28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यस्तो छ उपत्यकामा सुरक्षा योजना

17 - Oct-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 हुङ्कार संवाददाता
काठमाडौं  चाडपर्व भनेको सिंगो समाज अनि राष्ट्रलाई बाँध्ने बलियो डोंडी हो, यो डोंडी कमजोर भएमा परिवार कमजोर हुन्छ, समाज कमजोर हुन्छ, अनि सिंगो राष्ट्र नै कमजोर हुन्छ । सामाजिक सद्भाव बलियो राख्नको लागि पनि चार्ड पर्वको निकै नै ठुुलो भुुमिका रहेको छ ।  आजभन्दा १०, १५ बर्षअघिसम्म पनि नेपाली चाडपर्वहरु नेपाली भुुगोलमा मात्र सिमित रहेको थियो । तर अहिले नेपालीहरु शिक्षा र रोजगारीको शिलसिलामा बिश्वका सबैजसो मुुलुकका फेलिने क्रम बढेसंगै नेपाली चाडपर्वहरुले पनि बिश्वमा चिनिने अवसर पाएकाछन, नेपाली चाडपर्वहरुले आफ्नो भुुगोल पार गरेकाछन । परिवार, समाज र सिंगो राष्ट्रका नागरिकहरुबिच आपसी भाईचारा, सद्भाव र अपनत्व कायम राख्नको लागि पनि चापर्वहरुको निकै नै महत्व रहेको छ । दुुख भुुलेर आफन्त, साथीभाई नातागोता भेटेर रमाईलो गर्ने अवसर पनि चाडपर्वले नै जुुराईदिएको हुुन्छ । पृथ्वी नारायण शाहले भनेको जस्तै नेपाल चार जात ३५ बर्णको साझा फुुलवारी हो । त्यही भएर पनि यहाँ भाषिक, सास्कृतिकरुपमा बिविधता रहेको छ । त्यही बिबिधतता भित्र थुुप्रै चाडपर्वहरु रहेकाछन । ति मध्ये पनि महत्वपुुर्ण चाड, दशैं, तिहार र छठ हो ।  यि मध्ये पनि अहिले हामी दशैंको पुुर्व सन्ध्यामा रहेकाछन । वास्वतमा जातजाती, भाषाभाषी, उमेर समुुह अनुुसार फरक फरकरुपमा दशैं मनाईन्छ । तर जसले जसरी दशैंै मनाए पनि त्यसको एउटैं उदे्श्य संस्कृतीको जर्गेना, आपसी सद्भाव, भाईचारा र अपनत्वमा बृद्धि गर्नुु नै हो । यसमा कसैको दुईमत छैन । तर पछिल्लो समय नेपाली चाडपर्वको मौलिकता हराँउदै गएको छ । चाडपर्व मनाउने क्रममा बिकृतीहरु पनि बढ्न थालेकाछन । यसले गर्दा हाम्रो सिंगो समाज पनि बिकृत हुुदै गएको छ । एकाध व्यक्ति तथा समुहले चार्ड पर्व मनाउने बहानामा गर्ने बिभिन्न हर्कतले सिंगो समाजलाई दुुषित बनाउँदै गएको छ । चाडपर्व मनाउने नाउँमा मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्ने, झै झगडा गर्ने, उच्चश्रंखल गतिबधि गर्ने क्रम बढ्दै गएको छ । यसले गर्दा एकाध व्यक्ति तथा समुहमा चाड पर्वप्रति नै बितृष्णा समेत जाग्न थालेको छ ।  चाडपर्वलाई सभ्य भएर मनाउनुुपर्छ । चाडपर्व मनाउने क्रममा कसैलाई हानी पुर्याउनु हदैन । यसबाट नै सिंगो चाडपर्वको गरिमा स्थिापित हुुन्छ ।    चार्ड पर्व नजिकिदैं जाँदा यो संगै अपराधिक क्रियाकलापहरु पनि बढ्ने गरेको छ । चाडपर्व मनाउने क्रममा र मनाउनको लागि पनि बिभिन्न किसिमको अपराधहरु हुुने गरेकाछन । यसलाई निरुत्साहित गर्नको लागि हामीले चाड पर्व सुरु हुुनुभन्दा अघि नै देखि नै बिशेष किसिमको सुरक्षा रणनीतिहरु अबलम्वन गर्ने गरेका छौं ।  सोही आधारमा हामीले अहिले चाडपर्व लक्षित सुरक्षा योजना बनाई सकेका छौं । अहिले हामी ति योजनाहरु कार्यान्वयनका क्रममा बिभिन्न क्षेत्रमा खटिएका छौं । हामीले अहिले चाडपर्वमा हुन सक्ने संभावित तीन किसिमका घटनाहरुलाई ध्यानमा राखेर चाडपर्व लक्षित सुरक्षा योजनाहरु बनाएका छौं ।  नम्बर–१ चाडपर्वमा बिकृतीहरु बढ्ने गरेकाछन । यो समयमा जुुवातास खेल्ने मादक पदाद्र्ध सेवन गर्ने घटनाहरु बढी हुुने गरेकाछन । यसले गर्दा समाजमा अपराधीक घटनाहरु बढ्ने गरेकाछन ।  नम्वर –२ चाडपर्र्वमा चोरी, लुुटपाट, डकैतीको घटनाहरु बढी हुुने गरेकाछन । मानिसहरु फेस्टिभ मुुडमा हुन्छन । यही मौका छोपेर चोरी र लुुटपाटका घटनाहरु बढ्ने गरेकाछन । बिशेष गरी आर्थिक कारोवार हुुने क्षेत्रहरु सुनचाँदी, पसल, बैंक, फाईनान्स, सहकारी संस्थाहरुमा चोरी र लुुटपाटका घटनाहरु बढी हुुने गरेकाछन ।  नम्बर–३ तेस्रो भनेको चाड पर्वअघि र पछि उपत्यका बाहिरिने र भित्रने सवारी साधनहरु र सवारी साधनहरुमा यात्रा गर्ने यात्रुुहरुमाथि हुुन सक्ने दुुव्र्यव्यवहार नियन्त्रण गर्न, चाड पर्वहरुमा हुुने संभावित दुुर्घटना आदि घटना नियन्त्रण गर्र्नको लागि पनि बिशेष अभियान सञ्चालन गरेका छौं ।  वास्तवमा यि सबै किसिमका समस्याहरु समाधान गर्नको लागि हामीले बिशेष किसिमको सुरक्षा रणनीति तयार गरेका छौ । यसको लागि ठाउँ ठाउँमा चेक पोष्ट राख्ने, बढी यात्रुु र सवारीसाधन ओहोर दोहोर गर्ने ठाउँमा सादा र बर्दिवाला प्रहरीहरु खटाएर सुरक्षा व्यवस्थालाई चुुस्त दुुरुस्त बनाउने कार्य गरेका छौं । उपत्यका बाहिरिने र भित्रिने नाकाहरु बौद्ध, कोटेश्वर, थानकोट, कलंकी, बल्खुु लगायतका क्षेत्रमा ट्राफिक प्रहरीहरु संग समेत समन्वय गरी यात्रुु सुरक्षाको लागि हेल्प डेक्स राखेका छौं । नयाँ बसपार्क, पुरानो बसपार्क आदिमा बिशेष प्रकारको यात्रुु सुरक्षा हेल्प डेक्स राखेका छौं ।  यसैगरी आर्थिक कारोवार बढी हुुने क्षेत्रमा  हुुन सक्ने संभावित अपराधहरु न्युुनीकरण गर्नको लागि सादा पोशाकमा प्रहरीहरु खटाएका छौ । सो क्षेत्रमा आवस्यकता अनुसार बर्दिवाला प्रहरीहरु पनि खटाएका छौ । दिन र रातको समयमा हुुनसक्ने संभावित चोरीका घटनाहरुलाई नियन्त्रण गर्नको लागि पनि २४ सै घण्टा सादा र पोशाकधारी  प्रहरीहरु खटाएका छौं । यसैगरी सार्वजनिक यातायातभित्र हुुने सक्ने पिक पकेटिङ, यात्रुुहरुमाथि हुुन सक्ने दुुव्र्यवहार आदिलाई नियन्त्रणको गर्नको लागि पनि हामीले सोही अनुुरुपमा जनशक्ति सार्वजनिक यातायातको लागि खटाएका छौं । अर्कोतर्फ चाडपर्वमा मादक पदार्थ सेवन गरी सवारी चलाउने घटनालाई निरुत्साहित गरी सभांवित दुुर्घनाहरु रोक्नको लागि सोही अनुुरुप ठाउँ ठाउँमा चेक पोष्ट राखेका छौ । काठमाडौं जिल्लामा मात्र हामिले एक सय भन्दा बढी ठाउँमा चाडपर्व लक्षित चेक पोष्टहरु राखेका छौं । अर्को बढी आर्थिक कारोबार हुने र भिडभाड हुने क्षेत्रको सुरक्षा अनुगमनको लागि ड्रोन समेत उडाउने योजना बनाएकौं छौं । अर्कोतर्फ क्यामरा सहितका प्रहरी पनि परिचालन गरेका छौं । काठमाडौं, भक्तपुर र ललितपुर अर्थात काठमाडौं उपत्यकामा मात्र चाड पर्व लक्षित सुरक्षा योजना कार्यान्वयनको लागि झण्डै १० हजार प्रहरी परिचालन गरिएको छ । यसैगरी परिसरले काठमाडौं जिल्लाको बिभिन्न १४ वटा ठाउँहरुमा चाडपर्वलाई नैं लक्षित गरेर नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । यसबाहेक हामीले प्रहरीले मुभमेन्ट बढाउनको लागि पिकेटिङ लगायतका कार्यक्रमहरु पनि सञ्चालनमा ल्याएका छौं ।  नेपाल प्रहरीले यो सबै गर्नुको प्रमुुख उदे्ेश्य चाडपर्वलाई सभ्य र मयार्दित बनाउनुु नै हो । चार्डपर्व मनाउने क्रममा कुुनै पनि अप्रिय घटना नहोस भनेर प्रहरी सदैव सजग र सक्रिय रहेको छ । आम नागरिकले पनि सोही अनुरुप चाडपर्व मनाउनुुपर्छ । चाडपर्व मनाउने क्रममा कुुनैपनि किसिमको उच्श्रंखल क्रियाकलाप नगर्नुहोस, जुुन कुरा कानुुनले बर्जित गरेको हुुन्छ । नेपाल प्रहरी सदैव आम नागरिकको जीउधनको सुरक्षा गर्न, समाजमा शान्ती, सुरक्षा र अमन चयन कायम गर्न सदैव कटिवद्ध रहेको छ ।   

Posted on: 2023-Oct-17

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar