नेपालमा आधिकारिक रुपमा मोई थाई बक्सिङ भित्र्याउने मै हुं
25 - Aug-2022, Posted by: Yuwahunkar | COMMENTS: 0

नेपालमा आधिकारिकरुपमा मोई थाई बक्सिङ भित्र्याउने व्यक्ति नबराज भण्डारी हुन । मोई थाई बक्सिङ नेपालका प्रेसिडेन्ट समेत रहेका भण्डारीका अनुसार उनले सन् २००७ मा मोई थाई बक्सिङ नेपाल भित्र्याएका थिए । मोई थाई थाईल्याण्डको राष्ट्रिय खेल हो । सुरुमा म मार्सल आर्टसको खेलाडी थिंए । मैले क्युकेसियन कराँते, उसु, तेक्वान्दो, बक्सिङ सबै खेलेको छु । यि खेलहरु खेल्ने क्रममा मैले मोई थाई बक्सिङको बारेमा पनि जानकारी लिंए । यो खेल खेल्नको लागि मलाई एकदमै रुची बढ्यो । यो खेलको बारेमा मैले धेरै जानकारी लिए । त्यसपछि भने म थाईल्याण्ड गए । त्यहाँबाट मोई थ्याई बक्सिङ सिकेर नेपाल आए । नेपालमा मोई थाई बक्सिङ भित्रिए संगै भारत र चाईनमा पनि यो खेल भित्रियो । ति देशहरुमा मोई थाई बक्सिङको धेरै नै बिकास भईसकेको छन । तर दुख लाग्छ, नेपालमा अहिलेसम्म यो खेलको बिकास हुन नसकेको देख्दा, किनकी सरकारलाई खेल क्षेत्रको बिकास गर्न कुनै रुची नैं छैन, भण्डारी भन्छन । आफुले सन् २००८ मा नै मोईथाई बक्सिङ नेपाल भित्र्याए पनि व्यवसायीकरुपमा भने सन् २०१० बाट यो खेल सिकाउन सुरु गरेको उनी बताउँछन । आजको दिनसम्म मैले धेरै युवाहरुलाई यो खेल सिकाईसकेको छु, उनी भन्छन । नेपाल आर्मीका पाँच हजार जना जवानहरुलाई मोई थाई बक्सिङ सिकाएको अनुभव भण्डारी संग रहेको छ । यि बाहेक नेपाल घुम्न आउने बिभिन्न बिदेशी पर्यटक, स्कुल कलेजका बिद्यार्थीहरु, युवायुवती, राजनीतिक दलका नेता कार्यकर्ताहरु धेरैलाई यो खेल सिकाईसकेको उनको अनुभव रहेको छ । राज्यले खेल क्षेत्रलाई सधै उपेक्षा गरेको छ, खेलाडीहरुलाई आफनो स्वार्थको लागि मात्र प्रयोग गर्न खोज्ने नेता, कार्यकर्ता, यो देशको सरकार प्रमुखहरुसंग खेल क्षेत्रको बिकासको लागि के काम हुन्छ भनेर आस गर्ने खै, भण्डारी भन्छन । व्यवसायीकरुपमा खेलक्षेत्रको बिकास हुन सके खेलाडीहरु खेलेका आधारमा दैनिक जीवनयापन गर्न सक्ने उनको भनाई छ । जहाँसम्म मोई थाई बक्सिङको कुरा छ, यो खेल बिदेशी पर्यटकहरुले निकै मन पराउनु हुन्छ । उहाँहरु कै कारण यो खेल आजसम्म टिकेको छ, उनी भन्छन् । खेलकुदका अतिरिक्त राजनीति र समाजसेवामा पनि लागेका भण्डारी एकीकृत शक्ति नेपालका युवा तथा खेलकुद बिकासका प्रमुख तथा केन्दिय सदस्य समेत हुन । यसबाहेक उनी मात्रृभुमीका लागि नेपाली नामक सामाजिक संगठन नेपालका युवा तथा खेलकुद बिभागका प्रमुख समेत हुन । नवराज भण्डारी, प्रेसिडेन्ट, मोईथाई बक्सिङ नेपाल
Posted on: 2022-Aug-25

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story