27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अनिष्टको संकेत रोक

19 - Jan-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
मुलुकमा अहिले आर्थिक संकट  छ, भ्रष्टचार न्यूनिकरण र सुशासनमा सोचे अनुसार प्रगति हुन सकेको छैन ।  जनता महँगिको चरम मारमा छन, मुल्यबृद्धि ब्यापक छ, राजनीतिक आबरणमा दलाल र बिचौलियाको विगबिगि त्यतिकै छ, नेताहरु कमाउ र मोज गरको रेसमा छन । न्याय र शुसाशनमा असमानता त्यतिकै छ । नेताहरुकै कारण राज्यका हरेक निकायमा कमिसन र भ्रष्टाचारले जरा गाडको छ । न्याय पाउनेले पाएको छैन, अन्याय गर्नेले न्याय किनिरहेको छ । बेथिति र बिक्रितिले जनता आक्रान्त बनेका छन । विकास हराएको छ, कमिसनतन्त्र झाँगिएको छ  । नीतिगत भ्रष्टाचार र पहँचका आधारमा अकुत सम्पति कमाउने क्रम बढदो छ । धनि झन धनि हुने गरीब झन गरीब हुने क्रम बढेको छ । जसले गर्दा बराई सराई र युवा बिदेश पलाएन हुने क्रम तिब्र बनिरहेको छ । गाउँबस्तिहरु खालि भैरहेको तथ्याङक डरलाग्दो गरी आईरहेको छ, बेरुजुको तथ्याङक र राजश्व छलिको अबस्था डरलाग्दो छ । दिनहुँ सुन तश्करीका घटनाले सबैलाई त्रसित बनाएको छ । गौरबका आयोजनाको दुर दशा त्यस्तै विकराल छ, सुन्दै डरलाग्ने । कानूनि छिद्र भित्र खेलेर कमिसन हत्याउने खेलोमेलो बनेका गौरबका आयोजनाको दुर्दशा र नीति, नियमको काहालीलाग्दो तस्वीर केहि समय अगाडि प्रधान सेनापतिले संसदमा सबै सामु राखि दिएका छन । ६ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने आयोजना समय पुग्न लाग्दासमेत २५ प्रतिशतभन्दा बढी काम सम्पन्न नहुनु र ३ बर्ष म्याद थप गर्नु एवं यस्तै अबस्था रहे थपिएको समयमा पनि निमाणर् सम्पन्न हुन नसक्ने सेना प्रमुखको भनाईले मुलुकको अबस्था र माथि भनिएको बेथितिको तस्वीर प्रष्टै देखिएको छ । त्यतिमात्रै होइन बाँकि गौरबका योजनाको हालत के होला ? प्रश्न गम्भिर बनेको छ । यसो हुनु भनेको रोम जलिरहँदा निरोले बाँसुरी बजाएर बसिरहे जस्तै हाम्रा नेता सत्ताको मोजमा विराजमान भैरहने, मुलुक श्रीलंकाको बाटोमा गैरहने अनि जनता रिणमा डुबिरहने डरलाग्दो संकेत हो । यसतर्फ कसको र कहिले ध्यान जाने ?

Posted on: 2024-Jan-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar