03 Jun
Sat

सेवामुखी व्यवसायमा धरौटी आवस्यक छैन ।कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यो क्षेत्रमा व्यवसायीक आचार संहिंता कायम गर्न पनि अलायन्स आवस्यक छ

12 - Dec-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
आशिक कार्की 
सिईओ भेड एजुकेशन कन्सल्टेन्सी  शैक्षिक परार्मश क्षेत्रहरुमा केही वेथितीहरु रहेका छन् । केही गलत व्यक्तिहरु कैं कारण यस्ता बेथितीहरु आएका हुन् । यसलाई व्यवस्थीत र मर्यादित बनाउनु आवस्यक छ । यही आवस्यकताई परिपुर्ती गर्नको लागि पनि एईएए आएको हो । शैक्षिक परामर्श  क्षेत्रमा समस्या छ, हामीले त्यसलाई नर्कान मिल्दैन । बैदेशिक रोजगार कम्पनी जस्तो कन्सल्टेन्सी होईन । त्यो क्षेत्रमा म्यानपावरले नै भिसा लगाउने देखि तोकिएको रोजगारी दिनेसम्मको ग्यारेन्टी लिन्छन । शैक्षिक संस्थाहरु जस्तो पनि हामी होईनौं । हामीले बिशुद्धरुपमा बैदेशिक शिक्षाको लागि जाने बिद्यार्थीहरुलाई आवस्यक पर्ने परामर्श दिने हो । यो क्षेत्रलाई व्यवस्थित गर्न त्यति गाह्रो छैन । आवस्यक ऐन ल्याएर त्यो ऐनको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा यो क्षेत्र व्यवस्थित भई हाल्छन् । जसले गलत गर्छ, त्यस्ता कम्पनीलाई दण्ड जरिवाना दिने, कारवाही गर्ने नीति ल्याउनुपर्छ । त्यही अनुसार हामीले अलायन्स गठन गरेका हौं । केही शैक्षिक परामर्श संस्थाहरु र यसका सञ्चालकहरुले गलत गर्यो भनेर सिंगो सिंगो शैक्षिक परामर्श क्षेत्रलाई नैं बदनाम गराईएको छ । यसले गर्दा शैक्षिक परार्मश क्षेत्रमा काम गर्नेहरुको आत्मसम्मान गुमेको छ । अहिले नेपालमा ४५ सयको हाराहारीमा शैक्षिक परार्मश संस्थाहरु रहेका छन् । ति मध्ये १६ सय जति मात्र इक्यानमा आवद्ध छन । यि बाहेकका धेरैजसो संस्थाहरु झोले रहेका छन् । झोलामा कागजपत्र बोक्दै, बिद्यार्थी ठग्दै हिडेका छन भने केही हुरिवतास जस्तै छैन, जहाँ जहाँ राम्रो हुन सक्छ, त्यहाँ त्यहाँ मात्र काम गर्ने । वास्तवमा यि यस्ता परामर्श संस्थारुहलाई राज्यले कारवाही गर्नुपर्छ । राज्यसंग, कारवाहीको लागि श्रोत, साधन र कानुन सबै छ । यि यस्ता कन्सल्टेन्सीहरुले नराम्रो काम गर्यो भनेर सरकारले सबै कन्सल्टेन्सीहरुलाई एउटै बास्केटमा राखेर कारवाही गर्नु भएन् र हुंदैन पनि । यो अवस्थामा हामी बिगत लामो समयदेखि यही क्षेत्रमा आवद्ध रहेका व्यक्तिहरुले यो क्षेत्रलाई बचाउनको लागि पनि अलायन्स बनाएका हो । जसको प्रमुख कार्य नैं अष्टे्रलियन हाई कमिसनसंग प्रत्यक्षरुपमा नजिक रहेर बैधानिक कागजातको आधारमा मात्र अष्टे्रलिया पठाउनु रहेको छ । हामी अहिले त्यही गरिरहेका छौं  ।

Posted on: 2022-Dec-12

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

EDUCATION


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar