05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कुमारी बैंककको लगानी साना र मझौला उद्यममा कुशल 'रिस्क म्यानेजर' पन्तको नेतृत्व

22 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

कुमारी बैंकले केही समयअघि मध्यवर्गीय उपभोक्तालाई सेवा दिन 'कुमारी विग सेभिङ' नामको खाता सुरु गर्‍यो । न्यूनतम ५० हजार बचतमा १० प्रतिशतको ब्याजका कारण यो धेरै चर्चित पनि भयो । मुद्धती खाताकै हाराहारीमा उच्चतम ब्याज पाइने यस खाताबाट ग्राहकले धेरै लाभ लिएका छन् ।

 

बैंकले यसअघि पनि स्मार्ट बचत, शुभलक्ष्मी बचत, टि्वंकल स्टार बचत र फिफ्टी प्लस बचत जस्ता खाताबाट ग्राहकलाई आकर्ष प्रतिफल दिएको थियो । 

 
कुमारी बैंक लिमिटेड प्रविधिमा उच्च लगानीका माध्यमबाट साना तथा मझौला उद्यम -एसर्एमई) व्यवसायीलाई आफ्ना मुख्य ग्राहक बनाउनेतर्फनिरन्तर क्रियाशील रहँदै आएको छ । 

 
वित्तिय संस्थाहरुबीचको तीव्र प्रतिस्पर्धा र तरलता अभावले बैंकहरुसमक्ष चुनौती थपिदैं गएका छन् । यस बीचमा पनि कुमारी बैंकले ग्राहकहरुलाई सहजै सेवा दिन सकिने र उच्च प्रविधिमा लगानी गरेर ठूलाभन्दा साना र मझौला उद्योगमा लगानीको रणनीति तय गरेको हो ।

 
बैंकका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको नेतृत्व पाएको कुमारी बैंकले नयाँ प्रविधि प्रयोगमा समेत जोड दिदैं आएको छ । कुशल बैंकर पन्तको व्यवस्थापनका कारण बैंकले घरजग्गाको लगानीलाई नियन्त्रणमा लिदैं अन्य उत्पादनमूलक र नाफामुखी क्षेत्रमा लगानी शुरु गरेको छ । 

 
कुमारी बैंकको नेतृत्व सुरु गरे लगत्तै बैंकलाई नयाँ उचाईमा पुर्‍याउन पन्तले उच्च प्रविधि र बढीभन्दा बढी ग्राहक बनाउनेतर्फआफूले नयाँ-नयाँ अवधारणा कार्यान्वयनमा ल्याउन लागेको बताए । 'बढीभन्दा बढी नयाँ प्रविधि प्रयोगका माध्यमबाट बैंकिङ्ग कारोबारलाई सरलीकरण गर्ने योजना बनाएको छु,' उनले भने । कुमारी बैंकले स्थापनादेखि नै अत्याधुनिक प्रविधिमा जोड दिई नेपालमा इ-बैंकिङ्गको सुरुवात गरेको थियो । साधरण नेपालीले पनि सहज रुपमा आधुनिक बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने वातावरणका लागि प्रविधि प्रयोगलाई सधैं प्राथमिकतामा राखेको पन्तले बताए । 

 
उनी ठूला र सीमित ग्राहकलाई थोरै कर्मचारी राखेर सेवा दिनेभन्दा उच्च प्रविधि प्रयोग गरेर धेरै ग्राहकलाई स्तरीय सेवा दिंदा बैंकको भविष्य उज्जवल हुने धारणा राख्छन् । 

 
उनका अनुसार कुमारी बैंकले महत्वकांक्षी रुपमा कारोबारको आकार बढाउनुभन्दा अहिलेको परिस्थितिमा जोखिम न्यूनीकरणलाई नै बढी जोड दिएको छ । उनले बैंकको वर्तमान कार्यनीति र कार्यक्रमलाई यथावत् कायम राख्न सकेमात्र सफल हुन सकिने बताए ।

 
'बचतकर्ताको रकमलाई सुरक्षित भएको प्रत्याभूति दिनका लागि पनि साना निक्षेपकर्ता र साना ऋणीको संख्या आवश्यक पर्छ', उनले भने, र्'र्सवसाधरण निक्षेपकर्ता आकषिर्त नगरेसम्म यो अवस्था सिर्जजना हुँदैन, त्यसैले सेवालाई सरलीकरण गरेर धेरै ग्राहक आकषिर्त गर्ने पक्षमा छौं ।' त्यसै अर्न्तर्गत 'कुमारी विग सेभिङ' जस्ता ग्राहकले मन पराउने र बढी प्रतिफल पाउने निक्षेप योजना बैंकले सञ्चालनमा ल्याएको छ ।

 
कुमारी बैंकले अहिलेसम्म परिचालन गर्दै आएको करिब १५ अर्ब रुपैंया ऋण लगानीलाई कसरी अझ बढी उत्पादनमूलक बनाउने भनेर लागेको छ । धेरै निक्षेप संकलन र कर्जा प्रवाहभन्दा अहिले भइरहेको पोर्टफोलियोलाई बढी परिमाणमुखी बनाउने प्रमुख कार्यकारी अधिकृत पन्तको भनाई छ । 

 
कुमारी बैंकलाई र्सवसाधरणको बैंक बनाउनका लागि देशव्यापी सञ्जाल आवश्यक भएकाले शाखा विस्तारलाई पनि जोड दिएको छ । बैंकले ग्रामीण र दर्ुगम क्षेत्रमा पनि बैंकले आफ्नो सेवा विस्तार गरिरहेको छ । हालसम्म बैंकका ३२ ओटा शाखा सञ्चालनमा छन् । देशभर शाखा विस्तार गरेर कारोबार बढाउँदा र बैंक तथा उपभोक्ता दुवैलाई सजिलो हुने प्रमुख कार्यकारी अधिकृत पन्त बताउँछन् । 'फेरी शाखा विस्तार गरेर मात्र हुँदैन, यससँगै ऋण व्यवस्थापनमा पनि ध्यान दिनर्ुपर्छ," उनले भने । यसकारण त उनी साँच्चिकै जोखिम व्यवस्थापकका रुपमा दरिएका छन् । 

 
जोखिम न्यूनीकरणमा जोड दिने क्रममा नै उनले ठूलाभन्दा साना र मझौला उद्यमीलाई परिलक्षित गर्ने सोचाई अघि सारेका हुन् । 

 
संसारभर साना र मझौला उद्योगको विकासबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको र बैंक तथा वित्तिय संस्थाको दिगो विकास हुने उनको अध्ययन र अनुभवले देखाएको छ । साना र मझौला उद्योगका साथै वाणिज्य बैंकले ग्रामीण क्षेत्रमा काम गर्ने लघुवित्त विकास बैंक र सहकारीलाई पनि ऋण दिने सोच बनाएको छ । गाउँ-गाउँसम्म बैंक तथा वित्तिय संस्था विस्तारले देशको अर्थतन्त्रमा आमूल परिवर्तन आउने पन्तको दृढ विश्वास छ । 

 
केही वर्षता केही वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र ठूला बचत तथा ऋण सहकारी संस्थाले एकै प्रकृतिका काम गर्दै आएकाले परस्परमा गाभिनु र्-मर्जर) जरुरी भएको उनको धारणा छ । मर्जरमा उदाहरणीय बनेर देखाउन एभरेष्ट बैंक र कुमारी बैंकले यो प्रकृया शुरु गरिसकेका छन् । सञ्चालन खर्चका हिसाबले पनि वित्तिय संस्थाहरुको मर्जर अत्यावश्यक भएको उनको धारणा छ । 

 
बैंक तथा वित्तिय संस्थाहरुले एकै प्रकारको काम गर्नुभन्दा पनि क्षेत्रगत एवं विषयगत  विशेषीकरणको उद्देश्य राखेर काम गर्नुपर्ने उनले बताए । 'पर्ूवाधार विकास, कृषि, आयात-निर्यातलगायतका विशेष क्षेत्र लक्षित गरेर संस्था खोलिए त्यी वित्तिय संस्थाहरुको भविष्य दिगो हुन्छ,' उनी भन्छन् । 

 
केही समय यता निक्षेपमा ब्याजदर उच्च हुँदै गएकाले तद्नुरुप कर्जामा पनि ब्याज उच्च हुँदै गएको छ । जसका कारण बैंकबाट ऋण लिएर उद्योग र व्यवसाय सञ्चालन गर्न कठिन बन्दै गएको विषप्रति उनी जानकार छन् । जलविद्युत् लगायत थुप्रै तुलनात्मक लाभका क्षेत्रमा २० प्रतिशतभन्दा बढी प्रतिफल नपाइने तर लगानी गर्न यसको हाराहारीमा नै ऋणको ब्याज तिर्नुपर्ने अवस्थामा कसैले जोखिम उठाउन नसक्ने उनले दाबी गरे । सरकारले आयातलाई निरुत्साहीत गर्न निर्यात बढाउनुपर्ने समयमा बढ्दो ब्याजदरले लगानीकर्ता निरुत्साहीत भएर उद्योग व्यवसाय धरशायी हुने उनको अनुमान छ ।

 
बैंकहरुको अहिलेको ब्याजदरमा ऋण लिएर कसैले पनि जोखिम उठाउन नसक्ने भएकाले पर्यटक बढाउने, वैदेशिक लगानी आकषिर्त गर्न तथा अप्ठ्यारो हुने भन्दै पन्तले तरलता संकटको समाधान नभएमा केही समय लगत्तै ठूलो समस्या पर्न सक्ने आँकलन गरेका छन् । बैंकिङ क्षेत्रको निक्षेपमा वृद्धि नभएको, घरजग्गाको मूल्यमा गिरावट आएकाले बैंकको ऋण तिर्न मूल्य घटाउन पर्ने तथा धितोको समेत पर्ुनमूल्यांकन हुने भएपछि धेरै ऋण 'खराब कर्जा' मा परिणत हुनसक्ने अनुमानका साथ उनी बैंकको जोखिम व्यवस्थापनमा अहोरात्र खटिदैं आएका छन् । 

 
बैंक तथा वित्तिय संस्थाबाट ६० हजार रुपैंया बराबरको ऋण लिन १ लाख बराबरको धितो आवश्यक हुन्छ । पन्तले उद्यमशीलतालाई पनि हरेर ऋण दिने व्यवस्था नभएसम्म साना तथा मझौला उद्योगको विकास गर्न बैंक तथा वित्तिय संस्थालाई समस्या हुने बताए । 

 
बैंकले गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको छ । त्यस्तै निष्त्रिmय कर्जामा कमी ल्याइ पुँजी पर्याप्तता समेत बढाएको छ । 

Posted on: 2011-Jul-22


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar