30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पृथ्वीनारायण शाह' होइन अव 'पृथ्वीनारायण' भन्नर्ुपर्छ

17 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

पृथ्वीनारायण शाहको सालिक हनुमानढोकाबाट हटाएर नुवाकोट पुर्‍याइयो भन्ने सुनिएको थियो । फेरी फछि आएर राजाहरुको तस्विर भएको नोट हटाएर नामोनिशान रहन नदिने योजनाहरु बनेका र कार्यान्वयन पनि भइरहेको समाचार आउन थाले । यता नोट हटाउने कडा उर्दी जारी गरेर राजाहरुका तस्विर भएका नोटहरु नचल्ने भनी मुलुकमा भयावह वातावरण सिर्जना भएबाट हाम्रो ध्यान आकषिर्त भयो । र, यसो घोरिँदा साम्प्रदायिकता -ने±प) ले जरो गाडेछ । र, त्यसैको असर स्वरुप यो भयावह स्थिति सिर्जना हुन गएछ ।

 

 
सवैले यो बुझ्नु आवश्यक भएको छ - तिमीले शक्ति भएर आफूखुशी जे पनि -मुलुकको भयावह स्थिति) गर्न सक्छौ भने अरुले पनि चाहे गर्लान्, गर्न सक्छन् । आजको प्रजातान्त्रिक युगमा कसैले पनि आफूलाई मन लागि गर्न पाउने, गर्न सक्ने क्षमता हुँदैन, हुन सक्दैन । यो प्रमाणित भइआएको कुरो हो । इजिप्टका होस्नी मुवारक, लिवियाका कर्र्णोल गद्धाफी, नेपालका प्रचण्ड आदिका कामबाट प्रमाणित भइ आएका छन् । साधारणभन्दा साधारण मान्छले पनि मनमा बुझ्न सक्ने कुरा हुन्, बुझिरहेका छन् भने तपाईहरु यत्रो साम्प्रदायिक भावना जगाएर एक्कासी 'राजाको तस्विरवाला नोट चल्दैन' भनेर होहल्ला गराएर मुलुकलाई आतंकित पार्ने शक्तिले 'आज प्रजातान्त्रिक युग हो, कसैले कसैलाई मनोमानी गर्न सक्दैन' भन्ने कुरो नबुझेको भनेर मान्न सकिने कुरै छैन ।

 

 
हो, एक त साम्प्रदायिकता नै समयको भयावनक डरलग्दो शक्ति हो । त्यस उपर तपाईहरु धनाढ्य व्यापारी हुनुभयो, यबसाट धेरैधेरै मतान्तर हुन जानु स्वभाविक नै हो । कसैको दोष छैन - तर्सथ, तपाईहरुप्रति हाम्रो कलुपित विचार कत्ति पनि छैन । मात्र यहाँहरु -नोटलाई खोट बनाउन सक्ने) सवैले मन या व्रेनलाई ठिक स्वस्थ पारेर यो संसारलाई राम्ररी चिन्दिए पुग्यो ।

 

 
यो संसारलाई हर्ेर्ने हो भने तपाईहरु कुनै शक्ति होइन । यो कुरालाई राम्ररी बुझेर अघि बढ्नु पर्छ, हाम्रो यति मात्र चाहना हो, अनुरोध हो, आगे यहाँहरुको विचार, यहाँहरुको निगाह ।

 
    जहाँसम्म हनुमानढोकाबाट पृथ्वीनारायणको सालिक हटाएर नुवाकोट पुर्‍याएको बारेमा सवाल छ, यो काम म ठिकै मान्दछु । किनभने पृथ्वीनारयण शाह विखण्डित साना-साना राज्यहरुलाई संगठित पार्ने व्यक्ति हुन् । आज नेवारे समुदायमा देश विघटन भए होस्, नेवारे राज्य कायम गर्ने सोच भएको छ । प्रचण्डको र्समर्थन कारगर अर्थात सफल भइरहेको छ । सबैले बुझ्नु पर्छ ।

 

 
पृथ्वीनारायण पक्षधरहरुसँग हाम्रो अनुरोध - पृथ्वीनारायण शाह अव 'पृथ्वीनारायण शाह' नभएर 'पृथ्वीनारायण' -इश्वर) हुन पुगेका छन् । संसारका गोर्खाली -इमान्दार राजनीतिज्ञ) को आत्मामा पृथ्वीनारायण बसिसके । तर्सथ उनको भौतिक शालिक हटाइनु, भाँचिनुको कुनै अर्थ छैन ।

 

 
नेवारे भाइहरु नेवारे राज्य कायम गर्नेतिर नै छन् भने तीन गाउँको -काठमाडौं, भक्तपुर, किर्तिपुर) राज्यहरु कायम गर्न नै वेस होला । सवै राजाले आर्शिवाद देलान् । अहिले मौका राम्रो भएको छ । गोर्खाली गिरती भा'छ, प्रचण्डको निगाह छ, तर्सथ सफलता निश्चित छ ।

 

 
नियत सफा राखेर गरेको भए पो पहाडको साटोमा माउण्ट एभरेष्टको फोटो दिएर 'माउण्ट एभरेष्ट नेपाल' भनेर लेखिदिएको भए संसारका कुना-कुनामा हाम्रो नोट सुरक्षित हुनपुग्थ्यो, अवौर्ंअर्व राजस्व उठ्थ्यो ।

 

 
तर अपशोच - जनताले सफा हृदयले चिताएजस्तो हुनका लागि 'नेपाली' को नायकत्व देशले कहिले पाउला ?

 
  (लेखक तर्राई मुक्ति मोर्चा, अहिंसात्मकका संयोजक हुन्)        

Posted on: 2011-Jul-17


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar