27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गुटेरेसको भ्रमण समृद्धिको आधार

10 - Dec-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस गत कार्तिकमा चारदिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा आएका थिए । यो नेपालको लागी अति महव र अबसरको बिषय हो । किनकि माओवादी शान्ति प्रक्रियामा आएदेखि लडाकु र हतियार व्यवस्थापनमा राष्ट्रसंघीय मिसन अनमिनले नेपालमै रहेर समन्वय र हतियार ब्यबस्थापन गरेको थियो । त्यस अन्तर्गतको संक्रमणकालीन न्यायको प्रश्न वर्षौंदेखि अझै अल्झिरहेको छ । जसको निदानकालागी संयुक्त राष्ट्रसंघको महत्वपूर्ण भुमिका हुन्छ । त्यसैले महासचिव गुटरेसको यो भ्रमण नेपालका लागि सर्वाधिक महत्व र अबसरको विषय हो । यो अबसर नेपालले समात्न सक्छ सक्दैन, त्यो त आगामी संयुक्त राष्ट संघले गर्ने अन्य कार्यक्रमहरुमा नेपालले गर्ने डाईलोकमा देखिने कुरा हो । तर अहिले जुन अबसर प्राप्त गर्ने परिस्थिति प्रधानमन्त्रीले बनाए त्यो नेपाल र नेपाली जनताकालागी महत्वपूर्ण उपलब्धि हो । हुन त आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसंघका महासचिवले सकेसम्म विश्वका सबै सदस्य देशमा औपचारिक भ्रमण गर्ने प्रचलन छ । त्यही प्रचलनलाई गुटरेसले निरन्तरता दिएका पनि होलान तर जुन अबस्था र परिस्थितिमा प्रधानमन्त्रीले उनलाई ल्याए त्यो संक्रमणकालीन न्यायका मुद्याको ब्यबस्थापनकालागी बढि महत्वको बिषय हो । किनकि निक्के पहिलेदेखि यो बिधेक संसदबाट पारित हुन नसक्दा र यसका सन्दर्भमा दलहरुकाबित सहमती हुन नसक्दा त्यसै अलपत्र परेको छ । यसो हुनु भनेको कुनै पनि बेला मुलुक द्धोद्धमा जान सक्ने खतरा रहन्छ । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरे यता सात जना महासचिव बनेका छन् । त्यसमध्ये वर्तमान महासचिव गुटरेससमेत ६ जनाले नेपाल भ्रमण गरेका छन् । तर अहिलेका महासचिबले जस्तो अरुले कहिल्यै महत्व र चासो दिएका थियनन् । नेपाललाई संसारले चिन्ने भनेको गौतमबुद्ध जन्मस्थल लुम्बिनी र विश्वको सर्वोच्च शिखर सगरमाथाले हो । यसलाई महासचिब गुटरेसले ज्यादै महत्व र ध्यान दिएका छन  ।  यस्तो बेला नेपालले द्धोन्द्ध संक्रमणकालीन न्यायका मुद्याको किनारा लगाउन र यि दुई सम्पदाको संरक्षण र संवर्धनका लागी महासचिब गुटरेस लगाएत विश्वको चासोलाई उचित ढंगले राष्ट्रसंघियय फोमहरुमा डाईलक गर्न सक्यो भने नेपालले धेरै गर्न सक्छ, शान्ति, सुशासन र विकासकोलागि । यसपटक संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल उत्रनासाथ विश्वको बढ्दो तापमानबाट हिमालय पर्वत शृंखलालाई कसरी जोगाउने ? भन्ने सन्दर्भमा समेत चासो मात्र व्यक्त गरेनन् लुम्बिनीको बास्तविक अबस्था, लुक्बिनी बारे संसारमा छरीएको भ्रम निबारण र नेपाल घुम्नकालागी सुरक्षित देश रहेको कुरा संसारका मुलुकलाई पुरर्याइदिने कुरा गरेका छन । साथै लामो समयदेखि अल्झिरहेको शान्ति प्रक्रिया अन्तर्गतको संक्रमणकालीन न्याय ब्यबस्थापनमा उनले देखाएको चासो कम प्रसंसनीय छैन । बरु यसमा नेपालकै तर्फबाट मुद्या उठानलाई महत्व दिन छुटेको छ । तर उनले कुनै कुरा छुटाएका छैनन् । भ्रमण्ण्का क्रममा उनी सर्वोच्च शिखर सगरमाथाको खुम्बु क्षेत्र र अर्को दिन अन्नपूर्ण हिमालको आधार शिविर पुगे । नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एकतिहाइ गुमाएको संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै भने । हिमक्षेत्रमा पुगेर उनले हिमशृंखलाको दृश्यावलोकन मात्र गरेनन्, जलवायु परिवर्तनले कसरी हिमाल र हिमनदीलाई पगालिरहेको छ भनेर विश्वले बुझ्ने शैलीमा आवाजसमेत उठाए । विश्वव्यापी प्रभाव रहने राष्ट्र संघको उच्च पदाधिकारीको भ्रमण नेपालजस्तो सानो र अति कम विकसित मुलुकका लागि आफैंमा महत्त्वको हुन्छ नै । बरु महासचिव गुटरेससँगको भेटमा हाम्रा नेताहरु जजसले भेटे र जति कुराहरू राखे तिनलाई हेर्दा हिमालय पर्वत शृंखलाको संरक्षणका विषयमा कसैले पनि चासोका साथ कुरा राखेको देखिएन । बास्तवमा जलवायु परिवर्तनमा नेपालको भूमिका छैन । हिमालय पर्वत शृंखलाको महत्वपूर्ण र ठूलो हिस्सा नेपालमा छ, तर अरू देशले तापमान वृद्धि हुने गतिविधि जारी राखेका कारण संकटमा नेपाल परेको छ र यसको सबैभन्दा ठूलो असर नेपाललाई परेको छ । यसमा प्रधानमन्त्री आफै“ अग्रसर भएर उठाउनुपर्ने एजेन्डा हो यो । त्यो करालाई महत्वकासाथ उठाउन खोजेको देखिएन । वर्तमान महासचिव गुटरेसको भ्रमण हिमालय पर्वत शृंखलाको संरक्षणका विषयमा कोसे ढुंगा बन्न सक्ने संभावना थियो । तर यस विषयमा हाम्रो तर्फबाट राम्रो गृहकार्य हुन सकेको देखिएन । किनकि निकट भबिष्यमा आउनलागेको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) का सन्दर्भमा महासचिव गुटेरेसको यो भ्रमण नेपालका लागि ठूलो अवसर हो । आउने नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा सम्मेलन हुँदैछ, जहाँ विश्वभरका नेताहरू भेला भई जलवायुको असर र संकट न्यूनीकरणमा केन्द्रित भई बहस गर्दैछन । यो अवस्थालाई राम्रोसँग बुझेर होला, महासचिव गुटेरेसले कोप २८ मा नेपालको समस्यालाई ध्यानाकर्षण गराउने दृढतासमेत संबोधन भाषणमा राखेका छन । जबकि संयुक्त राष्ट संघसँग सम्बन्धित २८ वटा विश्व सम्मेलन हुदा समेत नेपालले अहिलेसम्म प्रभावकारी रुपले जलवायुले हिमालय श्रृँखलामा पारेको असरका बारेमा आवाज उठाउन सकेको छैन । यसबाहेका महासचिव गुटेरेसले द्वन्द्वपीडितहरूको सरोकार, सर्वोच्चको आदेश र अन्तर्राष्ट्रिय मापदण्डलाई समेत मध्यनजर गरी शान्ति प्रक्रियाको अन्तिम गाँठो फुकाउनु पर्ने महत्वपूर्ण सुझाव थियका छन । यी मूल बिषयमा यहाँका दलहरूबीच अहिले सम्म सहमती हुन सकेको छैन, महासचिब गुटरेटसको भ्रमण र सम्बोधनले सबै नेतालाई गम्भिर बनाउनएको देखिन्छ । यदि सबै नेता यसप्रति गम्भिर बनेर सहमतीकासाथ अगाडी बढे भने शान्ति प्रकृया यहि बेला टुड.गिन सक्ने सम्भाबना देखिन्छ ।
अर्को विकसित मुलुकहरुले गर्ने कार्वन उत्सर्जनले जलवायु परिबर्तनमा ठुलो असर पार्छ । अरुले बिगार गर्ने त्यसको परिणाम भने नेपालले भोग्नुपर्छ । त्यसैले नेपाललाई ती लगाएत अन्य विकसीत मुलुकले क्षेतिपूर्ति स्वरुप त्यहि अनुरुपको आर्थिक सहयोग गर्नुपर्छ । जुन कुरालाई महासचिब गुटेरेसले नेपाल भ्रमणको हरेक कार्यक्रमहरुमा स्पष्ट साथ राखिदिएका छन । यसमा नेपाल सरकारले अन्तराष्टिय फोरमहरुमा लबिड गर्नुपर्छ । यसो भयो भने हामीले अर्काले गरेको विगारको दण्ड मात्रै भोग्नुपर्दैन । यो बिषयलाई प्रधानमन्त्री दाहालले कोप–२८ मा यसपटक प्रभावकारी र सशक्तरुपमा उठाउने र दाबी पेस गर्ने बताएका छन भने जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि प्राप्त हुने विदेशी सहयोग र क्षतिपूर्ति सरकारी प्रणालीमा आउनुपर्ने उल्लेख गरेका छन । यसले आर्थिक समृद्धिको सकरात्मक आशाको किरण पलाएको छ । यसमा प्रधानमन्त्रीले आफ्ना गतिबिधि सशक्त पारुन र नेपाललाई समृद्ध बनाउन ।

Posted on: 2023-Dec-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar