27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

रेडलाइट रात

24 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

मुन्नी बदनाम हर्ुइ डार्लिङ तेरे लिए ! मध्यरातमा मादक गीत गुञ्जदा माहोल तात्तियो । तेस्रो लिंगीको एक टोली गीतको तालमा कर्मर मर्काउँदै पस्यो । हल्का र लचकदार शरीर घुमाउँदै नाँच्दा नशाले झुम्म भएकाहरु समेत जर्‍याकजुरुक उठेर रम्न थाले । कोही सँगै नाँच्न थाले त कोही पंतीगर उडाएजसरी पैसा फाल्न थाले । 

 

 
रातलाई रंगिन बनाउन युवतीहरु आफूलाई सुन्दर बनाउन सक्रिय छन् । श्रृंगारका बट्टाहरु खोल्दै घरीघरी क्रिमपाउडर पोतिरहेका छन् । बेला बेलामा कपडा फेर्‍दै आउनेजाने गरिरहेका छन् । बढीभन्दा बढी ग्राहक आकषिर्त बनाउने ध्येयमै सक्रिय देखिन्छन् ।   
 
नयाँ दिल्लीको जीबी रोडस्थित रेड लाइट क्षेत्रमा हरेक रात हुने रोमाञ्चक क्षणहरुमध्येको एक हो यो । रेड लाइट क्षेत्रका एक सयजति कोठीमध्ये नेपाली चेलीहरु रहेका आधा दर्जन जति कोठीले छुट्टै आकर्षा पाएको छ । जहाँ यौन चाहना पूरा गर्न आउनेको भीडनै लाग्छ । दलालहरु बाहिरैबाट नेपाली केटी भएको कोठामा लगिदिने भन्दै ग्राहक तान्न खोज्छन् । नेपाली चेलीहरुको बढ्दो माग कोठी नछिर्दैको गतिविधिले देखाउँछ ।   
 
विहानको ९ बजेबाटै खुल्ला हुने कोठीहरुमा २४ घण्टै यौनधन्दा हुने बताउँछन् कोठी संचालक । रातको दर्ुइ बजे औपचारिक रुपमा मूलगेट बन्द गरिने नियम भएपनि रातमा समेत ग्राहक राखिदारहेछन् । औपचारिक रुपमा दैनिक १८ घण्टा खुलेपनि अनौपचारिक रुपमा रेडलाइट क्षेत्र कहिले सुत्दैन ।   
 
अबेर रातसम्म आउने जानेको भीडनै लागेको देखियो । कोही रमिता हर्ेन आउने त कोही यौन चाहना पूरा गर्ने ध्येयले बस्ने रहेछन् । रमिता हर्ेन आउनेलाई लठ्ठी लिएर घुम्ने वृद्धा धपाउँदै छिन् । कोही चाहिँ उनलाई पाँच दश रुपियाँ दिएर फकाउँदै अड्डी कसिरहेका छन् ।  
 
साँघुरो कोठीमा आकर्ष मार्बलले सिंगारिएको छ । घण्टा घण्टामा भर्ुइं बडारेर सफासुग्घर पारिएको छ । चुरोटका धुँवाले वातावरण धमिल्याएको छ । चर्को संगितले मान्छेको आवाज नबुझिने भएको छ । तैपनि युवतीहरु ग्राहकलाई आकषिर्त गर्न खासखुस गरिरहेका छन् । कोही लाजै नमानी काखैमा बसेर वातावरण आफ्नो पक्षमा पार्न खोज्दैछन् । मुख्य हलभन्दा माथि स-साना कोठा रहेछन् । पैसा तिरेपछि कुपन काटेर युवतीले ग्राहक लगेको दृश्य निरन्तर देख्न सकिन्थ्यो । मोलमोलाईका क्रममा भन्दै छन्, ' र्ढाई सय तिरेर एक पटक युवतीसँग बस्नसक्नुहुन्छ, रात बस्ने हो भने एक हजार लाग्छ ।' तोकिएको रकममा कुनै सम्झौता नहुने अमृता स्पष्ट पार्छिन् ।  
 
माहोल तात्तिदै गर्दा युवतीहरु नजिक आइपुगे । एउटीले भनी,'बस्ने हो !' सँगै गएको युवक त्यस ठाउँ र युवतीहरुसँग चिरपरिचित रहेछ । उनीहरुले युवकलाई भने,'यसले थरी थरीका मान्छे ल्याउँछ ।' छेउमै रहेकी युवतीसँग कुरा गर्दै रहँदा अर्की युवती आई । उसले मसँग टाँस्सिएर चिरपरिचित झै कुरा गर्न थाली । भनी,'भीनाजु के छ हालखबर !' उनीहरुको बेग्लै भाषा प्रकट भइहाल्यो । म चुपचाप बसेँ । युवती लज्जालाई बिर्सिएर भन्नथाली,'रातै बस्ने हो -' म अवाक् भएँ । सँगै गएको युवकले भन्यो,'बस्ने हो भने बस्नुस् न त म जान्छु ।' मैंले नजान भनेँ । युवती मलाई फकाइरहेकी छ । ऊ भन्दै छे,'छिटो बुक गर्नुपर्छ, नत्र भने गतिलो कोठा पाइन्नँ ।' मलाई कोठा बुकभन्दा पनि कोठीको वातावरण, युवतीहरुको गतिविधि, उनीहरु कसरी र किन आए भन्ने जान्नुछ । त्यसका लागि खुलेर बोल्ने युवतीहरु ठम्याउन लागिपरेँ ।    
 
रात छिप्पिदै गयो । युवती जाने आउने गरिरही । म बस्छु भन्ने भरोसा जागेर ऊ पछ्याइरहेकी थिई । यतिञ्जेल ऊ तीनजना ग्राहकसँग बसिसकेकी थिई । ऊ टाँसिएर बस्नेवित्तिकै प्रश्न गरेँ,'एक दिनमा कतिजनासँग बस्छौं -' उसले भनी,'खासै छैन ।' तीनजनासँग बसिसकेकी उसलाई मैंले भनेँ,'यहाँ भरीमा बढी ग्राहकले मन पराउनेमा तिमी र अरु चार पाँच जना रहेछौ ।' ऊ चुप भई । मँगोलियन अनुहारकी चेली वसन्तमा फूल्ने गुराँस जस्तै चम्किली देखिन्छे । २२ नकटेकी उसले मेरो जिज्ञासाहरु मेट्ने विश्वास लाग्यो । खुलेर बोल्दिरहिछे । पेटमा पापै नभएकी जस्ती ! मेरो जिज्ञासाहरु मेट्न तयार हुने ठानेर रातै कटाउँछु भनेँ । ऊ दंग परी । अघिभन्दा नजिकिएर गफ गरी । 'तिमी कसरी आएकी भनन -' मेरो हातबाट एक हजार लिएर उसले भनी,'म सबै पछि भन्छु ।' ऊ र अरु युवतीहरु दिल्लीको रेड लाइट आइपुग्नुको कारण थाहापाउने विश्वास लिएर रमिता हेरिरहेँ ।   
 
कोठीमा ५० जनाको संख्यामा रहेका युवतीहरुमध्ये ३० जति नेपाली नै थिए । अन्यमा भारतीय युवती थिए । लामो समयको बर्साईंमा युवतीहरुसँग भलाकुसारी भयो । अधिकांश मँगोलियन अनुहारका थिए । सबैका आ आफ्ना कथा व्यथा छन् । एउटीलाई सोधेँ,'तिमीलाई कसले ल्याइपुर्‍यायो -' उसले ठाडै जवाफ दिई 'म राम्रो परिवारकी हुँ बुझ्नुभो, तनाव झेल्न नसकेर यस्तो ठाउँमा आइपुगेकी हुँ ।' युवतीहरु भारतको वेश्यालयमा बेचिन्छन् भन्ने सुन्दै आएको मलाई उसको जवाफले छक्क तुल्यायो । कुराकानीकै सिलसिलामा उसको नाडीभरी काटेको दाग देखेँ । सोधेँ,'तिमी प्रेम वियोगमा परेकी जस्ती छ्यौ, नाडी सबै बिलेटले काटिछौ ।' भावुक हुँदै भनी,'मलाई ती घटना नसम्झाउनुहोस्, म नेपाल बाहिरै मर्छर्ुुयसको अनुहार हर्ेर्दिन भनेर आएकी हुँ ।' मलाई कुराकानी अगाडि बढाउनु उपयुक्त लागेन ।   
 
रात छिप्पिदै जाँदा तबला र हामोर्नियमको तालमा गीत गुञ्जदै थियो । कोही वियर त कोही रक्सी पिउँदै मस्ती लिइरहेका थिए । बेला बेलामा झगडा परिरह्यो । र्दुव्यवहार गर्न खोज्ने र निहुँ खोज्ने पुरुषलाई युवतीहरु खुबै पिट्दारहेछन् । सँगै बसेकी युवतीको स्तनमा एक युवकले छोएको मात्र थियो, उसले भित्तामा टाँस्सिनेगरी लात्ताले हानी । युवक चुप लाग्नुसिवाय केही गर्न सकेन । मैंले अमृतालाई सोधेँ,'यहाँका युवतीहरु त निकै डरलाग्दा रहेछन्, केटाहरुलाई बेस्सरी पिट्दा रहेछन् ।' उसले भनी,र्'र्दुव्यवहार गर्नेले नराम्रो कुर्टाई खान्छ । बलिया केटाहरु काममा राखिएका छन् ।' अर्की युवतीले औंलाको घाऊ देखाउँदै भनी,'एउटाको रामधुलाई गर्दा घाऊ भएको हो ।'  
 
च्यापुमा चिटिक्कको कोठी बसेको युवतीले उल्टै मलाई सोधी, 'दिल्लीमा के गर्न आएको -' मैंले विद्यार्थी हुँ भनेँ । उसले भनी,'तपाई जस्तो मान्छे यस्तो ठाउँमा आउने हो त !' उसको वाक्यले मलाई छक्क बनायो । उसले थपी,'हामी त पढ्न सकिएन सकिएन, पढ्ने मान्छे चाहिँ यस्तो ठाउँमा आउन हुन्न ।' मैंले सोधेँ,'तिमी कति पढेकी छ्यौ -' उसले भनी,'पढ्न सकेको भए, यहाँ किन आउँथे ।' पर्ूर्वी नेपालमा घर भएकी ऊ काठमाडौंमा भारी बोक्दा बोक्दै आफन्तबाट दिल्ली ल्याइपुर्‍याएकी रहिछ । 'तिमी बेचिएको त होइन -' प्रश्न खस्न नपाउँदै भनी,'मलाई कसैले बेचेको भए त्यसको ज्यान लिइसक्थेँ ।' ऊ फकिएर आएकी रहिछे । पारिवारिक कलह अनि विपन्न आर्थिक अवस्थाबाट मुक्ति पाउन उसले आफन्तको प्रस्ताव मानेर दिल्लीको रेडलाइट एरिया रोजेकी रहिछ । चार वर्षरेडलाइटमा काम गरिसकेकी उसले एक वर्षअघि घर पुगेर आएको बताई । 'एकपटक छिरेपछि तीनवर्षम्म कतै जाऔंला भन्ने नसोचे हुन्छ ।' उनीहरु तीन वर्षयही साँघुरो कोठीमा तल माथि गरेर बिताउनुपर्ने ! अत्यासलाग्दो विगत अनि भविष्यको चुनौतीहरु सुनाई ।   
 
अमृता रेडलाइट आएको एक महिना मात्र भएछ । यहाँ आउनु अघि आफूलाई अन्तै राखेर काम सिकाइएको बताई । उसले भनी,'मलाई हिन्दी भाषा आउँदैनथ्यो, अन्तै राखेर सिकाइयो ।' आफू नयाँ भएकाले पुलिस चेकिङ आउँदा लुकाइने गरेको बताई । भनी,'नयाँ युवती देखेमा सोधपुछ हुने डरले हामीलाई माथि लुक्नु भनिएको छ ।' अबको तीन वर्षकोठीमा तलमाथिनै गर्दा बित्ने सुनाई । 'कहिले काहीँ छतमा जाँदा घामको मुख देख्न पाइन्छ, नत्र घाम भनेको समेत थाहा लाग्दैन ।' दिनको पाँच घण्टा मुश्किलले सुत्न पाइने सुनाउँदै भनी,'अब त बानी नै लागिसक्यो ।' उसको वाध्यता नै बानी बनिसकेछ । आफू रेडलाइट आउनुमा आफ्नै भाग्यलाई दोषी ठान्ने अमृता १३ वर्षै विवाह गरिदिंदाको पीडा भोगिरहेको बताउँछे । उसले यौनव्यवसाय छाड्न चाहेको तर विकल्प नहुँदा वाध्यतामा काम गरिरहेको सुनाई ।   
 
आर्थिक विपन्नता, आधुनिक जीवन बाँच्न चाहने महत्वाकांक्षा र जीवनबाट विचलित भएपछि यौनव्यवसायमा तान्निनेको संख्या उल्लेख्य देखियो । तिमीहरुलाई बेच्छन् रे नि भन्ने प्रश्नमा अमृताले भनिन्,' यो पुरानो भैसक्यो । तपाईं कुन दुनियाँमा हुनुहुन्छ, अधिकांश चिनेजानेकाकै माध्यमले यहाँ आएका छन् ।' कोही कोहीचाहिँ झुक्याएर ल्याइने गरेको सुनाई । उनीहरुलाई ल्याउनेले कमिसन राम्रो पाउने रहेछ । कोठीमा छिरेपछि तीनवर्षम्म मुक्ति पाउने सम्म पनि सोच्न नसकिने उसको भनाई थियो । 'तीन वर्षछि बल्ल घर जान पाइन्छ ।' कोठीको मूल हलमा चारैतिर क्यामरा राखिएको देखाउँदै भनिन्,'हामी के गरिरहेका छौं, सबै माथिबाट अनुगमन भइरहेको हुन्छ । कोही निष्कृय देखिएमा गाली आइहाल्छ ।' नभन्दै एउटी युवती उसलाई गाली गर्न आइपुगी । उसले जंगिदै भनी,'तँ यही लठारिएर बस्छेस् कि ग्राहक भएतिर पनि जान्छस् ।'   
 
आफ्नो आम्दानीबारे स्पष्ट बताउन नचाहने रेडलाइटका चेलीहरु असन्तुष्टिको पोको खोल्छन् । 'महिनाको ३० हजार त कमाई होला नि -' निरन्तरको व्यस्तता देखेर मेरो प्रश्न थियो । अमृताले जवाफ फर्काउँदै भनी,'के को हुनु नि, खर्च नै बढी छ ।' दैनिक तीन सय खानपिनमै सकिने बताई । जति ग्राहक पाउन सक्यो उति फाइदा हुने बताउँदै भनी, 'रात बस्ने ग्राहक पाएमा पैसा पनि राम्रो कमाइन्छ '। शिलाचाहिँ एक वर्षअघि घर जाँदा एक लाख भारु लिएर गएको बताउँछे । कमाएको पैसा यताउता गर्दा धेरै सकिएको भन्दै अब दर्ुइ वर्षकाम गरेपछि छाड्ने सुनाउँछे । भविष्यमा विवाह गरेर बस्ने धोको सुनाई ।   
 
ग्राहकहरु धेरैजसो नराम्रो बानीव्यहोराको हुने भएपनि केहीको मनचित्त राम्रो हुने चेलीहरुको अनुभव छ । शिलाले सुनौलो रँगको घडी देखाउँदै भनी,'यही आइरहेन एकजना नेपालीले ल्याइदिएको हो । अर्कोपटक आउँदा पनि उपहार ल्याउँछु भनेको छ ।'   
 
विहान १० बजेभित्र उठिसक्नुपर्ने, त्यसपछि ग्राहक आकषिर्त पार्न सक्रिय हुनुपर्ने, भ्याएसम्मकालाई दैनिक २४ घण्टै सन्तुष्ट पार्नुपर्ने, मध्यान्हको १२ बजे नास्ता, तीनबजे खाना, रातको अर्ढाई बजे खाना खाएर रात बस्ने ग्राहकलाई समेत सन्तुष्ट पार्नुपर्ने ! नेपाली चेलीहरुको दिल्लीको रेडलाइट एरियाको दैनिकी यसरीनै बितिरहेको छ । भारत सरकारले अघोषित रुपमा वैधता दिएको दिल्लीभित्रको एकमात्र रेडलाइट एरियामा यौनको आकर्ष वस्तुका रुपमा नेपाली चेलीहरु ल्याइने गरेका छन् । उनीहरु मानव ओसारपसारका सञ्जालको सक्रियतामा धेरै वाध्यता, केही रहर र बलपर्ूवक पुर्‍याइएका छन् । कसैको पैसा कमाउने रहर छ त कसैको गरिबी र विचलनलाई बिर्सर्ााुपर्ने कर छ । कोही दलालमार्फ् झुक्याएर पुर्‍याएका छन् । जे जसरी पुर्‍याइएपनि उनीहरु जेलरुपी कोठीमा वस्तुका रुपमा पलपल विक्री भइरहेका छन् । फरक यतिमात्र हो कि समयको परिवर्तनसँगै उनीहरु यौनबजारमा पुर्‍याइने शैली र कारणमा परिवर्तनहरु आइसकेको छ ।   

Posted on: 2011-Jul-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar