21 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अस्थिर सरकार गम्भिर सुरक्षा चुनाैती

5 - May-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 बिपिन के.सी.
काठमाडौ । नयाँ गठबन्धन दलहरुका विचको किचंगलले छोटै समयमा मुलुकको राजनीतिमा संशय पैदा भएको छ । प्रधानमन्त्री प्रचण्डको काम गर्न नपाए कुनै पनि बेला उथलपुथल गरी दिने कुराले शंसय मात्र उत्पन्न गरेको छैन कतिबेला के हुने हो यसै भन्न सकिने अबस्था छैन । किनकि काँग्रेसले एमालेसँग मिल्ने गरी कुरा अगाडी बढाईरहेको छ भने प्रचण्डको गठबन्धन परिवर्तनलाई पुरानो गठबन्धनका सहयात्री दलले नै मन पराएका छैनन् । यस्तो अबस्थामा प्रधानमन्त्रीका भनाई र गतिबिधिले राजनीतिलाई स्थिर र शंकारहित बनाउन सकेको छैन । किनकी अहिले पनि मुलुकको आर्थीक संकट लयमा आउन सकेको छैन । सत्ता गठबन्धनमा कतिपय बिषयमा सहमती हुननसकेर राजनीति स्थायीत्व हुनसकेको छैन, धेरै कानूनहरु बनाउन र पास गर्न बाँकि छन । जनताका समस्या बिकराल छन, महंगी र मूल्यबृद्धिले जनता आक्रन्त छन । भ्रष्टाचार, अनियमित्ता र तस्करीका काण्डहरु एक पछि अर्को आईरहेका छन । बैदेशिक हस्तक्षप त्यस्तै बढीरहेको छ । लामो समयदेखि सुल्झन नसकेर रहेको सङ्क्रमणकालीन न्यायको ब्यबस्थापन अलपत्र छ । तर यसको नाममा अहिले पनि राज्यको ढुकुटी दोहन भैरहेकै छ । यसले मुलुकको छबि अन्तराष्ट्रिय स्तरमै विग्रने सम्भाबना बढेर गएको छ । मन्त्रीहरु, त्यसमा पनि गृहमन्त्री र सुरक्षा निकायका उच्च अधिकारीहरु नै अनेक काण्डमा मुछीरहेका छन । त्यतिमात्र होइन सुन र मानब तस्करीमा सम्लग्न राजनैतिक दलका ठुला नेताहरुलाई उन्मुक्ति दिएर कानूनको असमान प्रयोग समेत भैरहेको छ भने प्रतिपक्ष र जनताले प्रश्न उठाई रहेका छन । यो शान्ति, सुशासन र देश विकासकालागी गम्भिर बिषय हो । प्रधानमन्त्रीले जनताका हितमा काम नभए आफु पदमा बसि नरहने भन्दै आफुले चाहे जस्तो काम भएन भने अर्को उथलपुथल गर्ने भनिरहेका बेला भन्सारका कर्मचारी र सुरक्षाकर्मिका गतिबिधि गम्भिर देखिएका छन । यसैका बारेमा यसपटक युवा हुँकारले मुख्य स्तम्भ बनाएको छ । 

उपभोग्य बस्तुको तस्करी बढ्दै

प्रहरीको लोभ लालचलें चेकजाँच र सुरक्षामा लापरबाही भएर अन्तराष्ट्रिय सिमा नाका र स्थल नाकाबाट ब्यापक मात्रामा सुन तस्करीे, मानब तस्करीदेखि बिभिन्न खालका तस्करी र अपराध कर्महरु भैरहेका छन । ठिक यहि बेला बेला भारतबाट नेपालमा हुने उपभोग्य बस्तुको तस्करी समेत बढ्दै गएको भन्सार विभागको अध्ययनले देखाएको छ । जसअनुसार कृषि उपज, लत्ताकपडा, सूर्तीजन्य पदार्थ, मेसिनरी पार्टपूर्जा र औषधिलगायतका बस्तुहरू भारतबाट अत्यधिक तस्करी तथा भन्सार छली गरी नेपाल भित्रिने गरेका छन् । यस्ता बस्तुहरू तस्करी तथा भन्सार छलीमार्फत नेपाल भित्रिँदा देशको राजस्व वार्षिक तीन खर्ब बढी गुमेको अनुमान गरिएको छ । विभागको तथ्याङक अनुसार ३९ अर्ब १२ करोडको मेसिनरी पार्टपूर्जा, २६ अर्ब ९८ करोडको लत्ताकपडा, ७ अर्ब ६९ करोडको जुत्ताचप्पल, २ अर्ब ४८ करोडको चिनी, ९ अर्ब ८० करोडको हरियो तरकारी, २ अर्ब २० करोडको चकलेट, ११ अर्ब ४ करोडको दाल, ३ अर्ब ११ करोडको सुर्ती जन्य बस्तु, ६९ करोडको बिस्कुट, ५६ करोड ३० लाखको चामल, ७ अर्ब ५६ करोडको गहुँ, २ अर्ब ४५ करोडको खेलौना र खेलकुदका सामग्री, चार लाख बराबरका टायल्स, २३ करोड ९० लाखको खाने तेल, १६ लाखका राँगाभैंसी र १० अर्ब ८६ करोड बराबरको कस्मेटिक्सको सामान औपचारिक रुपमा आयात भएको छ । प्रहरीका केही उच्च अधिकृत र कर्मचारीकै मिलेमतो र लापरबाहीले भेप भित्र लुकाएर सुन तस्करी गरीएको बिषयमा कृष्णबहादुर महरालाई अनुसन्धान नगरेकोदेखि अन्य कतिपयलाई कागज मात्र गराएर छाडि दिएकोे विषयमा केहि समय अघि मात्र प्रहरीका उच्च अधिकृतलाई बिभागिय कारबाहि समेत भएको थियो । 

अन्तराष्ट्रिय सिमा सुरक्षा, चेक, जाँचमा गम्भिर प्रश्न

सुरक्षा कमजोरीकै कारण त्रिअविबाट सन् १९९९ डिसेम्बर २४ मा भारतको नयाँदिल्लीका लागि उडान भरेको इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेको, २०७८ फागुन ९ गते त्रिअविबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा अनधिकृत व्यक्ति प्रवेश गर्दा सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको थियो भने २०७५ सालमा त्रिअवि हुँदै भित्रिएको ३३ किलो सुनले ठूलै तरंग पैदा गरेको थियो । त्यसभन्दा अघी २०५४ मंसिर २९ गते त्रिअविमा सय किलो सुनसहित दुई जना कोरियाली नागरिक पक्राउ परेका थिए । पछिल्लो समय कहिले ‘भेप’मा त कहिले ‘ब्रेक शु’ भित्र लुकाउँदै क्विन्टलका क्विन्टल सुन दुबई र हङकङबाट तस्करी हुँदै त्रिअविहुँदै भित्रिने गरेको छ । यतिमात्र होइन, बिभिन्न मुलुक हुँदै किलोका किलो गाँजा, चरेसजस्ता लागूपदार्थ पनि त्रिअविबाट छिर्ने गरेको छ ।  केहि समय पहिले भन्सारका कर्मचारीहरूले फ्लाई दुबईको एफजेड ११३३ को उडान मार्फत कोहि ब्यक्तिले चार किलो सुन लिएर आइरहेको सूचना पाउँदा समेत सुरक्षा कर्मिसँगको समन्वय अभाबले ती व्यक्तिलाई विमानमै जाँच गर्न नसक्दा सुन निजि गाडिबाट बाहिरीएको एक सुरक्षा कर्मिले बताएका थिय । सुरक्षा कर्मिले बेलैमा विमानभित्र अवैध सामान चेक जाँच गर्न नपाउँदा तस्कर पाक्राउ गर्न कठिन बन्दै गएको सुरक्षा अधिकारीहरु नै बताउँछन । यो कुरा गत २२ मंसिर २०८० मा बरामद भएको १४ किलो सुन प्रकरणको अनुसन्धानले पनि देखाएको छ । जुन घटनामा चन्द्र घले १४ किलो सुन सहित पक्राउ परेका थिय । पक्राउ परेपछि उनले भन्सारका अधिकारीहरूसँग बयान दिंदै अध्यागमन पुग्नुअगावै शौचालयमा लुकाएर सुन बाहिर लैजाने गरेको बयान दिएका थिए । कतिपय अबस्थामा विमानस्थलबाट सुन मात्र होइन जाँच पार भएका लागूऔषधदेखि दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी समेत पार भएर विमानस्थल बाहिर ति बस्तु समातिका घटना छन् । २०७६ साल भदौ ५ गते करिब ५ करोड मूल्य पर्ने कोकिन विमानस्थल भन्सारको ‘एक्स-रे’ जाँचबाट सहजै पास भएर बाहिर समातिएको थियो भने २०७४ साल असोज ३१ गते दुई वटा चिम्पान्जी, ८ वटा बाँदर, ७ गोल्डेन फेजन चरा, २ रिङनेट फेजन चरा, ३८ वटा परेवा र ६५ वटा सुगा नाइजेरियाबाट टर्कीको इस्तानबुल हुँदै नेपालसम्म ल्याइएको थियो । त्यतिमात्रै होइन सुरक्षा समन्वयको अभाबमा एकपटक काठमाडौंबाट उडेको इण्डियन एयरलाइन्सको जहाज समेत अपहरण भएर कान्दाहार पुर्याईएको घटना अहिले पनि ताजै छ । 

प्रहरीको ज्यादती 

नेपाल प्रहरीले केहि समय अगाडी एक सूचना जारी गर्दै चैत २४ गते काठमाडौं, भद्रकालीमा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुव्र्यवहारको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाई सकिएको जानकारी गराएको थियो । उक्त दिन राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले भद्रकाली क्षेत्रमा प्रदर्शन गर्दा बौद्ध भिक्षुको भेषमा सडकमा हिँडिरहेका एक युवामाथि प्रहरीले लात्ती प्रहार गर्दै घिसारि रहेको भिडियो त्यहि दिन बेलुकादेखि नै समाजिक सन्जालमा भाइरल भएको थियो र त्यसको सर्बत्र आलोचना पनि भएको थियो । त्यहि भिडीयोका कारण नेपाल प्रहरी यस्तो जानकारी दिन बाध्य पनि भयो ।  राजनीतिक बिश्लेषकहरुले प्रदर्शनका क्रममा आयोजकहरूले केही व्यक्तिहरूलाई भिक्षुको भेषमा उतारेको हुनसक्ने अनुमान गरेका थिए । तर, नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार उक्त व्यक्ति भिक्षु नै हुन्, उनी आन्दोलनका लागि उपस्थित भएका थिएनन्, उनलाई लात्तीले हान्दै लघार्ने प्रहरी कर्मचारी दोषी हुन् । नेपाल प्रहरीले नै यो कुरा उल्लेख गरेपछि बिखण्डनवादी नेता महतोको विषयमा शंका गर्ने ठाउँ छैन ।  धार्मिक मामिलाहरू ज्यादै संवेदनशील हुन्छन् । विगत लामो समयदेखि नेपालमा बिभिन्न षड्यन्त्रकारीहरुले धार्मिक सद्भाव बिथोल्ने घटना बढाउन खोजिरहेका छन् । जबजब छिमेकी देश भारतमा आमनिर्वाचन नजिकिन्छ तबतब नेपालमा यस्ता घटना बढ्ने गरेको विगतमा पनि देखिएको छ । जुन कुराको सूचना दिँदै सांसद अमरेश कुमार सिंहले भारतमा आमनिर्वाचनका बेला त्यसको बाछिटा नेपालमा पर्न सक्ने, त्यसको असर तराईमा हिन्दू-मुसलमानबीच र पहाडमा हिन्दू-बौद्धबीच झडप गराउने रणनीति बनिरहेको सूचना आफुले पाएको भन्दै सरकार समयमै सचेत हुनुपर्ने बताएका थिय । त्यसको लगत्तै त्यस्तै घटना नेपालगन्ज, सुनसरी लगायतका क्षेत्रमा भएका थिए । अहिले मधेसवादी नेता राजेन्द्र महतोले असान्दर्भीक माग राख्दै राजधानी काठमाडौंका निषेधित क्षेत्र तोड्ने प्रयास गर्नु र बौद्ध भिक्षुमाथि प्रहरी कर्मचारीद्वारा नै जघन्य ज्यादती हुनुले संसय पैदा गरेको छ । 

घुमुवाहरु अपराध कर्ममा

मुलुकमा प्रहरीको हर्कतले अपराध र अराजकता हुँदो रहेछ भन्ने कुरालाई हालै गृहमन्त्री रवि लामिछानेले ‘घुमुवा प्रहरी’ परिचालन नगर्न निर्देशन दिएको कुराले स्पष्ट पारेको छ । सादा पोसाकमा परिचालन गरिने घुमुवा प्रहरीहरू गलत कार्यमा संलग्न भएको उदाहरण विभिन्न समयमा सार्जनिक भई रहेका बेला गृहमन्त्रीको निर्देशनले एकातिर यस्ता समाचारलाई पुष्टि गरेको छ भने अर्कोतिर सरकारी बर्दिको आडमा ब्यत्तिग स्वार्थ लिने, जथाभावि र अनैतिक गतिबिधि गर्ने, विभिन्न खालका अपराधिसँग मिलेर निर्दोश नागरिकलाई धमक्याउने, फसाउने कुरामा प्रहरीको प्रत्यक्ष सम्लग्नता हुँदो रहेछ भन्ने प्रमाणीत पनि भएको छ । यद्यपी गृहमन्त्रीको यो निर्देशनले यस्ता अपराधिक गतिबिधिमा न्यूनिकरण हुने सम्भाबना बढेको छ । यो सकरात्मक कुरा हो । हुन त यो निर्देशन कार्यान्वयन हुन गाह्रै छ । किनकि सर्वोच्च अदालतले २०८० भदौमा नै घुमुवा प्रहरी लुटपाट र चोरीमा संलग्न भएको पाइएपछि निश्चित कानुन बनाएरमात्र घुमुवा प्रहरी परिचालन गर्ने निर्देशात्मक आदेश जारी गरिसकेको थियो । त्यो आदेश अहिले सम्म कार्यान्वयन भएको छैन । 

प्रहरीको बोली र व्यवहार  

प्रहरीको ब्यबहार राम्रो नहुँदा गएको माघ महिनामा बालकुमारी घटनामा निहत्था २ युवाको र सर्लाहीको बरहथवामा एक युवाको ज्यान गयको छ । यो सबैकालागी दुखद घटना हो । घर्ना, जुलुस र प्रदर्शनमा शान्तिसुरक्षा खलबलिन नदिन परिचालन हुने प्रहरीले परिस्थितिको सही विश्लेषण नगरी घातक बल प्रयोग गर्दा नागरिकको ज्यान जाने घटना दोहोरिनु कमजोरीको परकाष्ट हो ।  बालकुमारी र बरहथवामा तीन युवाको मृत्यु भयो जसमध्ये दुई जनालाई गोली हानिएको थियो, अर्का एकलाई कुटपिट गरिएको थियो । यी घटनामा प्रहरीले यति घातक बल प्रयोग किन गर्‍यो ? किन अन्य उपाय नअपनाई व्यक्तिको ज्यान जाने गरी गोली चलाइयो ? भीड नियन्त्रण गर्न अश्रुग्यास, पानिको फोहोरा, प्रयाप्त ढाल र रबरका बन्दुक तथा गोलीसमेत खरिद नगरिएको लामो समय भइसकेको, साधन स्रोतको अभावमा प्रहरीलाई हतियार चलाउने तालिम दिन नसकिएकाले प्रहरीले घुँडामुनि ताकेको गोली अन्यत्र लाग्ने गरेको भन्ने जिम्मेवार प्रहरी उच्च अधिकारीहरूको भनाइले सबैलाई गम्भीर बनाएको छ । प्रहरीलाई हतियार चलाउने तालिम दिनुको सट्टा नागरिकको मृत्यु भएपछि १० लाख राहत दिएर पिडितको मुख बुझो लगाउन र घटनालाई थाम थुम पार्न अग्रसर हुने सरकारको नीतिले सबैलाई गम्भिर बनाएको छ । लोकतन्त्रमा नागरिकले आफ्ना जायज माग राखेर आन्दोलन वा प्रदर्शन गर्नु स्वाभाविक बिषय हो । त्यस्ता गतिबिधिबाट अन्य नागरिकको सुरक्षामा चुनौती सिर्जना हुने अवस्था देखिए जनधन क्षति रोक्न सुरक्षाकर्मी परिचालन गर्नु सरकारको दायित्व हो । त्यसमा पनि कस्तो अबस्थामा कस्तो बल प्रयोग गर्ने भनेर कानून मै ब्यबस्था गरिएको हुन्छ । त्यस्ता विधिलाई विवेकसम्मत उपयोग गर्न प्रहरीमा व्यावसायिक सीप, दक्षता र तालिमको आवश्यक हुन्छ । तर यो कुराको अभाब प्रहरीमा प्रस्टै देखिएको छ ।

सुरक्षा समन्वयमा अभाव

प्रहरीको काम भीड नियन्त्रण गर्ने, जनधनको क्षेति रोक्ने, अपराध अनुसन्धान र नियन्त्रण गर्ने, ट्राफिक व्यवस्थापन गर्ने हो । त्यसकालागी बिषय बिज्ञ छानेर सोअनुसारको तालिम दिने काम प्रहरी संगठनले गर्नुपर्ने हो । तर घटनाहरु हेर्दा नेपाल प्रहरीमा त्यसको कमि देखियो । त्यहि कारणले गर्दा जुलसमा गएका नागरिकले गोली खाएर मर्नुपर्ने अबस्थाको सृजना भएको छ । यी घटनाहरुमा प्रहरीसँग पर्याप्त मात्रामा अश्रुग्यास, ढाल, रबरका गोली, त्यस्ता गोली चलाउने हतियारलगायतका उपकरण छैनन्, भएका उपकरण गुणस्तरका छैनन्, टुटेफुटेका छन् । जसको अभावमा हतियार चलाउने तालिम दिन नसकिएको र सिधै घातक हतियार बोकाएर सडकमा पठाउनुपरेको भनेर प्रहरीका बहालवाला र पूर्व प्रहरी अधिकारीहरूले भनेका छन । यसले झन गम्भिर बनाएको छ । जिल्लामा शान्तिसुरक्षा व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा प्रहरी परिचालन हुने स्पष्ट कानुनी व्यवस्था छ । जस अनुसार सभा, जुलुस र भीडले हिंसात्मक गतिबिधि गरेर शान्ति भंग हुने अबस्था देखिए प्रहरीद्वारा त्यसलाई नियन्त्रण गर्न लगाउने नसके तुरुन्तै आफैं गई वा मातहत अधिकृतलाई पठाई सकेसम्म सम्झाइबुझाइ गर्ने र नसके प्रहरीको मद्दतमा लाठीचार्ज, अश्रुग्यास, पानीको फोहरा, हवाई फायर सम्मको बल प्रयोग गर्न निर्देशन दिने त्यसबाट पनि नभए भीडले बुझ्ने गरी गोली चल्दै छ भनेर चेतावनी दिने र त्यसपछि पनि भीड नहटे घुँडामुनि गोली चलाउन आदेश दिने भनिएको छ । तर, बालकुमारी र सर्लाहीको घटनामा गृह मन्त्रालयअन्तर्गतकै प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीबीच समन्वय अभाव थियो भनेर भनिएको छ । घटनापछि प्रहरी र प्रशासनले अलग-अलग दाबी गरेका थिय । शान्तिसुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारीमा रहेकाहरूबीच समन्वयको यो अभाव चिन्ताको विषय हो । किनकि शान्तिसुरक्षाजस्तो संवेदनशील विषयमा कुनै पनि निकाय वा अधिकारीले बहानाबाजी गर्न मिल्दैन । भिँड नियन्त्रण गर्ने नाममा घातक बल प्रयोग गर्न मिल्दैन । सुरक्षाका बहनामा नागरिकको जीवन लिन मिल्दैन । यसर्थ यी घटनाबाट भोलीका दिनको सुधारकालागी गम्भिर हुन आबाश्यक छ । प्रहरीलाई उच्च मनोबल, पर्याप्त सेवा सुबिधा र स्रोतसाधनसहित काममा खटाउनुपर्छ । नत्र यस्ता घटना रोकिने छैनन् र जनधनको क्षति भइरहनेछ ।

सीमामै प्रहरीको पहुँच छैन

राज्यको सिमानामा चेकजाँच गर्ने कुरामा होस वा सम्पत्तिको सुरक्षा गर्ने कुरामा होस, नागरिकको सुरक्षा गर्ने कुरामा होस वा जीउ धनको सुरक्षा गर्ने कुरामा होस वा कानून कार्यान्वयन र अपराध नियन्त्रणमा सत्य तथ्य पत्तालगाउने कुरामा इमान्दार भएर काम गर्ने सन्दर्भमा होस । यी सबै कुरालाई नेपाल प्रहरीको जिम्मामा सरकारले सुम्पिएको हुन्छ । त्यसकालागी राज्यले सेवा सुबिधा दिएको हुन्छ, उनीहरुमाथि लगानि गरेको हुन्छ, भर गरेको हुन्छ । त्यहि कारण प्रहरीले स्लोगन नै राखेको हुन्छ, सत्य सेवा, सुरक्षणम भन्ने । यसको अर्थ र महत्व पनि आँफैमा पूणर् छ । र त्यसैलाई मुलमन्त्र नै बनाएर करिब ८० हजार हाराहारीको जनशत्ति र संगठन परिचालन पनि भएको छ । तर त्यसअनुसार हाम्रो प्रहरी संगठन चलेको छ त ? त्यस अनुसारका काम भएका छन त ? नागरिकको सुरक्ष, अपराध नियन्त्रण र अनुसन्धान भएको छ त ? अहिलेको जल्लोल्दो बल्दो प्रश्न हो यो । तर यो प्रश्नको उत्तरमा प्रहरी नाजवाफ हुनुपर्ने, लज्जित हुनुपर्ने अबस्थामा यसको नेतृत्व पुगेको छ । जुन कुराको यर्थाथ बणर्न विभिन्न घटना क्रमलाई लिएर हामीले एसपटक माथिदेखि तलसम्म गरेका छौ ।

तस्करीको अवस्था

बिदेशबाट नेपाली आउँदा होस वा बिदेशि आउँदा होस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र विभिन्न सामान भित्र राखेर, शरीरमा लुकाएर, अझ पेटमै पनि राखेर, डस्टबिनमा राखेर, वा बिद्युतिय सिगरेटमा राखेर सुन, हिरा, मोतिलगाएत बहुमूल्य बस्तु बिदेशि मुद्रादेखि लागु औषधका सामानको तश्करी भैरहेको घटनाहरु छ्याप्छा्यात्ति भएका छन, दिनहुँ सुन समाति रहेको छ । हैसियत नै नभएका मान्छे पटक-पटक छोटो समयमा दुबई, हङकङ, सिँगापुर, युके, रुस जस्ता मुलुकमा टुरिस्ट भिसामा गइरहेका छन भने भरीयाहरुले भन्सार छलेर सामानहरु ल्याईरहेका छन, अर्कालाई बोकाएर भन्सार पास गराइरहेका छन । यस्तो किन भैरहेको छ भन्ने अनुसन्धान छैन । यो शैलीबाट बारम्बार तस्करी भएको छ । यस्तो संवेदनशील स्थानमा सीसी क्यामराको प्रबन्ध हुन्छ, प्रहरी सुरक्षाकर्मिको ब्यबस्था गरीएको हुन्छ । तर, विमानस्थलमा न त्यसको राम्रो निगरानी गरिएको छ न जडान गरिएका सामानहरू नै राम्रा छन् । कुनैमा दृश्य नै देखिँदैन, कुनैमा क्यामराले कामै गरेको हुँदैन । केन्द्रीय प्रहरी प्रवत्ताको भनाईमा विमानस्थलभित्रको सबै जाँच पूरा नभएसम्म प्रहरीले त्यहाँ पहुँच नै पाउँदैन । प्रहरी नभएपछि भन्सारबाट सुरक्षा जाँच प्रभावकारी नहुने र अध्यागमनले डिपोर्ट र ओभरस्टे मात्र हेर्ने हुँदा राम्रो काम हुनसकेको छैन । अर्को कुरा अनुसन्धानका क्रममा पुरानो सीसी टीभी अभिलेख पनि आवश्यक पर्न सक्छ, त्यो कुरा प्रहरीले माग पनि गरीसकेको छ तर अहिलेसम्म त्यसको प्रबन्ध नभएको प्रहरीले बताएको छ । पछिल्ला सुन प्रकरणमा पनि २१ दिनभन्दा अघिको फुटेज नपाइएको भनेर अनुसन्धान टोलीले सार्वजनिक रूपमै भनेको थियो । जसले गर्दा तस्करीका यस्ता घटना भैरहेका छन भने सुरक्षा र अपराध अनुसन्धनका कामहरू सत्य, तथ्य रुपमा हुन सकेका छैनन् ।  त्यसैगरी स्थलमार्गबाट हुने तस्करी नियन्त्रणमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएको छ । त्यहाँ भन्सार र राजस्वको टोली पनि छ । तर एयरपोर्टमा कार्गोमा होस् वा अराइभलमा होस लामो समयदेखि त्यसको नियन्त्रणको जिम्मा भन्सार कार्यालयले लिएको छ । प्रहरी प्रबत्ताका अनुसार जहाँ प्रहरीको उपस्थिति नै हुँदोरहेनछ । प्रहरीले विमानस्थल बाहिर मात्रै अवैध सामग्रीहरू समात्ने रहेछ । भन्सार र अध्यागमनका कर्मचारीले समयमा सुचना प्रहरीलाई दिँदा रहेछन । एक्सरे मेसिनमै प्रहरीले चेकजाँच गर्न पाउनुपर्ने हो । कार्गोमा प्रहरीको पहुँच हुनुपर्ने हो । त्यसो नहुँदा र समयमै प्रहरीले सूचना नपाउँदा तश्करहरुले सामान पास गरी सक्ने, तस्करहरु भागी सक्ने हुँदो रहेछ । प्रहरीलाई चाहिने सूचना समन्वयको अभाब र आवश्यक उपकरणको व्यवस्थापन नहुँदा प्रहरीले राम्ररी काम गर्न नसकेको, मनोबल खस्केको देखिन्छ । यसमा सरकारको किन ध्यान पुगीरहेको छैन, प्रहरीले किन बुझाउन सकिरहेको छैन । यो अर्को अचम्बको बिषय भएको छ । जबसम्म यस्ता कुराहरूमा समस्या रहिरहन्छ, तबसम्म तस्करहरूले यस्तै छिद्रमा पसेर धन्दा चलाई रहनेछन ।

राष्ट्रिय सुरक्षामाथि प्रश्न

केहि समय पहिले भन्सारका कर्मचारीहरूले फ्लाई दुबईको एफजेड ११३३ को उडान मार्फत कोहि ब्यक्तिले चार किलो सुन लिएर आइरहेको सूचना पाउँदा समेत सुरक्षा कर्मिसँगको समन्वय अभाबले ती व्यक्तिलाई विमानमै जाँच गर्न नसक्दा सुन निजि गाडिबाट बाहिरीएको एक सुरक्षा कर्मिले बताएका थिय । सुरक्षा कर्मिले बेलैमा विमानभित्र अवैध सामान चेक जाँच गर्न नपाउँदा तस्कर पाक्राउ गर्न कठिन बन्दै गएको सुरक्षा अधिकारीहरु नै बताउँछन । यो कुरा गत २२ मंसिर २०८० मा बरामद भएको १४ किलो सुन प्रकरणको अनुसन्धानले पनि देखाएको छ । जुन घटनामा चन्द्र घले १४ किलो सुन सहित पक्राउ परेका थिय । पक्राउ परेपछि उनले भन्सारका अधिकारीहरूसँग बयान दिंदै अध्यागमन पुग्नुअगावै शौचालयमा लुकाएर सुन बाहिर लैजाने गरेको बयान दिएका थिए । कतिपय अबस्थामा विमानस्थलबाट सुन मात्र होइन जाँच पार भएका लागूऔषधदेखि दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी समेत पार भएर विमानस्थल बाहिर ति बस्तु समातिका घटना छन् । २०७६ साल भदौ ५ गते करिब ५ करोड मूल्य पर्ने कोकिन विमानस्थल भन्सारको ‘एक्स-रे’ जाँचबाट सहजै पास भएर बाहिर समातिएको थियो भने २०७४ साल असोज ३१ गते दुई वटा चिम्पान्जी, ८ वटा बाँदर, ७ गोल्डेन फेजन चरा, २ रिङनेट फेजन चरा, ३८ वटा परेवा र ६५ वटा सुगा नाइजेरियाबाट टर्कीको इस्तानबुल हुँदै नेपालसम्म ल्याइएको थियो । त्यतिमात्रै होइन सुरक्षा समन्वयको अभाबमा एकपटक काठमाडौंबाट उडेको इण्डियन एयरलाइन्सको जहाज समेत अपहरण भएर कान्दाहार पुर्याईएको घटना अहिले पनि ताजै छ ।  

सरकारी निकाय, छैन समन्वय

हालै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७० निकाय सक्रिय रहेको कुनै एकको कमजोरीले पनि अपराधि उम्कने भएकोले अध्यागमनलाई मात्र दोष दिएर नहुने बताएका थिय । यसलाई र घटनाक्रमलाई हेर्दा भन्सार, अध्यागमन र प्रहरीको समन्वयमा अभाब देखिएको, एकले अर्कोलाई दोष थोपर्दा तस्करी बढनेदेखि तस्करहरुले तस्करीका सामानहरु सहजै बाहिर लगीरहेको देखिन्छ । पछिल्लो समयमा यीनै कारणले मानव तस्करी, लागूऔषध तस्करी, सुन तस्करीलगाएत अन्य गैरकानुनी कार्यहरू भइरहेका घटना एकपछि अर्को आइरहेका छन । यसले राष्ट्रिय सुरक्षामाथि नै खतरा उत्पन्न हुने देखिन्छ ।

नेपाली बेच्ने सेटि

नक्कली शरणार्थीले मुलुक हल्लाएर साम्य नभएकै अबस्थामा सरकारी कार्यालयका कर्मचारी, दलाल र उच्च स्तरका ब्यत्तिको मिलोमतोमा मोटो रकम लिई सेटिङ गरेर नेपालीलाई बाहिर पठाउने गरेको खुलेको छ । अहिले मुलुकमा बेरोजगारी बढेसँगै वैदेशिक रोजगारीमा जाने युवाहरुको चाप थगिनसक्नु गरी तिब्र बन्दै गएको छ भने शिक्षित बेरोजगारको अबस्था पनि काहाली लाग्दो बनेको छ । जसका कारण भिजिट भिसामा विदेश गएर त्यतै लुकीछिपी काम गर्नेदेखि रुसी र युक्रेन सेनामा भर्तिभएर मर्ने र जोेखिमको जिन्दगी विताउनेको लेखा जोखा समेत छैन अहिले । त्यतिमात्रै होइन नेपालीहरु महिनौ जंगलमा भोकभोकै हिँडेर र जोखिम मोलेर विदेशिरहेका छन भने ग्रैह्र कानूनि रुपमा महँगो पैसा लिएर विभिन्न म्यानपावर र व्यक्तिहरुले सेटिङ गरी खाडिलगाएत, मलेसिया, सिंगापुर जस्ता देशमा पठाई रहेका छन । त्यहिबाट बिचौलीयाले फेरी अस्वभाविक पैसा लिएर सेटिङ गरी जोखिमकासाथ भिजिट भिसामा युरोप, अफ्रिका र अमेरिकालगायतका मुलुक छिरराउने गरेका छन । सरकारले मलेसियासहित खाडी मुलुक जानेलाई ‘फ्रि टिकट, फ्रि भिसा’ को व्यवस्था गरेको छ । तर त्यसमा समेत दलालले रकम लिएर पठाउने गरेका छन । नेपालबाट कतिपय कम्पनीमा कार्यरत कामदारका विश्वासिलो नातेदारहरुमार्फत् पनि भिजिट भिसामा उनीहरुले जोखिमकासाथ श्रमिक लैजाने र त्यहाँ पुगेपछि कम्पनीले सम्बन्धित मुलुकको कानुनअनुसार कागजात बनाएर काममा लगाउने गरेको समेत पाइएको छ । रुसी र युक्रेनी सेनामा भर्ना हुन नेपालीलाई दलालको समूहले भिजिट भिसामा त्यहाँ पुर्याएको विषयले पनि यसलाई पुष्टि गरेको छ । नेपाली श्रमिक विदेश लैजाँदा वैदशिक रोजगार विभाग, श्रम कार्यालय र वैदेशिक रोजगार व्यवसायीहरु सम्लग्न भएर सेटिङमा लैजाने हुँदा यीनिहरुले कामदारलाई कानुनी रुपमा कमजोर बनाउँदछन । त्यसमा पनि पर्यटक भिसामा गएका कामदारको सबैभन्दा बढी श्रम शोषण हुँदै आइरहेको छ । कम्पनीले भिसाको म्याद थपिदिने भन्दै गैरकानुनी रुपमा राख्ने र श्रम शोषण गर्ने गरेको पिडितहरु बताउँछन् । उनीहरुका अनुसार तेस्रो मुलुकमा प्रवेश गर्न पनि पर्यटन भिसामा जाने गरेको देखिन्छ । नेपालीसँग मोटो रकम लिएर पर्यटन भिसामा लगेर त्यतै लुक्न सहयोग गर्नेमा मुलुकका प्रतिष्ठित व्यक्तिहरु समेत सहभागि छन् । सांगीतिक कार्यक्रम र चलचित्र छायाङ्कनका लागि लैजाने व्यवस्थापकहरुले सम्बन्धित देशमा लुक्न सहयोग गर्ने, खेल प्रतिस्पर्धामा लैजाने क्लब तथा संस्थाका व्यवस्थापकहरुले खेलाडीलाई त्यतै लुक्न लगाउने, ट्राभल एजेन्सीहरुले प्याकेज टूरका क्रममा केहीलाई उतै छाडेर फर्किने, विदेशमा हुने नेपाली उत्पादन प्रदर्शनमा जाँदा आफूसँगै लगेकालाई त्यतै छाडिदिने, बजार प्रवद्र्धनका लागि विदेश जाने पर्यटन व्यवसायी र वैदेशिक रोजगार व्यवसायीहरुका प्रतिनिधिहरु उतै पलायन हुने, लायन्स क्लबजस्ता अन्तर्राष्ट्रिय क्लबका सदस्यहरुले पनि नेपाली लाने र उतै लुक्न लगाउने, साँस्कृतिक कार्यक्रममा जाने गाएक गायिकाले सँगै लगेकालाई लुक्न सहयोग पुरर्याउने गरेको पाइएको छ । दोस्रो मुलुकबाट तेस्रोमा जानका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ मिलिभगतमा नयाँ दिल्ली र अबुधाबीका नेपाली राजदूतावासले सहजै दिने गरेको धेरै घटनाले पुष्टि गरेको छ । सरकारले भिजिट भिसामा विदेश जान आगमनको टिकट पहिल्यै काटेको, सम्बन्धित देशमा होटल बुकिङ्ग गरेको, पेपर वा स्टिकर भिसा हुनुपर्ने, सार्क मुलुक, थाइल्याण्ड र हङकङबाहेकका अन्य दुई मुलुक बसेको, कक्षा १२ उत्तीणर् भएको, आम्दानीको स्रोत खुलाउन सक्ने, साथमा २५० डलरभन्दा बढी भएको, खातामा दुई लाखभन्दा धेरै रकम भएकोलगायतका धेरै व्यवस्था गरेको छ । तर अध्यागमन, बैदेशिक रोजगार विभाग, श्रम कार्याल्य र दलालको मिली भगोगतमा नेपालीसँग मोटो रकम लिई यी सबै कुराको नक्कली कागजात बनाएर नक्कली टिकट र नक्कली होटल बुकिङ्ग गरेर भिजिट भिसामा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जसमा एसओएस म्यानपावर सर्भिस, द रिभर ओभरसिज, वाइज इन्टरनेशनल प्रालि, अल अस्मास् कम्पनी, अक्सफोर्ड इन्टरनेशनल, प्याराडाइस इन्टरनेशनल, राज ओभरसिज प्रालि, ब्लू स्काई इन्टरनेशनल, ल्याण्डमार्क म्यानपावर सोलुशन, ल्याण्डमार्क एचआर कन्सल्टेण्ट म्यानपावर लगाएका कम्पनिहरुले भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गरेको विभिन्न समाचार, प्रहरीको अनुसन्धान र पिडितको उजुरीले देखाएको छ । तर यस्ता पिडक कम्पनिलाई कारबाहि भने भएको छैन ।

तस्करी र जुवाखाल, पैसा मालामाल  

केन्द्रमा सुन तस्करीले ब्यापक चर्चा पाई रहेको र ठुला चाड पर्बमा ब्यापक हुँदै आएको तस्करी पछिल्लो समय मोरङ लगायतका पूर्वी नाकाहरूमा पनि व्यापक मौलाएको छ । कोशी प्रदेश मातहतका सीमावर्ती जिल्लाहरू मोरङ, सुनसरी, झापा र इलामका सीमा नाकाहरूबाट व्यापक तस्करी हुँदै आएको छ । अवैध राजश्व छली रोक्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको मिलेमतो मै तस्करहरूले लाइन मिलाएर दैनिक करोडौंको सामान अहिले पनि आयात निर्यात गरीरहेको नाम नबताउने सर्तमा एक स्थानीय वासीले बताएका छन । उनका अनुसार त्यसमा मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रबत्ताको सम्लग्नता रहेको छ भने त्यसमा उनीहरुले तल्लो तहका घुमुवालाई उपयोग गरीरहेको बताईएको छ । ति प्रहरी प्रमुखहरुले पहिले पनि उनीहरुलाई नै घुमुवा राखेर उठ्ति पुठ्ति गरीरहेका थिय । जुन कामको लागी बरिष्ठ सई र सई खटिएको र त्यसकालागी प्रहरी प्रमुखले दरबन्दी एकातिर काम अर्कातिर खटाई परिचालन गरीरहेको स्थानीयको भनाई छ । आईजीपी बसन्त कुँवरले मातहत कसैलाई पनि घुमुवा राख्न नपाइने परिपत्र गरेपनि प्रहरीका हाकिमहरूले अपराध अनुसन्धानका नाममा तस्कर र अवैध धन्दावालासँग पैसा उठाउन घुमुवाको रुपमा परिचालित गर्ने गरेका ति स्थानीयको भनाई छ । कप्र शाखामा कार्यरत ति प्रहरीले कसरी बाहिर घुमेर अपराध अनुसन्धान गर्छन ? जबकि कप्र शाखाका प्रहरीले अपराध अनुसन्धान गर्न पाउँदैनन । तर प्रमुखले आफ्नो स्वार्थकालागी अपराध अनुसन्धानका साथै घुमुवाका रुपमा परिचालित गर्ने गरेको भनाई स्थानीयको छ ।  मोरङ प्रहरीकै एक जवानले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार त्यहाँका प्रहरी प्रमुखले आफ्ना अति विश्वासपात्र वरिष्ठ सईलाई घुमुवामा खटाएर हरेक युनिट इन्चार्जसँग ५० देखि एक लाखसम्म उठाएर मोरङ जिल्ला भित्रको प्रहरीको आन्तरिक सरुवा गर्ने गरेको र त्यसरी सरुवा भै जानेले हरेक महिना मासिक रुपमा तोकिएको पैसा समेत बुझाउने गरेको, नबुझाउनेको तत्काल अन्यत्रै सरुवा हुने गरेको समेत बताईएको छ । उनका अनुसार तस्करहरूसँग लाइन मिलाउने काम पनि उनीहरुले नै गर्दै आएका छन् । मोरङ लगाएत कोशिका धेरैजसो युनिटहरू सीमा नाकामा पर्ने भएकाले उनले सबै युनिटहरूमा जिल्लाको तर्फबाट अलग्गै घुमुवा खटाएका छन् । हरेक इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र युनिट इन्चार्जमा आआफ्नै घुमुवा परिचालित गराएर प्रमुख र प्रबत्ताले ठुलो आर्थिक लाभ लिने गरेको उनको भनाई छ । त्यस्ता प्रहरीले सिभिलमा घुमेर सबैतिरबाट पैसा उठाएर प्रमुख सामु पुर्याउने गरेको उनको दावी छ । उनीहरुले कोशि प्रदेशका कतिपय ठाउँहरुमा जुवाखालबाट समेत लाखौँ रकम उठाउने गरेको उनको भनाई छ । ति प्रहरी जवानका अनुसार मटिअर्वा विराटनगरको प्रमुख तस्करी हुने नाका मध्ये पर्छ भने त्यसका प्रमुख नाईके बब्लु अग्रवाल हुन । उनले आफ्नो मातहतका अरु छोटे तस्करहरू समेत परिचालन गरी प्रहरी प्रमुखको मिलोमतोमा तस्करी धन्दा बर्षौदेखि निर्वाध चलाउँदै आएका छन् । उनले विराटनगर एयरपोर्टबाटै तस्करीका सामान काठमाडौं पठाउने गरेको बताइन्छ । यो नाकाबाट मियाँ थरका एक ब्यापारी प्रयोग गरेर लत्ताकपडा, मटर, केराउ, सुपारी, मरिच लगायतका सामान भारततर्फ अवैध रुपमा पठाउने गरेको पनि बताउँछन् । यस्तै जुनेद भन्ने तस्करले राँगा भैसी र किराना सामानको तस्करी गर्ने गरेका छन भने तबरेज मियाँले हडडी र छालाको काम गर्ने गरेका छन् । त्यस्तै गुड्डु मियाँले बब्लु अग्रवालका लागि कपडाको अवैध काम गर्ने गरेको बताईन्छ । त्यस्तै रानी भन्सारबाट चाँदनी, अकबर, सुरेशलगायतले सटिङ सुटिङ, कुर्ता सलवारका कपडाको अवैध कारोबार गर्ने गरेका छन् भने एक महिलाले हरियो तरकारी, आलु प्याज लगायत सजावटका सामानको एकपटक भन्सार पुर्जी काटेर सोही पर्जी देखाई दजनौँ पटक सामान ल्याउनुे धन्दा चलाएकि छन । जुन समाचार दशै तिहार पछि एक अखवारले प्रकासित समेत गरेको र त्यसको खण्डन समेत प्रहरी प्रमुखले गर्न नसकेको उनको भनाई छ । यसै गरी जलानीको समूहले डियूटीवाला प्रहरी सँग सेटिङ गरी महिला परिचालन गरी कपडाको तस्करी गर्ने गरेका छन् । उनले कपडा लगायत सुनसम्मको धन्दा गर्ने गरेको ति प्रहरीको भनाई छ । यसै गरी उमेश साहले बखरी नाकाबाट ठूलो मात्रामा फर्मालिन हालिएको भारतीय माछा नेपाल भित्र्याउने गरेका छन् । भारतबाट भन्सार तिरेर पनि माछा आयात गर्न कानुनत बन्देज छ तर प्रहरीसँगको मिलेमतोमा अखाद्य माछा समेत ठूलो परिणाममा दिनहुँ नेपाल भित्रिने गरेको छ । त्यसैगरी हरेक हप्ता बेलबारी मेलाबाट ठुलो मात्राम गाई गोरुको तस्करी हुने गरेको छ । त्यसमा सहयोग गरे वापत तस्करहरुले मासिक रुपमा ५ लाख बढि प्रहरीका घुमुवामार्फत प्रमुख सम्म पुर्याउने गरेको दाबि उनको छ । उनका अनुसार त्यस कामकालागी डीआईजीलाई मासिक एक एक लाखका दरले र सम्बन्धित इप्रका इन्चार्जलाई २५ हजारका दरले पुग्ने गरेको बताइन्छ । यसरी कोशिका विभिन्न नाकाबाट तस्करी संचालन गर्ने तस्करहरूको छुट्टा छुट्टै समुहले जिल्लाका घुमुवामार्फत कारोबार गरीरहेको उनको भनाई छ ।  यसलाई हेर्दा कोशि प्रदेशका प्रहरी प्रमुखको ध्यान शान्ति सुरक्षा तर्फ छ कि तस्करी गराएर राज्यलाई करोडौं राजश्व घाटा लगाएर आफू रातारात धनि हुने तर्फ छ ? प्रश्न गम्भीर बनेको छ । 

यसरी चल्छ जुवाको खाल

देश र जनताको सुरक्षामा खटिने जिम्मेवारी पाएको प्रहरी संगठन भित्र त्यसका बिरुद्धका गतिबिधि हुने गरेको देखिएको छ । गएको श्रावण महिनामा भक्तपुर परिसरमा १४ जना जुवाडेहरुलाई प्रहरीले कौसलटारको एक क्याफे रेष्टुरेन्टबाट पक्राउ गर्यो । ति जुवाडेहरु परिसरमा १४ दिन बसे र २ लाख ५० हजार प्रहरी प्रशासनलाई बुझाएर छुटे । यस्ता घटना उपत्यकामा ब्यापक भैरहेका बेलामा यस्तै गतिबिधि विराटनगरका बिभिन्न स्थानहरुमा संस्थागत रुपमा भैरहेको र त्यहाँ करोडौंको अवैध जुवाखेल संचालन हुँदै आएको पाइएको छ । जसका बारेमा सूचना र समाचार आउँदा समेत मोरङ प्रहरी प्रशासन मुकदर्शक भएर बस्ने गरेको आरोप छ ।  कोशी प्रदेशको मोतीपुर स्थित लोहोन्द्रा नदीको आसपास क्षेत्रमा अवैध रुपमा संचालन भएको जुवाका कारण धेरै गाउँ परिवार प्रभावित बन्दै आएका छन । त्यतिमात्र होइन कोशी प्रदेशका धरान, इटहरी, दमक, इनरुवादेखि उर्लावारी समेतका ठाउँबाट खेलाडी बोलाएर अवैध जुवा संचालन हुँदा समेत स्थानीय प्रहरी प्रशासन मुखदर्शक बनेपछि उक्त जुवाको सञ्जाल व्यापक भएको गुनासो स्थानीयको छ । जुवा संचालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी मोतीपुर १ किमीको फरकमा तथा सीमामा ईलाका प्रहरी कार्यालय रंगेली हुँदा समेत प्रहरीले अनदेखा गर्दै हिडेपछि जुवाले प्रशय पाएको भनाई स्थानीयबासीको छ । केही महिना अगाडि उक्त जुवाखालबाट जुवा संचालन गर्ने संचालकदेखि केही जुवाडे खेलाडी प्रहरीले नियन्त्रणमा लिएर गएपछि उक्त जुवा केही दिन बन्द भएको तर फेरि प्रहरी सेटिङमा संचालनमा आएको बताइएको छ । मोरङको संसदीय निर्वाचन क्षेत्र ४ बाट निर्वाचित माओवादी सांसद एवं निवर्तमान मन्त्री अमनलाल मोदीदेखि जिल्ला प्रहरी मोरङ र कोशी प्रदेश प्रहरीसँग जुवाडेले सेटिङ्ग गरेपछि कुनै पनि जुवाडेलाई कार्वाही नै नगरी छोडिदिने गरेको भनाइ स्थानीयको छ । अहिले पनि सोही सेटिङ्ग अनुसार नै खुलेयाम दैनिक लाखौं-करोडौंको जुवा संचालन भइरहेको दावी उनीहरुको छ । दशै तिहारका बेलामा यस्ता गतिबिधि धेरै भएका तर कारबाहि केहि नहुँदा जुवाडेहरुले मन मस्ति गरीरहेका थिय । जुन अबस्था अहिले पनि जस्ताको तस्तै छ । उक्त जुवामा धनाढ्य परिवारका खेलाडी जाने हुँदा पछिल्लो समय स्वयं सांसद देखि प्रहरी समेतको सेटिङ्ग भएको र उक्त प्रदेश जुवाडेहरूका लागि सुरक्षित स्थान बन्न थालेको छ ।    स्थानीयका अनसार अवैध जुवा खेलको संचालन सुुनसरी मोरङ सिचाई आयोजना अन्तरगत संचालनमा रहेको ग्रामथान गाउँपालिकाको मोतीपुर ४ मा रहेको मोतीपुर टरसरी एवं हरीनगरा महादेवकोल सिचाई योजनाका अध्यक्ष सुदीप कुमार माझीले लामो समयदेखि गर्दै आएका छन । जहाँ विराटनगरका व्यापारिकदेखि छिमेकी जिल्लाबाट आउनेहरुको संख्या उल्लेख्य छ । यसरी अवैध रुपमा संचालन भएको जुवाका कारण प्रयत्क्ष अप्रत्यक्ष रुपमा थुप्रै परिवार प्रभावित भएपछि स्थानीय वासीहरुको विरोध हुन थालेको छ । इलाका प्रहरी कार्यालय बेलवारी तथा मातहत रहेको मोतीपुर प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालयसम्म सेटिङ मिलाएर सो जुवा खाल  निर्वाध रुपमा संचालन हुँदै आएको र त्यस्ता घटनामा प्रहरीका प्रदेश प्रमुखदेखि जिल्ला प्रहरी प्रमुख समेत मुकदर्शक भएर बस्दा यो अवैध धन्दाले व्यापक जरा गाडेको स्थानीयको भनाई छ । 

प्रहरी प्रधान कार्यालयको दाबी

नेपाल प्रहरी प्रधान कार्यालयले हालै पत्रकार सम्मेलनको आयोजना गरेर एक वर्षमा ५९ हजार ६१ वटा अपराधसँग सम्बन्धित मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका,त्यसमा सबैभन्दा धेरै बैंकिङ कसुरका रहेको जानकारी दिएको छ । बैकिङ कसुरमा मात्रै १३ हजार दुई सय ७७ मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन । त्यसैगरी ५ हजार १ सय ५० वटा गम्भीर प्रकृतिका अपराध दर्ता भएको डीआईजी भिमप्रसाद ढकालले दिएको तथ्याङकमा छ । जसमा अपहरण, बलात्कार, बलात्कार पछि हत्या, मानव बेचबिखन, बलात्कार उद्योग, डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग जस्ता कसुर गम्भीर प्रकृतिका अपराधमा पर्ने र त्यस्ता प्रकृतिका घटना कोशी प्रदेशमा सबैभन्दा धेरै १ हजार ६६ वटा दर्ता भएका छन । देशभर ४ हजार २ सय ८४ वटा लागु औषधका मुद्दामा प्रहरीले अनुसन्धान गरेको, ६ हजार ५०८ जना प्रतिवादीलाई पक्राउ परेको, १३ हजार १ सय २२ जना फरार अपराधी पक्राउ परेको र जसबाट अदालतले १ अर्ब ९७ करोड ९६लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको जनाएको छ । तथ्यांक अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर पनि मुलुकभर हुने मध्येका धेरै अपराध हुने घटनामा देखिएको छ । उक्त अवधिमा त्यस प्रकृतिका १० हजार आठ सय ६३ मुद्दा दर्ता भएका छन । त्यसपछि धेरै हुने अपराध आत्महत्यासँग सम्बन्धित भएको र त्यसमा सात हजार एक सय ९४ मुद्दा दर्ता भएको देखिन्छ । त्यस्तै, यस अवधिमा लागुऔषधका चार हजार दुई सय ८४, चोरीका तीन हजार सात सय २५, जबर्जस्ती करणीका दुई हजार चार सय ६८, ठगीका एक हजार ६ सय ६०, ज्यान मार्ने उद्योगका एक हजार ४५, बहुविवाहका सात सय २४ र अभद्र व्यवहारका पाँच सय ३५ मुद्दा दर्ता भएका छन भने १३  हजार दुई सय ८६ मुद्दा भने अन्य अपराधसँग सम्बन्धित छन । 

समस्या समाधानका उपाए

यसको निदानकोलागी भनेर २०७८ सालमा सरकारले नेपाली सेनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पेरिमिटर सुरक्षामा देखिएका कमी-कमजोरी, सुधार गर्नुपर्ने पक्ष र विमानस्थल सुरक्षाका लागि आवश्यक राय सुझावसहितको अध्ययन प्रतिवेदन तयार पार्न भनेको थियो । सेनाले त्यहीवर्ष गोप्य अध्ययन गरी तयार पारेको ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पेरिमिटर सुरक्षा व्यवस्था सुझाव प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर त्यो अहिले सम्म कार्यान्वयनमा आएको छैन । बरु सुन तस्करी, मानब तस्करीलगाएत अवैध लागूपदार्थ ओसार-पसार बढी रहेको छ भने कतिपय अबस्थामा सुरक्षाकर्मीलाई छक्याएर विभिन्न समयमा अनधिकृत व्यक्तिहरू विमानस्थलको निषेधित क्षेत्रभित्र प्रवेश गर्ने गरेका छन । त्यतिमात्रै होइन विमानस्थलको उत्तर वाग्मती नदीतिरको ढुङ्गाको वालमाथि फेन्सिङ्ग नगरेर अनधिकृत व्यक्ति गल्फ कोर्सको क्षेत्र हुँदै डोमेस्टिक पार्किङ वेसम्म प्रवेश गर्न सक्ने खतरा छ भने दक्षिणतर्फको उकालोबाट रन वेसम्म पुग्न सक्ने अवस्था छ । त्यसैगरी विमानस्थलबाट पूर्वतर्फ रहेको गोठाटार पेप्सीकोला सडक खण्डको करिब ३५० मिटर परिधिमा बलियो फलामे तार नहुँदा र पूर्वतर्फ रहेको एयरपोर्ट कन्सट्रक्सन कम्पनीमा कार्यरत कर्मचारीहरूले प्रयोग गरिरहेको घरहरूबाट दक्षिणतर्फ थपिएको काँडे तारको नयाँ पेरिमिटर फेन्सको काँडेतारको ग्यापबाट विमानस्थल निषेधित क्षेत्रमा मानिस सजिलै प्रवेश गर्न सक्ने देखिएको छ ।  त्यसैगरी विमानस्थलको पश्चिमतर्फ कोटेश्वरबाट तीनकुने जाँदा दाहिनातर्फ विमानस्थल पेरिमिटर फेन्सिङ्ग क्षेत्रमा आरसीसी ह्युम पाइप रहेको र उक्त स्थानबाट समेत अनधिकृत मानिसहरु विमानस्थल निषेधित क्षेत्र प्रवेश गर्न सक्ने अबस्था छ भने विमानस्थलको पूर्वतर्फ रहेको नेपाल प्रहरीद्वारा विगतमा बासस्थानको रुपमा प्रयोग गरिरहेको क्षेत्रमा कुनै पनि सुरक्षा निकायको उपस्थिति नभएको हुँदा उक्त स्थानबाट समेत अनधिकृत व्यक्तिहरूको प्रवेश हुन सक्ने सम्भावना छ । त्यतिमात्र होइन विमानस्थल भित्रै सिन्धुपाल्चोकका एक परिवारका चार व्यक्ति १८ वर्षदेखि बसोबास गर्दै आइरहेका छन भने पूर्वतर्फ विमानस्थल निषेधित क्षेत्रभित्र थुप्रै नागरिकहरु घर निमाणर् गरी स्थायी रुपमै बसोबास गर्दै आई रहेका छन । तिनीहरुलाई सरकारले अन्यत्रै बासस्थानको ब्यबस्था गर्नु पर्ने सेनाको प्रतिवेदनमा उल्लेख छ । तर सरकारले त्यो काम अहिले सम्म गरेको छैन । यस्ता बिषयले विमानस्थलको सुरक्षामा गम्भिर समस्या ल्याउने मात्र होइन मुलुकको राजश्व प्रणाली, चेक, जाँच र सुरक्षा प्रणालीमा समेत गम्भिर प्रश्न उठाएको छ । 

प्रहरी महानिरिक्षक र प्रबत्ताको असमर्थता

सुरक्षामा गम्भिर चौनौतीका सन्दर्भमा चैत्र २८ गते ४ः४५ बजे टेलिफोनबाट प्रतिकृया लिन प्रहरी महानिरिक्षक बसन्त कुँवरको मोवाईल नं ९८५१११०१९५ मा प्रतिकृया लिन खोज्दा आफु मिटिङगमा भएकोले प्रबत्ताको लिन भनेको र प्रबत्ता भिम ढकाललाई मोवाईल नं ९८५१०७३४४८ मा सम्पर्क गर्दा तपाईको समय कस्तो छ भनेर सध्नु पर्ने भन्दै आफु कार्यक्रममा भएको भन्दै प्रतिकृया दिनबाट पन्छन खोजेका थिए । पछि युवा हुँकारले उहाँलाई फोन गर्दा सम्पर्क हुन सकेन । जसले गर्दा प्रहरी प्रवत्ता र प्रहरी प्रमुखको प्रतिकृया लिन सकिएन । यसले पनि हाम्रो प्रहरी संगठनको अबस्था र हेपाहा प्रबृक्ति कस्तो छ भन्ने उदाङगीएको छ ।

Posted on: 2024-May-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar