13 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

(काम नपाउदाको पीडा) पलायन हुँदैछिन् रञ्जिता

13 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

दोहारी गीतमा नाच्दा नाच्दै हिरोइन भएकी रञ्जिता गुरुङको अहिले न चर्चा छ, न काम नै पाएकी छन् । त्यसैले नेपालमा बेरोजगार भएर बस्नुभन्दा विदेश जानै उनले उचित ठानेकी छन् । 
 

'गोरखा पल्टन' र 'दशगजा' मा अभिनय गरेर चर्चा कमाएकी रञ्जिता अहिले गाउ फर्केकी छन् । गोरखा थालाजुङकी रञ्जिता अहिले थालाजुङमै छिन् । स्रोतका अनुसार उनी विदेश जान घरपरिवारसँग सल्लाह गर्न गाउ गएकी हुन् । उनले अभिनय गरेको चलचित्र 'दशगजा' उपत्यकामा पर््रदशन भइरहँदा समेत उनले कुनै वास्ता नगरी थालाजुङ गएकी रञ्जिता गाउँबाट फकेपछि विदेशको लागि प्रोसेस गर्ने जनाइएको छ ।  
 
  चलचित्र 'गोरखा पल्टन' मा नायिकाको रुपमा देखिएकी रञ्जिताप्रति धेरैले आशा गरेका थिए । त्यतिखेर नेपाली चलचित्र उद्योगले नयाँ नायिका पायो भनेर समेत रञ्जिताको बयान हुन्थ्यो । उनले 'गोरखा पल्टन' बाट राम्रै चर्चा पनि पाइन् । तर काम भने पाउन सकिनन् । त्यसैले पनि उनको मन मरेको स्रोतको भनाई छ ।    
निर्माता/निर्देशकको समेत ध्यान रञ्जितातिर जान सकेको छैन । 'गोरखा पल्टन' बाट कमाएको चर्चा अनुरुप उनलाई यतिबेला चलचित्रको लामै लाग्नु पर्ने हो, तर अनुमान गरे अनुसार न उनले काम पाइन्, न उद्योगमा नै टिकिन् । गोरखा पल्टन र दशगजामा अभिनय गरेयता पुन चलचित्र पाउन सकिनन् उनले । काम विहिन भएकै कारण सर्म्पर्क विहिन बसेकी रञ्जिता कुन देश जाने योजनामा छिन्, त्यो भने थाहा भएको छैन । उनले बोक्ने गरेको मोबाइल महिना दिन यता स्वीच अफ गरिएको छ । लोक गीतको म्युजिक भिडियोमा मोडलिङ गरेर राम्रै चर्चा कमाइरहेकी रञ्जितालाई ठूलो पर्दामा हाम्फालेपछि दशा नै लागे सरह भएको छ । सोलो नायिका भइसकेपछि पहिला जस्तो लोक गीतमा पनि नाच्नु पनि भएन । ननाचौ भने पनि बेरोजगार भइने, त्यसैले रञ्जिताको लागि विदेश पलायन हुन बाहेक अरु विकल्प नभएकोे उनी निकट स्रोतको भनाई छ ।

Posted on: 2011-Jul-13


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar