धरौटी कुनै पनि बिषयमा समस्याको समाधान होईन, यो लागु हुनु
25 - Aug-2022, Posted by: Yuwahunkar | COMMENTS: 0

यो हटाउनको लागि चरणबद्धरुपमा आन्दोलन गर्छो । यो क्षेत्रमा समस्या छ, हामीले त्यसलाई नर्कान मिल्दैन । बैदेशिक रोजगार कम्पनी जस्तो कन्सल्टेन्सी होईन । त्यो क्षेत्रमा म्यानपावरले नै भिसा लगाउने देखि तोकिएको रोजगारी दिनेसम्मको ग्यारेन्टी लिन्छन । शैक्षिक संस्थाहरु जस्तो पनि हामी होईनौं । हामीले बिशुद्धरुपमा बैदेशिक शिक्षाको लागि जाने बिद्यार्थीहरुलाई आवस्यक पर्ने परामर्श दिने हो । यो क्षेत्रलाई व्यवस्थित गर्न त्यति गाह्रो छैन । आवस्यक ऐन ल्याएर त्यो ऐनको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा यो क्षेत्र व्यवस्थित भई हाल्छन् । जसले गलत गर्छ, त्यस्ता कम्पनीलाई दण्ड जरिवाना दिने, कारवाही गर्ने नीति ल्याउनुपर्छ, धरौटी किन चाहियो ? मैले त भन्ने गरेको छु, लोकसेवा आयोगबाट जाँच, परिक्षा दिएर जागिर खायो, जागिर खाएपछि तैंले भ्रष्टाचार गर्न सक्छस धरौटी राख, वकिललाई लाईसेन्स दिनु अघि तैंले भ्रष्टाचार गर्न सक्छस धरौटी राख भन्ने हो । यदि होईन भने कन्सल्टेन्सी क्षेत्रले मात्र किन धरौटी राख्ने ? गलत गर्नेलाई दण्डित गर्ने नीति ल्यायोस न, सरकारले । अहिले केही कन्सल्टेन्सी र यसका सञ्चालकहरुले गलत गर्यो भनेर सिंगो कन्सल्टेन्सी क्षेत्रलाई नैं बदनाम गराईएको छ, दलालकोरुपमा हेर्ने गरिएको छ । यसले गर्दा शैक्षिक परार्मश क्षेत्रमा काम गर्नेहरुको आत्मसम्मान गुमेको छ । म यो क्षेत्रमा २० बर्षदेखि कार्यरत रहेको छु । मैले भनिहाले यो क्षेत्रमा केही गलत गर्नेहरु पनि छन् । अहिले नेपालमा ४५ सयको हाराहारीमा शैक्षिक परार्मश संस्थाहरु रहेका छन् । ति मध्ये १६ सय जति मात्र इक्यानमा आवद्ध छन । यि बाहेकका धेरैजसो संस्थाहरु झोले रहेका छन् । झोलामा कागजपत्र बोक्दै, बिद्यार्थी ठग्दै हिडेका छन भने केही हुरिवतास जस्तै छैन, जहाँ जहाँ राम्रो हुन सक्छ, त्यहाँ त्यहाँ मात्र काम गर्ने । वास्तवमा यि यस्ता परामर्श संस्थारुहलाई राज्यले कारवाही गर्नुपर्छ । राज्यसंग, कारवाहीको लागि श्रोत, साधन र कानुन सबै छ । यि यस्ता कन्सल्टेन्सीहरुले नराम्रो काम गर्यो भनेर सरकारले सबै कन्सल्टेन्सीहरुलाई एउटै बास्केटमा राखेर कारवाही गर्नु भएन् र हुंदैन पनि । यदि सरकारले यही बहानामा केही व्यक्तिहरुको उक्साहटमा धरौटीको नीति ल्याउन खोजेको हो, भने यसको लागि हामी चरणबद्धरुपमा आन्दोलन गर्छो । धरौटीको व्यवस्था गरेर सरकारले यस क्षेत्रमा आवद्ध हजारौंको रोजगारी खोस्न चाहन्छ, भने हामी त्यसको बिरुद्ध सडक आन्दोलन गछौं । होईन भने सरकारले यस क्षेत्रमा प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा आवद्ध सबैको रोजीरोटी र रोजगारीको ग्यारेन्टी गरोस, हामी चुप लागेर बस्छौं । दिपक गुरुङ पुर्व अध्यक्ष इ-क्यान
Posted on: 2022-Aug-25

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story