बिकृतीमुक्त र जिम्वेवार निकाय शिक्षा मन्त्रालय
21 - May-2023, Posted by: Yuwahunkar | COMMENTS: 0

प्रेसिडेन्ट, आईरिन प्रर्वन्ध निर्देशक, मेन्टर इन्ष्टीच्युट नेपाल हाल म आईरिनको प्रेसिडेन्टकोरुपमा जिम्वेवारी निर्वाह गरिरहेको छुु । आईरिन शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने कन्सन्टेन्सीहरुको छाता संगठन हो । यो संगठनमा आवद्ध भएका सदस्यहरुबाट मात्र नेपालबाट बार्षिकरुपमा बैदेशिक उच्च शिक्षाको लागि जाने कुल बिद्यार्थी संख्याको झण्डै ५० प्रतिशत हिस्सा ओगेटको छ । संघमा आवद्ध भएका साथीहरुले नेपाल सरकारले शैक्षिक परामर्श क्षेत्रहरुको लागि निर्दिष्ट गरेको ऐन, नियमको परिधिभित्र रहेर नेपाली बिद्यार्थीहरुलाई बैदिशिक उच्च शिक्षामा जाने प्रकृयालाई सहजीकरण गर्दे आएको छ । यसमा संघले आफ्नो छुट्टै केही व्यवसायीक आचार संहिताहरु जारी गरेको हुन्छ । यि सबैको दायराभित्र रहेर नैं साथीहरुले शैक्षिक परामर्श सेवा उपलब्ध गराउनु हुन्छ । यसको बावजुत पनि यो क्षेत्रमा धेरै नैं समस्याहरु रहेका छन् अथवा भनौं बिकृतिहरु रहेका छन् । नेपालभरी हाल पाँच हजार भन्दा बढी शैक्षिक परामर्श सेवा केन्द्रहरु रहेका छन् । यि मध्ये झण्डै सात सय वटा संस्थाहरु माध शैक्षिक परामर्श क्षेत्रसंग सम्वन्धीत विभिन्न छाता संगठनहरुसंग आवद्ध रहेका छन् । यि बाहेकका संस्थाहरु स्वस्र्फुतरुपमा चलेका छन् । न यिनिहरुमा सरकारी नियमन तथा अनुगमन पुगेको छ, न त यि कुनै छाता संगठनको कुनै आचार संहितामा नैं बाँधिएका छन् । यि परामर्श केन्द्रहरुको नियमन तथा अनुगमन गर्नको लागि आजको दिनसम्म सरकारले कुनै कदम चालेको छैन । शैक्षिक परामर्श सम्वन्धी संस्थाहरुको धेरै वटा छाता संगठनहरु रहेका छन् । जहाँसम्म आईरिनमा आवद्ध भएका संस्थाहरुको कुरा छ, यि संस्थाहरुको नियमितरुपमा नियमन तथा अनुगमन पनि हामी गर्छौ तर हामी सबैको ग्यारेन्टी त लिन सक्ने अवस्थामा छैनौं । यो क्षेत्रमा बिकृतीमुक्त र जिम्वेवार बनाउने निकाय भनेको सरकार नैं हो, शिक्षा मन्त्रालयले नैं हो । मन्त्रालयले नियमितरुपमा शैक्षिक परामर्श संस्थाहरुको नियमन अनुगमन गर्नुपर्छ, । राम्रो गर्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ, गलत गर्नेहरुलाई कारवाही गर्नुपर्छ । अनिमात्र यो क्षेत्र बिकृती मुक्त हुन सक्छ, जिम्वेवार हुन सक्छ । शैक्षिक परामर्श संस्थाहरु जिम्वेवार बन्न सकेको खण्डमा कुनै पनि बिद्यार्थी अथवा भनौं अभिभावकहरु उच्च शिक्षाको लागि बिदेश जाने क्रममा ठगिनु पर्देन, दुख पाउनु पर्देन । अहिले शैक्षिक परामर्श क्षेत्र मात्र होईन, सिंगो देशको सबैजसो क्षेत्र बिकृत रहेको छ । यसमा शैक्षिक परामर्श क्षेत्र पनि अछुतो रहेको छैन । अहिले देशभरी पाँच हजार भन्दा बढी शैक्षिक परामर्श केन्द्रहरु रहेका छन् । ति मध्ये १४ सय ७३ वटा शैक्षिक परामर्श केन्द्रहरुले मात्र शिक्षा मन्त्रालयबाट लाईसेन्स लिएका छन् भने सात सय ३० वटा शैक्षिक परामर्श केन्द्रहरु शिक्षा मन्त्रालयबाट लाईसेन्स लिने प्रकृयामा रहेका छन् अर्थात ति कन्सल्टेन्सीहरु सबै प्रकृया पुरा गरेर शिक्षा मन्त्रालयबाट लाईसेन्स कुरिरहेका छन् । यसबाहेक बाँकी संस्थाहरुमा भने अहिलेसम्म राज्यको नियमन अनुगमन केही पनि पुग्न सकेको छैंन । वास्तवमा यिनै कन्सल्टेन्सीहरुले गर्दा शैक्षिक परामर्श क्षेत्रमा बिकृत फैलिएको हो । न राज्यले यि कम्पनीहरुलाई जिम्वेबार भएर कारवाही गरेको छ न त अनुगमन नैं । यस्ता शैक्षिक परामर्श केन्द्रहरु लगाम बिनाको घोडा जस्तै भएका छन् । यसले गर्दा पनि शैक्षिक परामर्श क्षेत्रमा समस्या देखिएको हो । यसको समाधान गर्ने दायित्व र जिम्वेवारी राज्यको हो ।
Posted on: 2023-May-21

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story