18 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नयाँ बर्ष सुभ होस् ।

5 - May-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0
मुलुकमा अहिले निर्बाचनको बेला गठबन्धन गरेर र जनताको मत मागेर बनेको गठबन्धन सरकार टुटेर नयाँ गठबन्धन सरकार बनेको छ । त्यसको नेतृत्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले नै गरेका छन र संसदबाट तेश्रो पटक विश्वासको मत पनि लिईसकेका छन । यससँगै दाहाल नेतृत्वको गठबन्धन सरकार के हुने हो भन्ने आशंकाको पनि अन्त्य भएको छ । तर राजनीतिक अस्थिरताको अन्त्य भएको छैन । राजनीति दलहरुकाबिच चरम अबिश्वास छ । धोकाधडी, नीजि स्वार्थ,अन्र्तपार्टी द्धोद्ध र इगो एवं त्यसप्रति जनताको निरासा र आक्रोस त्यस्तै छ । सरकारले प्रमुख प्रतिपक्षको सहयोग पाउने छाँट देखिँदैन । राष्ट्रिय अन्तराष्ट्रिय चलखेल र षड्यन्त्र त्यस्तै छ । सत्तारुढ दलभित्र कतिबेला के हुन्छ भन्न सकिने अबस्था छैन । संघदेखि प्रदेश तह सम्म राजनीति धुर्बिकरणको सम्भबना अझै छ । यसले गर्दा प्रचण्ड सरकार तत्कालका लागि सुरक्षित रहेपनि यसको स्थिरता र लक्ष प्राप्तिमा भने आशंका छँदैछ । जुन आशंका विश्वासको मत दिने सन्दर्भमा सत्तारुढ दलहरुकै शीर्ष नेताहरूले संसदमा दिएका अभिव्यक्ति र प्रमुख प्रतिपक्षको कडा प्रतिवादबाट प्रष्ट हुन्छ । प्रमुख नेताहरुका अभिब्यत्तिबाट मतमा विश्वास भए पनि मनमा ब्याप्त अबिश्वास छ भन्ने प्रष्ट देखिन्छ । यसर्थ कुनै पनि बेला सत्ताघटकबाटै प्रधानमन्त्रीलाई खतरा हुन सक्ने देखिन्छ । त्यतिमात्र होइन सत्तारुढ दलकै दोश्रो तहका युवा नेताहरुका सोच र अभिब्यत्तिले पनि यो गठबन्धन धेरै जाला, बाहिर चर्चा गरीए जस्तो राजनीति धुर्बिकरण होला, विकास र समृद्धी होला, जनताले सुख पाउलान, राजनीति स्थायीत्व होला भन्नेमा ब्यापक आशंका छ । अहिले पनि मुलुृक आर्थीक संकटमै छ, सरकारको स्थायीत्वमा आशंकै छ, मन्त्रीपरिषदमा जाने विषयमा केही दल भित्र असन्तुष्टि अझै छ । दलहरुविच आपसी मतभेद, आशंका, अविश्वास र बिभिन्न शर्त र सम्झौताकाबिच प्रधानमन्त्रीले पाएको विश्वासको मतभित्र मुलुक कुनै पनि बेला राजनीति अस्थिरता तर्फ जान सक्ने खतरा टड्कारो देखिएको छ । यो कुरालाई मुलधारका मुख्य नेताहरुले नै स्वीकार गरीसकेका छन । सत्ता स्वार्थ र शक्ति सङ्घर्षका कारण गणतन्त्र स्थापना भएको १५ वर्षमा १३ वटा सरकार बन्न्ु र अहिले पनि राजनीतिमा कति बेला के हुने हो भन्न सकिने अबस्था कसैको नहुनु सन्देहको बिषय नै हो । त्यसमा पनि पछिल्लो समय लगभग १५ महिनामा प्रचण्ड सरकारले तीनपटक विश्वासको मत लिन पर्ने परिस्थितिको सृजना हुनु अनी प्रधानमन्त्रीले संसदमा उभिएर दिएका मनतब्यको सन्तुलन बिग्रिनु, माओबादीका प्रभाबशाली नेताहरु सुन काण्डमा मुछिनु, पर्काउपर्नु अनि चार बर्ष यो सरकार टिकाउन सक्नेमा प्रधानमन्त्री आफैँ विश्वस्त नहुनु यो गठबन्धन अझै पनि खतरा मुक्त छैन भन्ने नै हो । यद्यपी गठबन्धनभित्र थुप्रै आशंकाहरु भएपनि प्रचण्डले गरेको पछिल्लो उथलपुथल, गृहमन्त्री रवि लामिछानेले भ्रष्टचारी र तस्करहरु पक्राउ गर्न खोजेको आँटलाई प्रधानमन्त्रीले पनि मेरो पार्टी, तेरो पार्टी, मेरो मान्छे, तेरो मान्छे नभनी सहयोग गरेको खण्डमा र एमालेका अध्यक्ष केपी शर्मा ओलीगाएत कम्युनिष्ट पार्टीका अन्य मुर्धन्य नेताहरुले सहि रुपमा लिए भने यसले मुलुकको राजनीतिक स्थायीत्व, सुशासन र समृद्धीलाई सहि ठाउँमा पुर्याउन सक्छ । र त्यसले जनतालाई राहत पुर्याउन सक्ने देखिन्छ । यसमा ओली र दाहालले प्रतिपक्ष लगाएत सबैलाई समेटेर जानुकासाथै बढी होस र बुद्धी पुृर्याउनु पर्ने देखिन्छ । यति भयो भने अहिलेको गठबन्धनले सार्थकता पाउने मात्रै होइन पुराना बिक्रितिको अन्त्य हुन सक्छ । यसर्थ जति सुकै ठुलो पद र ओहोदामा भएपनि भ्रष्टाचारी र तस्करहरु नछुटुन, उनीहरुप्रति अनुसन्धान सही होस, निर्दोष नफसोस, दोषी नउम्केओस । कृष्णबहादुर महराले नै म त सानो माछा हुँ, यसमा अन्य थुप्रै ठुला माछाहरु छन, समय आएपछि सबै बताउँछु भनेका छन । यसले सबैलाई आश्चर्य चकित र गम्भिर बनाएको छ । त्यसैले दोषि भए जस्ता सुकै ठुला माछा पनि समातिउन, नेताहरुका गतिबिधि र बेथिती सच्याउन नव वर्षले प्रेरणा देओस, मुलुकमा सुशासन कायम होस, जनता सुखी हुन, २०८० सालका व्यथितीहरु नदोहोरिउन । नयाँ वर्ष २०८१ मा हाम्रो यहि शुभकामना ।

Posted on: 2024-May-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar