03 Jun
Sat

सेवामुखी व्यवसायमा धरौटी आवस्यक छैन ।कांग्रेसका लोकप्रिय मुलुकको नेतृत्वमा सक्षमसमृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

लागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन

29 - Jun-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 सञ्जय महर्जन
काठमाडौं, असार  लागु औषध कारोबार नियन्त्रणमा आक्रामक बन्दै गएको प्रहरीले हालसम्म कै सबै भन्दा ठुलो अपरेशन सफल पारेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले एक अर्ब दुई करोड रुपैंयाँ बराबरको लागू औषध हेरोइन बरामद गरेको छ । यो लागु औषध कारोबारमा हालसम्म कै ठुलो घटना हो ।  ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित सात जनालाई पक्राउ गरिएको जानकारी पत्रकार सम्मेलन मार्फत दिएका छन् । बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र दुई किलो खैरो रहेको छ । ब्यूरोले ५१ केजी सेतो हेरोइनसहित सात जना दक्षिण अफ्रिकन महिलालाई  समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेको प्रहरीले जानकारी दिएको छ । ब्युरोका अनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्मकै ठुलो अपरेशन हो । चार दिन लामो अपरेशन चलाएर ब्यूरोले ५१ किलो सेतो हेरोइन बरामद गरिएको ब्युरोका एसपी श्रेष्ठले जानकारी दिएका छन् ।

Posted on: 2022-Jun-29


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar