इक्यान र सनवेको सहकार्य क कस्ले पाउने छात्रवृत्ति
17 - Oct-2023, Posted by: Yuwahunkar | COMMENTS: 0
हुङ्कार संवाददाता
काठमाडौं
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । संघले स्टडी इन नेपाल अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टईडी ग्रुपअन्तर्गत सनवे कलेजसँगको सहकार्यमा सो छात्रवृत्ति प्रदान गर्न जानकारी दिएको छ ।
संघका अनुसार नेपाली विद्यार्थीका लागि यहि २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ति सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गरिने संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सनवे कलेजले स्नातकस्तरको विद्यार्थीलाई बिओस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । कोर्सअन्तर्गत विभिन्न विधा डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, इनोभेसन रहेका छन् ।
साथै, एक वर्षको व्यावसायिक नियुक्तिपनिसंलग्न गरिएको छ । उल्लेखित विषय अध्ययन गर्न चाहने नेपाली विद्यार्थी दुई जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिने संघका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । उनका अनुसार आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउनेछन् । यस्तै, पूर्ण छात्रवृत्ति पाउनका लागि प्लस टु मा ३.६० जीपीए ल्याएको हुनुपर्नेछ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि ३.५० जीपीए ल्याएको हुनुपर्ने बताइएको छ ।
यसैगरी ३० प्रतिशत छात्रवृत्ति पाउन ३.०० जीपीए ल्याउनुपर्ने एवम् आयल्समा समग्रमा छ स्कोर ल्याएको हुनुपर्नेछ । छात्रवृत्तिका लागिविद्यार्थीहरूले आप्mनो आवेदन स्कलरसिप एट इक्यान डट ओआरजी डट एनपीमा गई भर्न सक्ने बताइएको छ । आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३, २०२३ सम्म र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म तय गरिएको इक्यानले जानकारी दिएको छ ।
Posted on: 2023-Oct-17
Posted on: 2023-Oct-17
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story