27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपाली राजनितीमा प्रवासी नेपालीको भुमीका

17 - Oct-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 हेमन्त काफले
काठमाडौं गैर आवासिय नेपाली संघ यतिखेर निर्वाचनमा होमिएको छ र नया नेतृत्व चयन प्रकृयामा रहेको छ । जित र हार भन्दापनि संघको पछिल्ला गतिविधि र खिचातानीका बावजुद संघको धुलो मैलो फालेर पुरानै लयमा फर्काउने चुनौती नया नेतृत्वलाई हुनेछ । त्यती मात्र नभई महिला, युवा, वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू सहित आम गैरआवासीय नेपालीहरूले अपनत्व महसुस गर्ने संस्थाको रूपमा संघलाई रूपान्तरण गर्ने महत्वपुर्ण जीम्मेवारी पनि थपीएको छ !  निर्वाचन र नेतृत्व अनि थिती र मितीलाई छाडेर फरक र अलग कुरा गपर्ने हो भने पछिल्लो आम निर्वाचनले देखाएको परिणामले प्रवासको भुमिकालाई फरक रुपमा प्रष्टाएको छ ।  अवसर र मौकाको खोजिमा परदेशिएका नेपालीहरु गोलबद्ध हुदैगर्दा नेपाली राजनितीलाई प्रवासमा पनि फराकिलो बनाउदै गरेका कयैन दृष्टान्तहरु छन । तर पछिल्लो निर्वाचनमा भने प्रवासी नेपालीहरुको सोच र उपजले नेपाली राजनितीपनि प्रभावित हुन लागेको संकेत मिलेको छ । जसमा नेपालमा पछिल्लो  निर्वाचनमा उदाएका केहि नया पार्टीहरुको साथ र सहयोगमा प्रवासको भुमिका देखिन थालेपछि नेपाली राजनितीमा पनि यसको तरंग फैलिन लागेको छ । यतिखेर प्रवासमा भारत बाहेक मात्र करिब २४ लाख नेपालीहरु बिदेशमा बिभिन्न पेशामा संल्गन रहेका छन । जसमा खाड अस्टीमा मात्र आधाउधि रहेका छन भनना े त्यस बाहेक अमेरिका , जापान,अस्टेलिया, बेलायत, युरोप अनि क्यानडालगायतका करिब ९० देशमा नेपालीहरुको बसोबास भएको तथ्यांकले देखाउछ । यसरी बिश्वका कुना कन्दरामा छरिएर रहेका नेपालीहरु गैर आवासिय नेपाली संघको छातामुनी गोलबद्ध हुदैगर्दा यसको प्रभाव फरक र अलगरुपमा गनिन्थ्यो । तर एक पटकको नेपाली सधैको नेपाली भन्ने मुल मन्त्र बोकेर हिडेको एनआरएनको यो अभियानपनि सफल भएपछि यतिखेर लगानी र मुलुकको सिरानीसग जोडिने कुरामा नया आयामको प्रारम्भ भएको छ । सँंगसँगै नेपाली राजनिती दल र सरकारले प्रवासी नेपालीलाइ हेर्ने नजरमा समेत केहि फरक र अलग सोचको बिकास भएको देखिएको छ । पछिल्लो आम निर्वाचन र स्थानिय निर्वाचनका केहि परिणामले यो शन्देश दिएको हो । काठमाडौमा बालेन शाहको उदय र चितवन लगाायत केहि क्षेत्रका स्वतन्त्र पाटीको उदयमा प्रवासी नेपालीहरुको भुमिका छचल्कीएपछि यसको फरक र अलगधारमा बिष्लेशण हुन थालेको हो । नेपालका राजनितीक दलले एनआरएन मात्र मान्ने एउटा परदेशिएको बिशाल कित्तालाई कहिले राष्टीय महत्वको बिषयमा राक खेको पाइदेनथ्यो । दुइ बर्षमा आउने हल्ला मच्चाउने साना तिना काम र ठुला गफ गर्ने जमातका रुपमा बिश्लेषण गर्ने राजनितीक दलहरु यतिखेर चनाबी गठजोठमा समेत प्रवासीहरुको भुमिकाको खोजि गर्न थालेका छन । यो हामी गैर आवासिय नेपालीहरुको लागि  उपलब्धीमुलक र महात्वपुर्ण उपलब्धीका रुपमा रहेको छ । यसरी नेपाली राजनितीक दल र सरकारले राजनितीक अधिकारबिहिन नागरिकता दिएर हामी सबैलाई सम्मान गरेता पनि राजनिती भित्रपनि हाम्रो भुमिकाको खोजी गर्नुलाई थप उपलब्धीको रुपमा लिनुपर्दछ । नेपालको पछिल्लो निर्वाचनले देखाएको परिणतीले प्रवासी नेपालीको भुमिका निकै महत्वपुर्ण देखिएको एनआरएनका माहासचीब गौरी जोशी बताउछन । बिदेशमा नेपाली जनसन्ख्या बढेसँगै नेपालभित्र राजनीतिमा पनि बिदेशका नेपालीको दबाव बढ्न थालेको हुनाले बिदेशका नेपालीलाई सुसूचित गर्ने जिम्मेवारी बढेको कुरा महासचीब जोशीले सुनाए । अबका दिनमा नेपाली राजनिती र त्यसको प्रभावकारीतामा प्रवासी नेपालीको भुमिका समेत महत्वपुर्ण बन्दै आएको उनले बताए ।  पछील्ला दीनमा नेपाली राजनीतीमा देखीएको प्रभावलाई स्थापीत गर्न गैरआवासीय नेपाली संघको दायारा बढाउँदै अन्तर्राष्ट्रियस्तरको बहुआयामिक संस्थामा विकास गरी संघलाई बीश्वासीलो साझेदारका रुपमा स्थापीत गर्नु अहीलेको प्रमुख आवश्कता हो ।  गैरआवासीय नेपाली समुदायसँग जोडिएका अन्य विषयहरू सामाजिक सुरक्षाकोष, श्रमिक समस्या, नागरिकता, सम्पत्ति अधिकार, नेपालको निर्वाचनमा विदेशबाट मतदान, विद्यार्थीका समस्या, दोहोरो कर प्रणाली, नेपालीभाषी समुदायको पैरवी गर्ने  जस्ता  महत्वपुर्ण  पाटोलाई हामीले बीर्सनु भने हुदैंन ।

Posted on: 2023-Oct-17

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar