25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

समाज रुपान्तरणको लागि शैक्षिक परार्मश संस्थाहरुको योगदान ठुलो छ,

25 - Aug-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 मेरो दक्षता, बिज्ञता र काम गर्न रुची भएको क्षेत्र नैं शैक्षिक परामर्श क्षेत्र हो । म बिगत २५ बर्ष देखि यो क्षेत्रमा आवद्ध छु । मेरो यही लामो अनुभवले भन्छ, सिंगो मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, पारिवारिक, पुर्वाधार लगायतका समग्र क्षेत्रको रुपान्तरणको लागि शैक्षिक परार्मश संस्थाहरुको भुमिका र योगदान निकै नैं ठुलो रहेको छ । 
आज नेपाल आर्थिक बिकास र समृद्धिको दिशामा जुन अवस्थनमा रहेको छ, यो अवस्थामा कुनै त्यस्तो ठाउँ छैन, जहाँ शैक्षिक परार्मश केन्द्रहरु नजोडिएका हुन । जहाँसम्म प्रज्वल एजुकेसनको कुरा छ, हामीले सन् २०१० बाट यो संस्थाबाट बैदेशिक शिक्षाको लागि आवस्यक परार्मश दिन थालेका हौं । हामीले बिशेष गरी युके, युएसए, अष्टे्रलिया र क्यानडाको लागि आवस्यक परामर्श दिने गरेका छौं । संस्था खोलेखि यता अर्थात सन् २०१० देखि यता झण्डै चार सय बिद्याथीहरुलाई बैदेशिक शिक्षाको लागि हामीले परार्मश दिईसकेका छौं । ति बिद्यार्थीहरु केही बैदेशिक शिक्षा र रोजगारी पछि स्वदेश फर्केर बिभिन्न पेसा व्यवसायहरु गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान दिई रहनु भएको छ भने केही अध्यन तथा रोजगारीको क्रममा अझै बिदेशमा नैं रहनु भएको छ । जसले रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्रलाई बचाई राख्नु भएको छ । समाज रुपान्तरणको कुरा गर्दा नेपाली चलचित्र क्षेत्रको को नैं कुरा गरौं न । अहिले नेपाली चलचित्रको बजार बढ्दै गएको छ । यो अहिले आफ्नो भुगोल भित्र मात्र सिमित छैंन । जुनजुन देशमा नेपाली बिद्यार्थीहरु अध्ययनको लागि पुगेका छन् त्यो, त्यो देशमा नेपाली चलचित्रको बजार बनेको छ । यो बजार बढ्नुको पछाडि शैक्षिक परामर्श संस्थाहरु कै हात रहेको छ ।  अहिले केही व्यक्ति तथा निकायहरुले नेपाली बिद्यार्थीहरुले बिदेश पढ्न जाँदा रकम बाहिरियो, अर्थतन्त्र कमजोर भयो समेत भन्ने गरेका छन, यो उहाँहरुको गलत बुझाई हो । हो अध्ययनको लागि बाहिर जाँदा केही रकम त बाहिरिन्छ नि । त्यो संधैंको लागि होईन । बिद्यार्थीहरुले एक गुणा रकम खर्च गरेर बिदेशमा अध्ययन गर्न गएको हुन्छ भने त्यही अध्ययनको क्रममा उसले छ गुणा बढी रकम कमाएर स्वदेश पठाएको हुन्छ । अर्थात बाहिर जाने भन्दा भित्र आउने रकम छ गुणा बढी हुने गरेको छ । नेपालबाट नेपाली बिद्यार्थीहरु अध्ययन गर्न जाँदा उनीहरुले यहाँबाट एक सेमेस्टरको लागि मात्र पैसा तिरेर जाने हो, जुन पैसा सम्वन्धीत बिद्यार्थीहरुका अभिभावकहरुले भुक्तानी दिने गरेका छन् । त्यसपछि अर्थात दोस्रो सेमेस्टर पछि भने नेपाली बिद्याथीहरुले बिदेशमा नैं कमाएर काम गरेर अध्ययन पुरा गर्ने हो, अध्ययन पुरा गरी बचाएको रकम स्वदेशमा पठाउने हो । यसले नेपाली बिद्याथीहरुलाई जीवन के हो, आत्मनिर्भरता के हो, समयको महत्व के हो ? परिवार के हो ? आफ्नो देश के हो, अनुशासन के हो ? सबै कुरा बिदेश बसाईले सिकाउँछ । यो सिकाई भनेको भोगेर मात्र जानिने कुरा हो । बैदेशिक शिक्षापछि नेपाल फर्किने बिद्यार्थी एउटा सच्चा, कर्मबिर नेपाली भएर फर्कन्छ । यो फकाईमा शैक्षिक परामर्श क्षेत्रको योगदान निकै नैं ठुलो रहेको छ ।  समस्या त हरेक क्षेत्रमा छ, चाहे व्युरोकेसीमा होस, चाहे राजनीतिमा होस, चाहे सरकारी कामकाजमा त चाहे पत्रकारिता क्षेत्रमा नैं किन नहोस । सबै क्षेत्रमा समस्या रहेको छ । समस्या छ, केही गलत गर्ने व्यक्तिहरु छन भन्दैमा सिंगो क्षेत्रलाई नैं गलत दृष्टिकोणले हेर्नुहुदैन भन्ने मेरो बुझाई हो । नेपालको शैक्षिक परार्मश संस्थाहरु अहिले आफन्ै भुगोलमा मात्र सिमित छैंनन् । नेपालका कन्सल्टेन्सीहरुले अहिले, भारत, जापान, श्रीलंका, भुटान, चाईना, क्यानडा, अष्टे्रलिया, युके, अमेरिकासम्म पनि शाखा खोलेर सेवा दिई रहेका छन् । निकै कम समयमा शैक्षिक परार्मश संस्थाहरुले यो हैसियत बनाउनु भनेको सामान्य कुरा होईन । अहिले शैक्षिक परामर्श केन्द्रहरुको छाता संगठन नेपाल शैक्षिक परार्मश संघ (इक्यान) ले २६ औं बार्षिक मनाउँदै छ । यो छोटो अवधिमा शैक्षिक परार्मश संस्थाहरुले यो उचाई हाँसिल गर्नु निकै राम्रो हो । अहिले नेपाली शैक्षिक परार्मश संस्थाहरुले दिने सेवा छिमेकी राष्ट्र भारतका शैक्षिक परामर्श केन्द्रहरुले दिने सेवा भन्दा निकै नैं राम्रो र उच्चकोटीको रहेको छ । यो हाम्रो लागि पनि आत्मसम्मानको बिषय हो ।  कमीकमजोरी सबै क्षेत्रमा रहेका छन । यो कमीकमजोरी हटाउन सबै क्षेत्र एक जुट भएर लाग्नु पर्छ । कन्सल्टेन्सी क्षेत्र आफै मर्यादित, व्यवस्थित र सुशासनयुक्त हुनु पर्छ भनेर क्यानले नैं एउटा कोड अफ कन्डक्ट लागु गरेको छ । यसलाई सबैले पालना गर्नु पर्छ ।    बाशुदेव दहाल प्रर्वन्ध निर्देशक  प्रन्जल एजुकेशन कन्सल्टेन्सी

Posted on: 2022-Aug-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar