27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सरकारले शैक्षिक परामर्श संस्थाहरुको कार्यलाई प्रोत्साह गर्नुपर्छ

25 - Aug-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अहिले नेपालमा सबै क्षेत्रमा गरी चार हजार भन्दा बढी शैक्षिक परामर्श संस्थाहरु रहेका छन । यि संस्थाहरु कामको प्रकृति अनुसार बिभिन्न संघ संस्थाहरुमा आवद्ध रहेकाछन् । तर त्यसमा पनि बिद्यार्थीहरुले सबैभन्दा बढी बिश्वास गरेको संघ भनेको इक्यान नै रहेको छ । इक्यानले संघमा आवद्ध हुनुको लागि तोकेको न्युनतम मापदण्ड, आचार संहिता, सरकार मातहतका बिभिन्न नियामक निकाय आदिको आवद्धताले पनि हुन सक्छ, नेपालमा इ क्यानलाई बढी बिश्वास गरिन्छ । 
आम बिद्यार्थी, अभिभावक एवं नियामक निकायले इ क्यानका सदस्यहरुलाई बिश्वास गर्नु पर्ने भनेको संस्था बिचको कार्यदक्षता, जवाफदेयिता र बिश्वास नै हो । इक्यानमा मात्र अहिले चार सय ५० भन्दा बढी शैक्षिक परामर्श संस्थाहरु आवद्ध रहेका छन् । देशभर चार हजार भन्दा बढी शैक्षिक परामर्श संस्थाहरु रहेको भएपनि ति संस्थाहरुले सोही प्रकृतिका अन्य संस्थाहरुमा पनि आवद्ध रहेका छन् । तर जुन संस्था जो संघसंग आवद्ध भएको भएपनि त्यो संस्थाले आम नेपाली बिद्यार्थीको हितमा काम गर्नुपर्ने उनको ठहर छ । शैक्षिक परामर्श क्षेत्रमा कहिलेकाँही ठगी र अपराधका समाचारहरु पनि सुनिन्छन तर त्यस्तो घटनाको इक्यानका सदस्यहरुको संलग्नता मुश्किलले दुई, तीन प्रतिशत मात्र हुन्छ बाँकी ९०, ९५ प्रतिशतका इक्यानमा बाहिरबाट हुने गरेको देखिएको छ ।  इक्यानले संघमा आवद्ध हुनको लागि पनि न्युनतम आचार संहिता तोकेको छ । त्यसको लागि इक्यानमा छुट्टै अनुशासन समिती रहेको छ । यदि इ इक्यानका सदस्हरुबाट कंही कतै गल्ती हुन्छ भने त्यसलाई कारवाही गर्न सम्वन्धी सरकारी निकायलाई घचघच्याउने देखि लिएर पीडितलाई क्षतिपुर्ती दिने बिषयमा समेत इक्यानले काम गरिरहेको छ । नेपालको अर्थतन्त्रमा शैक्षिक परामर्श क्षेत्रको ठुलो योगदान रहेको र यो योगदानलाई अझ बढाउन परामर्श संस्थाहरुले समेत आफ्ना कमी कमजोरीहरुलाई सुधार गर्नुपर्छ । यसमा सरकारी निकायले पनि नीतिगत सेवा, सुविधा र सहुलियत दिएर शैक्षिक परामर्श संस्थाहरुलाई संरक्षण गर्नुपर्छ ।    शेषराज भट्टराई भाईस प्रेसिडेन्ट इक्यान कार्यकारी निर्देशक  अर्विट इन्टरनेशनल एजुकेशन

Posted on: 2022-Aug-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar