03 Jun
Sat

सेवामुखी व्यवसायमा धरौटी आवस्यक छैन ।कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

राष्ट्रिय अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिने शैक्षिक परामर्श संस्थाको कदर हुनुपर्छ ।

21 - May-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 नेपालको आर्थिक, सामाजिक, शैक्षिक, पुर्वाधार लगायतका सबै क्षेत्रको बिकासमा कुनै नै कुनै रुपमा शैक्षिक परामर्श संस्थाहरु जोडिएका छन् । चाहे त्यो रेमिटेन्सकोरुपमा होस, चाहे नयाँ उद्योगीकोरुपमा होस वा चाहे दक्ष युवा जनशक्तिकोरुपमा नैं किन नहोस, शैक्षिक परामर्श केन्द्रहरु जोडिएका छन । 
शैक्षिक परार्मश संस्थाहरुलाई व्यवस्थीत गर्नै निकाय भनेको शिक्षा मन्त्रालय नैं हो । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार चालु आवको पछिल्लो पाँच महिनामा क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । चालु आर्थिक वर्ष २०७९ साउनदेखि पुस मसान्तसम्ममा कुल ४५ हजार नौं सय १२ विद्यार्थीले एनओसी लिएको तथ्यांक छ । सो मध्ये क्यानडाका लागि कुल आठ हजार एक सय ३५ विद्यार्थीले उच्च शिक्षा हासिल गर्न नो अब्जेक्सन लेटर लिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो पाँच महिनामा बेलायत जाने विद्यार्थीको संख्या पनि बढिरहेको छ । चालु आवको पछिल्लो पाँच महिनामा पाँच हजार तीन सय चार जना विद्यार्थीले उच्च शिक्षा हासिल गर्न बेलायतका लागि नो अब्जेक्सन लेटर लिएका छन । सबै प्रकृया पुरा गरी आवस्यक कागजात पुरा गरेको खण्डमा युकेमा ‘स्टुडेन्ट भिसा’ सजिलै पाउन सकिन्छ । अन्य देशको तुलनामा बेलायतमा स्टुडेन्ट भिसा पाउन धेरै सजिलो रहेको छ । यसले गर्दा पनि उच्च शिक्षाको लागि युके जाने नेपाली बिद्यार्थीहरुको संख्या पनि बढी रहेको छ । यसैगरी अष्टे«लिया अध्ययन र रोजगारी आम नेपाली युवा युवतीहरुको चाहाना हो । त्यही चाहानाले गर्दा नैं आज हजारौं नेपाली बिद्यार्थीहरु अध्ययन र रोजगारीका क्रममा अष्टेलियामा रहेका छन् ।  ति मध्ये धेरैले अष्टे«लियाको स्थायी वसोबासको अनुमती पनि पाईसकेका छ । तर पछिल्लो समय अष्टे«लिया अध्ययनको लागि जाने बिद्यार्थीहरु जुन समस्या आएको छ, त्यसमा दोष सबैको रहेको छ । त्यसमाथि पनि सबै भन्दा ठुलो दोष शिक्षा मन्त्रालयको रहेको छ ।  शिक्षा मन्त्रालयले आजको दिनसम्म पनि शैक्षिक परामर्श संस्थाहरुलाई व्यवस्थीत गर्न सकेको छैन, नियमन गर्न सकेको छन् । शैक्षिक परामर्श संस्थाहरु, सञ्चालन, नियमन, व्यवस्थापन र लाईसेन्सको लागि ठोस नीति ल्याउन सकेको छैन । यो नहुंदा शैक्षिक परामर्श क्षेत्रमा बेथिती बढेको छ । गलत गर्न खोज्ने केही तत्वहरुले यो क्षेत्रलाई बदनाम बनाईरहेका छन । त्यो बदनामीको छिटाबाट यो क्षेत्रलाई बचाई राख्नुको लागि पनि राज्यले यस क्षेत्रका सरोकारवाला निकायहरुको सुझाव र समन्वयमा सबैलाई सर्वमान्य हुने गरी ऐन नीतिहरु ल्याउनु पर्छ । राष्ट्रिय अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिने शैक्षिक परामर्श संस्थाको कदर हुने किसिमबाट काम गर्नुपर्छ । अनिमात्र यो क्षेत्र जिम्बेवार र व्यवस्थीत हुन सक्छ । 

Posted on: 2023-May-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

Editorial


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar