23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जनमतको सम्मान गरेर काम गर्नुहोस्

12 - Dec-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 डेमोक्रेसी अर्थात प्रजातन्त्रमा जनता सर्वेसर्वा हुन्छन । बिश्वका सबै प्रजातान्त्रिक मुलुकमा भएको अभ्यास पनि यही हो । प्रजातन्त्रमा जनताको मतलाई सबैले मान्ने पर्छ, स्वीकार गर्ने पर्छ । 
नेपालको हकमा भन्नु पर्दा यही मंसिर चार गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । अहिलेसम्म निर्वाचनको परिणाम पनि सार्वजनिक भईसकेको छ । उक्त परिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली काँग्रेसले पहिलो स्थान हाँसिल गर्न सफल भएको छ भने समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थान हात पार्न सफल भएको छ । यि बाहेकका बाँकी ठुला दलहरुमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्रका पार्टी, नेकपा एस, जनतमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी आदि पर्न सफल भएका छन् । निर्वाचन आयोगले केही स्थानमा केही समस्या देखिएको भएपनि निर्वाचन सफल र धाँधलीरहितरुपमा सम्पन्न भएको जानकारी दिईसकेको छ । आयोगको लक्ष्य अनुसार मत नखसेको भएपनि कुल ६१ प्रतिशतको हाराहारीमा मतदान भएको आयोगले जानकारी दिईसकेको छ ।  निर्वाचन आयोगले यसो भनिरहंदा केही ठुला दल त्यसमाथि पनि नेकपा एमाले आफुलाई प्राप्त भएको मत स्वीकार गर्न तयार भएको देखिंदैंन । उक्त पार्टीका सभापति केपी शर्मा ओलीले पछिल्ला समय यही निर्वाचन मार्फत शानदाररुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा बिष बमन गरिरहेका छन् । कुनै अमुक शक्तिद्धारा सञ्चालित पार्टी, कहाँ जाने, के गर्ने, कुन एजेण्डा केही नभएको पार्टी, अमेरिकी मिसनमा सञ्चालित आदि इत्यादि भनेर आफ्नो पार्टीले सन्तोषजनकरुपमा नतिजा हाँसिल गर्न नसकेको कुण्ठा उक्त पार्टीको बिरुद्धमा बिष वमन गरेर पोखिरहेका छन । निर्वाचनमा जित र हार हुन्छ । जीतको लागि राम्रो काम गर्ने पर्छ । राम्रो काम गरेर जनताको मन जित्नु पर्छ, अनि मात्र मत जित्न सकिन्छ । भनेर हुंदैन, बोलेर हुदैंन, ऐजेण्डा राम्रो बनाएर मात्र पनि हुदैन, अरुलाई गाली गरेर मात्र हुदैंन, अरुलाई कुण्ठा पोखेर मात्र हुंदैन । यदि यो सबै गरेर हुने भए, चुनाव जितिने भए सायद नेपालमा केपी ओलीले मात्र चुनाव जित्थे । नेकपा एमालेले मात्र बहुमत ल्याउन सक्थ्यो । यो कुरा नेकपा एमालेका सभापति ओलीले बुझ्नु पर्छ ।  जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा छ, रवि लामिछानेको कुरा छ, यो पार्टीले बिगतमा अर्थात सञ्चार कर्ममा रहंदा जनताको मन जितेको भएर अहिले जनताको मत जितेको हो । जनताको मत जित्न निकै गाहे छ, जुन कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुझेका छन् । बिगतमा पत्रकारिता क्षेत्रमा नैं रहंदा, दिन हिन, दुखी गरिब र भुई मान्छेहरुको पक्षमा उभिएकै कारण लामिछानेले यो जित हाँसिल गरेका हुन । अहिले उनलाई जितलाई ठुला दलका ठुला मान्छे स्वीकार्न तयार छैनन, जुन कुरा उनीहरुको भनाईहरुबाट पनि पुष्टि हुन्छ । रास्वपाको जीतलाई स्वीकार्न नसक्नु भनेको जनताको मतलाई स्वीकार्न नसक्नु हो । आफुलाई भोट हाल्ने मात्र जनता अरुलाई भोट हाल्ने अमुक शक्ति भन्नु ओलीको आम नेपाली जनताप्रतिको गैरजिम्वेवारी हो । यस्तो गैरजिम्वेवार अभिव्यक्तिबाट ओली माथि उठेर संस्कारयुक्त राजनीति गर्नुपर्छ ।

Posted on: 2022-Dec-12

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar