04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मार्क्सवादको समयानुकुल व्याख्या

21 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

मार्क्सवाद भन्ने जुन दर्शन छ यसले निरन्तर परिमार्जनको माग गर्छ । मार्क्सको पालामा वा लेनिनको वा माओको पालामा जसरी मार्क्सवादलाई लागू गर्न खोजियो, अहिले त्यसरी यो लागू हुन सक्दैन । समय, काल, परिस्थितिको विशिष्टतालाई बुझेर मार्क्सवादका सारभूत कुराहरूलाई लागू गर्नुपर्ने हुन्छ । त्यसैले यसले निरन्तर विकासको माग गर्छ । जस्तो हसियाँ, कर्द, खुकुरीलाई धार लगाउनको निम्ति छिनो, मार्तोलको उपयोग गरिन्छ । तर छिनो र मार्तोललाई पनि बेलाबेलामा साध लगाउनुपर्ने हुन्छ ।

 

 

यदि लगाइएन भने त्यसले खुकुरीलाई साध लगाउन सक्दैन । त्यसैले यो संसार बदल्ने विज्ञान, दर्शन मार्क्सवादलाई भनिन्छ त्यसको पनि परिमार्जन आवश्यक हुन्छ । र अहिलेको जुन विवाद अथवा अन्तरविरोध वा संर्घष्ाको मूलमा मार्क्सवादलाई नेपालमा कसरी लागू गर्ने भन्ने नै रहेको छ । अथवा नेपालका जुन समस्याहरू छन्, नेपालमा जुन अन्तरविरोधहरू छन्, त्यसबाट कसरी अगाडि जाने भन्ने संकट परेको छ । 

 

 
हाम्रो जुन पछौटेपन छ, हामी जुन प्रकारको संस्कार परम्पराबाट आएका छौ त्यसले गर्दा यस्तो भएको हो । एउटा उन्नत दर्शन बोके पनि पछौटे संस्कृतिबाट आएका र पछौटे परम्परा र संस्कार बोकेका मान्छेहरूले उन्नत चीज लागू गर्न खोज्दा आफ्नो संस्कारलाई पनि त्यही ढंगले लागू गर्नुपर्ने जरुरी हुन्छ । तर हामीकहाँ वैचारिक संर्घष्ा भए पनि त्यसको अभिव्यक्तिमा स्तरीयता कायम हुँदैन र जथाभावी रूपमा व्यक्तिगत गालीगलौज हुने गर्छ जुन अस्वस्थ खालको हुने गर्छ । त्यसबाट बचेर स्वस्थ खालको वैचारिक संर्घष्ा गर्नको निम्ति सबैभन्दा राम्रो संयन्त्र भनेको महाधिवेशन हो । किनभने हामी जनवादी केन्द्रीयतालाई मान्छौ । केन्द्रीयता जनवादमाथि उभिएको हुन्छ । जनवादको जमिनमा केन्द्रीयताको पर्खाल उभ्याउनुपर्ने हुन्छ । २०/२२ वर्षभयो हामीले जमिन तयार गरेका छैनौं, पर्खाल चै ठड्याउँदै ल्याएका छौ । अब पार्टर्ीीनि ठूलो भयो । लाखौंलाख सदस्यहरू बढेका छन् । तर त्यसलाई बाँध्ने, त्यसलाई केन्द्रीकृत गर्ने जुन महाधिवेशन हो त्यतातिर कसैको ध्यानै छैन । त्यसले ठूलो अन्तरविरोध पैदा गरेको छ ।   
 
महाभारतमा लडाइँ जे जस्तो देखिए पनि द्रौपदीको बदला लिने भावना र कृष्णको तागतले यो दुइटाले मात्रै युद्ध भएको वर्वकले देखेका थिए । त्यसैले हामीले पनि बर्बरिक दृष्टिकोण कायम गर्ने हो भने के देखिन्छ भने अरू पार्टर्ीी समाज परिवर्तनको एजेन्डा छैन । उनीहरूमा झगडा भइहाले पनि असाध्यै वैयक्तिक, पदीय झगडाहरू हुन्छन् । होला अलिअलि वैयक्तिक, अलिअलि महत्वकांक्षी प्रवृत्तिले पनि तर त्यो सँगसँगै हामीले समाज रूपान्तरणको मुद्दा उठाएको र हाम्रो अस्तित्वमै त्यो टिकेको छ । नेपाली समाजको प्रगतिशील रूपान्तरणले नै माओवादी युद्धको, संर्घष्ा, बलिदानको औचित्य हुन्छ । त्यो गर्न सकिएन भने पार्टर्ीी औचित्य समाप्त हुन सक्छ ।   
 
अहिले हाम्रो पार्टर्ीीmुटाउन कोही पनि लागिराख्या छैन । फुट्ने फुटाउने जुन कुरा बाहिर आइरहेको छ त्यो एक अर्कालाई तर्सर्ाा गरिएको मनोवैज्ञानिक आक्रमण मात्रै हो । र बाबुराम कमरेडको ट्रयाक रर्ेकर्ड हर्ेदाखेरि उहाँमाथि एकदम अन्याय नै भएको स्थितिमा पनि र असाध्यै अपमानजनक व्यवहार गरिएको स्थितिमा पनि उहाले पार्टर्ीीmुटाउनेतिर सोच्नु भएन । त्यसैले पार्टर्ीीत्रका सबै इमानदार कार्यकर्तालाई थाहा छ- पार्टर्ीीकताको पक्षमा उभिने एउटा प्रबल नेता बाबुराम भट्टर्राई हुनुहुन्छ ।   
 
ज्वालामुखीले आफू निस्कनका लागि अनुकूल माटो खोज्छ । मजदुर संगठन वा अन्त देखा परेको विवाद पनि यस्तै हो । पार्टर्ीीत्र वैचारिक बन्ध्याकरण जस्तो भइरहेको छ । जुन प्रकारले नेपाललाई १५/२० वर्षम्म अगाडि जाने राजनीतिक, आर्थिक, सांस्कृतिक कार्यक्रम हामीले जुन दिनुपर्ने हो त्यो कार्यक्रम सायद हामी दिन सकिराख्या छैनौं । त्यसले गर्दा संर्घष्ा भएको छ र त्यो संर्घष्ा चाहिँ मजदुरहरूमार्फ पर््रदर्शन भएको छ । त्यो कारण के त भन्दा हिजो हामी गाउँले सहर घर्ेर्ने भन्ने कार्यक्रममा थियौं । त्यतिखेर गाउँ हाम्रो प्राथमिकतामा थियो, किसानहरू हाम्रा प्राथमिकतामा थिए भने आज आइपुगेर सहर हाम्रो प्राथमिकतामा छ, सहरको सबैभन्दा जनपरिचालनका हिसाबले पनि र आर्थिक गतिविधिका हिसाबले पनि मजदुर बढी प्राथमिकतामा परेका हुनाले त्यसबाट अभिव्यक्त भएको छ त्यो । तर कुरा के हो भने त्यसको पनि जडमा निर्वाचित कमिटी नहुनु हो । माथिबाट टीका लगाएर मनोनयन गरेको भरमा नै सबै कमिटीहरू चलेका छन् ।  
 
हामी सबै आफैंले आफैंलाई मनोनीत गरेर नेता भएका छौ । त्यसलाई अन्त्य गरेर निर्वाचनमा जाऊ र आर्थिक पारदर्शिता अर्थात् आर्थिक कुराहरूलाई एउटा सिस्टममा ल्याउन जरुरी छ । यति ठूलो पार्टर्ीीएपछि चुस्त आर्थिक प्रणालीबाट सञ्चालित हुनर्ुपर्छ । यसको एउटा आर्थिक कमिटी हुनर्ुपर्छ । त्यसले सबै कुरालाई व्यवस्थित गर्नुपर्छ । अब यहाँ भएको के छ भने एकजना भोकै छ अर्को चाहिँ अघाएको छ । भोको मान्छे र अघाएका मान्छे एउटै कमिटीका मान्छे हुन् । कमिटीमा यति ठूलो अन्तर भएपछि त्यो व्यक्त हुन्छ । त्यसो हुनाले निर्वाचित कमिटीहरू बन्नु र आर्थिक पारदर्शिता हुन आवश्यक छ । यसो नहँुदा जनताले पनि शंका गर्न थाले । होला हामी ऋणमै छौ, हेडक्वाटर पनि ऋणमै होला तर अब कुनै आर्थिक प्रणाली नभएपछि, बाहिर जनतालाई हामीले नदेखाउने भएपछि जसले पनि आशंका गर्न सक्ने कुरा भयो । त्यसैले अब कांग्रेसले गरेन, एमालेले हिसाब दिएन भनेर त भएन नि । किनभने हामी भनेको त एकदम जनताप्रति प्रतिबद्ध, क्रान्तिकारी, समाजलाई अग्रगामी दिशामा लैजान्छौ भन्ने पार्टर्ीी अरूका नकारात्मक कुराहरूलाई ढाल बनाएर पन्छिने हो भने कसरी हुन्छ । स्वाभाविक रूपमा जनताको विश्वास र अपेक्षा पनि छ । माओवादी यस्तो बन्देओस्, यस्तो गर्देओस् भनेर । त्यो बन्न नसक्दाखेरि हामीलाई पनि जनताले उही कित्तामा राखे ।   
 
 
मलाई के लाग्छ भने कमरेड किरण र कमरेड प्रचण्डको संगठनात्मक धरातल उस्तैउस्तै छ । अथवा संगठन भित्र राजनीतिक संस्कृति हुन्छ त्यो करिबकरिब समान छ । त्यसले गर्दा संगठनात्मक रूपमा त्यहाँ लडाइँ परेको छ । अब राजनीतिक रूपमा कमरेड अध्यक्ष र कमरेड बाबुराम उस्तैउस्तै सोच राख्नुहुन्छ । राजनीतिक रूपमा त्यहाँ धार परेको छ । किनभने जहाँ मिल्ने कुरा हुन्छन् त्यहाँ कसले त्यसको स्वामित्व लिने भन्ने संर्घष्ा हुन्छ । त्यसै हुनाले संगठनात्मक रूपमा त्यता परेको देखिन्छ । राजनीतिक रूपमा यता परेको जस्तो देखिन्छ । यसको कारण त्यही हो ।   
 
 
तत्कालको राजनीति, राजनीतिक नारा, राजनीतिक कार्यक्रम तय गर्ने कुरामा जुन असंगतिहरू देखापरेका छ त्यसलाई मेटाउन अध्यक्षले पहल गर्नुपर्छ । किनभने हामी बोलिरहेका छँै एकातिर, गरिरहेका छौ अर्कोतिर । त्यसले संशय पैदा भएको छ । हामी देशको सबैभन्दा ठूलो पार्टर्ीी हाम्रै एजेन्डा राष्ट्रिय राजनीतिका केन्द्रीय मुद्दाहरू बनेका छन् । यो स्थितिमा हामीमा संगति भएन भने, हाम्रो बोलाइ र गराइमा संगति भएन भने त्यसले जुन समस्या पैदा गर्छ त्यतातिर नेतृत्वले सावधान हुनर्ुपर्छ ।     

Posted on: 2011-Jul-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar