28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ट्वान्टी-२०लाई घरेलु स्पर्धामा सिमित राख्नु पर्ने

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
अप्रेलमा भएको ५० ओभरको म्याचको विश्वकप प्रतियोगितामा भारतीय टिमलाई जिताएवपपछि दक्षिण एसियाली टिमबाट राजिनामा दिएर आफ्नै देश दक्षिण अफ्रिकी टिमको जिम्मेवारी लिएका किर्ष्टनले छोटो स्वरुपको खेलको धेरै प्रर्शसा गरे पनि यससको प्रयोगमा केही प्रश्न पनि छाडेका छन्। छन्। यो ठूलो घरेलु उत्पादन हुने विचार मैले सधै गरेको छु। उनले भने। अन्तर्राष्टिय क्रिकेट टेष्ट र ५० ओभरमा सिमित भए राम्रो। र मेरो विचारमा ट्वान्टी२०ले ति खेललाई अली प्रभाव पारेको छ। मेरो विचारमा ट्वान्टी-२० राम्रो उत्पादनका रुपमा रहन सक्छ। तर यसको प्रयोग त्यही किसिमले हुनु पर्छ।' सन् २००३ मा इंग्ल्यान्डमा ट्वान्टी-२० क्रिकेटको धारणा आए देखि नै यो निकै सफल भएको छ। तर पहिले देखिनै कसिलो अन्तर्राष्ट्रिय क्रिकेटमा यसका लागि स्थान खोज्नु निकै अप्ठेरो छ र यसलाई मिलाउन भ्रमण लम्ब्याएपछि लोकपृयतामा कमी आएको प्रमाणित गरेको छ। 'भविष्यका भ्रमण कार्यक्रममा त्यति धेरै ट्वान्टी-२० क्रिकेटका लागि स्थान हुने सम्भावना छैन। तर त्यसलाई जता हुन्छ त्यतै मिलाएर राख्ने प्रयास गरिदै छ।' पूर्व टेष्ट आरम्भिक ब्याट्सम्यानले भने। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सामु अब ५० ओभरको क्रिकेटको स्थानमा ट्वान्टी-२० क्रिकेटलाई बढी खेलाउने विकल्प मात्र बाकी भएको उनले बताए। 'भ्रमणलाई छ साताभन्दा थप्न सकिदैन। र अलिखित रुपमा देखिएको कुरा के हो भने सबै अहिले भ्रमणलाई सक्दो छोट्याउन चाहन्छन्।' उनले भने। अर्बौ रुपैयाको इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक सफल घरेलु ट्वान्टी-२० प्रतियोगिता हुन पुगेको छ।


Posted on: 2011-Jun-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar