THE MODEL WHO CAN ROLL OUR SOCIETY - ( AAKANSHYA KARKI )
9 - Jun-2011, Posted by: Yuwahunkar | COMMENTS: 0

आकांक्षा, २० वर्षो युवती । रातो बंगलास्कुलबाट "ए लेभल" उत्तर्ीण्ा गरेपछि अहिले उनी बैग्लोरस्थित क्रिस्ट कलेजमा मनोविज्ञान, साहित्य र थिएटर पढ्दै आएकी छिन् । नेशनल स्कुल अफ ड्रामा, दिल्लीको आग्रहमा नेपाल आएका राइना र नेपाल शेकस, थिएटरकी मिता होसालीको पहलमा उक्त नाटक पर््रदर्शन गरिएको थियो । गान्धारी जसले महाभारतमा दुःखी आमाको भूमिका निर्वाह गरेकी छिन् । उक्त भूमिकामा प्रस्तुत आकांक्षाले आफूलाई यस नाटकले व्यावसायिक कला सिकाएको महशुष गरेकी छिन् । "एमके राइनासँग काम गर्दा धेरै रमाइलो अनुभूति भएको छ ।" उनले भनिन् ।
होसालीले मार्चम्ाा अडिसनका लागि विज्ञापन गरेकी थिइन् । उक्त विज्ञापनबाट अडिसनका लाडि २८ जना छनौट भए । सुरुमा थिएटरको इतिहास, कस्टम डिजाइन, साउण्ड र लाइट्सको बारेमा गोष्ठी आयोजनाको तयारी गरिएको थियो ।
एमके राइनाको उपस्थितिमा नाटक देखाउने पक्कापक्की भएपछि, लामो द्वन्द्व भोगेको नेपालमा "अन्धो युग" एकदमै उपयुक्त हुने विश्लेषण गरियो । अन्धो युगले हामी मानवभित्र अन्धता छ, युद्धले कसैलाई राम्रो गर्दैन । मान्छेभित्रताको अन्धताले नचाहिंदो लहडमा लागेर आफूलाई नै नराम्रो बनाइदिन्छ भन्ने मर्ममा प्रस्तुत भएको थियो अन्धो युग । महाभारतको कथामा राजकुमारी गान्धारीको हस्तिनापुरका अन्धा राजा धृतराष्ट्रसँग विवाह भएपछि उनले पनि आँखामा पट्टी बाँधेर अन्धी बनेकी थिइन् ।
मानवमा क्षमा गर्न सक्ने ठूलो क्षमता छ भन्ने सन्देश दिएको छ, अन्धो युग नाटकले ।जुन दिन नाटक पर््रदर्शनीको तयारी थियो, त्यस दिन बन्द भयो र पानी पनि पर्यो । जसले गर्दा दर्शक एकदमै कम थिए ।भारतीय राजदूत राकेश सुदले यसलाई प्रशंश्ाा गरे । गुरुकुलका गुरु सुनील पोखरेल, अनुप बराल लगायतका गुरु हुन्, एमके राइना । जुन नाटकलाई गुरुकुलमार्फ् पुनः पर््रदर्शन गर्न लागिएको छ ।
गान्धारीका ९९ सय छोराको मृत्यु हुन्छ । सय छोरा मध्ये एकले पाँच पाण्डवको पक्षमा युद्ध लडेको हुन्छ । युयुत्सु जब घर आउँछ । तब गान्धारीले उसलाई छोराको रुपमा स्वीकार गर्दिनन् । उसलाई अस्वीकार गर्छिन् । अन्तिममा कृष्ण भगवानलाई गान्धारीले श्राप दिन्छिन्, गान्धारीले । यही भूमिका थियो आकांक्षाको ।
रातो बंगलाबाट १२ कक्षा उत्तर्ीण्ा गरेपछि उनी एक वर्ष"अफ" बसिन् । पुनः रातो बंगलामा पढाइन् । रातो बंगलाकै "प्रोजेक्ट" विद्यालय शिक्षकलाई तालिमका लागि उनी दैलेख गइन् । उनलाई विदेश जान मन थिएन । त्यसैले घर आउन जान उपयुक्त हुने बैंग्लोरको क्रिस्ट कलेजलाई गत वर्षेखि अध्ययन गन्तव्य बनाइन् । "थिएटर नभएको भए मनोविज्ञान पढ्थें" उनी भन्छिन् । यसअघि पनि उनले "भायोलेन्स अग्नेस्ट वुमन" -महिलाविरुद्ध हिंसा) सम्बन्धमा एउटा नाटकमा काम गरेकी थिइन् । त्यसो त स्कले जीवनदेखि नै उनी थिएटरमा काम गर्न रुचाउँथिन् ।
आकांक्षालाई सामाजिक अभियान्ताको रुपमा काम गर्न मन पर्छ, त्यसो त उनी बालबालिकाहरुसँग पनि त्यत्तिकै रमाउँछिन् । "ड्रामा थेरापी", थिएटरको प्रयोगबाट बालबालिकाहरुको उपचार गर्ने उनीहरुलाई सही दिशामा ल्याउने काममा सहभागी हुने उनले बताइन् । "मलाई दुइ वर्षकहिले बित्लाजस्तो लागिसक्यो," उनले भने "स्नातक तहको पढाइसकेपछि नेपाल फर्केर सामाजिक काम शुरु गर्छु ।" आफ्नो थिएटरको सीपलाई दिर्घकालमा प्रयोगमा ल्याउने बताउने आकांक्षा स्नातकोत्तर "ड्रामा थेरापी" मा गर्ने योजना बनाएकी छिन् । "स्नातकोत्तरपछि नेपालमै बसेर काम गर्छु," उनले भनिन् ।
Posted on: 2011-Jun-9

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story