हामी वैदेशिक शिक्षामा जाने बिद्यार्थीहरुलाई उच्चस्तरको परामर्श दिन्छौं
30 - Jan-2023, Posted by: Yuwahunkar | COMMENTS: 0

काठमाडौं, माघ देश छोड्ने रहर कसैलाई हुँदैंन, आफ्नो घर परिवार, आफन्त, साथीभाई छोड्ने रहर त्यो पनि कसैलाई हुँदैंन । जव जीवनमा केही गर्नुपर्ने हुन्छ, केही कमाउने पर्ने हुन्छ, पढ्नु पर्ने हुन्छ, क्यारियर बनाउनु पर्ने हुन्छ । त्यो अवस्थामा आफन्त, साथीभाई, घर परिवार, देश भनेर पनि नहुंँदो रहेछ । केही समयको लागि भएपनि बिदेश जानु पर्ने रहेछ, बिदेश जाने खोजिने रहेछ । यही खोजीमा टंक बस्याल विदेशीय, सिङ्गापुर । सिङ्गापुरमा नौं वर्ष बसेपछि आफ्नै देशमा केही गर्ने सोचका साथ बस्याल नेपाल आए । बस्यालको अहिले काठमाडौंको डिल्लीबजारमा ए-प्रायोरी एजुकेशन फाउण्डेशन नामक शैक्षिक परामर्श केन्द्र रहेको छ । उनी त्यो संस्थाको प्रोपराईटर हुन । सिङ्गापुरमा बसेर धेरै काम गरें, धेरै मिहेनत गरें । बिदेशमा काम गर्न सोचे जस्तो सजिलो छैन । त्यहाँ जानु भन्दा अगाडि आफु जाने देश, त्यो ठाउँमा बारेमा धेरै कुराहरु बुझेर जानु पर्छ । त्यहाँको भाषा, रितीथिती, सामाजिक संरचना, कानुन, संस्कृति सबै बुझ्ने पर्छ । यसरी बुझेर जाँदा पनि बिदेशको त्यो समाज भिज्न नेपाली बिद्याथीहरुलाई तीन चार महिना लाग्छ । आफ्नो भोगाई सेयर गर्न, नेपाली बिद्यार्थीहरुको नेपाल देखि बिदेशसम्मको शैक्षिक यात्रालाई सहजीकरण गर्न, बिदेश बसाईको क्रममा हुन सक्ने व्यवहारिक कठिनाईहरुको बारेमा सबै किसिमका जानकारी दिन मैले यो शैक्षिक परार्मश केन्द्र खोलेको हुंँ, बस्याल भन्छन । बिदेश जानको लागि डकुमेन्टस् बोकेर कुनै बिद्यार्थी यहाँ आयो भने हामी सिधै उसको डकुमेन्ट्स स्वीकार गरेर प्रकृया अगाडि बढाउँदैंन । त्यो बिद्यार्थीको अभिभावकलाई पनि हामी बोलाउँछौं । त्यसपछि सबै जानकारी दिएर मात्र हामी काम सुरु गछौं । यदि कुनै बिद्यार्थीको अभिभावक बिदेशमा छ भने, त्यो अभिभावकलाई पनि हामी फोन मार्फत सम्र्पक गरेर बिद्यार्थी जाने देश, त्यहाँको सबैकुरा, भविस्यमा आईपर्ने सक्ने सबै किसिमका कठिनाईका बारेमा जानकारी दिएर मात्र काम सुरु गछौं । अरु शैक्षिक परामर्श केन्द्र र हामीमा फरक यही हो । त्यही भएर पनि बिद्यार्थीहरु हामी कहाँ आउनु हुन्छ । हामीले सन् २०१५ देखि यो केन्द्र सञ्चालनमा ल्याएको हौं । त्यसदेखि यता यो केन्द्रले बिशेषगरी युएसए, अष्टे्रलिया र क्यानडाको लागि काम गर्दे आएको छ । सन् २०१८ अघि अमेरिकाको लागि काम गर्न सजिलो थियो । त्यतिबेला धेरै नेपाली बिद्यार्थीहरुको भिषा लागेको थियो । तर त्यसपछि भने अमेरिकाले नेपाली बिद्यार्थीहरुलाई कडाई गर्यो । अहिले अमेरिकाको लागि भिसा सक्सेस रेट ३५ देखि ४० प्रतिशतको हाराहारीमा रहेको छ । अष्टे्रलियाको लागि भने अहिले राम्रो छ, यसमा ६० देखि ७० प्रतिशत भिसा सक्सेस रेट रहेको छ । बिदेश जानु, कमाउनु मात्र ठुलो कुरा होईन । त्यहाँबाट आएपछि आफ्नै देशमा केही गर्नु सबै भन्दा ठुलो कुरा हो, हामी हरेक बिद्यार्थीहरलाई यस्तै किसिमको परामर्श दिन्छौं । हाम्रो चाहाना हामीसंग जोडिएका, नजोडिएका सबै नेपाली बिद्यार्थीहरु जो बिदेश जानु हुन्छ, बिदेशमा आर्थिक तथा शैक्षिकरुपमा जेजति उपलब्धी हाँसिल गर्नु हुन्छ, । त्यो उपलब्धी नेपाल ल्याउनुहोस, नेपाल फर्कुनुहोस, नेपालमा नैं केही गर्नुहोस भन्ने हो ।
Posted on: 2023-Jan-30

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story