इक्यानका सदस्य रहेका शैक्षिक परामर्श केन्द्रहरुमा खासै समस्या छैन, समस्या बाहिरको हो
10 - Mar-2023, Posted by: Yuwahunkar | COMMENTS: 0

महासचिव इक्यान कार्यकारी अध्यक्ष इन्लाईटेन इन्टरनेशनल एजुकेशन प्रा.लि नेपालको शैक्षिक परामर्श क्षेत्र र यससंग प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा जोडिएको क्षेत्रको बिकास र बिस्तारको लागि इन्लाईटेन इन्टरनेशनल एजुकेशन प्रा.लिको निकै ठुलो योगदान रहेको छ । सन् २००९ डिसेम्बर देखि यो कम्पनीले औपचारिकरुपमा शैक्षिक परामर्श क्षेत्रमा काम गर्दे आएको छ । सो अनुसार हामीसँग निकै लामो समय शैक्षिक परामर्श क्षेत्रमा काम गरेको अनुभव रहेको छ । यो क्षेत्रमा काम गर्नको लागि दक्ष, अनुभवी र तालिमप्राप्त कर्मचारी संयन्त्र रहेको छ । यही संयन्त्रको कारण पनि हामी शैक्षिक परामर्श क्षेत्रमा निरन्तर क्रियाशिल रहन सकेका हौं । म शैक्षिक परामर्श संस्थाहरुको छाता संगठन अर्थात इक्यानको महासचिव हुंँ । यसबाहेक मेरो आफ्नै इन्लाईटेन इन्टरनेशनल एजुकेशन प्रा.लि नामक कम्पनी पनि रहेको छ । इन्लाईटेनको कुरा गर्दा यो कम्पनीको मुख्य कार्यालय काठमाडौंको बागबजारमा रहेको छ । हामीले अहिले बिशेष गरी छ वटा राष्ट्रमा शैक्षिक गन्तव्यको लागि काम गर्दे आएका छौं । अष्टे्रलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड र जापानको लागि हामी काम गर्छौं । यो बाहेक हामीले आईएलटिएस, जापानीज र बिटिआईको कक्षा पनि सञ्चालन गर्दे आएका छौं । बिहान छ बजेदेखि बेलुकी छ बजेसम्म जुनसुकै समयमा पनि यि कक्षाहरुमा सामेल हुन सकिने छ । जहाँसम्म भिसा प्रोसेसको कुरा छ, हरेक राष्ट्रको बैदेशिक शिक्षाको लागि छुट्टाछुट्टै नीति नियम र कागजातहरु आवस्यक पर्छन । ति सबै कागजात र प्रकृयाहरु बिद्यार्थीहरुले राम्रो कन्सन्लटेन्सीहरुको सहयोगमा पुरा गरेको खण्डमा बैदेशिक शिक्षाको लागि भिसा लाग्न गाहे छैन । आफु कुन देशमा जाने हो, त्यसको प्रकृया पुरा गरेको आधारमा भिसाको सक्सेस रेट भनेको ६० देखि ९० प्रतिशतसम्म रहने गरेको छ । तर यसको लागि आवस्यक सबै किसिमका प्रकृयाहरु पुरा गर्नुपर्ने हुन्छ । जहाँसम्म शैक्षिक परामर्श क्षेत्रमा भएको बिकृतीको कुरा छ । अहिले शैक्षिक परामर्श क्षेत्र मात्र होईन, सिंगो देशको सबैजसो क्षेत्र बिकृत रहेको छ । यसमा शैक्षिक परामर्श क्षेत्र पनि अछुतो रहेको छैन । अहिले देशभरी पाँच हजार भन्दा बढी शैक्षिक परामर्श केन्द्रहरु रहेका छन् । ति मध्ये १४ सय ७३ वटा शैक्षिक परामर्श केन्द्रहरुले मात्र शिक्षा मन्त्रालयबाट लाईसेन्स लिएका छन् भने सात सय ३० वटा शैक्षिक परामर्श केन्द्रहरु शिक्षा मन्त्रालयबाट लाईसेन्स लिने प्रकृयामा रहेका छन् अर्थात ति कन्सल्टेन्सीहरु सबै प्रकृया पुरा गरेर शिक्षा मन्त्रालयबाट लाईसेन्स कुरिरहेका छन् । यसबाहेक बाँकी संस्थाहरुमा भने अहिलेसम्म राज्यको नियमन अनुगमन केही पनि पुग्न सकेको छैंन । वास्तवमा यिनै कन्सल्टेन्सीहरुले गर्दा शैक्षिक परामर्श क्षेत्रमा बिकृत फैलिएको हो । न राज्यले यि कम्पनीहरुलाई जिम्वेबार भएर कारवाही गरेको छ न त अनुगमन नैं । यस्ता शैक्षिक परामर्श केन्द्रहरु लगाम बिनाको घोडा जस्तै भएका छन् । यसले गर्दा पनि शैक्षिक परामर्श क्षेत्रमा समस्या देखिएको हो । यसको समाधान गर्ने दायित्व र जिम्वेवारी राज्यको हो । शिक्षा मन्त्रालयबाट लाईसेन्स लिएका शैक्षिक परामर्श केन्द्रहरुमा खासै समस्या छैन । यि संस्थाहरु सरकारको ऐन नियम र परिधि भित्र रहेर बिद्यार्थीहरुलाई सेवा दिईरहेका छन । जहाँसम्म इक्यानको कुरा छ, इक्यानको सदस्य हुनको लागि केही न्युनतम मापदण्डहरु पुरा गरेको हुनु पर्छ । ति मापदण्ड पुरा गरेकाहरुलाई मात्र इक्यानले सदस्यता दिन्छ । इक्यानको आफ्नै आचार संहिता रहेको छ । यो आचारसंहिता सबैले पुरा गर्नु पर्छ । यो आचारसंहिता पुरा नगरेको खण्डमा, गलत कार्य गरेको खण्डमा कारवाही गर्नको लागि इक्यानमा छुट्टै अनुशासन समिती रहेको छ । यो समितीले आवस्यकता अनुसार कारवाही गर्छ, त्यहाँबाट भएन भने कारवाही गर्नको लागि सम्वन्धीत सरकारी निकायमा आग्रह गर्छ । यस अर्थमा इक्यानका सदस्यहरुमा खासै बिकृती छैन । यसभन्दा बाहिरका सदस्यहरुले यो क्षेत्रमा बिकृती ल्याएका हुन ।
Posted on: 2023-Mar-10

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story