28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सम्भव छैन 'जनव्रि्रोह'

23 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

जनव्रि्रोह अहिले पनि साह्रै प्रचलित शब्द छ । माओवादीहरुल्ो बिभिन्न समयमा आफ्नो कुरा नमाने जनब्रि्रोहमा जाने भनेको पाइन्छ । माओवादी हिंसामा पनि जनव्रि्रोहको भावना थियो भन्ने केहीको भनाई छ । बास्तवमा जनब्रि्रोह के हो - भन्ने सर्न्दर्भमा अहिलेसम्म पनि हामीले आंफूलाई नै प्रष्ट गरेर त्यस शब्दलाई सम्म पनि न्याय दिन सकिरहेका छैनौं । जनब्रि्रोह अहिलेसम्म कुनै निस्चित लक्ष्यको लागि हुने गरेकोलाई भन्ने गरिएको छ । त्यो लक्ष्य पर्ूवनिर्धारित हुने गरेको छ । जनब्रि्रोह बिशेषत कम्युनिष्ट साथीहरुले जनताले भइरहेको सरकार र सत्ता समेतको बिरुद्धमा आंफूले चाहेको कम्युनिष्ट ब्यवस्था ल्याउन सहयोग गर्ने अबस्थालाई बताउने गर्नु हुन्छ । आफ्नो लक्ष्य पुरा गर्न जनतालाई प्रयोग गर्ने र त्यो कार्यलाई नै जनव्रि्रोह भन्ने गरेको पाइन्छ । यसले जनव्रि्रोहको मर्मको दुरुपयोग त भएको होइन - र जनतामा भ्रम गएको त छैन - भन्ने बारे हामी प्रष्ट हुनर्ुपर्दछ ।

कम्युनिष्टहरुले गर्ने जनव्रि्रोहमा धेरै संख्यामा जनतालाई ब्रि्रोह गर्न अर्थात विरोधमा लाग्न बाध्य पारिएको हुन्छ । केही नबुझेर पनि लागेका हुन्छन् । यो पनि वाध्यता हुन्छ किनभने उनीहरुलाई कम्युनिष्टहरुको बिकल्पमा अर्को राम्रो हुन सक्ने बिचारलाई स्वतन्त्र रुप्ामा पारख गर्ने अधिकार नै दिइदैन । जनतामा भ्रम बांडिएको हुन्छ । त्यो भ्रम भनेको यो बिचारभन्दा अर्को बिचार राम्रो नै हुंदैन भन्ने । यो दलभन्दा अर्को राम्रो दल नै हुन सक्दैन भन्ने जस्ता कुरा यसमा पर्दछन् । यहांसम्म कि उनीहरुले जनतालाई दुख दिइरहेका हुन्छन् । यो जनताको मुक्तिको लागि भनिन्छ । अरु दल र बिचार हुनेहरुले खाने पानी, बिद्युत आदि ल्याएमा जनतालाई बिकास गरेको देखाएर हामीलाई जनताबाट बाहिर पार्न षड्यन्त्र गरेको समेत भन्दछन् ।

मैले पहिला पनि उल्लेख गरेको एउटा सत्य घटना छ र त्यो जनकपुरमा एउटा पियन र सुब्वा साहेवको बिचको बार्तामा आधारित थियो । गणतन्त्रका पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुंदा कर्मचारीहरुको तलव करिव दोब्बर भएको थियो, एक जना पियनले अर्को दिशाबाट आउंदै गरेका सुब्बा साहेवलाई नमस्कार भन्दै तलव बढेकोमा साह्रै खुसी ब्यक्त गरे । उनले गिरिजाप्रसाद कोइरालाको प्रसंसा पनि गरे । सुब्बा साहेब कम्युनिष्ट हुनु हुंदो रहेछ । उहाले फटाफट पियनलाई हप्काउंदै भन्न थाल्नु भयो कि गिरिजाले हामीहरुको मायांले तलव बढाएको होइन । उसले त हामीलाई मर्ुख बनाएर हामीहरुको सहयोग लिएर सरकारको आयु लम्व्याउन यसो गरेको हो । यो सबै षड्यन्त्र गरेको हो । हामीहरुको वास्तविक लक्ष्य त कम्युनिष्ट बाहेक अरुले पुरा गर्न सक्दैनन् आदि उहांले भन्नु भयो । पियनले यस्तो कुरा त हामीलाई के थाहा हुन्छ र सर मैल्ो त तलब बढेकोमात्र बुझें ।

जनतालाई मर्न तयार गर्ने, बिभिन्न नाम दिएर मार्ने, बिकासलाई तहस नहस पार्ने, दुख दिने, एकोहोरो कुरा गरेर भ्रम फैलाउने कार्य होइन जनताले बुझ्ने कार्य गरेर निकास दिनु आजको आवस्यकता हो । कसैले जनताको मायां, मत समेत पाउने आशाले नै राजनीति गर्दछ । बिकास गर्दछ । जनतालाई सचेत गर्दै बिकासका पर्ूवाधारहरु तयार गर्दछ । जनतालाई सुख दिन्छ भने त्यसलाई षड्यन्त्र भन्ने र जनतालाई दुख दिने कार्यलाई मुक्तिको कार्य भन्ने गलत दर्शनले नै हामीलाई दुख दिएको छ । यससंग जनता सजग हुन आवश्यक छ । जनब्रि्रोह एउटामात्र बिकल्प देखाएर जनतालाई ब्रि्रोह गर्न लगाउनु भनेको जनताले ब्रि्रोह नगरेमा परिणाम नराम्रो हुन्छ भनेर डरले पछि लाग्नु सम्म हो । जनतालाई ढाल बनाएर आक्रमणहरु भएका घटना नेपालमा पनि छन् । के त्यो जनताले चाहेर भएको हो र - होइन । बास्तबिक जनब्रि्रोह भनेको जनताले जनताको शासन नभएको देशमा वा समाजमा ब्रि्रोह गर्ने र जनताको शासन स्थापना गर्ने हो । त्यो भनेको जनताले सजिलैसंग मतको माध्यमबाट चाहेकोलाई ल्याउन र नचाहेकोलाई हटाउन पाउने परिपाटीको लागि संर्घष्ा हो । त्यो बिजयले जनताले आफ्नो सर्वोच्च्ाता पाउँदछन् । उनीहरुले आवधिक रुपमा सबै शान्तिपर्ूण्ा विचार र बिमतिहरु राख्न सक्दछन् । जनता आफ्नो त्यो अधिकार खोस्नको लागि सडकमा आएका छन् भने त्यो निस्चित लक्ष्य लिएकाहरुको लागि जनतालाई बाध्य पारेर ल्याइएको हो र वास्तवमा त्यो जनव्रि्रोह होइन , जनता खुसीले , चाहेर तथा स्वविवेकले आएका होइनन् र आउंदैनन् । लोकतन्त्रमा जनताको लागि संधै आर्थिक संक्रमण हुन्छ । लोकतन्त्र पछि अर्को संक्रमण हुंदैन र हुन्छ भने त्यो परिस्कार हुन्छ ।

जनतालाई झुक्याउनेहरु र जनतामा इज्जत नभएकाहरुको हैसियत बढेमा जनताले दुख पाउंदछन् नै । जनता संधै आफ्नो अधिकारको लागि सजग हुनै पर्दछ । कांग्रेस कहिल्यै पनि जनताको सासनको बिपक्षमा रहेन । गल्तीको सजाय निस्पक्ष भएर जनताले गर्न पाउनु पर्दछ भन्ने कुरा स्थापित हुन पर्दछ । एउटा कथा यस्तो छ - तिन जना मानिस मिलेर राजाले लगाएको बिकासको कार्यमा भ्रष्टाचार गर्दछन् । त्यसमा राजाले तिन जनालाई सजाय सुनाउंदछ । सवैले अपराध समान गरेका हुन्छन् । ठुलो सभामा राजाले सजाय सुनाउंदछन् । एउटा सोझोलाई राजाले तपाई जस्तो मानिसबाट यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइन भन्दछन् । अर्कोलाई तिमी त बेइमान रहेछौ । तिमी देश , जनता र मेरो लागि मरेको भन्ने संझनु भनेछन् । अर्कोलाई चारपाटा मुडेर ठेलामा राखेर मुसो दलेर सहर घुमाउनु भनेछन् । एक घंटामा नै बिवाद आयो, एउटै अपराधमा फरक सजाय भयो भनेर । त्यसपछि राजाले पुन ती सजाय पाउनेहरुलाई हर्ेन जानु र आवस्यक संझे लिएर आउनु भनेछन् । जस्ालाई राजाले तपाई जस्तो मानिसबाट यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइन भनेका हुन्छन्, उसले घरमा गएर हिनताबोधले आत्महत्या गरिसकेको हुन्छ ।  अर्कोलाई तिमी त बेइमान रहेछौ भनिएकोमा उ देश छोडेर नै पलायन भइसकेछ । चारपाटा मुडेर ठेलामा राखेर मुसो दलेर सहर घुमाउनु भनिएको मानिसलाई चार पाटा मुडेर ठेला गाडामा राखेर कालो मोसो दलेर सहर घुमाउने कार्य हुंदै रहेछ । उसको घर नजिकैबाट उसलाई लगिंदै गर्दा उसले अरुलाई रोकेर पत्नीलाई बोलाउन भनेको रहेछ । पत्नी आइछन् र उसले भनेछ कि यो कार्यक्रम अब एक घंटामा सकिन्छ होला, तिमीले पानी तताउनु र यो कालो राम्रोसंग जाने सावन ल्याएर ठिक पार्नु, जाडो छ, म चिसो पानीले नुहाउन सक्दिन ।

यो नीति कथाको पनि औचित्य छ भन्ने हामीले सोचौं । जनतालाई भाषण र आस्वासन दिने तर फाइदा भने नेताहरुले नै लिने कुनै पनि वादको रटानबाट पनि जनता सजग हुनै पर्दछ । जनताले नेताहरुलाई भौतिक कार्यवाही गर्न भन्दा सामान्य मतको माध्यमद्धारा इमान्दारलाई साथ दिने र बेइमानलाई रोक्ने गर्न सक्दछन् । यो पक्षले लोकतन्त्रलाई अझ परिस्कृत वनाउंदछ । भनिन्छ - लोकतन्त्र  अमुक दलको बिचार हो, तर त्यसो होइन, बरु यो त जनताको तन्त्र हो र यसलाई आत्मसात गर्ने दलहरु जनताका सेवक र जनताको अधिकार सुरक्षित गर्न चाहनेहरु हुन् । लोकतन्त्रवादी दलहरुले चाहेको सासन आफ्नो होइन जनताको हो । यो बुझ्न र बुझाउन हामीले सकिरहेका छैनौं कि - गैह्रलोकतन्त्रवादीहरुले यो पक्षलाई ध्यान दिन सके नेपाल कमसेकम सिंगापुर जस्तो हुन सक्ने थियो । ब्रि्रोहको परिभाषा र आवस्यकताको परिधी पनि यहींनेर खोज्न सक्नु पर्दछ ।

अन्त्यमा, हामीहरुको स्वार्थल्ो जनहितलाई धोका दिने कार्य नगरोस् । जनब्रि्रोह जनताले जनताको अधिकारको रक्षाको लागि गर्ने हो आफ्नो अधिकार बुझाउन होइन । त्यसो भएमा जनतालाई बाध्यतामा पारिएको हुन्छ । को इमान्दार र को बेइमान भन्ने बारेमा हामीले कसी लगाउन जान्नै पर्दछ ।  


Posted on: 2011-Jun-23


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar