27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मुलुकमा व्याप्त चरम भ्रष्टाचारको अन्त्य गरौं !

12 - Oct-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 पछिल्लो समय सिंगो बिश्व समुदाय त्यसमाथि पनि युवा जमातमाझ एक बिश्व एक देशको आवाज उठ्न थालेको छ । यो आवाज उठ्नुको एउटै कारण हो, बिश्वका महाशक्ति राष्ट्रहरुबिचको स्वार्थको टकराव अथवा भनौं द्धन्द्ध । ठुला र शक्तिशालाी राष्ट्रले साना र कमजोर राष्ट्रलाई हेप्ने र आन्तरिक द्धन्द्धमा धकेलेर आफ्नो स्वाथ सिद्ध गर्ने परिपाटी बढ्दै गएको छ । भुराराजनीतिक द्धन्द्ध कै कारण अहिले सिंगो बिश्व एक देशको आवाज उठ्न थालेको हो । यो आवाज अनुसार सिंगो बिश्व एक देश हुने हो भने यहाँ कोही कसैको दिर्घकालीन शत्रु हुदैंन । सिंगो बिश्व नैं एउटा देश, एउटा मानव समुदाय भएपछि सबैबिच आत्मियता, आपसी भाईचारा र सद्भाव कायम रहन्छ । सिंगो बिश्व, आर्थिक बिकास र समृद्धिको दिशामा लम्किन्छ । बिकास समाबेशी हुन्छ । बिश्वका सबै नागरिकहरुमा शिक्षा, स्वास्थ, रोजगारी कायम हुन्छ । धनी र गरिबबिचको खाडल कम हुदैं, जान्छ । बिश्वमा कुनै पनि किसिमका आन्तरिक द्धन्द्ध र कलह हुदैंन । 
यदि युवा समुदायको आवाज अनुसार सिंगो बिश्व एक देश हुने हो भने बिश्वमा कुनै पनि किसिमको शत्रुता कायम हुदैंन । तर यही बिचमा पनि एउटा नदेखिने शत्रु अर्थात भनौं अदृश्य शत्रु भने सदैव कायम रहन्छ । त्यो हो भ्रष्टाचार । अहिले सिंगो बिश्व समुदायमाझ टाउको दुखाईको बिषय नैं भ्रष्टाचार हो । भ्रष्टाचार आर्थिक बिकास, समृद्धि, सुशासन, शिक्षा, स्वास्थ, पुर्वाधार सबैको लागि बाधक हो । भ्रष्टाचार कै कारण द्धन्द्ध निम्तिन्छ । बिकास र समृद्धिको बाटो अवरुद्ध हुन्छ । बिश्वका अन्य राष्ट्रहरुको तुलनामा नेपाल आजको दिनसम्म पनि बिकास समृद्धिमा निकै नैं पछाडि परेको छ । यसको मुल कारण पनि सदियौं देखि व्याप्त भ्रष्टाचार नैं । जबसम्म भ्रष्टाचार कायम रहन्छ, कुनै पनि मुलुकले आर्थिक बिकास र समृद्धि हाँसिल गर्न सक्दैन ।  नेपालको हकमा कुरा गर्दा भ्रष्टाचार संस्थागत जस्तै भईसकेको छ । राजनीतिकोरुपमा भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण हुँदा भ्रष्टाचार संस्थागत जस्तै भएको हो । भ्रष्टाचारमा संलग्न अधिकांश व्यक्ति तथा कर्मचारीहरु ठुला राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरु रहेका छन् । तिनीहरुकै स्वार्थ र संरक्षणमा भ्रष्टाचार हुने गरेको छ । जताततै भ्रष्टाचारीहरुको रजगज भएको छ । पछिल्लो समय नीतिगतरुपमा नैं भ्रष्टाचार हुने गरेको छ । दलिय स्वार्थ र भागबण्डामा आधारित भएर नीतिगत भ्रष्टाचार हुने गरेको छ । यदि मुलुक दिगोरुपमा आर्थिक बिकास र समृद्धिको दिशामा जाने हो भने यि सबै किसिमका भ्रष्टाचारको अन्त्य हुनै पर्छ । भ्रष्टाचारीलाई कारवाही हुनै पर्छ । भ्रष्टाचारको जरो जरैदेखि उखाल्नु पर्छ । अनिमात्र सिंगो मुलुक दिगो आर्थिक बिकास र समृद्धिमा जान सक्छ, मुलुकमा सुशासन कायम हुन सक्छ ।    

Posted on: 2023-Oct-12

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar