ग्रैह्रमाथि अनुगमन नियमन हुनुपर्छ
हुङ्कार संवाददाता
स्टडि ग्लोबल एजुकेशन कन्सल्टेन्सिका बारेमा बताईदिनुस न ?
स्टडि ग्लोबल भनेको कान्तिपुर एजुकेशन कन्सल्टेन्सीको ट्रेटमार्क हो । अहिले हामीले शैक्षिक परामर्सका गतिबिधिहरु, कुनैपनि समस्याहरु स्टडि ग्लोबलको माध्यमबाट सञ्चालन र समाधान गर्दै आईरहेका छौ । यो संस्थाले नेपालबाट बिदेशमा गएर उच्चशिक्षा हाँसिल गर्न चाहनेहरुकालागी तयारी कक्षा मार्फत आबाश्यक शैक्षिक प्रशिक्षण र परामर्स दिने,एडमिसन, भिसा गाइडेन्स, आईएलटिस, पिटिई, टोफलगाएतका कक्षाहरु संञ्चालन गरीरहेका छौ । ज्ञान, सिप सिकाएर सहजीकरण गरीरहेका छौ भने अर्को बिदेशबाट नेपालमै पढन आउने बिद्यार्थिहरुकालागी सहज हुनेगरी स्टडि नेपाल क्याम्पेनिङ कार्यक्रम सञ्चालन गर्ने तयारी गरीरहेका छौ । त्यतिमात्रै होइन त्यसलाई बृहत्तर रुपमा लैजानकालागी त्यो मापदण्ड पुरा गरेका संस्थाहरुलाई पनि अन्तराष्ट्रिकरण गरौँ भनेर समेट्दै अगाडि बढिरहेका छौ । जुन काम स्टडि ग्लोबल एजुकेशन कन्सल्टेन्सी मार्फत नै अगाडि बढाईरहेका छौ ।
समग्र शैक्षिक परामर्स संघ संस्थाको बर्तमान अबस्था कस्तो छ ?
समग्र यसको कुरा गर्दा शैक्षिक परामर्सदार्त संस्थाहरुको संख्या बढिरहेको छ । पछिल्लो तथ्याङक हेर्ने हो भने शिक्षामन्त्रालयमा दर्ता भएका संस्थाको संख्या १५ सयको हाराहारीमा देखिन्छन भने प्रदेश तहमा पनि छन । तर यसभन्दा बाहेक संघ र प्रदेशमा धेरै यस्ता संस्थाहरु ग्रैह्र कानूनि रुपमा दर्ता नै नभै संञ्चालन भैरहेको बास्तविकत्ता हाम्रो सामु छ । तर तिनलाई कुनै पनि सरकारबाट अनुगमन नियमन भैरहेको छैन । त्यसलाई राज्यको मातहत र कानूनको घेरामा नल्याउँदा सम्म उनीहरुका गतिबिधिले हामी जस्ता कानूनको परिधिमा रहेर, राज्यले तोकेको निकायमा बिधिवत दर्ता गरेर सञ्चालन गरीरहेका संघ संस्थाहरुलाई समस्या हुन्छ । किनकि उनीहरुले गर्ने गैह्र कानूनि कार्य अर्थात कानूनमा तोकिएका कुरालाई मिचेर गर्ने कार्यले बिद्यार्थि, अभिभाबकदेखि राज्यलाई समेत नोक्सान हुन्छ । भने उनीहरु मार्फत राज्य कर पाउनबाट र बिद्यार्थि सहज सरल तरीकाबाट सहि सेवा पाउने गतिबिधिबाट बन्चित हुन्छन, ठगिन्छन भने त्यसको असर कन्सल्टेन्सी भनेका सबै यस्तै हुन बिद्यार्थिलाई ठग्ने, दुख दिने, राज्यलाई राजश्व नतिर्ने सबै एकै हुन भन्ने भाष्य निमाणर् भै सबै एउटै डालोमा परिने खतरा हुन्छ । केहि फटाँइ गर्नेहरुको कुकर्मले सबैलाई समस्यामा पार्छ । यसको रोकथाम राज्यबाट भयो भने हामी जस्ता संस्थालाई राहत हुन्छ, शैक्षिक परामर्स संस्थामा राम्रो काम गर्नेलाई राहत हुन्छ । यो काम राल्य स्तरबाट भैरहेको छैन । यसले हाम्रो ब्यबसायमा समस्या पारीरहेको छ । हामी बिद्यार्थिले सहि परामर्स पाउन, उनीहरुले चाहेको ठाउँमा विना झन्झट बिना समस्या सहि मूल्य तिरेर पढन जान पाउन, झर पर्दो सेवा र सुबिधा सहित उच्च शिक्षा हाँसिल गर्न पाउन भन्ने हाम्रो चाहाना हो । त्यो काम पुरा गर्ने गरी हामी अगाढि बढिरहेका छौ । त्यो सेवा दिईरहेका छौ । त्यो खालको बाताबरण निमाणर्मा हाम्रा सबै स्टेक होल्डरहरु लाग्नु पर्ने अहिलेको आबाश्यत्ता छ । यसमा सरकार पनि लागोस भन्ने हाम्रो भनाई छ । यसो हुन सकेमा शैक्षिक परामर्सदातृ संस्थाको उद्येश्य पुरा हुने र बिद्यार्थिहरुलाई पनि सहज हुने बाताबरण निमाणर् हुन्छ र यसको भबिष्य पनि उज्जल हुन्छ । यस्कालागी बातावरण त बनिरहेको छ तर भैरहेको छैन । यसकालागी सबै लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।
यो क्षेत्रमा पनि प्रतिस्पर्धा छ, तपाईको संस्था अन्य संस्था भन्दा के कुरामा फरक छ त ?
यो क्षेत्रमा लागेका कतिपय संस्थाहरुले पैसालाई मात्र तारेगेट बनाएर अघि बढिरहेको सन्दर्भमा हाम्रो संस्था त्यो भन्दा भिन्न ढंगबाट अगाडि बढिरहेको छ । हामी बिद्यार्थिको अध्यनको चाहाना, भाबि योजना, उनीहरुको ज्ञान सिपको अनुभबको र आर्थिक अबस्थालाई मध्यनजर गरेर उनीहरुको लक्ष प्राप्ति गर्ने गरी काम गर्छौ । सेवा दिन्छौ । न कि हाम्रो हितलाई मात्र हेर्दैनौ । यसैमा अन्य संस्था भन्दा फरक छौ ।
तत्कालीन र दिर्घकालीन योजना के छन ?
तत्कालीन योजना भनेको बिद्यार्थिको चाहाना पुरा गर्ने गरी हामीले अगाडि बढाएका कक्षाहरु, प्रशिक्षणहरु, परामर्सहरुलाई छिटो छरितो र दिई रहेका सेवाहरुलाई थप प्रभाबकारी र गुणस्तरीय बनाउने छन भने दिर्घकालीन सेवा अन्र्तगत बिदेशी बिद्यार्थि नेपाल पढन आउनेगरी नेपाललाई शैक्षिक हबको रुपमा बिकास गर्ने गरी स्टडि नेपाल क्याम्पेनिङ कार्यक्रम प्रभाबकारी रुपमा सञ्चालन गर्ने तयारी गरीरहेका छौ । त्यसभन्दा पर गएर नेपालबाट बिदेशमा पढन जाने बिद्यार्थिकालागी स्टडि ग्लोबल एजुकेशनको आएभसाईट पोर्टल छ,त्यसको माध्यमबाट एप्लाई गर्न सकिने एजुकेशन ईकोसेसन बिकास गरीरहेका छौ । त्यसमा योजनाबद्ध रुपमा लागीरहेका छौ ।
तपाईको संस्थाका कार्यक्रमहरु के के छन नी ?
अहिले हामीले स्टडिज इन क्यानाडा, अष्टेलिया, युके, रोमानीयालगाएत युरोकका केतिपय देशहरुमा काम गरीरहेका छौ भने चाईनामा छात्राबृत्तिमा पढन जाने बिद्यार्थिहरुकालागी पनि सेवा दिईरहेका छौ । जसमा आइएलटिस, पिटिई, टोफललगाएतका कक्षाहरुको तयारी गरीरहेका छौ । त्यहाँ पढन जाने बिद्यार्थिकालागी शैक्षिक परामर्स दिनेदेखि भिसा प्रोसेसिङ गाईडेन्सको कामहरु, एडमिसनको कामहरु गरीरहेका छौ ।
यो संस्था सञ्चालनमा के कस्ता चुनौतिहरु छन नी ?
हरेक पेसा र ब्यबसायमा चुनौतिहरु जरुर हुन्छन नै । झन अहिलेको अबस्थामा नहुने कुरै भएन । सबैलाई छ । त्यो चुनौति हामीलाई पनि छ । खासगरी अहिले हामीलाई ठुल्ठुलो मल्टिनेश्नल कम्पनिहरु नेपालमा सञ्चालनमा आईरहेको अबसथामा हामी सानो लगानीमा सञ्चालन गरीरहेका नेपाली संस्थाहरुलाई प्रतिस्पर्धामा पछि पार्ने गरी आईरहेका छन । त्यसले हामीलाई समस्या पारीरहेको छ, त्यस्ता कम्पनिहरुसँग प्रतिस्पर्धा गर्न हामीलाई असाध्यै चुनौति छ । किनकि उनीहरु नेपालको नियम कानून नमानि, शैैक्षिक परामर्सका आधारभूत मान्यता र मापदण्डलाई समेत नमानि पैसाको प्रभाबमा सिधै नीति, नीयम बनाउने र राजनीतिक नेतृत्वलाई प्रभाबका पारेर हामी साना लगानीका संस्थालाई पन्छाउने ढंगबाट नेपाललाई एडमिसन सेन्टरमात्र बनाउने गरी आईरहेका छन । उनीहरु एजुकेशन पार्टबाट भन्दा पनि मार्केटिङको पार्टबाट हस्तक्षेपकारी नीति लिएर आईरहेका छन । जस्ले यहाँका बिद्यार्थिलाई सिधै लैजाने, नाफा कमाई हाल्ने र नेपाली मुद्रा बिदेश पलाएन गर्ने गरी आईरहेका छन । त्यसलाई रोक्नुपर्ने ठुलो चुनौति हामी सामु छ । अर्को माथि पनि मैले भनि सकेँ कि अहिले गैह्र कानूनी रुपबाट सञ्चालन भएका नाम मात्रका ग्रैह्र परामर्स संस्थाहरु ठुलो मात्रामा सञ्चालनमा छन । तिनीहरुले बिद्यार्थिको हित भन्दा पनि कसरी इजि मनि कमाउने भन्ने सोच राखेर बिद्यार्थि र राज्यलाई ठगिरहेका छन, रातारात मालामाल पैसा कमाई रहेका छन । त्यस्ताहरुले जथाभाबि बिद्यार्थिहरलाई बाहिर पठाएर समस्यामा पारीरहेका छन । बिद्यार्थिको लगानी डुवाई रहेका छन, आफु बद्नाम भैरहेका छन र हामी कानून मानेर राज्यको नीति नियम मानेर संस्था सञ्चालन गरीरहेकालाई पनि बद्नाम गरीरहेका छन । त्यसलाई कसरी चाँडै रोेेेेेक्ने, कसरी राज्यका नियमक निकायको मातहतमा ल्याउने भन्ने पनि ठुलो चुनौति छ । त्यसैगरी परामर्सदातृ निकाय भनेको नेपाली बिद्यार्थिलाई दुख दिने ठग्ने संस्थाहरु हुन भन्ने भाष्य तिनै ग्रैह्र कानूनि काम गर्नेहरुले प्रचार गरीरहेका छन । त्यसलाई कसरी खण्डन गर्ने र बास्तबिकताको सन्देश कसरी प्रबाह गर्ने भन्ने पनि चुनौति हाम्रो सामु छ । यस्ता बिषयमा तपाईहरु जस्ता सञ्चारकर्मिको महत्वपूणर् भुमिका हुन्छ । तपाई पत्रकार साथीहरुलाई सहयोगी कसरी बनाउने, आफ्ना पिडा कसरी बुझाउने, एक्लै बुझाउने कि, संस्थागत रुपमा संघ संगठनको माध्यमबाट बुझाउने कि कसरी यो काम तत्काल र प्रभाबकारी रुपमा गर्ने भन्ने पनि हामीलाई चुनौति छ ।
शैक्षिक परामर्स संस्थाहरुलाई सञ्चालन गर्ने नीति नियममा केहि कमि कमजोरी छ कि छैन ?
यो ब्यबसाय सञ्चालनलाई राम्रो, भरपर्दो बनाउने नीति नियममा थुप्रै कमि कमजोरी छन । त्यस तिर ध्यान दिनुभन्दा पनि सरकार दैनिक प्रशासनिक रुपमा मात्र काम चलाउने गरी अगाडि बढेको देखिन्छ । सरकार दुर दृष्ट्रिकोणकासाथ राष्ट्रिय भिजनकासाथ शिक्षालाई गुणस्तरीय रुपमा अगाडि बढाउने गरी अघि बढनु पर्ने थियो । त्यसकालागी शैक्षिक परामर्सदातृ संस्थाहरुको महत्वपूणर् भुमिका हुन्छ । शिक्षाका याबत बिषयमा हामी सरोकार वाला संस्थाहरुलाई साथमा लिएर हाम्रा संघ संस्थाका महत्वपूणर् सुझाब सल्लाहाहरु लिएर अगाडि बढनु पर्दथ्र्यो । हामी र हाम्रा नेताहरुलाई शिक्षा र सरोकारका बिषयमा छलफलमा राखेर अगाडि बढनु पर्दथ्यो । यस्ता सोच भएका बिज्ञहरु सरकारमा हुनुहुन्छ भन्ने हामीलाई लागेको थियो । तर ब्यबहारमा सरकारले त्यसो गरीरहेको छैन । त्यो रुपमा देख्न पाईएको छैन । यो बिडम्बनाको बिषय हो । यसर्थ बिद्यार्थिको भबिष्य, अभिभाबको लागानी, हाम्रो मेहनत र लगानीलाई ध्यानमा राखेर राष्ट्रिय शिक्षाको आबाश्यत्तालाई ध्यानमा राखेर शिक्षालगाएत अन्य सबै नीतिहरु बन्नुपर्छ । नीति बन्ने, कार्यान्वय पटकै नहुने अहिलेको बास्तविकतालाई अन्त्य गर्नुपर्छ । ताकि त्यसले राष्ट्रिय अर्थतन्त्रदेखि बिद्यार्थिको भबिष्य समेत राम्रो बन्छ भन्ने मलाई लाग्छ ।
तपाईहरुको एउटै छाता संगठन बनाउने कुरा पनि चलिरहेको थियो नी के हुँदैछ ?
शैक्षिक परामर्सदातृ संस्थाहरु एक नभएरै हाम्रा माग र मुद्याहरु कमजोर भएका सुनवाई नभएका हुन । त्यसले हामीलाई एकातिर कमजोर बनाई रहेको छ भने अर्को तिर हाम्रा एजेण्डा एकत्रित गर्ने र लागु गर्ने कुरामा समस्या भैरहेको छ । हामी एक नहुँदा र आ आफ्नो ढंगले डम्फु बजाई रहँदा नै सरकारले पनि हामीलाई पत्याई रहेको छैन । यसर्थ हामी एक भए यि माग र मुद्याहरु सशक्त हुने थिय । त्यसकालागी अर्थात हाम्रा उद्येश्य प्राप्तिकालागी पनि हामी एक हुन पर्ने अहिलेको आबाश्यत्ता हो । जुन कामकालागी हाम्रा संघ संगठनका अग्रज नेताहरु लागी रहनुभएको छ जस्तो लाग्छ मलाई । यो एकता कुनै ब्यत्तिको स्वार्थ वा हित वा कुनै ब्यत्तिलाई नेता बनाउनुकालागी मात्र भन्दा पनि आफ्ना उद्येश्यय पुर्तिकोलागी एक हुनुपर्छ, सबैलाई समेटेर लैजान सक्ने गरीको महासंघ बनाउनुपर्छ भन्ने मलाई । यसमा नेताहरुले कसरथ पनि गरीरहनुभएको जस्तो मलाई लाग्छ ।
यो सम्भब छ त ?
सबैलाई समेटेर लैजाने नेतृत्व भएमा यो सम्भब छ ।
तपाईको उद्येश्य पुर्तिकोलागी संस्थाको टिम कस्तो छ ? यससँग सम्बन्धित सरकारका नकायलाई के सुझाब छ ?
हामीले यो संस्था मार्फत गुणस्तरी शिक्षाकालागी गुणस्तरीय नै सेवा दिईरहेका छौ । हाम्रो अन्तिम लक्ष पनि यहि हो । बिद्यार्थि मर्कामा नपरुन, गुणस्तरीय सेवा पाउन, कोहि बिद्यार्थि हाम्रो संस्थाबाट पिडित नहोस भन्ने कुरालाई हामीले पहिलो प्रथामित्तामा राखेर काम गरीरहेका छौ । त्यसकालागी हामीसँग अनुभबि, दक्ष जनशत्ति हुनुहुन्छ । यहि पेसा र ब्यबसायमा बिसौ बर्ष अनुभब बनाएका बिदेश पढेर आएका शिक्षक र कर्मचारी साथिहरु हुनुहुन्छ । हामीसँग सानो टिम छ तर योग्यतम टिम छ । बिद्यार्थिको चाहना बुझने टिम छ । जसले बिद्यार्थिको चाहना अनुसार नै काम गरीरहनुभएको छ । जस्ले गर्दा बिद्यार्थिहरुको आकर्षणर्को संस्था स्टडि ग्लोबल नेपाल बनि रहेको छ । यसलाई थप सुबिधा सम्पन्न, गुणस्तरीय र भरपर्दो बनाउने योजनाकासाथ हाम्रो सिँगो टिम लागीरहेको छ । यहाँको पनि साथ सहयोग रहोस भन्नचाहन्छु ।
यससँग सम्बन्धित सरकारका नकायलाई के सुझाब छ ?
सरकारले यो ब्यबसायलाई यि साना लगानीका नाम मात्रका परामर्सदातृ संस्थाहरु हुन यिनलाई के भाउ दिनुपर्छ भन्ने ढंगबाट नबुझि यसको सेवा र योगदानको क्षेत्रलाई ब्यापकरुपमा बुझि हामीलाई सहयोगीको रुपमा लिएर राष्ट्रिय रुपमा अगाडि बढनुपर्छ । यसो गर्दा हाम्रो सुझाब र सल्लाहाले सरकार र हामी दुबैलाई फाईदा हुन्छ । त्यसले सरकारी लगानीमा सञ्चालन भैरहेका बिद्यालयदेखि युनिभरसिटी सम्मका बिद्यार्थिको अनुउत्तिणर् रिजल्टलाई समेत अन्त्य गर्छ र शैक्षिक परिणाम राम्रो आउन थाल्छ । शैक्षिक परामर्सदातृ संस्थालाई साथमा लिएर अगाडि बढदा मुलुकको सिँगो गुणस्तरी शिक्षामा ठुलो योगदान पुग्छ । यसतर्फ ध्यान दिन र हाम्रो संस्थाहरुलाई ब्यापक रुपमा बुझि दिन म सरकारका निकायलाई आग्रह गर्छु ।
Posted on: 2024-Jan-19
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story