19 Jun
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सेवामुखी व्यवसायमा धरौटी आवस्यक छैन ।

21 - May-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 विष्णुहरि पाण्डे, 

पुर्व अध्यक्ष इक्यान
संस्थापक, रोयल इजुकेसन फाउन्डेसन   शैक्षिक परामर्श क्षेत्र बिशुद्धरुपमा सेवामुखी व्यवसाय हो । नेपालमा अहिले साना ठुला सबै किसिमका गरी पाँच हजार भन्दा बढीको संख्यामा शैक्षिक परामर्श केन्द्रहरु सञ्चालनमा रहेका छन् । ति मध्ये शिक्षा मन्त्रालयमा दर्ता रहेका शैक्षिक परामर्श केन्द्रहरुको संख्या भन १४ सय ७३ वटा मात्र रहेका छन् । तर यति ठुलो संख्यामा शैक्षिक परामर्श केन्द्रहरु सञ्चालनमा रहेकोमा भएपनि राज्यले यसलाई न्यायोचितरुपमा संरक्षण र व्यवस्थापन गर्न सकेको छैन ।  शैक्षिक परामर्श केन्द्रहरुलाई व्यवस्थीत गर्न नसक्नुमा पनि राज्य अर्थात भनौं सम्वन्धीत निकायहरुको आफ्नै कमी कमोजरीहरु रहेका छन् । शिक्षा मन्त्रालयमा हरेक छ महिनामा कर्मचारी परिवर्तन हुन्छन् । नयाँ कर्मचारीले पूणर्रूपमा विदेशी शिक्षा नीतिनियम बुझेका हुँदैनन् । आफूखुसी नियम बनाएर चल्ने गरेका कारण विद्यार्थी र अभिभावकले एनओसीदेखि समकक्षतासम्मको समस्या भोग्नु परेको छ । अब शिक्षा मन्त्रालयका सम्बन्धित शाखाका कर्मचारीले विदेशी शिक्षा र नेपाली शिक्षाका नीतिनियम अपडेट गरेको हुनुपर्छ । शैक्षिक परामर्श दातृ निकायहरू मुख्य रूपमा विदेशमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई उचित र सही शैक्षिक परामर्श दिन स्थापना भएकाले हामी परामर्श दातृ निकायहरू संघमै दर्ता हुनुपर्छ । हाल प्रदेश सरकार र महानगरपालिकाहरूले समेत दर्ता हुन आग्रह गरिरहेका छन् ।  यस क्षेत्रमा आवद्ध साथीहरुको माग भनेको हामीले संघ अर्थात् शिक्षा मन्त्रालयमै दर्ता हुन पाउनुपर्छ । यसले कुनै समस्या आउँदा हल गर्न सहज हुने छ । मापदण्ड बनाएर शाखा विस्तार गर्न दिनुपर्छ । यसले विद्यार्थीले आफ्नो स्थानमै बसेर परामर्श सेवा दिन सक्छन् । स्वरोजगार र सक्षम हुने पाठयक्रम बनाएर विश्वविद्यालयहरू अघि बढ्नुपर्छ । धेरै विश्वविद्यालय खोल्नुभन्दा भएकै विश्वविद्यालयलाई व्यवस्थित गरी विदेशी विद्यार्थी नेपालमा ल्याउने नीति सरकारले लिनुपर्छ । अनि मात्र नेपाल राम्रो  शैक्षिक हब बन्न सक्ने छ । अर्कोतर्फ शिक्षा मन्त्रालयले पछिल्लो समय ल्याएको नियमावलीमा पनि यस क्षेत्रलाई व्यवस्थीत बनाउनु भन्दा पनि झन भद्रगोल बनाउनेतर्फ केन्द्रित रहेको देखिन्छ ।  नयाँ नियमावलीमा शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानीको कुरा आएको छ । यो क्षेत्रमा लगानी गर्न हामी आफै सक्षम छौं । शैक्षिक परामर्श संस्थाहरु सञ्चालनमा ल्याउनको लागि ५० लाख देखि एक करोड रुपैंयाँसम्म लगानी गर्नुपर्छ । यो लगानी गर्न हामी आफै सक्षम छौं । सरकारले ठुला ठुला पुर्वाधारहरु बिकास निर्माणका कामहरुमा बैदेशिक लगानी ल्याउनुको साटो केही करोड लगानी ल्याउन शैक्षिक परामर्श क्षेत्रलाई अगाडि सारेको छ । यो हुनु हुंदैन, कुनै पनि हालतमा यो नियम मान्य हुदैन । अर्कोतर्फ सरकारले शैक्षिक परामर्श क्षेत्रमा धरौटीमा पनि व्यवस्था गर्न उल्लेख छ । यो सेवामुखी व्यवसाय हो, यसमा धरौटी आवस्यक छैन । यदि धरौटीमा व्यवस्था कार्यान्वयनमा ल्याईयो भने यो क्षेत्रमा थप समस्या उत्पन्न हुन्छ । राज्यले यो क्षेत्रलाई व्यवस्थीत गर्नको लागि नो अब्जेक्सन लेटरलाई सहज बनाउनु पर्छ । आफ्नो पैसा तिरेर पढन् जानको लागि कुनै पनि देशमा एनओसी चाँहिदैन, तर नेपालमा भने एनओसीको व्यवस्था कायम रहेको छ । यसलाई सहज बनाउनु पर्छ ।  जहाँसम्म इक्यानको कुरा छ, इक्यानको सदस्य हुनको लागि केही न्युनतम मापदण्डहरु पुरा गरेको हुनु पर्छ । ति मापदण्ड पुरा गरेकाहरुलाई मात्र इक्यानले सदस्यता दिन्छ । इक्यानको आफ्नै आचार संहिता रहेको छ । यो आचारसंहिता सबैले पुरा गर्नु पर्छ । यो आचारसंहिता पुरा नगरेको खण्डमा, गलत कार्य गरेको खण्डमा कारवाही गर्नको लागि इक्यानमा छुट्टै अनुशासन समिती रहेको छ । यो समितीले आवस्यकता अनुसार कारवाही गर्छ, त्यहाँबाट भएन भने कारवाही गर्नको लागि सम्वन्धीत सरकारी निकायमा आग्रह गर्छ । यस अर्थमा इक्यानका सदस्यहरुमा खासै बिकृती छैन । यसभन्दा बाहिरका सदस्यहरुले यो क्षेत्रमा बिकृती ल्याएका हुन ।  नेपालमा हाल शैक्षिक परामर्श सेवा दिन खुलेका एक हजार चार सय ७३ कन्सल्टेन्सी चार वर्षयता नवीकरण नभई नै सञ्चालन हुँदै आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ साउनमा नयाँलाई अनुमति दिन रोकेको थियो । यस्तै, सञ्चालनमा रहेका पुराना कम्पनीहरुको नविकरण गर्नै व्यवस्था पनि त्यतिबेला देखि नैं रोकेको छ । नियम प्रक्रिया पुर्‍याएर सञ्चालन गर्नेलाई धरौटी आवश्यक पर्दैन । ‘धरौटी किन र केका लागि हो । हामीले बुझन् सकेका छैंनो ।  व्यवस्थित गर्न खोजेको हो भने यो गलत बुझाइ हो । धेरै भए धरौटी राख्यो भने थोरै हुन्छ भन्ने सोच हो भने त्यो गलत छ । किनभने त्यसपछि कन्सल्टेन्सीको काम पैसा हुनेले मात्र गर्ने भए, दिमाग हुनेले गर्न नसक्ने भए’ । ‘धरौटी राख्ने नियमले पैसा धेरै हुने ठग बदमास नै बढ्ने हो कि भन्ने शंका छ । हामी त नलेज सेयरिङ गर्ने हो गाइड गर्ने हो ।’

Posted on: 2023-May-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar