25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आफ्नो अमुल्य मतको सही सदुपयोग गरौं

2 - Dec-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 देश यतिखेर निर्वाचनमय भएको छ । मुलुकभरको सात वटा प्रदेशका ७७ वटै जिल्लाका सात सय ५३ स्थानीय तहमा नैं यतिखेर निर्वाचनको माहौल छाएको छ । ठुला चाडपर्व सकिए लगत्तै किसानहरुलाई भने यतिबेला चुनावी माहौल संगै धानवाली भित्र्याउने चटारो पनि थपिएको छ । 
यो अवस्थामा सबैजसो दलका अधिकांस नेता तथा कार्यकर्ताहरु आ आफ्नो चुनाव क्षेत्रमा गएका छन् । अन्य समयमा आक्कल झुक्कल मात्र पुग्ने गरेका दलका नेताहरु अहिले भने भोट माग्न कै लागि किसानहरुको घरदैलौ, खेतबारीसम्मै पुग्ने गरेका छन् । यसक्रममा जनताको मत आफुतिर तान्नको लागि दल र दलका नेता तथा कार्यकर्ताहरु साम, दाम, दण्ड, भेद सबै नीति अघि सारेर दौडधुप गरिरहेका छन् । उनीहरु जनताको मन जित्ने भन्दा पनि बिभिन्न किसिमका आर्थिक, सामाजिक तथा बिकासको सपनाहरु बाँढेर भोट बटुल्न व्यस्त रहेका छन् । यसक्रममा नेताहरुले आफ्नो चुनावी क्षेत्रमा दिनहुं जस्तो ठुला ठुला भोज भतेर समेत गरिरहेका छन् । चुनाव कै लागि नेताहरु टोले गुण्डा, तुन्द्रे मुन्द्रे, ठेकेदार, उद्योगी, व्यापारी सबैलाई परिचालन गरेका छन् । यस अन्र्तगत उनीहरुले पहिला जनताहरुलाई बिभिन्न आस्वासन दिएर भोट माग्ने, त्यसरी भोट माग्दा दिने जस्तो देखिएन भने परिवारका सदस्य गिन्ती गरेर रकमको प्रस्ताव गर्ने र त्यो पनि जनताले अस्विकार गरिदिए भने डर धम्की र त्रास दिने गरेका छन् ।  निर्वाचन आयोगले यि यस्ता कुरालाई निर्वाचन आचार संहिता विपरित भएको र कंही कतै, कुनै दलका नेता तथा कार्यकर्ताहरुद्धारा यस्तो गरेको देखिएमा कसुर अनुसार कारवाही गर्ने भने पनि यि यस्ता कुराहरु आयोगको जानकारीमा अर्थात भनौं नोटिसमा आउँदैनन् र ल्याईदिंनैन पनि । यस अर्थमा पनि जसले जतिसुकै निष्पक्षता र धांधली रहित निर्वाचनको कुरा गरेपनि निर्वाचन निष्पक्ष नहनु सक्छ । भोट गन्दा भएको मतको तलमाथि र बुथ क्याप्चर, धरकपड मात्र धाँधली होईन । आम मतदातालाई आर्थिक प्रलोभन, डर धम्की दिएर भनेकै ठाउँमा मत हाल्न बाध्य पारिनु पनि धाँधली हो, जसलाई निष्पक्ष कदापी मान्न सकिंदैन, हुदैन पनि । यस अर्थमा मुलुकको आर्थिक बिकास, समृद्धि, दिगो शान्ती, स्थायित्व, स्वाधिनता र केही हदतसम्म अर्थातमा जुन कुरामा सक्छौ त्यो कुरामा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि पनि राम्रो र योग्य उम्देवार छनौंट गर्नुपर्छ । उम्मेदवारले उसको आफन्त, पार्टी, आसेपासेहरुको लागि होईन, तपाई हाम्रो लागि, देश र जनताको लागि काम गर्नु सक्नु पर्छ । यस्तो उम्मेदवार हामीले चुन्नु पर्छ । यो मौका हो, मुलुकको लागि सही उम्मेदवार चुन्ने । यो मौकामा हामीले हिरा फोर्ने पर्छ । अहिले पुराना, ठुला र दलका नेताहरुबाट यो मुलुकको आर्थिक बिकास र समृद्धि संभव नभएको भन्दै युवाहरु स्वतन्त्ररुपमा राजनीतिमा होमिएका छन् । ति युवाहरुलाई एक मौका दिनको लागि पनि सही उम्मेदवार छानौं । जसले साँच्चै नै मुलुकको दिगो आर्थिक बिकास र समृद्धिको ढोका सधैंको लागि खोल्न सकोस ।

Posted on: 2022-Dec-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar