26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सबैभन्दा ठुलो समस्या ड्रग्सको हो, यसलाई नियन्त्रण गर्न ठोस योजना बनाएका छौं : कृष्ण प्रसाई, एसपी जिल्ला प्रहरी कार्यालय, सर्लाही

25 - Dec-2021, Posted by: Yuwahunkar   |   COMMENTS: 0
काठमाडौं, पुस । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख हुन एसपी कृष्ण प्रसाई । उनले यस जिल्लामा प्रहरी प्रमुखको जिम्वेवारी सम्हालेको भर्खर डेड महिना जति मात्र भएको छ । कार्यभार सम्हालेको छोटो समयमा नै उनले जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला प्रशासन कार्यालय, शशत्र प्रहरी बल, नेपाली सेना, नगरपालिका, गाउँपालिका, वडा, सबै क्षेत्रसंग हातेमालो गर्दे बृहद सुरक्षा रणनीति बनाएकाछन ।   सर्लाही भारतीय सिमा नजिक रहेको र सो क्षेत्रको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने कार्य चुनौतीपुर्ण रहेको भएपनि सबै चुनौतीको सामना गर्दे प्र्रहरी प्रमुख प्रसाईले आफ्नो कार्यक्षेत्रको लागि बिशेष सुरक्षा रणनीति बनाएकाछन । आम नागरिकको जीउधनको सुरक्षा गरी समाजलाई शान्त राख्ने र बनाउने दायित्व नेपाल प्रहरी संगै, आम नागरिक एवं सरोकारवाला सबै निकायको हो भनेर त्यही अनुसार सुरक्षा रणनीति बनाएको छु, प्र्रहरी प्रमुख प्रसाईले भने । बिशेषगरी सर्लाही जिल्लामा सबै भन्दा ठुलो समस्या भनेको लागु औषधको यो । यहाँ लागुऔषध सेवन गर्नको लागि छिमेकी जिल्ला सिन्धुली लगायतका क्षेत्रबाट समेत युवायुवतीहरु आउने गरेकाछन । समाजमा हुने धेरै किसिमका अपराधको जड पनि लागु औषध नै हो ।   यसलाई नियन्त्रणमा राख्नको लागि हामीले सरकारोवाला सबै निकायहरुसगै समन्वय गरी युवायुवतीहरुलाई लागुऔषध सेवन नर्गन जागरुक बनाउने, अभिभावकहरुमा पनि सो सम्वन्धी सचेतना दिने, बिभिन्न स्थानीय निकाय, शैक्षिक संस्थाहरुमा गएर श्रव्य र दृष्य दुबै मार्फत बृहतरुपमा जनचेतना बिस्तार गर्ने योजना अघि सारेका छौं, त्यही अनुसार अल्पकालीन तथा दिर्घकालीन रणनीतिका कार्यक्रमहरु बनाएका छौं । यि कार्यक्रमहरुको पुर्ण कार्यान्वयन गर्नको लागि नेपाल प्रहरीको मात्र श्रोत र साधनले भ्याउँदैन । यसको लागि हामीले आफ्नो कार्यक्षेत्र भित्र पर्ने सबै स्थानीय तहसंग सहयोग र सल्लाह मागेका छौं, उहाँहरुले पनि सर्लाही जिल्लालाई शान्त र सुरक्षित राख्ने जिम्मा सबैको भन्दै सहयोग गर्ने बाचा गर्नु भएको छ । आशा छ उहाँहरुले हामीलाई आवस्यक पर्ने भौत्तिक सामाग्रीहरु उपलब्ध गराएर सहयोग गर्नुहुने छ ।    अहिले सर्लाही जिल्लामा ड्रग्सको सबैभन्दा बढी समस्या त्रिभुवनगर, हिरापुर र नवलपुर क्षेत्रका युवाहरुमा रहेको छ । यसलाई नियन्त्रणमा राख्नको लागि हामीले यि क्षेत्रहरुमा लागु औषध रोकथाम बिरुद्ध बिशेष अभियान नै सञ्चालन गर्दे छौं । सर्लाही जिल्लामा प्रहरीको मात्र एक हजार जनाको दरबन्दी रहेको छ । त्यसमध्ये अहिले आठ सय जना प्रहरीहरु कार्यरत रहेकाछन । मेरो मातहतमा अहिले नेपाल प्रहरीको मात्र ६० वटा युनिट सञ्चालनमा रहेको छ । सर्लाही जिल्लामा शान्ती सुरक्षा र अमन चैन कायम गर्नको लागि हाम्रो यो युनिटले जिल्लाका सबै निकायहरुसंग समन्वय गरेर काम गरिरहेको छ, प्रहरी प्रमुख प्रसाई भन्छन ।     

Posted on: 2021-Dec-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar