02 Dec
Sat

हुङ्कार युवाको, आव्हान जनताकोप्रकाशका ४३ बसन्तलाई फर्केर हेर्दाबाल रोग बिज्ञ डा. जयदेबका अनुभवपरामर्स ब्यबसायिको हित मेरो जीम्मेवारीशैक्षिक परामर्श क्षेत्रमा नेतृत्वको लडाईः को बन्नेछन ? इक्यानको भावी अध्यक्ष !सेवामुखी व्यवसायमा धरौटी आवस्यक छैन ।कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शैक्षिक परामर्श संस्थाहरुको काम उच्च शिक्षाको लागि सहयोग गर्ने हो ।

30 - Sep-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 राजेन्द्र बराल  फर्मर प्रेसिडेन्ट, ईक्यान परामर्शदाताहरुले बिद्यार्थीहरुलाई परामर्श दिने हो । बिद्यार्थीहरुलाई कहाँ पढ्दा राम्रो हुन्छ, योग्यता, क्षमता र रुचीको आधारमा परामर्श दिने हो । बैदेशिक उच्च शिक्षा र रोजगारीको लागि सहयोग गर्ने हो । कन्सल्टेन्सीको काम परामर्श दिने भएकोले यो क्षेत्रमा ठुलो लगानी आवस्यक छैन । परामर्श दिने यो क्षेत्रमा हामी नेपाल नै सक्षम रहेका छौ । किनकी शैक्षिक परामर्श दिने कुरामा नेपालमा दक्ष जनशक्ति रहेको छ । बिदेशी कम्पनीहरु आएको खण्डमा बिदेशीले यहाँ कम्पनीहरु मात्र खोल्छन, यहाँबाट नाफा कमाएर पैसा मात्र लान्छ, त्यो अनरुपको कर तिर्देनन । राष्ट्रिय अर्थतन्त्रमा ति कम्पनीह्रुको खासै योगदान रहंदैन । तर हामीले काम गर्दा हामीले हरेक क्षेत्रमा राज्यलाई कर तिरिरहेका हुन्छौं । मलाई लाग्छ, सन २०१० को कुरा हो, त्यतिखेर अर्थमन्त्रीकोरुपमा सुरेन्द्र पाण्डे हुुनुुहुन्थ्यो । त्यो समयमा उहाँले भन्नुुहुन्थ्यो । नेपालमा कन्सटेन्सीहरुले बार्षिकरुपमा शिक्षण संस्थाहरुले तिर्ने भन्दा बढी कर तिर्छन, उहाँको भनाइलाई नै आधार मान्दा पनि अनुुमान गर्न सकिन्छ,  मुुलुकको राष्ट्रिय अर्थतन्त्रमा कन्सल्टेन्सी क्षेत्रको योगदान कति छ भनेर । अहिले नेपालमा सबै क्षेत्रमा गरी २७ सय वटा कन्सल्टेन्सीहरु रहेकाछन ति मध्ये १४ सय ७३ वटा कन्सल्टेन्सीहरु शिक्षा मन्त्रालयमा दर्ता रहेकाछन । देशका ७७ वटा जिल्लाहरु मध्ये ३६ वटा जिल्लाहरुमा कन्सल्टेन्सीहरुले आफ्नो व्यवसाय बिस्तार गरेकाछन । यो क्षेत्रमा मात्र अहिले २० हजार जना भन्दा बढीले प्रत्यक्षरुपमा रोजगारी पाएकाछन भने अप्रतक्ष्यरुपमा रोजगारी पाउनेको संख्या अझै निकै ठुुलो रहेको छ । यो क्षेत्रमा मात्र झण्डै १४ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी रहेको छ ।  एउटा कन्सल्टेन्सीमा झण्डै २० लाख २५ लाख रुपैयाँको हाराहारीमा लगानी रहेको छ । वास्तवमा यो लगानी गर्नको लागि हामी आफै सक्षम छौ । हामीसंग यसको लागि पर्याप्त श्रोत, साधन र दक्षता छ । तर पनि किन सरकारले यो क्षेत्रमा बैदेशिक लगानी ल्याउन लागेको छ । कसको ईच्छा र स्वार्थमा बिदेशी लगानी ल्याउन खोजिंदै छ सरकारले प्रष्ट पार्नुुपर्छ । हामीले बुुझे अनुसार नेपालको शैक्षिक परामर्श क्षेत्रमा लगानी गर्नको लागि केही बिदेशीहरु तयार रहेकाछन । ति बिदेशीहरुले केही सासंद मार्फत यो नीति ल्याउन खोज्दैछन । यसमा उनीहरुको पनि आफ्नो स्वार्थ रहेको छ । त्यो स्वार्थको लागि स्वदेशी लगानी, श्रोत र साधनलाई धरासायी बनाउने काम कंहीकतैबाट हुुनुुहुदैन । अहिले हामी नेपालबाट बिदेशमा बिद्यार्थी पठाउने मात्र होईन बिदेशबाट पनि नेपालमा बिद्यार्थी ल्याउनुु पर्छ भनिरहेका छौं । यसको लागि प्याव्सन, हिसान लगायतका संंंघसंस्थाका उच्च अधिकारीहरुसंग बार्ता छलफल गरिरहेका छौ । तपाईहरु त्यो अनुुसार पुर्वाधार तयार गर्नुुहोस, गुणस्तर सुधार गर्नुुहोस बिदेशी बिद्यार्थी हामी ल्याउँछौं भनिरहेका छौ । तर यो अवस्थामा सरकारले कसैको व्यक्तिगत स्वार्थबाट प्रेरित भएर केही लाख रुपैयाँ लगानी हुुने यो क्षेत्रमा बिदेशी लगाउने ल्याउने कुरा गरिरहेको छ । यो कुुनैपनि अर्थमा मुुलुुकको हितमा छैन । यो यहाँ पनि केही कन्सन्टेन्सीहरुले बदमासी गरेकाछन । ति कन्सल्टेन्सीहरुलाई राज्यले कारवाही गरोस व्यवस्थीत गरोस तर तर कन्सल्टेन्सीहरुलाई धरासायी बनाउने गरी बिदेशी लगानी नल्याओस ।  


Posted on: 2022-Sep-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

EDUCATION


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar