12 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

खुल्यो कलाकारको वैकल्पिक स्रोत

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

केहि समय अघिसम्म नेपाली कलाकारको आम्दानीको स्रोत कला क्षेत्रमै सिमित थियो । कलाक्षेत्रको सिमित आम्दानीले आफ्नो 'स्टेर्न्र्डस मेन्टेन्स' गर्न नसकेर कलाकारहरु विदेशिने गर्थे । 

 

 

तर, अहिले कलाकारलाई कला बाहेक अन्य बैकल्पिक आयआर्जनका स्रोत पनि खुल्न थालेको छ । यीमध्ये सबैभन्दा आर्कषण बनेको छ, कम्पनी र संस्थाको सद्भावना दुत 'ब्रान्ड एम्बेस्डर' । 

 

अहिले कलाकारहरु अभिनयमा मात्र ब्यस्त छैनन्, उनीहरु कुनै न कुनै कम्पनी वा संस्थाको सद्भावना दुत 'ब्रान्ड एम्बेस्डर' बनेर नामसँगै दाम पनि कमाइरहेका छन् । ब्रान्ड एम्बेस्डरले कलाकारलाई  फाइदै, फाइदा पुर्‍याएको छ । दामसँगै पत्रिका, होडिङबोर्ड र टेलिभिजन स्त्रिmनमा छाइरहने र चर्चा पाइरहने हँुदा कलाकारहरु विभिन्न उत्पादक कम्पनीको ब्रान्ड एम्बेस्डर बन्न अहिले लालायित छन्् । 

 

यसको पछिल्लो उदाहरण हुन्, अभिनेत्री रेखा थापा । युनाइटेड टेलिकम लिमिटेड 'युटिएल' फोनको ब्रान्ड एम्बेस्डर रहेकी रेखाले नामसँगै दाम पनि राम्रै पाएकी छन् । चलचित्रकर्ममा रेखाको जति चर्चा छ, युटिएलको ब्रान्ड एम्बेस्डर बनेपछि उनको चर्चा अझै चुलिएको छ । हिजोआज रेखाको तस्बिर जतातत्तै बिजुलीको पोलमा झुण्ड्याएको देख्न पाइन्छ । कम्पनी वा संस्थाको ब्रान्ड एम्बेस्डर बन्नुको फाइदा पनि यहि नै हो । तर रेखाले युटिएलबाट आर्थिक लाभ पनि राम्रै गरेकी छन् । एउटा चलचित्रमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म लिने गरेकी रेखालाई युटिएलले ३ लाख रुपैयाँमा ब्रान्ड एम्बेस्डर बनाएको हो ।

 

त्यस्तै, अभिनेत्री मेलिना मानन्धर पनि डाबर बाटिकाको ब्रान्ड एम्बेस्डर हुन् । उनलाई केहि दिन अघिमात्र डाबर नेपालले ब्रान्ड एम्बेस्डर बनाएको हो । उनले डाबरसँग कति पैसा लिइन् डाबर र मेलिनाले नखुलाए पनि निकै मोटा रकम लिएको बताइन्छ । मेलिना सानिमा विकास बैंक र लामखुट्टे धपाउँने धुप 'अल आउट' को पनि ब्रान्ड एम्बेस्डर हुन् । कुनै पनि कम्पनीको ब्रान्ड एम्बेस्डर बन्दा दाम भन्दा नाम बढी हुने उनको बुझाई छ । त्यसो त अभिनेत्री झरना थापा पनि 'यति कार्पेट' को ब्रान्ड एम्बेस्डर हुन् ।  

 

एक किसिमले भन्ने हो भने यहाँ ब्रान्ड एम्बेस्डर र मोडल नबन्ने कलाकार सायदै होलान् । कतिपय कलाकार त एक भन्दा बढी कम्पनीका ब्रान्ड एम्बेस्डर छन् । अभिनेता राजेश हमाल प्राइम लाइफ इन्स्योरन्स र जगदम्बा स्टीलको ब्रान्ड एम्बेस्डर रहेका छन् भने हाँस्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्य वर्ेर्स्टन युनियन मोनि ट्रान्सफर र डिस नेपालको ब्रान्ड एम्बेस्डर छन् । यसरी कम्पनीको ब्रान्ड एम्बेस्डर बन्दा पैसाभन्दा पनि मिडियामा नजिक भइने उनीहरुको भनाई छ । यस्तै अभिनेता भुवन केसी पनि सिटीभी मोबाइल र लाइफ इन्स्योरेन्स कम्पनी 'एलआइसी' को ब्रान्ड एम्बेस्डर हुन् । 

 

हाँस्य कलाकार दीपक गिरी र दीपाश्री निरौलाले पनि कम्पनी ब्रान्ड एम्बेस्डरको  फाइदा लिइरहेका छन् । दीपक र दीपा विदेशी रेमिट भित्राउँने आइर्एमईको ब्रान्ड एम्बेस्डर छन् भने दीपक शिखर शुजको पनि ब्रान्ड एम्बेस्डर हुन् । त्यसैले उनीहरुलाई कतै न कतै दर्शकले सधै पाइरहेका हुन्छन् । ठूलो पर्दाको कलाकार भन्दा पनि टेलि हाँस्य कलाकारलाई ब्रान्ड एम्बेस्डर बन्ने ट्रेण्डले बढी छुएको छ । हाँस्य कलाकारकै कुरा गर्ने हो भने जीतु नेपाल हिमाल स्टिल, रबि डंगोल नेपा टप र शिवहरी पौडेल रिद्धीसिद्धी ज्वलर्स र किस्ट बैकको ब्रान्ड एम्बेस्डर हुन् । टेलिभिजनमै छाइरहने कलाकारलाई आफ्नो कम्पनीको विज्ञापन खेलाउँदा कम्पनी चाँडो लोकप्रिय हुने सम्बन्धित कम्पनीहरुको भनाई छ । त्यसैले पनि हाँस्य कलाकारहरुमा कुनै न कुनै कम्पनीको ब्रान्ड एम्बेस्डर वा मोडल बन्ने लहड नै चलेको छ । जसले गर्दा उनीहरुको आम्दानी पनि बढेको छ ।

 

फिल्मी कलाकार मात्र नभएर संगीतकर्मीहरु पनि कम्पनीका 'प्रमोटर' बनेर काम गरिरहेका छन् । यसमा सबैभन्दा अगाडि छन्, पप गायक निमा रम्बा । पछिल्लो समयमा निमा गायनमा भन्दा पनि एड मोडलिङमा बढी ब्यस्त छन् । अहिले उनी डाबर नेपालद्वारा उत्पादित केश तेल 'प्रो स्टाइल' का प्रमोटर छन् । उनलाई उक्त तेलको ठूलो ठूलो होर्डिङ बोर्डमा देख्न पाइन्छ । तर निमाको संगीत क्रेज भने पहिला जस्तो छैन । 



Posted on: 2011-Jun-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar