27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मानविय व्यवहारको अपेक्षा

17 - Oct-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अस्पताल तथा स्वास्थ चौकीहरुलाई मन्दिर मानिन्छ । अनि यहाँ कार्यरत स्वास्थकर्मीहरुलाई भगवान सरह मानिन्छ । त्यहीकारण सबैजसो हस्पिटलहरुमा भगवानको मुर्ति राखिएको हुन्छ । स्वास्थकर्मीहरुलाई भने यस अर्थमा भगवान मानिन्छकी उनिहरुले शारीरिकमा बिरामी भई कमजोर बनेका आम मानिसहरुलाई उपचार गरी बिशेष बनाई नयाँ जीवन दिन्छ । बिरामी भएकै कारण गुमेको परिवार, आफन्त, साथीभाईहरुको गुमेको हाँसो फर्काइ दिन्छन । यसकारण पनि स्वास्थकर्मीहरुलाई भगवान मानिएको हो । 
तर आजकल केही मानिसहरु अराजक बन्दै गएका छन । उपचारको नाउँमा तलमाथि भएको भन्दै यिनै मानवरुपी भगवानमाथि कुटपीट, हुलहुज्जत हुने गरेको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भरतपुर हष्पिटल आदिमा स्वास्थकर्मीहरुमाथि भएको कुटपीट यस्तै घटनाका केही उदाहरणहरु हुन । स्वास्थ क्षेत्र शान्त क्षेत्र हो । यहाँ कुनै पनि किसिमको हुलहुज्जत, झै झगडा, कुटपीट लुछाछुडी, डकैती, चोरी हुनु हुदैंन । यो क्षेत्र निकै नैं संवेदनशिल क्षेत्र हो । तर अहिले यो क्षेत्रको संवेदनशिलताई नजरअन्दाज गरेर केही सिमित व्यक्तिहरुको स्वार्थको लागि द्धन्द्ध निम्ताउने काम हुने गरेको छ । यो क्षेत्रलाई अशान्त बनाउने काम भएको छ । केही व्यक्ति तथा समुहको यस्तो कु कार्य ले सिंगो चिकित्सा क्षेत्र त्रसित बन्दै गएको छ । सबै किसिमका चिकित्सकहरुले आफ्नो कार्यक्षेत्र भित्र नैं असुरक्षित महसुस गर्न थालेका छन् ।  यस्तो हुनुको प्रमुख कारण राज्य पक्षको कमजोरी हो । राज्यको सम्वन्धीत निकायले चिकित्साक्षेत्रलाई सुरक्षित बनाउन नसक्नुले पनि चिकित्सकहरुमाथि हातपात र कुुटपिटका घटनाहरु बढ्दै गएका छन् । यसलाई रोक्नको लागि राज्य पक्ष जिम्वेवार हुनु पर्छ । राज्यको सुरक्षा संयन्त्र चुस्त र दुरुस्त हुनु पर्छ । आमनागरिकले पनि उपचारको नाउँमा केही तलमाथि हुँदा सिंगो चिकित्सा क्षेत्रलाई नैं आतंकित बनाउने गरी धरकपडमा उत्रिनु हुदैन । जिम्वेवार नागरिक जिम्वेवार बन्नु पर्छ । उपचारको नाउँमा केही तलमाथि भयो भनेर सिंगो अस्पताललाई नैं आतंकित बनाउँदा उक्त हष्पिटलमा उपचार गरिरहेका अन्य बिरामीहरुको स्वास्थ पनि ख्याल गर्नुपर्छ । आफ्नो बिरामी मात्र बिरामी, आफ्नो स्वास्थ मात्र स्वास्थ हो, अरुको बिरामी र अरुको स्वास्थ केही होईन भन्ने किसिमको मानसिकताबाट आम नागरिक माथि उठ्नु पर्छ । अस्पतालाई शान्त राख्नु पर्छ । राज्य पक्षले पनि स्वास्थ क्षेत्रलाई शान्त राख्नको लागि सबै किसिमका पर्याप्त पुर्वाधारहरु, सबै किसिमका सुरक्षा संयन्त्रहरुलाई चुस्त दुरुस्त राख्नु पर्छ । अनिमात्र स्वास्थ क्षेत्र शान्त क्षेत्र बन्न सक्छ । स्वास्थकर्मीहरुको मनोवल बढ्न सक्छ ।   

Posted on: 2023-Oct-17

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar