिनामै  निखिलले संचितासँग दोस्रो विवाह गरेका हुन् ।             

Posted on: 2011-Jul-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar