25 Feb
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

व्यथितिमाथी धावा बोल्ने - खिलराज

19 - Jan-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 पार्टीले अघि सारेको नीति, विधि, मूल्य मान्यतामा अडेर विभिन्न पदमा रहि तिन दशक बढि राजनीति गरेका खिल्राज बस्नेतका विचार, व्यवहार र काम यस अंकमा युवा हुङ्कारले प्रस्तुत गरेको छ । 
पारिवारीक पृष्ठभूमि  सोलुखुम्बु जिल्ला सोताङ गाउँपालीका १ मा बुबा स्वर्गिय कृष्णबहादुर बस्नेत र आमा बुधकुमारी बस्नेतको कोखमा २०३२ सालमा जन्मिएर हाल काठमाडौको पुरानो सिनामंगल हालको पेप्सिकोला टाउनप्लानिङ ३२ नं वडामा बस्दै आउनु भएको छ । मध्यम वर्गिय परिवारमा हुर्किनु भएका बस्नेतका सोलुकै बिरेन्द्र ज्योति माविबाट एसएलसी र काठमाडौमा अध्यन गरेर टियुबाट राजनीति शास्त्रमा एमए सम्मको अध्यन सम्पन्न गर्नुभएको छ । उहाँका २ भाई, २ दिदी हुनुहुन्छ । डिग्रि सम्मको उच्च शिक्षा हाँसिल गरी सक्नुभएकी झापाकी निर्मला प्रसाईसँग बैबाहि बन्धनमा बाँधिनु भएका बस्नेतका २ सन्तान छन ।  राजनीति पृष्ठभूमि मावि पढदा देखिनै नेबि संघको विद्यार्थि राजनीति हुँदै नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गर्नु भएका उहाँले नेबि संघ जिल्ला अध्यक्ष, गाउँ पार्टी प्रमुख, जिल्ला किसान संघको प्रमुख, चार पटक महासमिती सदस्य, दुई पटक सोलुबाट संघिय संसदको निर्बाचनमा र एक पटक पार्टीको केन्द्रिय सदस्यमा प्रतिस्पर्धा गरी केन्द्रिय नेताको रुपमा आफ्नो परिचय बनाई सक्नुभएको छ भने गत स्थानीय निकायको निर्बाचनमा जनताको ठुलो दवाव थग्न नसकेर सोताङ गाउँपालीकाको लोकप्रीय मतकासाथ अध्यक्षमा निर्बाचित भएर राजनीति मार्फत जनताको सेवामा खटिरहनुभएको छ । विपिको नीति, विचार र सिद्धान्तबाट प्रभावित भएर काँग्रेसको राजनीतिमा लागेको बताउने बस्नेत निडर हक्कि र जनसेवामा दिलचस्पि दिएर काम गरी रहनु भएको छ । उहाँले कृष्णप्रसाद भट्राई प्रधानमन्त्री हुँदा मन्त्री बलबहादुर केसीको स्वकिय सचिबको रुपमा समेत काम गरी सक्नुभएका बस्नेत आफ्नै सम्पत्ति खर्च गरेर समेत जोखिममा परेका आफ्ना पालीकाका जनतालाई स्वास्थ्य, शिक्षा र रोजगारीका सेवा समेत दिई रहेको बताउनुहुन्छ । नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजबादले मात्रै मुलुक र जनताको हित गर्छ, सबैलाई अटाउँछ, सबैको न्याय गर्छ, समानता ल्याउँछ भन्ने मान्यता र सोचले काँग्रेसको राजनीतिमा लागेको बताउनु हुन्छ । खिलराजका काम  सोताङ गाउँपालीकाका अध्यक्ष आफुले गरेका कामका सन्दर्भमा भन्नुहुन्छ, म आफुलाई स्थानीय तहको जनप्रतिनिधि मान्दिनथेँ, माथिल्लै तहको नेता मान्दथेँ । म संघको निर्बानमा थोरै मतले पराजित भएको जनप्रतिनिधि हुँ । त्यसपछि मलाई स्थानीय जनताले आफ्नै ठाउँमा काम गर्नुपर्छ, तपाईले यो पालीकाको नेतृत्व नगरी हुँदैन भनेर निर्बाचनमा उठाएर लोकप्रीय मत दिई जिताए । यो जिम्मेवारीमा म आईसकेपछि अहिले म महसुस गर्दैछु कि यो ब्यबस्थाको मुल आधार नै स्थानीय तह रहेछ भन्ने । म निर्बाचित भएर आई सकेपछि र मलाई केन्द्रीय तहकै जनप्रतिनिधिकै रुपमा जनताले हेरीरहेको सन्दर्भमा म सँग जनताको अपेक्षा अलि बढि हुनेगरेको छ ।  म यो जिम्मेवारीमा आएपछि मैले नीति,बिधि अनुसार काम गर्ने, जनताका बाधा अड्काउ फुकाउ गर्ने, मार्ग निर्देश गर्ने काम गरीरहेको छु । बजेटले भ्याए सम्म विकास निमाणर्का काम पनि गरीरहेको छु । तर तीन घण्टा बसेर बजेट बाँडफाँड गर्दा सबै बजेट सकि हाल्छ । अर्थात बजेट थोरैै छ । यसको आफ्नै श्रोत साधन छैन । यसो हुँदा श्रोत खोज्नेदेखि प्रदेश र केन्द्र सरकारसँग माग्न जाँदा धाउँदा नै समय सकिएको छ । सोचे जस्तो काम ति निकायबाट नहुँदा उर्जा सकिएको छ । निराशा बढेको छ । एक त सोलु आँफैमा दुर्गम त्यसमा पनि कोशिपारीको गाउँ सोताङ सोलुको कणर्ालीकै रुपमा चिनिन्छ । तथापि मैले मेरो गाउँपालीका र नजिकको महाकुलुङ गाउँपालीकाका सबै जनतालाई सेवा पुग्ने गरी त्यहाँका जनता सदरमुकाम धाउनु नपर्ने गरी काम गरीरहेको छु । मैले इलाका प्रशासन कार्यालय त्यहाँ लगेका छ, त्यसको भबन पनि बनि सकेको छ । त्यहाँबाट परिचयपत्रको काम सुरु भैसकेको छ । राहादानीको लागी परराष्ट्र मन्त्रालयमा कुरा गरेर त्यसको सेवा सुचारु गर्ने गरी काम अगाडि बढाएको छु । क श्रेणीको इलाका प्रहरी कार्यालयमा प्रहरीलाई जनताको काम गर्न सहज हुनेगरी गाडि र मोटरसाईकल उपलब्ध गराएको छु । संघमा धाएर नापि र मालपोतको एकिकृत कार्यालयकोलागी पाइलट प्रोजेक्टको रुपमा सुरु गर्ने गरी मन्त्री स्तरीय तोक आदेश गरेर काम अगाडि बढाएर अन्तिम चरणमा पुर्याएको छु । आर्थिक कारोवारको रुपमा अहिले त्यहाँ कृर्षि विकस बैक मात्रै छ, त्यसले धानिरहेको छैन । त्यसलाई अलि सहज बनाउन एटिएमको ब्यबस्था गर्न पहल कदमि लिएको छु ।  त्यो एटिएम मेसिन यहि साल जाँदैछ । राहदानी लिनकोलागी बाणिज्य बैक हुनुपर्ने भएकोले त्यो सेवा पनि त्यहिबाट दिन बैकको शाखा पनि यसै बर्ष स्थापना गर्ने गरी स्वीकृत गराई सकेको छु । अहिले मेरो लडाई भनेको सदरमुकामबाट पाउने सबै सेवाहरु गाउँपालीकाबाटै होस भन्ने हो । त्यो काम मेरो कार्यकालमा समपन्न गर्ने गरी अगाडि बढेको छु । अर्को गत भदौको ७ गते दुधकोशि नदिमा बाडि आएर त्यहाँको बेलीब्रिज बगाएको छ । त्यो पुल बगाएपछि ८ गतेदेखिनै संघका भौतिक मन्त्री प्रकाश ज्वालादेखि मन्त्रालयका सचिब र विभागका डिजिलगाएतलाई भेटेर इन्जिनियर सर्बे समेत गराएर त्यसपछि प्रधानमन्त्रीलाई समेत भेटेर ४८ मिटर लम्बाईको बेलिब्रिजको पार्ट मैल बुझेर लाहानमा राखेको छु । त्यहाँ विग्रियकोलाई खोलेर लाहानको लगेर बनाउँनलाई स्टलमेन्ट गर्नकोलागी ३ करोड ३५ लाख रुपैयाको बजेट समेत प्राप्त गरेको छु । स्वीकृत भएको छ । तर त्यो बजेट अहिले सम्म न अर्थमन्त्रीले दिनुभएको छ, न सचिबले दिनुभएको छ, न बजेट दिने अधिकारीले नै सहि गर्नुभएको छ । एकले अर्कोलाई देखाएको छ, अर्काले अर्कोलाई दोष देखाएको छ, यो कारणले हुँदैन भनेको छ, यो ऐन नियम नमिलेर हुँदैन भनेको छ । मलाई दिन दिनै संघमा धाउने र दुख दिने बाहेक केहि भएको छैन । यसैकालागी कतिपय नेता र कर्मचारीसँग झगडा नै भएको छ । तर जनताले अझै बेलिब्रिज पाएका छैनन । त्यो नभएर यातायातको सेवा अबरुद्ध छ । यसकोलागी भदौदेखि हाल सम्म सरकारको सबै ढोका दिनैपिच्छे चाहारी रहेको छु । त्यो कामकालागी विपत जोखिम न्यूनिकरण प्राधिकरणमा लगेर पनि फाएल हालेको छु । त्यहाँ पनि यो र त्यो नियम संशोधन नगरी बजेट खर्च गर्न मिल्दैन भनेर भनिरहेका छन । त्यो नियम संशोधन गर्ने लडाई पनि लडिरहेको छु । दिनै पिच्छे धाईरहेको छु  । प्रधानमन्त्रीको आदेश सम्बन्धित निकायले मानिरहेका छैनन् । यहि पुल हाल्नकालागी प्रधानमन्त्री दैवि प्रकोप कोषको पैसा खर्च गर्न मिल्ने रहेछ । त्यो पैसा खर्च गर्नलाई नियमाबली संशोधन गर्नुपर्ने छ । त्यसकालागी पनि सचिबसँग लडिरहेको छु । अर्को प्रदेश सरकार र स्थानीय सरकारले धुँवा खोलामा एउटा बेलिब्रिज बनाउने अघिल्लै सालको कार्यक्रम थियो । त्यसमा इभिडको सिस्टमले २ महिना ढिलो गर्यो । त्यसपछि भारतको रेल दुर्घटनाले सामान ढुवानि गर्न अरु ढिला भयो । त्यसो गर्दा गर्दै पुल जडान गर्न १० प्रतिशत काम रह्यो । काम बाँकि हुँदा नै समय सकियो प्रदेशको ससर्त अनुदानको बजेट फ्रिज भएर गयो । अहिले प्रदेश सरकारका मुख्य मन्त्रीलाई भेटेर पुल जडानकोलागी बजेटको ब्यबस्थापनको लडाई लडिरहेको छु । कबर्ड हल बनि सकेको छ । बहादुरी खोला र अर्को एक ठाउँको पुल बनेको छ । माछापुछ्रे कन्टक्सनलाई काममा लगाई भखरै ३३ मिटर लम्बाईको एउटा बेलिब्रिज सम्पन्न गर्न लगाएको छु । टेलिफोन टावर निमाणर् गरी उदघाटन गरीसकेको छु । त्यहाँ फोरजी पनि सञ्चालनमा आएको छ । अर्को सुस्ला भन्ने डाँडोमा पनि टावर निमाणर्को कार्यक्रम पारी निमाणर्कोलागी सामान पठाउनकोलागी पहल गरीरहेको छु ।  इन्टरनेटकोलागी फाईबरनेटको पहल कदमि गरीरहेको छु, सर्बे समेत गराई सकेको छु । खेल मैदान पनि हुँदैछ । स्वास्थ्यकोलागी १५ सैयाको अस्पताल १९ करोडको लागतमा ६ जना मेडिकल अफिसर सहित ३० जना स्टाफ राखेर सुबिधा सम्पन्न अस्पताल छिटो भन्दा छिटो बनाउने गरी मन्त्रीको तोक आदेश गराई तिब्र गतिमा काम अगाडि बढाई राखेको छु । स्वास्थ्य मन्त्रीसँग भेटेर किड्नीको डाईलोसिस मेसिन सोताङ अस्पताललाई लगिसकेको छु । अरु ३ वटा मागी सकेको छु । विपन्न र दलितका परिवारकालागी स्वास्थ्य सेवा निशुल्क गराएको छु । दिर्घ रोगीकालागी पनि निशुल्क औषधि दिने कुरा अगाडि बढाएको थियँ तर खरिद ऐनले दिँदो रहेनछ । कार्यक्रममा पारेर पनि त्यो कार्यक्रम लन्च हुन पाएको छैन । आफ्ना गाउँपालीकाका विपन्न विरामिलाई काठमाडौ ल्याएर समेत उपचार गरेको छु  । पोषण सुरक्षाकालागी भनेर स्थानीय सरकारका तर्फबाट ४० लाख बजेट छुट्याएर २ सय ५० रुपैयाका दरले वितरण गरेको छु । बजेट भएमा जस्लाई भरण पोषणको आबाश्यक छ, त्यस्ता बृद्धबृद्धालाई राहात पुग्ने गरी विद्धाश्रम खोलेर त्यसबाट उनीहरुलाई आबाश्यक पर्ने गाँस, बास, कपास, स्वास्थ्य सुरक्षा सहितको ब्यबस्था गर्ने सोच छ । अहिले सरकारले वितरण गरीरहेको बृद्धभत्तामा चित्त बुझेको छैन । किनकि करोड पति विनोद चौधरीका बुवालाई अहिले सरकारले दिएके ४ हजार बृद्ध भत्ताको के आबाश्यक पर्छ र ? अनि जस्को साहारा छैन त्यसलाई ४ हजारले के पुग्छ र ? यसलाई सार्थक रुपले लानुपर्छ भन्ने मेरो मनमा हुटहुटी छ । शिक्षाको हक सरकारले संविधानमा राखेको छ, तर राखेर मात्रै त पुग्दैन । त्यसलाई कार्यक्रममा ल्याउनुपर्छ । त्यो कस्ले गर्ने ? हामीले नै गर्ने हो, कहिले गर्ने ? अहिल्यै गर्ने हो । सरकारी स्कुलका टिचरले ४० हजार तलब खान्छन । सामुदायीक स्कुलका भबन पक्कि छन, त्यसलाई तीन तहकै सरकारले हेरेको छ, विद्यालय सञ्चालक छ, जिल्ला शिक्षा शाखा छ, सबै पुर्बाधार र साधन श्रोत छ । तर त्यहाँ अध्यापन गर्ने शिक्षकले आफ्ना बच्चा घर छेउका विद्यालय छाडेर एक घण्टा परको छाप्रो हालेर स्थापना गरेको महँगो बोर्डिङमा बच्चा लगेर अग्रेजी छ पढाई रहेको छ । अरुले पनि त्यहि देखासिकी गर्दा त्यसको मार गरीबले खाएका छन । त्यसको कारण अग्रेजी पाठ्यक्रम हो भनेर मैले मेरो पालीकाका सरकारी स्कुलमा प्ले ग्रुप थाथि इन्टरगाडेन क्लास थपेको छु । प्रत्यक स्कुललाई कम्तिमा एक एक जना टिचर गाउँपालीकाको बजेटबाट अनुदानमा राखेको छु । कुनैमा आबाश्यत्ता अनुसार २ जना ३ जना पनि राखेको छु । त्यसरी ३० जना जतिको दरबन्दि थपेर शिक्षक राखेको छु । आउने सालबाट ३ कक्षा, ४ कक्षा ५ कक्षा हुँदै माथि सम्म लाने र अग्रेजी माध्यमबाटै पढाई अगाडि बढाउँदै शिक्षाको गुणस्तर बृद्धि गर्ने, निशुल्क शिक्षा प्रदान गर्ने योजनाकासाथ कामलाई अगाडि बढाएको छु । कृर्षिलाई पनि त्यहि ढंगले अगाडि बढाउने सोचकासाथ गतब र्ष १ करोडको अनुदान पनि लगेको थियँ । तर राज्यको आर्थिक अबस्था राम्रो नभएकोले त्यो कृषकलाई बाँडन पाईएन । आफन्र श्रोतको १ करोड ५० लाख पैसा छुट्याएको थिँय तर त्यो पनि ५० प्रतिसत बजेट कटौति भएर गयो । तथापि त्यसमा सार्थक ढंगले काम गर्नुपर्छ, बास्तविक किसान र पशुपालकलाई सेवा सुबिधा दिनुपर्छ भनेर अहिले पनि लागीरहेको छु । केपी ओली सरकारको पालामा बास्तविक किसानले केहि नपाउने अनुदान दिने निकायका कर्मचारीसँग मिलोमतोमा कागजमा कृर्षि र पशुपालेको देखाएर आधा आधा बाँडेर बजेट हजम गर्ने काम गरे । त्यसलाई रोकेर बास्तविक किसान र पशुपालकले अनुदान पाउने योजनाकासाथ काम गरीरहेको छु । भखरै मैले आफ्नो पालीका भित्र बाहिरका रक्सि बेच्न बन्द गरेर त्यहिँको अन्न फलफुलबाट बनेको लोकल रक्सिलाई प्रसोधन गरी गुणस्तरीय बनाई ब्राण्डको रुपमा प्याकेजिँङग गरी के बाट बनेको हो त्यसको लोगो समेत राखेर स्वदेश र विदेशमा विक्रिबितरण गरेर आम्दानी गर्ने, पालीकालाई कर पनि तिर्ने आफ्नो आम्दानी पनि बढाउने, उसलाई त्यसमा अनुदान पनि दिने गरी ब्यबसायीकी र बजारीकरण गरी उद्यमी बन्ने बनाउने योजना पनि बनाएको छु । कृर्षि प्रधान देशमा अन्न,फलफुल र तरकारी विदेशबाट अर्बौको आईरहेको छ, हामी परनिर्भर भैरहेका छौ । जग्गाको हदबन्दि असमान छ । जग्गा हदबन्दिका नाममा कर्मचारीले भ्रष्टाचर गरीरहेका छन । त्यसलाई रोक्नुपर्छ । बास्तविक किसानलाई कृर्षि उत्पादनमा लगाउने नीति अबलम्बलन गर्नुपर्छ भनिरहेको छु । सुशासनकालागी आफ्ना कर्मचारीहरुलाई निर्देश गरीरहेको छु । पालीकामा उद्योग सृजना गरौँ, वडानै पिच्छे २५ जनाको समुह बनाएर पालीका र जनसहभागितामा ५ करोड लगानी गरेर ५ ठाउँमा पशु फर्म, बाख्रा फर्म, किबि फर्मदेखि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर रक्सि उद्योग खोलेर जनतालाई रोजगारी दिने,उद्यमी बनाउने योजना पनि छ । तर श्रोत साधनको कमि छ । यसका बाबजुध पनि मैले पालीकाकै तर्फबाट गत बर्ष १ करोडको बाख्रा फर्म खोलेर रोजगारी सृजना गरेँ, १ करोड लगानी गरेर किबि फर्म खोलेँर रोजगारी सृजना गरेँ । बिदेशमा रोजगारीकालागी जाने युवाहरुलाई निशुल्क कतिपय ठाउँमा पठाएको पनि छु । १ डेड सय लाई रोजगारी पनि दिएको छु । स्थानीय जनतालाई उद्योगी बनाऔँ भन्ने हुटहुटी छ तर प्रयाप्त साधन श्रोत छैन ।  जनताका अपेक्षा अहिले जनताले रोजगारीको माग गर्छन । किनकि वेरोजगारी समस्या अहिले राष्ट्रिय समस्या भएको छ । त्यसबाहेक बाटो चाहियो, स्वास्थ्य शिक्षा चाहियो, अनुदान चाहियो, खेलमैदान चाहियो, प्रशासनीक सेवा सुलभ हुनुपर्यो, तपाई मेरो घरमा आईदिएर मेरा समस्या समाधान गरी दिनु पर्यो, मेरो यस्तो कार्यक्रममा आई दिनुपर्यो । यस्तै खालका माग बढि हुन्छन । त्यसलाई ध्यान दिएर काम गर्ने प्रयास गरीरहेको छु । पालीकामा उद्योग सृजना गरौँ, वडानै पिच्छे २५ जनाको समुह बनाएर पालीकाको र जनसहभागितामा ५ करोड लगानी गरेर ५ ठाउँमा पशु फर्म, बाख्रा फर्म, किबि फर्मदेखि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर रक्सि उद्योग खोलेर जनतालाई रोजगारी दिने,उद्यमी बनाउने योजना पनि छ । तर श्रोत साधनको कमि छ । यसका बाबजुध पनि मैले पालीकाकै तर्फबाट गत बर्ष १ करोडको बाख्रा फर्म खोलेर रोजगारी सृजना गरेँ, १ करोड लगानी गरेर किबि फर्म खोलेँर रोजगारी सृजना गरेँ । बिदेशमा रोजगारीकालागी जाने युवाहरुलाई निशुल्क कतिपय ठाउँमा पठाएको पनि छु । १ डेड सय लाई रोजगारी पनि दिएको छु । स्थानीय जनतालाई उद्योग ीबनाऔँ भन्ने हुटहुटी छ तर प्रयाप्त साधन श्रोत छैन । जति सकेको छु गरीरहेको छु ।  चुनौति  साडे ३ दशक राजनीति यात्रामा लागेको, म जस्तो निष्ठाकासाथ काम गर्ने राजनीतिक पात्रले पनि सबैलाई समन्वय गरेर काम गर्न सकेन भने यो ब्यबस्था सफल हुँदैन । यसर्थ काम गर्न सकिँदैन कि भन्ने त कुरै आउँदैन सकिन्छ । किनकि यो दुनियामा जहाँ जे छ, जस्तो छ, त्यो सबै मेरो एप्रोजमा छ । म यो गर्न सक्छु भनेर लाग्ने हो । कति मलाई समयले साथ दिन्छ त्यो भिन्नै कुरा हो । तर आफुले चाहे जस्तो, जनताले अपेक्षा गरे जस्तो गरी काम गर्न मेरो श्रोत साधनले मात्रै पुग्दैन । अर्को काम गर्न यहाँ विभिन्न खालका तगाराहरु छन, अप्ठ्याराहरु छन, मान्छेका मनहरु दुषित छन, प्रधानमन्त्रीको आदेश अर्थमन्त्रीले मान्दैन, अर्थमन्त्रीको आदेश अर्थसचिबले मान्दैन, एउटा पुल हाल्न दिँदैनन्, अर्काले पैसा दिन्छु पुल हाल भन्छ त्यो सहयोग लिन माथिका पदमा बस्नेहरुले ऐन, कानूनका समस्या देखाएर काम हुन दिँदैनन् । माथि बस्नेले जे पनि गर्छन तलकालाई मान्छे नै गन्दैनन् । ठुलाले अर्बो भ्रष्टाचार गर्छ, त्यसलाई अनुसन्धानको दायरामा ल्याउँदैनन् तलको सानो ब्यत्तिलाई कारबाहि गर्छन । केन्द्र सरकारसँग सिधै डिल गरेर हुने काम हप्तौ, महिनौ दिनको समय बर्बाद गरेर, अनाबाश्यक खर्च बढाएर प्रदेश सरकारहँुदै संघ आउनुपर्छ । त्यो पनि कतिपय अबस्थामा संघले दिन्छ प्रदेशले काम रोकि दिन्छ । यसलाई हेर्दा यो प्रदेश सरकार खारेज गर्नुपर्छ, त्यसतर्फको बहस अब चलाउनुपर्छ भन्ने मेरो सुझाब छ । किनकि अहिलेको प्रदेश सरकार स्थानीय सरकारको काम र गति रोक्ने, जनताकालागी हुने काम रोक्ने फजुल सरकार हो, अनाबाश्यक राज्यलाई अर्बो भार बोकाउने पार्टीका नेताका आफन्त भर्ति गर्ने थलोको रुपमा प्रयोग भैरहेको गतिहिन सरकार हो । यसले विना काम राज्यको अर्बो रकम स्वाहा पारेको छ । यसो भनि रहँदा म संघियताको विरोधि हैन । संघियता चाहिन्छ । यसकैलागी हामी हिजो जीबन मरनको लडाई पनि लडेका हौ ।  तर केन्द्र र स्थानीय सरकार भए पुग्छ भन्ने मेरो भनाई छ ।  सहयोग, असहयोग  प्रतिपक्षको कर्म र धर्म भनेको नराम्रो कामको विरोध गर्ने हो । कोहि मान्छे सफल हुन र कुनै पनि काममा गति लिन बिरोध हुनपनि पर्छ । लोकतन्त्रमा विपक्षिहरु भएनन् भने ब्यबस्था स्थायी हुँदैन, निरंकुष र नटिक्ने हुन्छ । त्यसकालागी पनि बिपक्षी चाहिन्छ भनेर नै म काम गर्छु, सचनात्मक कामकालागी आलोचना पनि सहन तयार हुन्छु । समन्वय गर्न तयार हुन्छु तर नचाहिने कामकालागी, जनताको हित हुने काम गर्दा त्यसलाई रोक्न खोज्ने, विरोधकालागी बिरोध गर्नेलाई वास्ता पनि गर्दिन । ठुला काममा विपक्षको विरोध पनि भएको छैन, कहिले काँहि खुद्रा कुराहरु विवादमा ल्याउन खोजिन्छ, मिसनमा होइन, मोसनमा विरोध देखिने कुराहरु यदाकदा हुने गरेको छ । त्यसलाई वास्ता नगरी जनताका हितमा काम गरीरहेको छु । मेरै पार्टीका साथिहरुसँग पनि कहिले काँहि विचारमा भिन्नता आउन खोज्छ । म अलि टाढा सोचेर हिँडछु, मेरा पार्टीका साथीहरु वरमात्रै सोच्छन । म जनताको हितमात्र सोच्छु, मेरो साथिहरु कहिले काहिँ आफुलाई केन्द्रमा राखेर सोच्छन, मैले पार्टीकालागी यति धेरै खटेको छु, केहि पाईन भन्छन । त्यसमा कहिले काँहि सानातिना समस्या पनि आउँछन । त्यसलाई ब्यबस्थान गर्दै अगाडि बडिरहेको छु, सहयोग नै पाईरहेको छु । जनताले मेरो घरमा अध्यक्ष आईदेवस, बसिदेवस, आफुलाई परेका समस्या समाधान गरीदेवस, बोलाएका कार्यक्रममा, बिहेभोजमा आईदेवस, आफ्ना काम भनेको बेला झट गरीदेवस, झैझगडा मिलाई देवस भन्ने हुँदोरहेछ । त्यसमा आफुले सके सम्म त जाने, बस्ने खाने, मिलाई दिने पनि गरेको छु, श्रोत साधनले भ्याउने गरी सेवा पनि प्रदान गरेकै छु । तर अहिले मैले आफुले आफुलाई जुन ढंगबाट अठोट गरेर काम निकाल्ने योजना बनाएको छु, नमुना पालीका बनाउने संकल्प लिएको छु, त्यसकालागी त मैले धेरै समय त्यसकालागी दिनुपर्ने हुन्छ, ति कामकालागी खटनुपर्ने हुन्छ । त्यस्तो अबस्थामा उहाँहरुका अपेक्षा पुरा गर्ने समय म सँग हुँदैन । कतिपय अबस्थामा मैले सामुहिक काम गर्नुपर्ने, त्यसलाई समय म्यानेज गर्नुपर्ने हुँदा, कामकालागी प्रदेश सरकार र संघमा धाउँदा समयले भ्याईएन भने जनताका त्यस्ता अपेक्षा पुरा गर्न सकिँदैन । त्यसम तादाम्यता मिलाउन अलि चुनौति छ । तथापि सबैलाई समेटेरै लाने गरेको छु, सबैको सहयोग नै छ ।  कहाली लाग्दो अबस्था  स्थानीय सरकारले सोचे जसरी काम गर्न नसकेकै हो । अझ अघिल्लो स्थानीय सरकारले त आफुलाई ब्यबस्थापन गर्दा गर्दै र बुझदा बुझदै केहि गर्नै सकेनन् । एक त उनीहरुसँग सुरुमा कुनै कार्ययोजना नै भएन, जानेको पनि थिएन, पुरानोको हेरौँ भन्ने पनि थिएन । त्यसैले कामै गर्न सकेनन्, बजेट आईरछ यो सक्नै पर्छ भन्दै डाँडाँकाडा भत्काय, बाटो मात्रै भत्काए । कतिपयले त्यसैलाई दोहन गर्ने अबसर बुझे, दोहन पनि गरे । त्यसैले उनीहरु बदनाम भए । अहिलेकाले पनि कतिपयले त्यसै गरीरहेका छन, बजेट छँदैछ, अब आँफै डोजर खरिद गर्ने, आँफै ठेक्का लिने र खाने, कतिपयमा हाईड्रोले बाटो बनाई दिने, गाउँपालीकाको बजेट लगाएर डुब्लिकेशन गरेर खाने जस्ता काम पनि भए । त्यस्ता डोजरमा आगो पनि लाग्यो । अर्काको मेसिन लगाएर बाटो खन्ने कामले यति धेरै खर्च गर्यो कि भनि साध्य छैन । कतिपयमा कस्तो बिक्रिति पनि भयो भने १ घण्टा बाटो खन्दा स्थानीय प्रमुखलाई यति हजार, प्रमुख प्रसाशकिय अधिकृतलाई यति, डोजर वालालाई यति भनेर बाँडि पनि खाय । त्यसबाट कमाएको पैसाले काठमाडौमा जग्गा किन्दा त्यहाँको भाउ ह्वात्ते बढ्यो भन्ने पनि सुनियो । यो हुन पनि सक्छ । त्यहि भएर त्यस्ता जनप्रतिनिधि अहिले कानूनको दायरामा पनि आएका छन, कतिपय पक्राउ पनि भएका छन । अब हामीले रोकेको छौ, रोक्छौ र जनताका हितमा काम गर्छौ देखिने गरी । हाम्रो कामले पार्टीहरु पनि स्वच्छ बन्नुपर्छ, ब्यबस्था र संबिधान पनि बलियो बन्नुपर्छ । त्यो ढंगले काम गर्ने मेरो चाहिँ हुटहुटी छ ।   मुलुक सुधारका सुझाब  अहिले मुलधारका नेताहरु बद्नाम भएका छन । उनीहरुप्रति जनताको विश्वास मरेको छ । जसकारण पुरातनबादीहरु उत्ताउलो बनेर संविधान र प्रणालीका बिरुद्ध चर्को स्वरले कराई रहेका छन । यो अबस्थाको सृजना मुलधारकै नेताहरुका गतिबिधिले गर्दा भएको छ । नेता जनताको हितमा भन्दा आफ्नो हित र स्वार्थमा लागेकै हुन । नेताले आफु शासक जनता दास जस्तो गरेर काम गरेकै हुन । जनताले सच्चिओ भन्दा नसच्चिएकै हुन । ठुलालाई चैन, सानालाई ऐन भएकै हो । अर्बौका भ्रष्टाचारका फाईल नखोलीने, ललिता निवासको सरकारी जमिन बेचरेर खाने बिष्णु पौडेललाई केहि नहुने एउटा सानो मान्छेलाई जेल हाल्ने काम भएकै हो । नेताले आफ्नालाई अबसरै अबसर दिएका तर पार्टीको हितमा निरन्तर काम गर्ने सिधा सोझा कार्यकर्ता र जनतालाई पाखा गरेकै हुन । अहिलेकै राष्ट्रिय सभा निर्बाचनमा उम्मेद्धार बनाएका ब्यत्तिहरुलाई हेर्दा पनि यस्ता विक्रिति युत्त काम देखिएकै छन । यसैले गर्दा विरोधिको स्वर ठुलो भएको हो, खुलेआम ब्यबसथा र प्रणालीमाथि धावा बोल्ने काम भएको हो, नयाँ पार्टीहरु उदायका हुन, मुलधारका राजनीतिक दलका नेताप्रति जनताले वितृष्णा पोखेकै हुन । अब पनि नेता सच्चिएनन् भने,आफुलाई बदलेनन् भने, समय सापेक्ष काम भएन भने, जनतालाई केन्द्रमा राखेर काम गरेनन् भने नेताहरुलाई अझै धेरै खतरा बढेर जान्छ । जनताले पनि पहिलेका पन्च ठिक हुन भनेका छैनन् । ब्यबस्था र संबिधान नराम्रो भनेका छैनन् । आफुले चाहेको काम गरीदिने नेता र नेतृत्व मात्र खोजेका हुन । अबसरको न्यायोचित वितरणको अपेक्षा गरेका हुन । त्यो अपेक्षा हाम्रो पनि हो । लोकतन्त्रको विकल्प निरंकुष ब्यबस्था हुन सक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लेकतन्त्रभित्रै जनताको हितमा, देशको हितमा काम गर्ने नेता, नेतृत्व जनताले खोज्छ । यो स्वभाविक पनि हो । अहिले जनताले खोजेको पनि यहि हो । मुलधारका नेताले यसलाई ध्यानमा राखेर काम गर्नुपर्छ । नराम्रो लाई सुधारेर राम्रो गर्दै जानुपर्छ । चुनौति भित्रै अबसरको खोजि गर्नुपर्छ । विधि, नीति, पद्यति र सिद्धान्तले ब्यबहारलाई बाँधनुपर्छ, विधि, नीतिको इम्लिमेन्ट ब्यबहार मार्फत गर्नुपर्छ । नेता प्रधान हैन, नीति प्रधान हुनुपर्यो । हिजोका गल्ति कमिकमजोरी विवेकले सुधार्नु र सच्चिनुपर्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै अहिलेका पुरानाले संरक्षकको भुमिकामा रहेर नयाँलाई सहयोग गर्दै जानु पर्यो । यति भयो भने अहिलेका समस्याको समाधान यसैबाट हुन्छ र विरोधिका स्वरुहरु सदाकालागी अन्त्य हुन्छन ।

Posted on: 2024-Jan-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar