04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्रीतिको पिंक फ्ल्याट

25 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

एजेन्सी- मुर्म्बईमा घर/फल्याट खरिद गर्नुलाई ठूलो कुरा मानिँदैन, जति इन्टेरियर सामान 'घर सजावट' मा खर्च गरिन्छ । घरको मुल्यभन्दा बढी इन्टेरियर खर्च बढी हुन्छ । अझ बलिउडका कलाकारहरु त आफ्नो घर वा फ्ल्याट सजावट गर्न प्रतिस्पर्धा नै गर्छन् । यसैले पनि हुनसक्छ, बलिउड कलाकारका घर इन्टेरियर सुजैन रोशन र टिवंकल खन्नाले पनि काम पाइरहेका छन् । 

 
अभिनेत्री प्रीति जिंटाले मुर्म्बईको बान्द्रामा करोडौ पर्ने फ्ल्याट खरिद गरेकी छन् । उनले हालै मात्र चंडीगढमा एक फार्म हाउस पनि खरिद गरेकी थिइन् । तर प्रीतिको मुर्म्बईमा यो पहिलो फ्ल्याट हो । त्यसैले उनी आफ्नो फ्ल्याटलाई जतिसक्दो अरुकोभन्दा राम्रो र पृथक सजावट गर्न चाहन्छिन् । यसको जिम्मा उनले आफ्नो बेष्ट प|mेण्ड टिंवकल खन्नालाई दिएकी छन् । टिंवकल पनि अहिले प्रीतिको फ्ल्याटलाई आकर्ष बनाउन मेहनत गरिरहेकी छन् । 

 
बेष्ट प|mेण्ड भएकाले टिंवकलले प्रीतिलाई के, कस्तो मन पर्छ/मन पराउँदिनन् भन्ने सबै थाहा छ । टिंवकल भन्छिन्, 'प्रीति पिंक कलर ज्यादै मनपराउँछिन् । यस कारण उनको घर सजावटमा पनि पिंक कलर बढी प्रयोग गरेकी छु ।' केही वर्षपहिले नै प्रीतिसँग टिंवकलले बाचा गरेकी थिइन् । उनले भनेकी थिइन्, 'तिमीले मुर्म्बईमा घर किन्यौ भने इन्टेरियर म गरिदिन्छु ।' अहिले उनी आफ्नो बाचा पुरा गरिरहेकी छन् । 

 
अभिनेता सैफअलि खान  र करीना कपुरले पनि हालै मुम्बइमा दर्ुइ वटा फ्रल्याट गरिद गरेका छन् । यो जोडीको अहिले मुर्म्बईमा चार फ्ल्याट छ । तर यी घरको इन्टेरियर भने ऋतिक रोशनका श्रीमती सुजैनले गर्ने भएकी छन् । टिंवकल र सुजैन इन्टेरियर डिजाइनमा अग्रपंतिमा छन् । बलिउड स्टारका घर/फ्ल्याटको डिजाइन गर्ने ठेक्का उनीहरुको हातबाट उम्कनै सक्दैन । टिंवकल अभिनेता अक्षय खन्नाकी श्रीमती हुन् । दर्ुइ अभिनेताका दर्ुइ अभिनेत्री हिजोआज इन्टेरियर डिजाइनमै ब्यस्त छन् ।              

Posted on: 2011-Jul-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar