महिला नेतृ बस्नेतको पोखरेलसंग प्रतिस्पर्धा
25 - Aug-2022, Posted by: Yuwahunkar | COMMENTS: 0

काठमाडौं, भदौ नेपाली काग्रेसकी प्रभावशाली महिला नेतृ महाअधिवेशन प्रतिनिधी कृष्ण कुमारी बस्नेतले प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग प्रतिस्पर्धिको रूपमा उम्मेदवारी दिने बिषय यतिखेर राजनीतिक वृत तातिएको छ । नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरू गरेकी महिला नेतृ बस्नेतले प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिका रहेको क्षेत्र नम्बर ५ बाट एमालेका प्रभावशाली नेता ईश्वर पोखरेलसँग प्रस्तिस्पर्धा गर्ने गरि उम्मेदवारी दिने संभावना बढेर गएपछि पछिल्लो समय नेपाली राजनीति तातिएको हो । नेतृ बस्नेतले बिसं २०५६ साल पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरू गरी क्याम्पस इकाई कोषाध्यक्षबाट औपचारिक जिम्मेवार लिएर अगाडि बढेको थिईन । त्यसपछि पशुपति क्याम्पसबाट २०५७ मा स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष, २०६० मा स्वतन्त्र विद्यार्थी युनियनका उप सभापति, नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै २०६३ मा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य र २०७३ मा आएर नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी समेत पुरा गरी सकेकी छन् । पछिल्लो पटक उनी लोकप्रिय मत ल्याएर नेपाली काँग्रेसको १३ र १४ औंै महाधिवेशन प्रतिनिधिमा छनौट भईकी थिईन । नेताहरुको शैक्षिक योग्यता कमजोर हुन्छ भन्ने भनाई रहेको छ । तर यो भनाई नेतृ बस्नेतको हकमा पनि कंही कतै लागु हुदैंन । उनको शैक्षिक प्रगति र उचाइ नि निकै लोभलाग्दा रहेको छ । बस्नेतले राजनीति शास्त्र र ग्रामिण विकास विषयमा स्नातकोत्तर पूरा गरी कानुन विषयमा पनि स्नातक सम्म अध्ययन पुरा गरिसकेकी छन् । राजनीतिमा मात्र नभएर उनी अधिवक्ताको रूपमा पनि परिचित हुँदै आएकी छन् । बस्नेतल पार्टी भित्र महिला नेतृत्वको पनि समान हैसियत र बराबर सहभागीता हुनु पर्छ भनेर वकालत गर्दे आएकी छन् । राजनीतिका अतिरिक्त सामाजिक सेवामा पनि निकै नै सक्रिय रहेकी महिना नेतृ बस्नेत संगै चुनावी मैदानमा उम्मेदवारी दिनेहरुमा काँग्रेसका नेताहरू श्यामबहादुर खडका र प्रेमबहादुर खडका रहेका छन् ।
Posted on: 2022-Aug-25

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story