07 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

लक्ष्मण शमशेर थापाः जसले बक्सिङ भित्र्यायो

24 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

नेपालमा बक्सिङ खेलको इतिहास धेरै पुरानो छैन । २०१८ सालमा कमलपोखरीमा खोलिएको बक्सिङ क्लब नेपालको सबैभन्दा पुरानो बक्सिङ क्लब हो । नेपाली खेलाडीहरुलाई बक्सिङका अन्तर्रर्ााट्रय प्रतिस्पर्धामा सहभागी गराउन र नेपालमा बक्सिङका खेलाडी जन्माउन यही क्लबकै उल्लेख्य हात छ । नेपालमा बक्सिङ क्लबका संस्थापक हुन्, लक्ष्मण शमशेर थापा । विक्रम संवत् २००० सालमा मणी शमशेर थापा र जगतकुमारीका गर्भबाट काठमाडौंमा जन्मेका उनी सानैदेखि शारिरीक सुगठन, बक्सिङ र टेबल टेनिसका सौखिन थिए ।

 
थापालाई सघाउनेहरु थिए, सुरेशसिंह आले, जितेन्द्रध्वज खाँणसँग मिलेर उनले २०२९ सालमा बल्ल यस क्लबलाई दर्ता गराए । जतिबेला अन्तर्रर्ााट्रय बक्सिङ प्रतियोगिता काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिएको थियो । अर्जेन्टिनाका ओडीसीडो आर्र्डो, वर्माका एकबहादुर थापा, पाकिस्तान तथा भारतका खेलाडीहरु सहभागी थिए । रविनचन्द्रदेव -स्टेट कोच) थिए ।   
उनले बक्सिङ पर््रदर्शनी गर्नुअघि उनकै क्लबमा अभ्यास गराउँदै थिएँ । त्यत्तिकैमा तत्कालीन अधिराजकुमार धीरेन्द्र उनको क्लबमा पुगे । उनले चासो दिएर बक्सिङ खेलबारे सोधेपछि लक्ष्मण शमशेरले यसबारे सविस्तार बताए र केही दिन पछि हुन लागेको बक्सिङ पर््रदर्शनीमा सहभागी हुन निमन्त्रणा दिए । तर, धीरेन्द्रले मलाई यसबारे थाहा छैन । खेलकुदका बारेमा मेरो काका -बसुन्धरा शाह) लाई जानकारी छ, उनलाई पठाइदिन्छु भने । नयाँ खेल टुँडिखेलमा पर््रदर्शनी गर्दा जनताको भीड र ढंगामुढा होला भनेर सभागृहमा देखाइएको थियो ।   
लक्ष्मण शमशेरले आफ्नै प्रयासमा कमलपोखरीमा स्थापना भएको एउटा क्लबलाई विस्तार गर्दै नेपाल बक्सिङ संघको रुपमा खेलकुद परिषद्मा दर्ता गर्न चाहान्थे । २०१८ सालदेखि २०२९ सालसम्म उनका धेरै चेलाहरु उत्पादन गरिसकेका थिए । तर खेलकुद् परिषद्का तत्कालीन सदस्यसचिव कुमार खड्गविक्रम -धीरेन्द्रका भिनाजु)ले संघ दर्ता गर्न दिएनन् । उनले पर््रदर्शनीका टिकट बिक्रीका लागि प्रयास गरे । तर कुमार खड्गविक्रमले उनलाई असहयोग गरे । "बरु सोल्टि होटलको म्यानेजिङ्ग डाइरेक्टर लेनिन दोर्जेले सातओटा टिकट किनिदियो," थापा सम्झन्छन् । तर, उनले सभागृहमा सफल रुपमा बक्सिङको पर््रदर्शनी गराएरै छाडे । २०१८ सालमा क्लब खुलेयता यो बक्सिङको पहिलो पर््रदर्शनी थियो । 
 
त्यसपछि २०३० सालतिर अधिराजकुमार धीरेन्द्रले नै कुमार खड्गविक्रमसँग झगडा गर्नुभन्दा बाग्मति अञ्चल बक्सिङ संघ हुँदै चरणवद्ध रुपमा बक्सिङ संघ दर्ता गर्न सुझाव दिए । उनकै सल्लाह अनुसार बाग्मति अञ्चल बक्सिङ संघ दर्ता पनि भयो । हरेक साल अञ्चल-अञ्चल, जिल्ला र क्याम्पसहरुमा खेल हुन थाल्यो । यसैक्रममा २०३३ सालमा उनीहरुले नेपाल बक्सिङ संघ दर्ता गरेरै छाडे ।   
लामो समय बक्सिङ संघको अध्यक्ष भएर काम गरे लक्ष्मण शमशेरले । यो क्रममा उनी विभिन्न अन्तर्रर्ााट्रय खेल खेलाउन खेलाडीहरु लिएर विभिन्न देशहरुमा गए । २०३० सालमा राजा वीरेन्द्रको जन्मोत्सवमा भैरहवामा बक्सिङ प्रतियोगिता हुँदा गण्डकी, लुम्बिनी, बाग्मति लगायतका अञ्चलबाट ७ बक्सर मिलाएर उनले प्रतियोगिता गराए । त्यसपछि २०३३ सालयता हरेक वर्षबक्सिङ प्रतियोगिता हुनलाग्यो ।   
पाकिस्तानको काइदेअजम बक्सिङ सेन्चुरी सेलिवरेशनमा हुने प्रतियोगिताका लागि उनी नेपालबाट रविराज थापा र कृष्णबहादुर रानामगरलाई लिएर २०२७ सालमा पहिलोपटक अन्तर्रर्ााट्रय प्रतियोगितामा भाग लिन पाकिस्तान गएका थिए । तर भारतबाट रेलमा यात्रा गर्दै त्यहाँ पुग्दा 'प्रिलिमिनरी वाउट' समाप्त भैसकेको थिए । बक्सिङमा उति पोख्त नभएका नेपाली खेलाहरुले बक्सिङका महशुर भनिने अनवर चौधरीसँग पनि बक्सिङ खेलेका थिए ।   
यस्ता धेरै अनुभव छन्, थापासँग । अहिले उनी ६८ वर्षा भए । मृगौलासम्बन्धि समस्याबाट पीडित छन् । केही वर्षघि पोखरामा भएको बक्सिङ प्रतियोगितामा सहभागी हुन उनी आफैं पुगेका थिए ।   
२०४५ सालपछि शरद्चन्द्र शाह राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव रहेका बेला उनले नेपाल बक्सिङ संघको अध्यक्ष विष्णुगोपाल श्रेष्ठलाई सुम्पिदिए । आफू अध्यक्ष रहँदा कोषाध्यक्ष रहेका श्रेष्ठलाई अध्यक्ष बनाएपछि उनी उपाध्यक्ष बसेर संघलाई सरसल्लाह दिंदै आएका छन् । विगत एक वर्षयता भने मृगौला सम्बन्धि समस्याका कारण त्यति सक्रिय हुन सकेका छैनन् । तर लागिरहेका छन्, नेपालमा बक्सिङ खेलको विकास र पर््रवर्द्धनका लागि ।   

Posted on: 2011-Jul-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar