01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

रेमिटेन्स कम्पनीको आवरणमा हुण्डीको कारोवार

24 - Feb-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
भुवन के.सी.(जेरोम्) काठमाडौं, फागुन   घटना नं १, ओमबहालः काठमाडौको ओमबहालबाट गत कात्र्तिकमा तीन जना हुण्डी कारोवारी पक्राउ परेको छ । एक करोड रुपैयाँ रकम सहित तीन जना संकास्पद हुण्डी कारोवारीहरुहरुलाई केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) पक्राउ गरे । सिआईबीका अनुसुार हुण्डी कारोवारमा संलग्न भएको अभियोगमा झापा घर भई हाल काठमाडौको ताहाचल बस्ने ३१ बर्षिय बिकास मित्तल,  झापा नै घर भई हाल काठमाडौ बस्दै आएका २७ बर्षिय कमल मित्तल र पर्वतको कुश्मा घर भई हाल काठमाडौ बस्दै आएका ३२ बर्षिय गणेश पौडेललाई पक्राउ गरिएको हो ।    सिआईबीका तत्कालीन प्रवक्ता प्रहरी उपरिक्षक वेलबहादुर पाण्डेका अनुसार काठमाडौको ओमबहालस्थित गोल्डेन लिफ होटलमा अवैधरुपमा हुण्डी कारोवार भईरहेको गोप्य सुचनाको आधारमा कारवाही सञ्चालन गर्दा ति व्यक्तिहरु पक्राउ परेका हुन ।  पक्राउ परेका ति व्यक्तिहरुको साथबाट नेपाली रुपैयाँ नेपाली रुपैयाँ ९९ लाख ८४ हजार र अमेरिकी डलर नौ सय बरामद गरिएको हो । पक्राउ परेका तीन जनालाई आवस्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोक पठाईएको पठाईयो ।  घटना नं २, अन्जनी ओभरसिजका संचालक  अवैधरुपमा हुण्डी कारोबार गरेको अभियोगमा अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित दुई जनालाई प्रहरीले मंसिर महिनामा पक्राउ गर्यो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ नरदेवी ठेगाना भएका काठमाडौं रणमुक्तेश्वरस्थित अन्जनी ओभरसिजका संचालक ५८ वर्षीय गोवर्धन प्रसाद सरावगी र अर्घाखाची शितगंगा नगरपालिका ४ जोगेनिकोट ठेगाना भएका २३ वर्षीय कृष्ण प्रसाद भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ ।   काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं न्युरोडबाट गोवर्धनले हुण्डि गर्न दिएको अवैध रकम नगद ३० लाख रुपैयाँ सहित कृष्णप्रसादलाई तथा अवैध रकम नगद आठ लाख १२ हजार रुपैयाँ लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित गोवर्धनलाई पक्राउ गरिएको थियो ।   घटना नं ३, न्युरोडः काठमाडौं कै न्युरोडबाट पुसमा फेरी हुण्डी कारोवारी समातिए । १३ लाख रुपैयाँ नगद सहित काठमाडौको न्युरोडबाट अबैध हुुण्डी कारोवार समातिएकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार महानगरीय प्रहरी बृत्त जनसेवाबाट ड्यूटीमा खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं. २२ न्युरोड स्थितमा समानान्तर बैकिङ हुण्डी कारोबार (अबैध हुण्डी कारोबार गर्ने) बिर्ज तामाङलाई पक्राउ गरिएको हो ।    धादिङ खनियाबास गा.पा.वडा नं.३ बस्ने २५ बर्षिय तामाङलाई शंकास्पद अबस्थामा फेला पारी रीतपुर्वक शरिर तलासी गर्दा उनको साथबाट हालसम्म स्रोत खुलाउन नसकेको हुण्डी कारोबारको नगद १३ लाख पाँच हजार) नगद फेला परेको थियो ।    घटना न ४,  न्युरोडः पुस महिनामा नै अवैधरुपमा हुण्डीको कारोवार गर्ने अर्को व्यक्ति पनि पक्राउ परे । महानगरीय अपराध महाशाखा टेकुका अनुसार हुण्डीको कारोवार गरेको अभियोगका आधारमा स्याङ्जा, कालिगण्डकी गा.पा. वडा नं. ५ ताँप घर भई हाल काठमाडौ महानगरपालिका २९ बस्ने ४० बर्षिय ढुण्डीराज न्यौपाने पक्राउ परेका हुन ।   प्रहरीका अनुसार हाम्रो गण्डकी इन्टरप्राईजेज न्युरोडको नाउँबाट कारोवार गर्ने न्यौपानेको साथबाट एक थान मोवाईल र नगद १९ लाख ९१ हजार रुपैयाँ बरामद भएको छ । काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा काठमाण्डौ विशाल बजार स्थितमा शंकास्पद रूपमा हिडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा निजले बोकेको कालो रंगको झोला भित्र गैर कानुनी रुपमा हुण्डिको कारोवार गर्न लगिरहेको नगद १९ लाख ९१  हजार रुपैयाँ र भाईबर हजार मार्फत हुण्डिको कारोवार गरिएको बिवरण सहित शुक्रबार पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कारवाहीको लागि राजश्वत अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाईयो ।    घटना नं ५, पर्सा पुस भारतीय सिमा नजिकै रहेको नेपाली बजारमा हुण्डी कारोवारी पव्रmाउ परे । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडानं.१६ रजतजयन्ती चौक स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ ना.२९.प.८५९५ नं. मो.सा.चढी आउदै गरेको भारत विहार जिल्ला मोतिहारी पुर्बी चम्पारण रक्सौल वडा नं.१० बस्ने बर्ष ४४ को सुशिल कुमार शर्मा र ऐ.वडा नं.४ बस्ने बर्ष १८ की सरोजनी कुमारीको साथबाट श्रोत खुलाउन नसकिएको अवैध नगद चार लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।   सो नगद र मो.सा.सहित निजहरुलाई नियन्त्रणमा लिई निजहरुसंग उक्त पैसा सम्बन्धी  सोधपुछ गर्दा जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१० आदर्शनगर स्थित रहेको आकृति कस्मेटीक पसलको साहु राज कुमार अग्रवाललाई दिन जान लागेछु भनी बताएकोले निज राज कुमार अग्रवाललाई खो.त.एवं पक्राउको लागि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाँदा निजलाई सोही पसलको अगाडी सडकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको पर्सा प्रहरी कार्यालयमा बुझायो ।    वास्तवमा यि त केही उदाहरण मात्र हुुन, हुण्डी कारोवार सम्वन्धी घटना र पक्राउ परेका व्यक्तिहरु  सम्वन्धमा । वास्तवमा अहिलेसम्म हुण्डी कारोवारमा संलग्न भएको अभियोगमा जति पनि पक्राउ परे ति सबै भरियाहरु मात्र हुन । केही पैसाको आसमा पैसा ओसार पसार गर्ने भरिया मात्र । हुण्डी कारोवारमा पर्दा अगाडि देखिएका पात्रहरु पनि यि हुन । यि पात्रहरुको पछाडि निकै नै ठुलो गिरोह रहेको छ । जसले रेमिटेन्सको घुम्टो ओडेर गैरकानुनीरुपमा हुण्डीको कारोवार गरिरहेको छ । सात वटा प्रदेशको ७७ वटै जिल्लामा हुण्डीको साम्राज्य फैलाएको छ । रेमिटेन्सको नाउँमा यो साम्राज्यले बिश्वको सबैजसो देशमा पहुंच स्थापीत गरिसकेको छ, रेमिटेन्स कम्पनीको आवरणमा ।    नेपाल राष्ट्र बैकले रेमिटेन्स कम्पनीहरुलाई बैधानिकरुपमा रकम ओसारपसार अर्थात स्थानान्तरण गर्नको लागि लाईसेन्स दिएको छ । सोही अनुसार अहिले नेपालमा रेमिटेन्स कम्पनीहरु खुलेकाछन  । तर यि रेमिटेन्स कम्पनीहरु मध्ये धेरैजसो राम्रा कम्पनीहरु पनि रहेकाछन । तर केही कम्पनीहरुले रेमिटेन्सको नाउँमा कानुनले बन्देज गरेको हुण्डीको कारोवार गर्दा सिंगो रेमिटेन्स क्षेत्र बदनाम हुुन पुुगेको छ । न यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैकले सकेको छ, न राजश्व अनुन्धानले न त प्रहरीले नै । बित्तीय अपराध मुलुकको आर्थिक बिकासको सबै भन्दा ठुलो बाधक हो, अहिले यो बाधक हुण्डी अर्थात अनौपचारिक माध्यमबाट हुने रकमको कारोवार परेको छ । जसबाट अर्थतन्त्रको सबै क्षेत्र प्रभावित बन्न पुगेको छ । यसले सिंगो मुलुकको अर्थतन्त्रलाई नै धरासायी बनाई दिएको छ । जब यो बाधक आर्थिक बिकासको श्रोत पुंजी अर्थात मुल अर्थात मुहानामा नै पुग्छ । यसले मुलुकको सिंगो अर्थतन्त्रलाई नै धरासायी बनाईदिन्छ, अहिले भएको त्यही हो । मुलुकको अर्थव्यवस्था अहिले यही अवस्थामा रहेको छ । अहिले नेपालमा साना तथा ठुला समेत गरी ५१ वटा रेमिटेन्स कम्पनीहरु सञ्चालनमा रहेकाछन । यि कम्पनीहरुबाट बार्षिकरुपमा खर्बो रुपैयाँको रेमिटेन्स भित्रने गरेको थियो । तर अहिले यसमा समस्या अर्थात अवरोध उत्पन्न भएको छ । हुण्डी मार्फत ठुलो परिमाणमा रकम ओसारपसार हुदै बैधानिकरुपमा हुने रेमिटेन्स कारोवार घटेको छ ।   नेपाल राष्ट्र बैकबाट रेमिटेन्स कारोवारका लागि अनुमती पाएका कम्पनीहरु क्र.स कम्पनीको नाम १ इजीलिंक रेमिटेन्स कम्पनी प्रा.लि २ अन्नपुर्ण ट्राभल एण्ड टुर्स प्रा.लि ३ आईएमई लिमिटेड ४ सिजी फिन्को प्रालि ५ सेवा रेमिट प्रा.लि  ६ प्रभु मनी ट्रान्सफर प्रा.लि ७ ललित मनी ट्रान्सफर प्रा.लि ८ युनाईटेड रेमिट प्रा.लि ९ नेपाल रेमिट इन्टरनेशनल प्रा.लि १० हुलास रेमिट प्रा.लि ११ समसारा रेमिट प्रा.लि  १२ मोर्डन मनी एक्प्रेस नेपाल प्रा.लि १३ सिटी एक्सप्रेस नेपाल प्रा. लि १४ एडभान्स मनी ट्रान्सफर प्रा.लि १५ नव दुर्गा मनी ट्रान्सफर प्रा.लि १६ जेनिथ रेमिट प्रा.लि १७ शुर्या रेमिट प्रा.लि १८ पानस रेमिट प्रा.लि १९ डिजिटेक रेमिटेन्स प्रा. लि २० सि.जी मनी रेमिट प्रा. लि २१ जे.एम.ई रेमिट प्रा.लि २२ यस रेमिट प्रा. लि २३ टाईम्स रेमिट प्रा.लि २४ आई. पे रेमिट प्रा.लि २५ माई रेमिट प्रा. लि  २६ कान्तिपुर रेमिट प्रा.लि २७ जि.एम.ई रेमिट प्रा. लि २८ पशुपती नेपाल रेमिट प्रा.लि २९ संसार रेमिट प्रा.लि ३० महाकाली रेमिट प्रा.लि ३१ के. एम. ई इन्टरनेशनल रेमिटेन्स प्रा.लि ३२ माया रेमिट प्रा.लि ३३ गुडविल रेमिट प्रा.लि ३४ ठमेल रेमिट प्रा.लि ३५ स्र्माट रेमिट प्रा.लि ३६ सि.एफ.एस रेमिट प्रा.लि ३७ ग्लोवल माउन्टेन रेमिट प्रा.लि ३८ बुम रेमिटेन्स प्रा.लि ३९ ओभरसिज रेमिट प्रा.लि ४० म्याक्स मनी ट्रान्सफर प्रा.लि ४१ रेमिट नेपाल प्रा.लि ४२ क्यु. एस. रेमिट प्रा.लि ४३ राम्रो रेमिट प्रा.लि ४४ क्यास. वे मनी ट्रान्सफर प्रा.लि ४५ नेशनल मनी ट्रान्सफर प्रा.लि ४६ ईसारा रेमिट प्रा.लि ४७ भाटभटेनी मनी ट्रान्सफर प्रा.लि ४८ हव रेमिट प्रा.लि ४९ नमस्ते रेमिटेन्स इन्टरनेशनल प्रा.लि ५० पे. सेफ रेमिट प्रा. लि ५१ ई सेवा मनी ट्रान्सफर प्रा.लि बढ्दो बैदेशिक व्यापार घाटा  नेपाल राष्ट्र बैकको चालु आर्थिक बर्षको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी पाँच महिनाको प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति सात दसमलव ११ प्रतिशत रहेको छ भने आयात ५९ दसमलव पाँच प्रतिशतले र निर्यात एक सय पाँच दसमलव छ प्रतिशतले बढेको छ । यसैगरी बैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात रेमिटेन्स रकम नेपाली रुपैयाँमा छ दसमलव आठ प्रतिशत र अमेरिकी डलरमा सात आनठ प्रतिशतले घटेको छ । यसअवधिमा मुलुकको शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोड रुपैयाँले घाटामा छ ।   राष्ट्र बैकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनामा कुल विदेशी विनिमय सञ्चिति १० अर्ब तीन् करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च तीन खर्ब ८७ अर्ब तीन करोड र राजस्व परिचालन चार खर्ब १२ अर्ब ४० करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय एक दसमलव तीन प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दसमलव नौ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एक दसमलव सात प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी ११ दसमलव एक प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ दसमलव नौ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर ३० दसमलव एक प्रतिशत रहेको छ । अहिले नेपाल राष्ट्र बैकको आँखाबाट देखिएको अर्थतन्त्रको दृष्य नै यही हो । यो दृष्य निकै नै धमिलो रहेको छ ।   किन खल्बलियो बैदेशिक व्यापारको चक्र कारण हुण्डी नेपालले चालुु आर्थिक बर्षको पाँच महिनामा सात खर्ब ३५ अर्ब ४९ करोड रुपैयाँ बराबरको बैदेशिक व्यापार घाटा बेहोरेको छ । यसको मुल कारण बिदेशबाट सामान ल्याउँदा न्युन बिजकीकरण गरी राजश्व छली गर्नु र न्युन बिजकीकरण गरेर बाँकी रहेको पैसा हुण्डी मार्फत सम्वन्धी देशको सम्वन्धीत व्यक्तिहरुलाई भुक्तानी दिनु नै हो ।    नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा कुल वस्तु निर्यात एक सय पाँच दसमलव छ प्रतिशतले वृद्धि भई एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात पाँच दसमलव एक प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ३८ प्रतिसत र २८. दसमलव पाँच प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात एक दसमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा कुल वस्तु आयात ५९ दसमलव पाँच प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नौ दसमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४ दसमलव छ प्रतिशत, ५७ दसमलव आठ प्रतिशत र एक सय ११ दसमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।    राष्ट्र बैकका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४ दसमलव सात प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १० दसमलव नौ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ दसमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दसमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ अर्ब ८१ करोड बराबरको भएको थियो ।  उदाहरण नं २ आखिर किन घट्दै छ रेमिटेन्स ? बैदेशिक रोजगारीबाट प्राप्त आय रेमिटेन्स रकम प्रत्येक बर्ष घट्दै गएको छ । यसरी घट्नुको प्रमुख कारण नै नै बिट क्वाईन, व्रिmप्टोकरेन्सी लगायतका भर्चुअल मनीमा लगानी बढ्नु देखिएको छ । बैदेशिक रोजगारीबाट गएका नेपालीहरुले बिदेशमा कमाएको पैसा घर खर्चको लागि मात्र केही रकम स्वदेशमा रहेका आफन्तकहाँ त्यो पनि हुण्डी मार्फत पठाउने र बाँकी पैसा बिदेशमा नै लगानी गर्ने व्रmम बढ्दै जाँदा रेमिटेन्स रकम घट्दै गएको छ ।   नेपाल राष्ट्र बैकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनामा रेमिटेन्स रकम छ दसमलव आठ प्रतिशतले घटेर तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दसमलव तीन प्रतिशतले कमी आई तीन अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दसमलव चार प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२ दसमलव सात प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय ९५ दसमलव आठ प्रतिशतले वृद्धि भई ९९ हजार पाँच सय ८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७ दसमलव तीन प्रतिशतले घटेको थियो ।    समीक्षा अवधिमा खुद ट्रान्सफर पाँच दसमलव सात प्रतिशतले कमी आई चार खर्ब ३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर आट दसमलव पाँच प्रतिशतले बढेको थियो ।   उदाहरण नं ३ किन घट्दै छ, बिदेशी मुद्राको सञ्चिती  बिदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दसमलव दुई प्रतिशतले कमी आई २०७८ मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब तीन करोड कायम भएको छ ।    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४ दसमलव सात प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १२ दसमलव नौ प्रतिशतले कमी आई १० खर्ब ८४ अर्ब ६४ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १६ दसमलव दुई प्रतिशतले कमी आई एक खर्ब २९ अर्ब ४० करोड कायम भएको छ । २०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ दसमलव एक प्रतिशत रहेको छ ।    हुण्डीको कनेक्सन, व्रिmप्टोकरेन्सी र अनलाईन जुवा गैरकानुनीरुपमा हुने रकमको कारोवार अर्थात हुण्डीको कनेक्सन बिश्व अर्थतन्त्रमा नै चुनौतीकोरुपमा खडा भएको व्रिmप्टोकरेन्सी र अनलाईन जुवासम्म रहेको देखिएको छ । जसबाट दैनिकरुपमा अर्बों रुपैयाँको कारोवार हुुने गरेको छ ।    केही महिनाअघि देखि देशमा विदेशी मुद्राको संचिति घट्दै आएको छ । समग्रमा विदेशमा काम गर्ने कामदारले रकम गैरकानुनी किसिमले पठाएकाले मात्रै विदेशी मुद्राको संचिति घटेको भन्ने निष्कर्षमा नेपाल राष्ट्र बैक रहेको थियो । तर वास्तविकता अर्के रहेको आशंका राजश्व अनुसन्धान विभागलाई हुनु अस्वभाविक थिएन किनकी बजारमा अनलाइन डलरको कारोबार भैरहेको कुरा अनुसन्धानमा सामान्य चासो राख्ने जोकोहीलाई पनि थाहा थियो ।     बजारमा यति धेरै हल्ला हुनुको पछाडी बढ्दो अमेरिकी डलरको मुल्य थियो तर डलर भन्दा कयौं ठूलो भ्यालु बिटक्वाइन अर्थात डिजिटल मुद्राको थियो । कुनै समय एक बिटक्वाईनको मुल्य ६८ हजार डलर सम्म पुगेको थियो भने केही महिना यता पनि ४५ हजार डलरको हाराहारीमा रहेको थियो  । नेपालमा पनि अनलाइन कारोबारहरु बढ्दै गएको अवस्थामा  प्रतिवन्धीत भए पनि बिटक्वाइन लगायतका क्रिप्टो करेन्सीको कारोबार गर्नेहरु उल्लेख्य रुपमा बढीरहेका थिए । अनलाइन जुवा, विभिन्न विदेशी क्यासिनोमा सजिलै खेल्न पाउने तथा भुक्तानी पनि नेपालमै सहजै हुने भए पछि विदेशमा विभिन्न एजेन्ट राखेर डलर होल्ड गरि यता नेपाली मुद्रामा भुक्तानी दिइ सहजै कारोबार भैरहेको जानकारी राजश्व अनुसन्धानले नपाउने कुरै थिएन ।    दशैं अगाडि देखिने अनलाइन डलरको कारोबार गर्ने गिरोहको खोजीमा अपरेशन चलाएको विभागले पुस ११ मा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका घर भइ कालोपुल डेरा गरी बस्ने दिनेश खड्कालाई नियन्त्रणमा लियो । उनलाई नियन्त्रणमा लिनु अघि निजको बैंकिङ विवरण हेरेर अनुसन्धान गरेको राजश्व अनुसन्धान विभागले कारोबारको स्रोत नदेखेपछि अनलाइन डलरको कारोबार रहेको कुरामा ढुक्क भएको थियो । निज खड्का पशुपति बहुमुखी क्याम्पस चाहविलको एमालेको बिद्यार्थी संगठन अनेरास्वीयूको इकाइ सदस्य र निजका बाबु युवासंघ कैलालीका पुर्व अध्यक्ष तथा हाल प्रदेश कमिटि सदस्य रहेको कुरा खुल्यो ।  दिनेश खड्काको दुइवटा मोबाइलमा १५ भन्दा बढी बैंक खाताको इमेल र इबैंकिङ सेवा थियो । केटी साथीका नाउँमा समेत धेरैवटा बैंकबाट करोडौंको कारोबार भएको र दिदी तथा बाबु समेतका नाउँबाट निज आफैले कारोबार गर्ने गरेको देखियो । यस प्रकरणमा पक्राउ परेका व्यक्तिको हकमा अस्वभाविक कारोबारको सूचना सम्बन्धीत बैैंकले राष्ट्र बैकलाई दिएर अनुसन्धान गर्नुपर्ने थियो तर बैंकले रावश्व अनुसन्धान विभागले स्टेटमेन्ट मागेर अनुसन्धान थाल्दा समेत पत्तो नपाउनु तथा अनुसन्धानका लागि अन्य खाताहरुको निगरानी समयमा नगरेबाट बैकहरुको मिलेमतो थिएन भन्ने अवस्था छैन ।    यदि बैकहरुले निगरानी गरेको छन् भनेर दावि लिन्छन् भने सो कुरालाइ पुष्टी गर्ने आधार बैंकहरु सँग छैन । पक्राउ परेका व्यक्ति एमालेको जिम्मेवार कार्यकर्ता भएको देखिन्छ, केपी ओलि सरकारका पालामा नियुक्त गर्भनरको भूमिका साथै ओलि सरकारका आईटी विज्ञ भनिएका विवादास्पद अस्गर अलि लगायत यस अनलाइन डलर ओसार पसार  काण्डमा कतै न कतै संलग्न छैनन् भन्न सकिदैन । अवैध डलर ओसारपसार मुद्दामा ३० दिन भित्र मुद्दा अदालतमा बुझाउनु पर्ने हद म्यादका कारण पनि अन्य बिषयमा राजश्व अनुसन्धान विभागले थप अनुसन्धान गर्ला । अहिले बैंकहरु माथि अवैध क्रिप्टो करेन्सीको कारोबारमा कतै न कतै साथ दिएको आरोप छ ।    काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादीहरु दिनेश खड्काले इ स्व्रिmल, बेन्स मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी दिनेश खड्काको ग्लोवल बैंकबाट नौ करोड ७९ लाख ९८ हजार पाँच सय ८१ रुपैयाँ, अनिता धितालको लक्ष्मी बैंक समेतबाट पाँँच करोड ७७ लाख छ हजार आठ सय २६ रुपैयाँ, भगवती खड्काको एनआईसी एशिया बैंक समेतबाट २० करोड, ४२ लाख ९४ हजार पाँच सय २६ रुपैयाँ, नर बहादुर खड्काको ग्लोवल आईएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ गरी कुुल कुल विगो ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँ नेपाल राष्ट्र बैंकको २०७८ पुस ११ गतेको सुचना अनुसार १ अमेरिकी डलरको रु।१२०।३४ को कुल विगो ३७ करोड ६४ लाख ११ हजार एक सय हुन आउने अमेरिकी डलर ३१ लाख २७ हजार आठ सय ९६ रकम दिनेश खड्का समेतले विदेशी विनिमय (नियमित गर्ने ऐन, २०१९ को दफा ३ को उपदफा ९१०, दफा ४ को उपदफा ९१०, दफा ५ को उपदफा ९१० र दफा १२  बमोजिम सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएकोले दिनेश खड्कालाई सोही ऐनको दफा १७ को उपदफा ९१० बमोजिम बिगो जफत गरी सजाय हुन  र उपदफा ९९० बमोजिम  थप सजायको मागदावी लिने ।    नरबहादुर खड्काको खातामा जम्मा भएको तथा निज मार्फत अवैध डलर प्रदान गर्ने व्यक्तिहरु रेखा जैसी, पुस्कर श्रेष्ठको बैंक खातामा बारम्बार रकम जम्मा गरी मुख्य प्रतिवादी दिनेश खड्कासँग सँगै उल्लेखित कसूरमा सामुहिक संलग्नता देखिएकोले आफ्नो बैंक खाता प्रयोग गरी विगो एक करोड ६४ लाख ११ हजार एक सय ६६ को को परिवर्तित अमेरीकी डलर एक लाख ३६ हजार तीन सय ७३ बराबरको रकम विदेशी विनिमय (नियमित गर्ने) ऐन, ऐन २०१९ को दफा ३ को उपदफा ९१०, दफा ४ को उपदफा ९१०, दफा ५ को उपदफा ९१० र दफा १२  अनुसार नेपाल राष्ट्र बैंकको मिति २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ को सूचना तथा दफा १७९१० समेतले निषेधित कसूर गरेको हुँदा यी प्रतिवादी नर बहादुर खड्कालाई उक्त ऐनको दफा १७  उपदफा ९१० बमोजिम बिगो जफत गरी सजाय हुन  र दफा १७ को उपदफा ९९० बमोजिम थप सजाय हुन समेत मागदावी लिने ।   अनिता धितालको खातामा जम्मा भएको तथा निज मार्फत अवैध डलर प्रदान गर्ने व्यक्तीहरु रेखा जैसी पुस्कर श्रेय्ठको वैक खातामा वारम्वार रकम जम्मा गरी मुख्य प्रतिवादी दिनेश खड्का सँग सँगै संलग्न रहेको सामुहिक रुपमा कसुर गरर्को देखिएकोले आफ्नो बैंक खाता प्रयोग गरी बिगो पाँच करोड ७७ लाख छ हजार आठ सय २६ रुपैयाँको परिवर्तित अमेरिकी डलर चार लाख ७९ हजार पाँच सय ३१ बराबरको रकम विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३ को उपदफा ९१०, दफा ४ को उपदफा ९१०, दफा ५ को उपदफा ९१० र दफा १२ अनुसार नेपाल राष्ट्र बैंकको मिति २०७४।०४।२९, २०७५।१२।२६ र  २०७८।०५।२४ को सूचना तथा दफा १७ उपदफा ९१०  समेतबाट निषेधित कसुर गरेको हुँदा यि प्रतिवादी अनिता धिताललाइ उक्त ऐनको दफा १७ उपदफा ९१० बमोजिम विगो जफत गरी सजाय हुन र दफा १७ उपदफा ९९० बमोजिम थप सजाय हुन मागदाबी लिने ।    भगवती खड्काको खातामा जम्मा भएको तथा निज मार्फत अवैध डलर प्रदान गर्ने व्यक्तिहरु रेखा जैसी , पुस्कर श्रेष्ठको वैक खातामा वारम्वार रकम जम्मा गरी मुख्य प्रतिवादी दिनेश खड्का सँग सँगै सामूहिक रुपमा यि प्रतिवादी भगवती खड्काको संलग्नता देखिएकोले आफ्नो वैक खाता प्रयोग गरी बिगो २० करोड ४२ लाख ९४ हजार पाँच सय २६ सो अनुसार परिवर्तित अमेरीकी डलर १,६९,७६,४४।३९ बराबरको रकम विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३ को उपदफा ९१०, दफा ४ को उपदफा ९१०, दफा ५को  उपदफा ९१० र दफा १२ अनुसार नेपाल राष्ट्र बैंकको मिति २०७४।०४।२९,२०७५।१२।२६ र  २०७८।०५।२४ को सूचना तथा दफा १७ उपदफा ९१०  समेतले निषेधित कसुर गरेको हुँदा यि प्रतिवादी  भगवति खड्कालाई उक्त ऐनको दफा १७ उपदफा ९१० बमोजिम सजाय गरी विगो जफत हुन तथा दफा १७ उपदफा ९९० बमोजिम थप सजाय हुन मागदावी लिनु र प्रस्तुत वारदातमा कोही कसैको संलग्नता खुली आएमा निजका हकमा मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ३५ बमोजिम हुने व्यवस्था रहेको छ ।  भर्चुअल मुद्राका नाममा अवैध कारोबार बढेपछि नेपाल राष्ट्र बैंकले सूचना निकालेर त्यस्तो कारोबार नगर्न सचेत गरायो । नेपालमै वा विदेशमा बस्ने जो कोही नेपालीले यस्तो कारोबार गर्न नपाउने भन्दै राष्ट्र बैंकले कारबाहीको चेतावनी समेत दिएको छ । राष्ट्र बैंकले सूचना निकालेको तीन दिनपछि गत मंगलबार राजश्व अनुसन्धान विभागले अवैध विदेशी मुद्राको कारोबार गरेको आरोपमा कैलालीका दिनेश खड्का विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्यो ।   यो मुद्दामा कैलाली लम्कीचुहा–१० स्थायी घर भई हाल काठमाडौंको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र साथी अनिता धिताल समेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसाको आदानप्रदान गरेको उल्लेख गरिएको छ । ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट खड्काले अस्वाभाविक रुपमा डलरको कारोबार गरिरहेका थिए । यो सूचना राष्ट्र बैंक हुँदै राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । यो प्रतिनिधि घटना मात्र भएको र भित्र यस्ता धेरै घटना हुनसक्ने राष्ट्र बैंकको अनुमान छ । यस्ता गतिविधिले अर्थतन्त्रमा नै चुनौती दिइरहेको राष्ट्र बैंकको विश्लेषण छ । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भर्चुअल मुद्राको कारोबार जुवाभन्दा पनि खतरनाक रहेको बताउँछन । यसमा अहिले धेरै सरकारी कर्मचारी पनि संलग्न रहेको उनको दावी छ । यस्ता गतिविधिले पूँजी पलायन बढाउने उनले बताए । विशिष्ट तहमा काम गरेर अवकाश लिएकाहरुले समेत भर्चुअल मुद्राको कारोबारलाई राम्रो आम्दानीको स्रोत बनाएका छन ।    कहाँबाट कसरी बिश्वबजारमा फैलियो भर्चुअल मुद्रा ? ल्याटिन अमेरिकी देश एल साल्भाडोरले सबैभन्दा पहिले बिटक्वाइन नामक भर्चुअल मुद्रालाई मान्यता दिएको थियो । अहिले नेपाल, चीन जस्ता दर्जनौं देशले अवैध भने पनि कतिपय देशहरुले भने यस्तो कारोबारलाई वैधानिक कारोवार मान्ने गरेको छ ।    भर्चुअल करेन्सी जुवाभन्दा पनि खतरा हो । लोभले लाभ, लाभले विलाप हुन्छ । बेलैमा सचेत बनौं– पूर्व गभर्नर क्षेत्री भने केही समय अघि भनेका थिए । कतिपय देशहरुले वैधानिकता भनेका कारण पनि सरकारी तहमा पुगेका ठूला कर्मचारीहरु र अध्ययनशील नेपालीहरु समेत लगानी गर्ने गरेको उनी सुनाउँछन्न । तर यस्तो मुद्रालाई मान्यता दिनु सम्बन्धित व्यक्ति र मुलुककै अर्थतन्त्रका लागि घातक रहेको उनले बताएका थिए । बिटक्वाइनका विषयमा एक जना पूर्वसचिवले समेत आफूसँग परामर्श लिएको पूर्वगभर्नर क्षेत्री बताउँछन । तर आफूले जोखिम छ भनेर बुझाइदिएको उनी बताउँछन । २०११ मा एक डलरबाट शुरु भएको बिटक्वाइनको कारोबार गत अक्टोबर महीनामा प्रति युनिट ६६ हजार डलर भन्दा बढी पुगेको थियो । बिटक्वाइनको मुल्य पछिल्ला केही दिनयता भने लगातार घटिरहेको छ ।   ‘दुई दिन अगाडि प्रति युनिट ३७ हजार ३२० डलर अर्थात ४४ लाख रुपैयाँमा झरेको देखिन्छ, अर्थात अक्टोबर महीनामा किन्नेहरुले अहिले ठूलो रकम गुमाइसके’ पूर्वगभर्नर क्षेत्री भन्छन, ‘यो त जुवा मात्रै होइन, घोर जुवा हो, यसले लोभले लाभ, लाभले विलापको अवस्था ल्याउँछ, पुर्व गर्भनर क्षेत्री भन्छन ।    पछिल्लो समय कतिपय देशमा बिटक्वाइन जस्ता अन्य धेरै भर्चुअल मुद्राहरु आएका छन । तर नियामक निकाय कतै नहुने र मनपरी कारोबार हुने गरेकाले जुनसुकै बेला आफ्नो पूँजी जोखिममा पर्ने पूर्वगभर्नर क्षेत्री बताउँछन्न । यस्तो कारोबारले मुद्रास्फीति बढाउने र वित्तीय अस्थिरता समेत ल्याउने देखिन्छ ।    भर्चुअल कारोबारले सम्बन्धित व्यक्ति र मुलुकको अर्थतन्त्रलाई समेत चुनौती दिने  भर्चुअल मनी सम्वन्धी राष्ट्र बैंकमा पछिल्लो समय धेरै नै गुनासोहरु आएको स्वंम नेपाल राष्ट्र बैंकका अधिकारीहरुले बताएकाछन । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्ट पछिल्ला दिनमा भर्चुअल मुद्राको विषयमा गुनासो र उजुरी बढेको बताउँछन । ‘राष्ट्र बैंकमा यस विषयमा धेरै गुनासा तथा उजुरीहरु आएका छन, यस विषयमा थप बुझ्ने काम भइरहेको छ’ उनी भन्छन । नेपालमा भन्दा विदेशमा बस्ने नेपालीले यस्तो कारोबार गरिरहेको प्रवक्ता भट्टको बुझाई रहेको छ ।    बैंक सुपरीवेक्षण विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक भट्ट अहिले चर्चामा रहेको अवैध भर्चुअल कारोबारले सम्बन्धित व्यक्ति र मुलुकको अर्थतन्त्रलाई समेत चुनौती दिएको बताउँछन । यसले धेरै नेपालीले विदेशमा पसिना बगाएर कमाएको रकम समेत जोखिममा पारेको उनको भनाइ छ । ‘ठूलो रकम कमाउने आशमा यस्ता ठाउँहरुमा पैसा हाल्ने गरिएको छ, तर यो जुनसुकै बेला समस्यामा पार्न सक्छ यसतर्फ सर्वसाधारण सचेत हुनु पर्ने डा. भट्टले जानकारी दिएकाछन ।    नेपाल र विदेश जहाँ बसे पनि नेपालीलाई भर्चुअल मुद्रामा लगानी गर्न कानूनले प्रतिबन्ध लगाएको उनले बताए । नेपालमा बस्ने भन्दा पनि विदेशमा बस्नेहरुबाट यस्तो मुद्रामा लगानीको चुनौती देखिएको छ । ‘गैर कानूनी क्रियाकलापले अर्थतन्त्रलाई असर गरिहाल्छ, अहिले यसलाई चुनौतीको रुपमा लिनुपर्छ’ प्रवक्ता भट्ट भन्छन ।    यस्तो छ, रेमिटेन्स घट्नुको कारण ः डा. गुणाकर भट्ट  बिश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) व्रmमिकरुपमा नियन्त्रणमा आएसगैं चालु आर्थिक वर्षको शुरुवातीसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हरेक महीना बढ्दो क्रममा छ । वैदेशिक रोजगारीमा जानेको संख्या धेरै बढ्दा यसको सकारात्मक असर रेमिट्यान्समा देखिनुपर्ने हो । तर रेमिट्यान्स भने हरेक महीना ओरालो लागिरहेको छ ।   चालु आर्थिक वर्षको पाँच महीनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह छ दसमलव आठ प्रतिशतले कमी आई तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको थियो । कोरोनाकालमै नेपालीहरु क्रिप्टोकरेन्सीको कारोबारतिर आकर्षित भएको पाइएको छ । पछिल्लो समय भने कारोबारको आकार बढेको छ, सोही आधारमा पनि रेमिटेन्स घटेको हो । अहिले रेमिट्यान्स घट्नुको प्रमुख कारण अवैध भर्चुअल मुद्राको कारोबार हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताएकाछन । विदेशमा रोजगारी गर्नेले घरमा पठाउने रकम कटाएर भर्चुअल मुद्रामा लगाएको पाइएको पनि उनी बताउँछन । ‘बढ्नु पर्ने रेमिट्यान्स घट्नुको कारण यहीं नै हो, प्रवक्ता भट्टले भने ।   छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभन देखाई विभिन्न नाम दिएर यस्तो कारोबार गराउने अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । अहिले खासगरी क्रिप्टोकरेन्सीको कारोबार धेरै हुने गरेको राष्ट्र बैंकको निष्कर्ष छ । राष्ट्र बैंकले गरेको प्रारम्भिक अनुसन्धान अनुसार कोरोनाकालमै नेपालीहरु क्रिप्टोकरेन्सीको कारोबारतिर आकर्षित भएको पाइएको छ । पछिल्लो समय भने कारोबारको आकार बढेको छ ।  ‘शुरुमा यस्ता कारोबारहरु थोरै कम र विदेशमा बस्ने नागरिकहरुले मात्रै गर्थे राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका एक कर्मचारी भन्छन, ‘अहिले भने विदेशमा रहेका नेपालीहरु अत्यधिक यस्तो कारोबारमा लागेका छन, उनीहरु आफैं मात्रै होइन नेपालमा रहेका आफ्ना आफन्तहरुलाई समेत यस्तो कारोबारमा जोडेका छन ।    क्रिप्टोकरेन्सी जस्ता भर्चुअल करेन्सीसँग सम्बन्धित हाइपर फण्ड नाम दिएको कोषमा समेत नेपाली तथा विदेशीहरुले रकम राख्ने गरेका छन् । ‘हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोशियल, क्राउड–१, सोलेम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्नेरगराउने गरेको जानकारी प्राप्त भएको छ’ राष्ट्र बैंकले भनेको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी कार्य गर्दा सर्वसाधारण ठगिने जोखिम छ ।    अनलाईन जुवाको खड्का प्रकरण पछि दिन दिनै बढ्दै छ उजुरी कैलालीका खड्का अवैध कारोबारमा संलग्न भएको सार्वजनिक भएपछि अहिले राष्ट्र बैंकदेखि राजश्व अनुसन्धान विभागसम्म उजुरीका चाङ बढ्दै गएकाछन । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार पहिले पनि क्रिप्टोकरेन्सीका विषयमा उजुरीहरु धेरै आउने गरेका थिए । यो घटना भएपछि उजुरी थप बढेको छ ।    उता राजश्व अनुसन्धान विभागमा पनि यस विषयमा उजुरी आउने क्रम बढेको छ । विभागका महानिर्देशक प्रकाश पौडेल खड्काविरुद्ध मुद्दा दायर भए पछि धेरै उजुरीहरु आएका छन । ‘हामी सहयोग गछौं । कारोबारीहरुलाई यी यी हुन्न भन्ने किसिमका कुरा पनि आएका छन, महानिर्देशक पौडेल भन्छन, ‘कसैले रिसले मात्रै उजुरी गरेको हो कि साँच्चिकै कारोबार भइरहेको छ भन्ने कुराहरु पुष्टि हुन बाँकी छ, यस विषयमा हामीले अनुसन्धान गरिरहेको छौं ।    राष्ट्र बैंक र अनुसन्धान विभागमा उजुरी परेकाहरु धेरैजसो काठमाडौंवासी नै छन । यस विषयमा सम्बन्धित व्यक्तिहरुको बैंक खातामा अस्वाभाविक कारोबार भए, नभएको विषयमा समेत राष्ट्र बैंकमार्फत बुझ्ने काम भइरहेको विभागको भनाइ छ । पहिलो घटना सार्वजनिक भएको र अरु घटनाहरु अनुसन्धानकै क्रममा रहेकाले थप केही बोलिहाल्न नमिल्ने महानिर्देशक पौडेल बताउँछन । पक्राउ परेका खड्का भने अहिले हिरासतमै छन । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । अदालतले धरौटीमा छाड्ने वा जेल चलान गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन । खड्काले विभिन्न एपहरु प्रयोग गरी भर्चुअल मुद्राको कारोबार गरेको पुष्टि भएको छ । उनका परिवारका अन्य सदस्यहरुको खातमा समेत अस्वाभाविक कारोबार भएको पाइएपछि विदेशी मुद्रा अपचलन मुद्दामा जोडिएका छन् । तर उनी कसको माध्यमबाट यस्तो कारोबारमा जोडिए र उनले अरु कति जनालाई जोडे भन्ने विषयमा भने खुल्न बाँकी नै रहेको महानिर्देशक पौडेलले बताए ।   वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था बैंकर्स संघले पनि क्रिप्टोकरेन्सी जस्ता भर्चुअल मुद्राको कारोबार नगर्न सचेत गराएको छ । सार्वजनिक सूचना निकाल्दै संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टोरभर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध नहुन भनेको छ ।   ‘यस्तो कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ, संघको विज्ञप्तिमा भनिएको छ ।     


Posted on: 2022-Feb-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar