25 Feb
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

चेक बाउन्सका मुद्या बढाउने होइन

10 - Dec-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 कुमोद ढुगेल,प्रहरी उपरिक्षक एवं प्रवक्ता महानगरीय प्रहरी परिसर काठमाडौ
तपाई काविल प्रहरी अधिकृतको रुपमा चिनिनुहन्छ काम ससरी गरीरहनुभएको छ ? म यो कार्यालयमा आएको साडे तीन महिना भयो । मेरो हिजोको जिम्मेवारी र आजको जिम्मेवारी फरक भएको छ । हिजो निरीक्षक हुँदा ईन्टिलीजेन्स कमाण्डको रुपमा फिल्डमा गएर काम गर्थेँ भने अहिले त्यसको मनिटरीड., सुपरभिजन गर्ने जिम्मेवारीमा छु । आफ्नो पदिय चाअरणमा रहेर आफुलाई तोकिएको जिम्मेवारी आफ्नो ज्ञान, सिप, योग्यत, क्षतालाई संगठनले उपलब्ध गराएको स्रोत, साधनलाई र प्रबिधिसँग जोठ्डेर परिणाम निकाल्ने गरी शान्ति, सुरक्षासँग सम्बन्धित कामहरु गरीरहेको छु । आबाश्यक पर्दा यहि जिम्मेवारीमा रहेर पनि टिम परिचालित गरेर फिल्डमा खटेर काम गर्न सक्र्छु । काठमाडौको अहिलेका मुख्य चुनौती के कस्ता छन ? मुख्य चुनौती साईवर र आर्थिक अपराध हुन । त्यसबाहेक बिभिन्न आबरण हुने गुण्डागर्दी, महिला बेचविखन, आगुऔषध, चारी, डकैती, फिरौती, हत्या, अपहरण, ठगी, धाकधम्की देखाएर, जर्बजस्ति गरेर रकम असुली, प्रहरीलाई स्वार्थका गलत सुचना दिएर हैरानी गर्ने जस्ता कृयाकलाबहरु छन । त्यस्तालाई नियन्त्रण गर्ने र नागरीकलाई निर्ढुक्क पेसा, व्यवसाय गर्ने जीबन यापन गर्ने वातारण बनाउने हाम्रो चुनौति हो । त्यसैमा म लगाएत सिँगो संगठन क्षमता र दक्षताकासाथ काम गरीरहेका छौ ।  पछिल्लो समय उपत्यकाम चेब बाउन्सका मुद्याहरु अधिक आईरहेको सुनिन्छ नी ? हो अहिले यो ठलै समस्याको रुपमा खडाएको छ । यसको संख्या ठुलो र भयाबह खालकै छ । तर चेक बाउन्सका अधिक मुद्या दर्ता हुने कुरा मात्रै ठुलो कुरा र महत्वको बिषय होइन । महत्वको बिषय चेक बाउन्स मुद्यामा पिडितले कतिको न्याय पाए, पिडित र पिडकका बिचमा मेलमिलाप भएर समस्या कतिको हल भयो, पिडितले पाउनु पर्ने रकम कतिको पाए र पिडकलाई आफ्नो गल्ति कतिको महसुस भयो । त्यो मुहत्वको बिषय हो । पिडितले न्याय पाउने र पिडकले आफुले गरेको गल्तिको महसुस गर्ने अबस्थाको सृजना भयो, भोलीका दिनमा यस्ता समस्या नआउने गरी चेक दिने मान्छेले समस्यालाई बुझे र खातामा पैसा नभई चेक काटने समस्याको अन्त्य भयो भने त्यसले अर्थ र महत्व राख्छ । र हाम्रो काम पनि प्रभाबकारी बनेको देखिन्छ । यसैकालागी हामीले पनि मुद्यामा भन्दा दुई पक्षबिच मेलमिलाप गराएर सहमतीबाट पिडितले न्याय पाउने र पिडकलाई पनि भोलीका दिनमा आउन सक्ने सम्भावीत समस्या मेलमिलापबाटै हल होस भनेर काम गराई रहेका छौ, गराउने प्रयास जारी राखेर काम गरीरहेका छौ । तर पनि कतिपय अबस्थामा हामीले सोचे जस्तो हुन सकिरहेको छैन, पिडितले थुनाएरै रकम असुल गर्ने योजना बनाउने र पिडकले पनि रकम तिर्ने कुरालाई बर्षो पछि धकेल्ने र ढिलाई गरेर बस्न खोज्ने कुराले चेक बाउन्सका मुद्या धेरै बढेका छन ।  यस्ता मुद्याहरु दिनको कति जति दर्ता हुन्छन ? एभरेजमा २५ देखि ३० वटा चेक बाउन्सका उजुरी आउँछन । कहिले काँहि त ८० वटा जति पनि आउँछन ।  त्यसमा मिलापत्र कतिको हुन्छन ? पहिले चेक बाउन्सको बिषयमा हामी कहाँ उजुरी आउँछ त्यो आएपछि चेक काटने मानिसलाई मोवाईलमा फोन गरेर त्यसका बारेमा सोध्ने, उसले हो मैले काटेको हो भने पछि चाँडो मिलाउनुस है भनेर १० दिन जतिको समय दिईन्छ । कतिपयको मोवाईल अफ हुन्छ । त्यस्तो अबस्थामा हामीले उस्को भाईवर, म्यासेन्जर, ह्रवास्सएप, लगाएतका एपमा म्यासेज पडाउँछौ । हामीले दिएको समयमा कारोवार मिलाएको खण्डमा समस्या हल भैगयो, नभएको खण्डमा मुद्या दर्ताको प्रोसेसमा जान्छ । तर कहिले काहि चेक काटिएका बषयमा श्रोतको कुरा आउँछ । अंश बण्ड, सम्बन्ध बिछेद जस्ता बिषयले श्रोतको कुरा आउँदा त्यसमा हामीलाई पनि श्रोतको सूचना र ऐन कानूनको कुराले समस्यामा पार्छ ।  हनी ट्यापिड.को मुद्या पनि अहिले आईरहेको छ नी, यो के हो ? यो चाहिँ बिभिन्न सामाजिक सञ्जाल मार्फत सम्पर्क हुने, नजिकिने, आर्थिकदेखि अन्य असामाजिक सम्बन्धका कुराहरु ह्ुने, लेनदेन हुने, एसएमएसहरु र च्याटिड.हरु हुने, अझ पर गएर भिडियोहरु समेत बनाउने, राख्ने, सम्बन्ध र स्वार्थहरु मिलुन्जेल त्यस्तो गतिबिधि गोप्य रुपमा गरीरहने, स्वार्थमा टकराब आएपछि, सम्बन्धहरुमा दरार आएपछि ति कुराहरुलाई प्रमाणको रुपमा आर्थिक बारर्गेनिड.को हतियार बनाएर लाभ लिने, एकले अर्कालाई पिडित बनाउने गलत गरिकालाई हनी ट्याप भनिन्छ । यो पनि अहिले मुख्यय शहरहरुमा समस्याकै रुपमा छ । त्यस्ता उजुरी र मुद्यामा हामी आफ्नो ज्ञान, सिप, त्यससँग सम्बन्धित तथ्य प्रमाण र प्रबिधिको उपयोग गरी वास्तविक पिडित को हो पिडक को हो भनेर छुट्याउँछौ ।  यस्ता मुद्या चाहिँ कतिको आउँछन नी ?  डेड महिना अगाडि एक जना केटीले केटालाई पिडित बनाएको मुद्या आएको थियो, त्यो प्रोसेसमै छ । कतिपय अबस्थामा उजुरी आउने प्रमाण आधार केहि नहुने मलाई यसले ब्ल्याकमेल गरेको हो भन्ने कुरा पनि हुन्छ । जसको कुनै प्रमाण हुँदैन । यस्ता केस यदाकदा आउँछन । प्रमाण जुटेको अबस्थामा भने यस्ता उजुरी माथि हामी कारबाहि गर्छौ । बाहिर यस्को मात्रा त्यति देखिँदैन तर यसको भित्रि जालो बढिरहे जस्तो मलाई लाग्छ । यसमा कस्तो पनि छ भने गोँगबु वसपार्क तिरका होटलमा गेष्टलाई लाने, मोजमस्ति गराउने र त्यसको भिडियो बनाएर बारर्गेनिड. गर्ने, जवर्जस्ति लुटने जस्ता अपराधिक घटनाहरु पनि छन । यस्ता खालका अपराधिक घटना मसाज सेन्टर, क्याविन रेष्टुरेन्ट, डान्सवारहरुमा बढिरहेका छन ।  हेटल, रेष्टुरेन्ट, मसाज सेन्टर, क्याविन रेष्टुरेन्ट, डान्सवारहरु कति बजे सम्म चल्न दिने गुर्न भएको छ ? यस्ता व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर बिहान ४ बजे सम्म चलाएका छन । चलाउने कुरा त ठिकै छ, तर यसको पनि त परिधि र सिमा त हुनुपर्यो नी । त्यहाँ रमाईलो गर्न जाने, खान जाने ग्राहकले सुरक्षाको अनुभूति त गर्नुपर्यो नी । जतिबेला पायो उतिबेला, जे मन लाग्यो त्यहि गर्न त व्यवसायीले पनि भएन नी । यसमा सटेन क्राईटेरीया तोकिनु पर्छ जस्तो मलाई लाग्छ । यसमा यहाँहरुको भुमिका हुँदैन र ? भुमिका त हुन्छ तर मुख्य नेतृत्व जिप्रकाले नै हर्ने हो । यसमा अनुगमन, नियमन उसैलेगर्छ । यसमा दशै अगाडि जिप्रकाकै नेतृत्वमा अनुगमन भएको थियो । हामीले पनि उसैको निर्देशनमा काम गर्ने हो । अब यसको मापदण्ड अलि फराकिलो पार्नुपर्छ जिल्ला प्रहरीलाई पनि नेतृत्व गर्न दिने कि भन्ने ढंगबाट छलफल भैरहेको छ । पछिल्लो समयमा बिदेशि तस्कर हरुको ठगि धन्दा स्थल ठमेल बन्न थालेको र उनीहरुले नेपालीलाई ठग्न थालेको भन्ने कुरा आएको छ नी ? २०६५ सालमा चीनियाहरुले यो क्षेत्रमा बिभिन्न खालका ठगि धन्दाहरु चलाएर नेपाली ठगेको कुरामा हामीले अप्रेशन नै गरेका थियौँ । अहिले पट्किुलर इभेन्टर यहि हो भन्न सकिने खालको अबस्था हामीसँग छैन र यसैले ठगि गरीरहेको भनेर सूचना हामीले पाएका पनि छैनौ । फेरी कतिपय सन्दर्भमा हाम्रा पनि सिमाहरु ह्ुन्छन । त्यसले पनि समस्या हुन्छ । तर यस्तो गतिबिधि भएका छैनन् भन्न सकिने अबस्था छैन, छन । यसमा हामीलाई भरपर्दो सूचना आएको खण्डमा अप्रेशन अगाडि बढाउँछौ ।  यसको मतलब सूचनामा हाम्रो कमि हो ? सूचनामा लगानी गर्नुपर्छ, हाम्रो लगानीको मात्रा सिमित छ, लगानी छैन । यसले हामीले चाहे जस्तो, समाजले खोजे जस्तो सूचना र परिणाम हामीले हात लगाउन सक्ने अबस्था छैन ।  सूचनाकालागी श्रोत साधन छैन ?  पुरै नभएको होइन, तर यसलाई चाहिने श्रोत, साधन, दक्ष जनशत्ति र उन्नत प्रबिधिको हामीलाई कमि छ । तथापि हामीले यो सिमीत स्रोत, साधन र सिमीत जनशत्तिको अधिकतम उपयोग गरेर बढि भन्दा बढि उपलब्धिहरु हता पार्ने गरी ज्ञान, सिप र क्षमताकासाथ यति ठुलो भूगोल भएको काठमाडौमा घरको चुलोदेखि लिएर राष्ट्रपतिको गेट सम्म र पशुपतनाथको गुजुरदेखि बागमतिमा जल्दै गरेको चिता सम्मको सुरक्षा र झगडाको जिम्मेवारी ब्यबस्थापन काठमाडौ प्रहरीले गरीरहेको छ, शान्ति शुरक्षाको प्रत्याभूति दिलाई रहेको छ । यसअर्थमा हामी सन्तुष्ट छौ, सन्तोष गर्ने ठाउँ छ ।  यत्रो भूगोललाई हर्नुपर्दा मुख्य बिषयहरु ऋाझेलमा त परेका छैनन् ? कुनै पनि बिषयहरु ऋोझेलमा परेका छैनन् सबैको ब्यबस्थापन हामीले गरीरहेकै हौ तर प्रसर भने अत्यधिक हुन्छ । किनकि काठमाडौका घर बहालमा मानिस बस्छन, त्यसको बहाल दिएको नदिएको, घर भाडामा लागेको नलागेकोदेखि भाडा नपाएको उजुरी र घरधनीले दब्र्यबहार गरेको कुरा समेत हामीले हर्नुपर्छ । जबकि यसको जिम्मेवारी त महानगरपालिकाले लिनुपर्ने होला नी । तर त्यसमा समेत हामीले नै जिम्मेवारी लिईरहनुपरेको छ । यसैले पनि हामी कति जिम्मेवार र सम्बेदनसिल भएर काम गरीरहेको छौ यसैबाट बुझन सकिन्छ ।  अपराध अनुसन्धानेखि अबसरका काम सम्ममा राजनीतिक प्रेशसर कतिको हुन्छ?  सामान्य कुराको जानकारी लिन वा राखेर फोन आउने कुरालाई प्रेसर मान्नुहुँदैन र हामीले त्यसलाई प्रेसर भन्यौ भने हाम्रो अस्तित्व नै रहँदैन । जो कोहिले सोधन, बुझन, जानकारी राख्न फोन गर्न सक्छ । तर अनुसन्धानकालागी ल्याईएका वा प्रहरी कार्यालयमा आएका वा हिरासतमा राखेको ब्यक्तिहरुलाई छुटाई दिनु, त्यस्तो किन गरेको भन्ने खालको प्रेसर राजनीतिक तहबाट पहिले के गथ्र्यो मलाई थाहा भएन मलाई त्यस्तो प्रेसर आएको छैन । त्यो खालको परिस्थिति र मानसिक्ता अहिले छैन, फेरी सक्यो । गल्ति गर्नेले सजाय पाउनुपर्छ, कानूनी राज्यको प्रत्याभूति सबैमा हुनुपर्छ भन्न्ने नै छ अहिले । काठमाडौमा गुण्डागर्दि गर्नेको राज घटेको हो ? पहिलेको तुलनामा गुण्डागर्दि घटेको हो, बाहिर त्यै देखिन्छ तर भित्ति रुपमा कुनै न कुनै आबरणमा सलबलाउन खोजिरहेका हुन सक्छन । त्यसका बारेमा पनि हामी अनुसन्धान गरीरहेका छौ, गर्छौँ ।  तपाई आएपछि त्यो खालका अनुसन्धान भएका छन कि छैनन् ? सामाजिक सञ्जालको दुरुपयोग गरी खासगरी टिकटकको पुरुपयाग गरी मानिसहरुलाई आतंकित पार्ने, ईज्जत प्रतिष्ठामा आँच आउने गतिबिधि गर्ने, प्रलोभनमा पार्ने, गलत सूचना दिएर लाभ लिन खोज्ने, खेल खेलाएर आर्थिक लाभ लिन खोज्ने जस्ता गतिबिधि देखिने गरेका छन । यसमा हाम्रो अनुसन्धान सोझिएको छ । सामाजिक सञ्जाललाई खाई जिबिकाको र कमाउ धन्दाको मुख्य आधार बनाएर काम गर्नेहरु अरुलाई ठग्न खोज्नेहरु, कानूनको उलघंन गर्न खोज्नेहरु, गुण्डागर्दिको साहारामा कमाउन खोज्नेहरु हाम्रो अनुसन्धानको केन्द्रमा पर्छन, त्यस्ताहरुलाई हामी कानूनको दायरामा ल्याउन कठोर बन्छौँ, ल्याउँछौ । यसमा काठमाडौ प्रहरी परिसर दृढ छ । चडपर्बमा हुने सुरक्षा चुनौतिलाई कसरी लिनुभएको छ ? चडपर्ब लक्षित सुरक्षा योजना हामीले दशै अगाडि नै बनाई लागु गरीसकेको छौ, त्यसैलाई थप कार्यान्वयनकोलागी अधिबढाई रहेका छौ । चाडपर्बमा आफ्नो परिवार र नातागोताकासार्थ ,संस्कार संस्कृति र परम्परा अनुसार रमाईलो गर्नुपर्छ, चाडपर्ब मान्नुपर्छ । तर चाडपर्ब मान्ने नाउमा मादक पर्दार्थ सेवन गर्ने, समाजमा हो हल्ला गर्ने, झगडा गर्ने, कानूनले बर्जित गरेका गतिबिधि गर्ने, शान्ति सुब्यबस्था खलबलिने गतिबिधि गर्ने, हारजितको रुपमा जुवा तास खेल्ने कार्य गर्न प्रहरीले दिँदैन । त्यस्तो जो कसैले गरेको पाईएमा वा त्यस्ता गतिबिधि कहिँ कतै भएको सूचना प्रहरीले पाएको खण्डमा नेपाल प्रहरीले कानून अनुसार कडा कारबाही गर्छ । हामीले त्यस्ता गैह्र कानूनी गतिबिधि गर्नेलाई कारबाही पनि गरीरहेका छौ । यसर्थ कानूनको परिधिमा रहेर चाडपर्ब मान्न पाईयो, रमाईलो गर्न पाईयो तर उश्रृँखल गतिबिधि गर्ने, समाजमा शान्ति खलबल्याउने, जथाभाबी पट्का पट्काउने, आफुले रमाईलो गर्ने नाममा अरुलाई अशान्ति र डिस्टप गर्ने काम गर्न मिल्दैन । त्यस्ता गतिबिधि गर्न नदिने गरी हामीले हाम्रो फोर्स काठमाडौमा परिचालन गरेका छौ ।  तपाई इनकाउन्टर स्पेसलिष्ट पनि ुहुन्छ अहिले काठमाडौमा डनहरुलाई इनकाउन्टर गर्ने कार्य घटेको देखिन्छ । गुण्डाहरु, डनहरु घटेका हुन ? डन भन्ने कोही हुँदैन । प्रहरीको बर्दी देख्दा परै भाग्ने, लुकेर एक्लै नसकेर समुह बनाएर सोझा सिधा नागरीक र ब्याबसायीलाई धमक्याएर असुली गर्ने, आफ्नो चुलो चौको चलाउन खोज्नेलाई के को डन भन्नु । त्यो डन होइन त्यो त असक्षम, परजिबी हो । त्यसलाई डन मिडियाले बनाएको हो । यिनीहरुका बारेमा समाचार बनाएर उनीहरुको मनोबल उच्च हुनेगरी मिडियाले नचाहिँदो प्रचार गरीदिएर, चिनाई दिएर उनीहरुको लुटपाट गर्ने बनोबल बढेको हो । यस्तो प्रचारले उनीहरुलाई प्रोत्साहन गरे जस्तो हुन्छ । यसर्थ यिनीहरुको बारेमा चर्चा गर्नु, प्रचारप्रसार गर्नु नै बेकार भन्छु म त । त्यस्तालाई त मिडियाले तिरस्कार पो गर्नुपर्छ । त्यसो गर्दा उनीहरुको मनोबल खस्कन्छ र समाजमा अपराधिक घटना कम हुन्छ ।  जहाँ सम्म इनकाउन्टरको कुरा छ, इनकाउन्टर भन्ने शब्द हाम्रो संबिधान, ऐन, कानुन वा प्रहरीको शान्ति सुरक्षाको कुनै परिभाषामा छैन र हामीले कुनै इनकाउन्टर पनि गर्दैनौ । भारतमा भनिने शब्दलाई यहाँ पनि हामीले इनकान्टर इनकाउन्टर भनेका हौ । हामी शान्ति सुरक्षाकोलागी ऐन, कानूनको दायरा भित्र रहेर संगठनले दिएको काम कर्तब्य र जिम्मेवारीहरु पुरा गर्छौ । यसका सन्दरर्भमा शान्ति सुरक्षाको काम गर्दा,राष्ट्रको सम्पक्तिको सुरक्षा गर्दा, जनताको जीउधनको सुरक्षा गर्दा त्यसलाई नमानेर कानूनलाई आफ्नो हातमा लिन खोज्ने अपराधिक मानसित्ताका ब्यत्तिहरुलाई गरीने जवाफी कारबाही मात्र हो । प्रहरीले यस्ता काम गर्दा कहिले काँही प्रहरीमाथि नै साँघातिक आक्रमण गर्न खोज्ने, राज्यले बर्जित गरेका काम कुराहरु गर्ने खोज्ने, उनीहरुलाई यसो गर्नु हुँदैन भन्दा उल्टै प्रहरी माथि हातहतीयार द्धारा जाई लाग्नेहरुलाई प्रहरीले आत्मरक्षाको जवाफी प्रतिकार कार्य गर्छ । त्यसैलाई इनकाउन्टर भनिएको हो तर त्यो इनकाउन्टर नभएर अपराधिलाई नियन्त्रणमा लिन, सार्बजनिक सम्पत्तिको सुरक्षा गर्न, जनताको जीउधनको सुरक्षा गर्न वा अपराधिबाट आफ्नो आत्मरक्षा गर्न गरीएको जवाफी प्रतिकार्य मात्र हो । यस्तै काम सेना वा ससस्त्र प्रहरीले गर्छ तर त्यसलाई इन काउन्टर कसैले भन्दैन, मिडियाले पनि भन्दैन तर नेपाल प्रहरीले गर्दा यसलाई इनकाउन्टरको संज्ञा दिइन्छ । त्यो भन्नु हँदैन ।  पहिले तपाईले गरेका कार्य जवाफी बारबाही मात्रै हुन त ? हो, जवाफी कारबाही मात्रै हो । त्यो ब्यत्तिको रुपमा मैले गरेँ होला तर त्यो संगठनले खटाएको सिँगो टीमले गरेको अप्रेशन हो, सिँगो संगठनले गरेको अप्रेशन हो । यो मैले ब्यत्तिगत रुपमा गरेको हैन । कानूनको दायरा भित्र रहेर संगठनले दिएको जिम्मेवारी सिँगो टीमले पुरा गरेको मात्र हो । प्रहरीले आफ्नो कर्तब्य र जिम्मेवारी बाहेकका गैह्र कानूनी काम गतिबिधि ब्यत्तिगत रुपमा गर्यो भने त्यो ब्यक्ति स्वयं कानूनी कारबाहीको भागीदार हुन्छ । यसर्थ त्यो जवाफी कारबाही पनि मैले गरेको भन्दा पनि संगठन र संगठनको सिँगो टिमले गरेको अप्रेशन हो भनेर बुझनु राम्रो हुन्छ भन्ने मलाई लाग्छ । यसको मतलब अब काठमाडौमा गुण्डाहरुसँग डराउनु पर्ने छैन हो ? हो, डराउनुपर्ने छैन, आफ्नो पेसा व्यवसाय ढुक्क भएर गर्दा हुन्छ । बरु कोहि म गुण्डा हुँ भन्दै आतंकीत पार्छ, फिरौती माग्छ, कानून बिपरितका गतिबिधि गर्छ भने निढुक्क भएर प्रहरीलाई खबर गर्ने, शान्ति सुरक्षाकालागी प्रहरीलाई पुरा विश्वास गरेर त्यस्ता बिषयमा सही सूचना दिने गर्दा यस्ता गतिबिधिलाई न्यूनिकरण गर्न सहज हुन्छ । सूचना दिनेको गोप्यता प्रहरीले कायम गर्छ । त्यसमा बिश्वस्त भएर सही सुचना सबैले दिन समेत म महानगरीय प्रहरी परिसर काठमाडौको प्रबत्ताको रुपमा सबैमा आग्रह समेत गर्दछु ।  सूचना दिँदा नागरीकको गोपनीयता कायम हुन्छ त ? मैले माथि नै भनि हाँले की प्रहरी कुनै मंगल ग्रहबाट आएको मानब होइन, तपाईहरुकै घर परिवारको दाजु भाई, दिदी बहिनी, काका, मामा, साला, साली, भान्जा, भान्जि हुन । उनीहरु तपाईहरुकै शान्ति, सुरक्षाकालागी परिचालीत भएका हुन, संगठनले दिएको जिम्मेवारी पुरा गरेका हुन । उनीहरुले कानूनको दायरामा रहेर नै सबै काम कतब्र्य गरीरहेका हुन्छन । यसर्थ उनीहरुसँग तर्सने होइन, आफनै दाजुभाई दिदी बहिनी सोचेर, बिश्वास गरेर ढुक्क भएर सूचना दियौँ । प्रहरीले मागेको सूचना वा तपाईले आँफै दिएको सूचना प्रहरीले कसैलाई भन्दैन, गोप्य राख्छ । त्यसले अपराधिक गतिबिधि हुन रोकिन्छ, जनताको जीउ ज्यान र राष्ट्रको सम्पत्ति सुरक्षित हुन्छ भन्ने कुरालाई बुझदा राम्रो हुन्छ ।

Posted on: 2023-Dec-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar