29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

त्रुटी भएकै हैन त ?

20 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

आजभोलि राजधानीमा मात्र हैन देशका प्रत्येक शहरका गल्ली गल्लीका चिया पसल र रेष्टुराँहरुमा मूल चर्चाको विषय बनेको पाइन्छ - अख्तियार दुरुपयोग निवारण आयेागको सुडान घोटाला सम्वन्धी मुद्दाको निर्ण्र्ाा। चर्चामा पक्ष विपक्षमा कोही पाइन्न । पाइन्छन् भने सबै जिज्ञासुको रुपमा र अर्श्चर्यको अवस्थामा एकअर्कासँग केही थप जान्न पाइने किमिसका आशामा । येा काण्ड यसरी चर्चामा आउनु स्वभाविक पनि हो किनभने यो भन्दा अघि यत्रो अर्थात ३० करोड भन्दा बढीको भ्रष्टाचारको घटना नेपालीले सुनेका थिएनन् ।

 

 

सुडानको डाफरमा रहेको नेपाली शान्ति सेनाको लागि नेपालबाट पठाइएका नपड्कने बारुद र नचल्ने थोत्रा नक्कली हतियार रिविल्ट सैनिकगाडीहरु साराका सारा स्तरहीन भएकाले शान्तिसेना नै फर्काइदिने स्थितिमा पुगेपछि सरकारले अमिलो मुख लगाएर त्यसको स्थानमा मापदण्ड अनुरुपको स्तरीय सामान पठायो, जसले गर्दा शान्ति सेनाले र्फकन परेन तर नेपालका नेपालीहरुको अनुहारमा यस घटनामा विश्वले ऐनामा छवि देखिएझै देखे । इमानको कुरामा हिजोसम्म विश्व इतिहासको शीरमा नाम लेखाउँदै आएका नेपालीलाई नयाँ नेपाल बनाउने स्वाँग गर्दै आएका नेताहरुले कहाँ पुर्‍याए त्यो भन्न र लेखन यो पंक्तिकारको कलम पनि उठ्दैन - त्यहाँ पुर्‍याए आजका नेतृत्ववर्गले देशलाई । यी भावनाका कुरा भए । यसलाई यही छाडुँ र चर्चाको जुन विषय उठाउन शुरुमा खोजेको हो त्यसैमा जाउFm ।

 

 
अख्तियारले सुडान घोटाला सम्वन्धी मुद्दामा दिएको निर्ण्र्ाासुडान घोटला काण्ड भन्दा बढी चर्चित भै रहेको छ । चर्चामा सहभागी प्रत्येक आवाज झण्डैझण्डै एउटै छ त्यो हो अख्तियारको यो निर्ण्र्ााहचुवामा आएको हो । देशको आजको व्यवस्था र दलका आफ्ना किसिमका शासन पद्धति चालिरहेको आजको अवस्थाबाट अनभिज्ञ भै भएर पुस्तकमा उनैका ढंगमा लिखित नियम र कानूनले आफ्नो स्थान र वल गुमाइसकेको छ भन्ने कुरालाई न्याय कर्ताहरुले न्याय दिँदा नजरअन्दाज गरेको पाइन्छ । हुन पनि परिस्थिति र घटना क्रमहरुमा विचार गर्दा अख्तियारबाट सेडान काण्डमा गरिएको निर्ण्र्ाात्रुटिपर्ूण्ा छैन भन्न जोसुकैलाई पनि गाह्रै पर्ने स्थिति छ । प्रहरी अधिकृतहरु प्रहरी व्यारेकहरुका राशन पानीको ठेक्का पट्टामा समेत मन्त्रीको हस्तक्षेप हुने गरेको खुलासा भैरहेका विभिन्न घटना प्रचारतिर न्यायकर्ताले न्यायदिँदा वेवास्ता गरेको पाइन्छ ।  
 
अख्तियारले अवस्य नै यस मुद्दामा आफूले दिनुपर्ने निश्पक्ष न्याय दिएको होला । त्यसरी न्याय दिँदा राजनीतिक नेताहरु मन्त्रीहरुले उन्मुक्ति पाएका होलान् त्यसैले यसमा शंका नगरौं । तर यसरी यस घोटालाबाट मन्त्रीहरुलाई अलग गरेर शुद्ध पार्दा यहाँका मन्त्रीहरुले गरेको गैरकानूनी कार्यहरु गुण्डाहरु पालेर सानासाना ठेक्का पट्टामा समेत गरेका अपराधहरु, देशका खेालाका वालुवामा समेत हिंसा लिएका, नगरेका र नगएका स्थानहरुमा समेत र्फम भरेर, खाएका भत्ताहरु साथै अपराधीको संरक्षण गरेर आफ्नै सरकारलाई दिँदै आएको चुनौति र अशान्तिका भँुँवरीमा जनतालाई चक्कर खुवाई दर्ुइचार लाखको ठेक्कापट्टामा पनि हालेका यिनीहरुको हात जुन प्रत्येक दिनका छापाहरुमा भरिएर आउने गरेका छन्, त्यसलाई वेवास्ता गरेर छानविनमा आफ्नो दायित्व पूरा गर्न नसकेकोमा चाहीँ घटनाहरु साथै खुलेरै आयोगको आलोचना भैरहेका छन् ।        
  हुन पनि मन्त्री फेरिएको अर्को दिन फेरिने प्रहरी अधिकृतहरु प्रहरी प्रमुखहरु, प्रहरीका कर्मचारीहरुको मन्त्रीको इच्छाअनुसार स्थानान्तरण भैरहेको घटनालाई, प्रहरी प्रमुखहरुले नै आफूले पाएको नियम अनुसार के कति गर्न ठाउँ पाउँछन् होला भन्नेतिर न्याय कर्ताहरुबाट विचार नपुर्‍याएको पाइन्छ । यी भन्दा पनि चर्चामा आइरहेको कुरामा, घोटालाको रकम र तौरतरिकाले पनि यो तल्लो स्तरबाट मात्र अधिकृत स्तरबाट मात्र साहस गर्न नसक्ने प्रकृतिको घोटाला  हो भन्ने कुरामा न्यायकर्ताहरुको ध्यान नगएको पाइन्छ । अपराधीलाई शरण दिएर थप अपराध गरेर आफ्ना कार्यकर्ता पाल्न पल्केका राजनैतिक नेतृत्वको चरित्रलाई वेवास्ता गरी सक्कली अनुहारतिर आयेागले दृष्टिदिन नसक्नु आयेागको कमजोरी हो भन्ने उसले गरेको न्यायले देखाउँछ ।

Posted on: 2011-Jul-20


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar