02 Oct
Mon

प्रकाशका ४३ बसन्तलाई फर्केर हेर्दाबाल रोग बिज्ञ डा. जयदेबका अनुभवपरामर्स ब्यबसायिको हित मेरो जीम्मेवारीशैक्षिक परामर्श क्षेत्रमा नेतृत्वको लडाईः को बन्नेछन ? इक्यानको भावी अध्यक्ष !सेवामुखी व्यवसायमा धरौटी आवस्यक छैन ।कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शैक्षिक परामर्श क्षेत्रमा व्यवसायीक मर्यादा कायम गर्न पनि धरौटी सम्वन्धी व्यवस्था आवस्यक छ

30 - Sep-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अनन्त पौडेल
सिईओ नेपाल एजुकेसन कन्सल्टेन्सी   नेपालमा अहिले आवस्यकता भन्दा बढी शैक्षिक परार्मश संस्थारु रहेका छन् । शिक्षा मन्त्रालयले शैक्षिक परामर्श संस्थाहरुको लाईसेन्स रोक्का गरेको लामो समय भएपनि कसरी नयाँ संस्थाहरु खोलेका छन, बुझ्नै गाह््रो भएको छ । यो क्षेत्रमा परामर्श संस्थाहरुको संख्या धेरै भएकै कारण अस्वस्थ प्रतिस्पर्धा बढेको छ । यसले गर्दा यो क्षेत्रमा थप बेथिती युक्त भएको छ ।  यो बेथितीलाई सबैले मिलेर हटाउन आवस्यक छ । सबैले मिलेर यो बेथिती हटाउन सकिएको खण्डमा मात्र यो क्षेत्रमा व्यवसायीक मर्यादा कायम हुन सक्छ । यो मर्यादा कायम भएको खण्डमा हामी सबै सुरक्षित हुन्छौं । शैक्षिक परामर्श संस्थाहरुलाई हेर्ने आम बिद्यार्थी, अभिभावक एवं सरकारको नजर समेत बदलिन्छ । यो क्षेत्रले सबैको नजरमा आत्मसम्मान प्राप्त गर्न सक्छ । यो क्षेत्र पनि अन्य क्षेत्र सरह सम्मानित पेसाकोरुपमा परिभाषित हुन सक्छ । यो पेसामा लागेकाहरुले आफु यो पेसामा छु भनेर गर्वका साथ भन्न सक्नेछन । तर यो सबै हुनुकको लागि यो क्षेत्र व्यस्थीत र मर्यादित हुनु पर्छ ।  यसको लागि धरौटी एउटा राम्रो बिकल्व हो । यो धरौटी सबैलाई मान्य हुने गरी राखिनु पर्छ । सबै धरौंटीको दायरामा आउनु पर्छ । काम गर्ने क्रममा कुनै शैक्षिक परामर्श संस्थाबाट कुनै बिद्यार्थी ठगियो भने उसले राखेको धरौटी रकमबाट नैं त्यो बिद्यार्थीलाई क्षतिपुर्ती दिने व्यवस्था गरिनु पर्छ । यसो गर्न सकिएमा मर्यादित सक्छन् । अहिले धेरै कन्सल्टेन्सीहरु लगाम बिनाको घोडा जस्तै छन, त्यही भएर नैं यो क्षेत्र बेथिती युक्त भएको हो । यो क्षेत्रलाई लगाम लगाउने काम धरौटी सम्वन्धी व्यवस्थाले गर्न सक्छ । यसले शैक्षिक परामर्श संस्थाहरुलाई सुशासनको दायरा भित्र ल्याउन सक्छ । दिन दिनै थपिदैं गएका शैक्षिक परामर्श संस्थाहरुको संख्या कम हुन सक्छ । बिद्यार्थीहरु ठगिने घटनालाई पनि यसले धेरै हदसम्म नियन्त्रणमा राख्न सक्छ । अहिले धेरै व्यवसायी साथीहरुले शैक्षिक परामर्श संस्थाहरुको हकमा धरौटी आवस्यक नपर्ने बताउँदै आएका छन, तर मलाई त्यस्तो लाग्दैंन । यो क्षेत्रमा व्यवस्थीत र मर्यादित बनाउनकाको लागि पनि धरौटी सम्वन्धी व्यवस्था कार्यान्वयन हुनु पर्छ ।

Posted on: 2022-Sep-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

EDUCATION


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar