24 Sep
Sat

समृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

एमालेले संसद अवरोध गरिरह्यो भने मंसिर अगाडि नै संसदीय चुनाव हुन्छ

3 - Apr-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
युवा हुंकार व्युरो, काठमाडौ, चैत्र   नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने उद्घोष गरेकाछन । नेता थापाले भने, एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ ।   काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दे थापाले स्थानीय तहको निर्वाचन भने बैशाख ३० गते नै हुने बताएका छन् । थापाले बैशाखमा स्थानीय तहको चुनावपछि आम चुनाव गराउने बताए । ‘आम चुनाव मंसिरमा हुन्छ वा त्यो भन्दा पहिला हुन्छ मलाई थाहा छैन् । संसद यसैगरी चल्दै गयो भने, संसद यसरी नै चल्न नदिने अवस्था रह्यो भने, संसदको उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने । हामीले छलफल गर्न आउनुस भनिरहेका छौँ, उहाँहरु आउनुभएन भने त्योबेला संसद किन चलाइरहने भन्ने प्रश्न उठ्नसक्छ । त्यो अवस्थामा अगाडि नै चुनाव हुनपनि सक्छ तर स्थानीय तहको चुनाव बैशाख ३० मै हुन्छ । चुनाव हामी गराउँछौँ र ५ सानदारसँग सरकार चलाएर देखाउँछौं ।’ उनले भने ।    नेता थापाले बैशाख ३० गते निर्वाचन गराउनै पर्ने, ऐन कानुनले चुनाव नगर्न एकदिन पनि छुट नदिएको बताए । बैशाख ३० गते काँग्रेसले निर्वाचन गराएरै छाड्ने उनको दावी छ ।  २०७४ सालपछि काँग्रेसले चुनाव हारेपनि नेकपाको सरकार बनेको र ५ वर्ष नेपाली नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदापनि बाध्यताले सरकारमा रहेको बताए । उनले प्रतिपक्षमा बसेर भूमिका खेल्छौँ भनेपनि अहिले काँग्रेस सरकारमा जानकारी दिएका छन् ।    ‘२०७९ सालमा कम्युनिष्ट पार्टीले नै निर्वाचन गर्नुपथ्र्यो । उनीहरुले आफ्नो घरमा आफैंले आगो लगाए । आगो लगाएर एकथरी देखाइदिन्छौं भन्दै खरानी धसेर निस्किए, अर्कोथरी मैले जिते भनेर खरानीको थुप्रोमै अट्टाहास गर्दै हासेर बसे । फेरि सरकारको जिम्मेवारी काँग्रेसकै काँधमा आयो । अरुलाई उचालिदिए पुग्छ, भत्काइदिए पुग्छ, हामीले सम्हानुपर्छ, बचाउनुपर्छ ।’ महामन्त्री थापाले भने ।   कम्युनिष्ट पार्टीका कारण जनताले स्थिर सरकार नपाएको उनले बताए । उनले महाधिवेशनछि पार्टीलाई विधिसंगत रुपमा अगाडि बढाइरहेको बताए ।  उनले भने– ‘पार्टीको अधिवेशनपछि हामीले पार्टीलाई शतप्रतिशत विधिसंगत तरिकाले चलाउने प्रयास गरिरहेका छौँ । पार्टीभित्र शतप्रतिशत एकता कायम गर्ने कोशिष गरिरहेका छौँ । पार्टीको अधिवेशनमा सामान्य प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धापछि पार्टी सञ्चालनको कुरालाई बिधिले डोर्याउनुपर्दछ भन्ने कुरामा एक ठाउँमा उभिएका छौँ । पार्टी सभापतिको हातलाई बलियो बनाउनुपर्छ । पार्टी सभापति संस्थाको प्रमुख भएकोले पार्टीलाई डोर्याउनुपर्छ । पार्टीभित्रको भागवण्डाको जुन काम हिजोदेखि चल्दै आयो त्यो बन्द गर्नुपर्छ भनेर एक ठाँउमा उभिएका छौँ  ।    नेता थापाले पार्टीको भातृसंस्था र शुभेच्छुकहरुको संगठनलाई क्रियाशील पनि बनाउने, एकरुपता ल्याउने, भातृ संगठनहरुलाई पनि अलि स्वतन्त्र ढंगले, स्वायत्त ढंगले सञ्चालन हुने वातावरण बनाउने, शुभेच्छुक संस्थाको सन्र्दभमा त पार्टीको सम्बन्धलाई एकदम पवित्र राख्नुपर्छ भन्ने कोणबाट अगाडि बढिरहेको बताएका छन् ।   

Posted on: 2022-Apr-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

NEWS


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar